Saturday, August 22, 2015

Surya Bahadur Thapa



Not everyone seems to be aware Surya Bahadur Thapa is no longer with us.

Former Nepal PM Surya Bahadur Thapa dies

मधेशीलाई अधिकार नदिए सम्म मुलुकको समस्या समाधान नहुने- सूर्य बहादुर थापा
केही पार्टी र नेताहरु मिल्दैमा जनजाति, मधेसी, दलित र महिलाको समस्या समाधान नहुने बताउँदै थापाले भने-त्यतातिर फोकस गरेर समान हक अधिकार दियो भने असन्तोष हराएर जान्छ, अनि मात्र राष्ट्र अगाडि बढ्छ । यसलाई निवारण गर्न नसके स्थिति बिगि्रएर जान्छ ।’ ..... नेताहरुले जनतालाई हामीले झुक्याएका छौं भन्ने नठान्न आग्रह गर्दै थापाले जनताले सहने र अन्तरराष्ट्रिय समुदायले विश्वास गर्ने कुराको पनि सीमा हुने बताए । ....

संघीयतालाई थाती राखेर संविधान जारी गर्न सम्भव छ कि छैन भन्ने पत्रकारको प्रश्नमा थापाले भने- ‘टाउको थाती राखेर संविधान बनाऔं भन्नुहुन्छ भने मेरो भन्नु के छ र ।’



Alisha Koirala
पृथ्वी नारायण शाह ले गरेको नेपाल एकीकरण (कब्जा) र अंग्रेजहरुले ले गरेको भारत ,अमेरिका ,क्यानाडा ,अरब ,युरोप ,श्री लंका इत्यादी हरुमाथि को कब्जा मा के फरक छ ? - अग्रेजद्वारा कब्जा गरिएका राज्य/राष्ट्र हरु सबै स्वतन्त्र मुक्त भैसके ,तर नेपालमा बर्षौ देखि सोषित , उत्पीडित किराती ,नेवाः अन्य जनजाति आदिवासी , दलित , मधेसी , थारु अझ पूर्ण रूपले स्वन्त्र मुक्त हुन् बाकी नै छन।

अंग्रेज ले पनि हथयार ,बल र छल को साहयता सोझा सोझा राज्य हरुलाई कब्जा गर्थे र उसैको ठाउँ मा उसैलाई नै हेपेर राख्थे - पृथ्वी नारायण शाह ले पनि सोझा सोझा राज्य हरुलाई हथ्यार ,बल छल को प्रयोग ले कब्जा गर्थे र उसैको मेहनत को कमाइ खाएर उसैलाई नै हेप्ने गर्थ्यो।

अंग्रेजले पनि हजारौ लाखौ निर्दोष हरु को ज्यान लिएका थिए , र पृथ्वी नारायण शाह ले पनि हजारौ निर्दोष प्राणी हरुको रगत बगाएका थिए। अंग्रेज ले पनि अर्का को सम्पति अर्काको मिहनेत हेपेर लुट्ने गर्थे ,पृथ्वी नारायण शाह ले पनि त्यसै गरेका हुन्। अंग्रेज पनि अराजक थिए ,पृथ्वी नारायण शाह पनि अराजक थिए।

अंग्रेजले पनि बल ,छल,हथ्यार को मद्त ले कब्जा गरेको व्यक्तिहरुलाई आफ्नो धर्म संस्क्रती अपनाउन बाध्य पार्थे ,जसले अप्नौथ्यो उसलाई सामान्य व्यहार गरिन्थ्यो र न अपनाउनेलाइ कि त कारागार मा कि त तल्लो स्तरको काम गराई गुलामी गराइन्थ्यो ,नत्र मृत्यु दण्ड नै दियिन्थ्यो। नेपालमा पनि पृथ्वी नारायण शाह ले कब्जा गरिएको ठाउँका मूलबासीहरुलाई उसको धर्म ,संस्कृति ,परम्परा हरुबाट प्रतिबन्ध लगाइन्थ्यो र जबर्जस्ति सबैलाई आफ्नो धर्म संस्कृति, परम्परा अपनाउन बाध्य बनाउथ्यो। किराती हरुलाई खुला रुप मा आफ्नो संस्क्रती चाड पर्व मनाउन प्रतिवन्ध थियो ,किराती हरुलाई जबर्जस्ति आफ्नो संस्कृति थोपेर सेना मा भर्ति गरौथ्यो र यसो गर्न न मान्नेलाइ मृत्यु दण्ड दियिन्थ्यो। त्यसै मल्ल राज्य कान्तिपुर् ,किर्तिपुर ,भक्तपुर - छलपुर्वक कब्जा गरेर उसको घर मा उसलाई नै गुलामी गर्न बाध्य परेका थिए।

स्वतनत्र स्वाभिमान र मौलिक हक को आवाज उठाउने लाइ अंग्रेज शासक ले मृत्य दण्ड दिन्थ्यो ,नेपालमा पनि स्वन्त्रता को कुरा गर्नेलाई पृथ्वी नारायण शाह सरकार ले मृत्यु दण्ड दिएकै हुन्। अंग्रेजले यस्तो कानुन बनाउथ्यो कि सबै अंग्रेज हरुको गुलामी गर्न बाध्य हुन्थ्यो , त्यस्तै पृथ्वी नारायण शाहले पनि यस्तै कानुन को सिर्जना गरे। गुलामी पनि कस्तो जबर्जस्ति ,गुलामी गर्न न मान्ने लाई मृत्यु दण्ड दियिन्थ्यो।

पृथ्वी नारायण साह पछि उसको सन्तान शाह परिवारले यो परम्परा कायम नै राख्यो त्यस पश्चात त्यहि कुलका राणा परिवारले त झन् उग्रश्र आफ्नो क्रुरता ,अत्याचार दमनलाई झन् उच्च चरम शिखर सम्म पुर्याए। समय वित्ततै गयो , पहिल निरंकुश राना शासन अनि त्यसपछि क्रुर साही राज शाष्ण को त् अन्त्य भयो। यिनीहरुको अन्त्य भएता पनि आज गरेका अराजकता ,कब्जा बाट पूर्णता ले स्वतन्त्र मुक्त हुन सकेका छैन। ठुलो संघर्स ,जनयुद्ध ,जन आन्दोलन पश्चात - किराती ,नेवाः , दलित,जनजाति ,आदिवासी ,मधेसी ,थारु र अन्य उत्पीडित वर्ग हरुले केहि हद सम्म आफ्नो अधिकार पाए स्वतन्त्र आवाज उठाउन पाए , तर पनि पूर्ण रुपले स्वन्त्र मुक्ति स्वाभिमान पहिचान पाउन अझ बाकि नै छ।

अहिले स्वन्तन्त्र भएका भारत ,युरोप ,अमेरिका ,अरब इत्यादी देश हरुमा पहिला को अंग्रेज लाई निरङ्कुश ,क्रुर, अत्याचारी भनिन्छ भने हाम्रो देश मा ज्यानमार ,हत्यारा , अत्याचारी पृथ्वी नारायण शाह लाई एकता पुरुष भनेर भनिन्छ। यसले त यति स्पस्ट गर्छ कि नेपालका उत्पीडित वर्ग हरु अझ स्वतन्त्र आजद हुन सकेका छैन।

निरङ्कुश ,अत्याचारी ,हत्यारा शाह वंशीय राजा र राना द्वारा कब्जा गरियेका ,दबाएर गुलाम बनाएर राखिएका ,सोषित ,उत्पीडित किराती ,नेवाः अन्य जनजाति आदिवासी ,दलित ,मधेसी ,थारु हरु आफ्नो खोसिएको स्वन्त्र पहिचान फिर्ता माग्दा अहिलेको मत्थिल्लो वर्गका शासक वर्गीय हरुले आफ्नो स्वार्थीपना ,क्रुरता झल्काईरहेका छन्।

अहिलेको चार दलिय साश्कले पनि राजा ,राना झैँ प्रविरृति देखाइ रहेका छन। यिनीहरुले पनि बल , छल , हथ्यार को प्रयोगले जनजाति ,आदिवसी ,मधेसी ,थारु हरुलाई दबाउन खोजिएका छन।



मेरो देशका सम्पूर्ण देशवासीले सिघ्र नै पूर्ण समानता रुपले स्वतन्त्र पहिचान हक अधिकार पाउन भन्ने आशा- कामना गर्दछु।

धन्यवाद !!

* ( मेरो कुरा को अवस्य बिरोध गर्नु होला तर बिरोध गर्ने अगाडि मलाई यति मात्र भानिदिनुस कि हजारौ निर्दोष हरुको रगत को खोला बगाएर अनि तिनीहरुलाई कब्जा गरेर पृथ्वी नारायण शाह ले जगत को भलो गरे कि आफ्नो कुल को भलो गरे ? )

देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो


देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो - अरुण बराल

पञ्चायतले कोरेको सीमानामा एक इञ्च पनि तलमाथि नगरियोस् भन्ने यो सोचाइ राज्य पुनसंरचनाको वैज्ञानिक मान्यतामा आधारित छैन ।

अहिले सुदुरपश्चिमको कैलाली कञ्चनपुरका जिल्लाहरुमा आन्दोलनको आगो सल्किएको छ । यसरी आगो बल्नुमा सुदुरपश्चिमका नेता भनिएका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको अदुरदर्शिता एवं पञ्चायतकालीन मानसिकताले काम गरेको छ ।

कैलाली र कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा राख्नुपर्छ, नभए पार्टी छाडिन्छ भन्ने लेखराज भट्टको सोचाइले महेन्द्रकालीन सीमांकनलाई पक्षपोषण गर्छ ।

राज्यको नयाँ ढंगले सीमांकन गर्दा कैलालीको थारु बाहुल्य पूर्वी प्रदेशलाई बर्दियातर्फ मिलाउँदा त्यहाँ पहिरो जाँदैनथ्यो । कैलालीका ४ लाख थारुहरुको त्यो मागलाई सम्बोधन गर्नै नेताहरुले नसक्दा आज त्यहाँ आगो बलेको छ ।

कैलालीका जनताले आफू कुन प्रशासनिक इकाइमा बस्न चाहन्छन्, त्यो नदिएर देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो । पञ्चायतकालीन जिल्लाको सीमानालाई फेरबदल गर्न नदिने यस्तो सोचाइले अहिलेको मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन र द्वन्द्वको समाधानसमेत गर्दैन ।

पञ्चायतकालीन संरचनालाई यथावत राख्ने हो भने संघीयता र राज्य पुनसंरचना किन चाहियो ? यसको जवाफ अखण्ड पक्षधर नेताहरुले दिन सकेका छैनन् ।

शेरबहादुर देउवा कैलालीका मान्छे होइनन्, उनको गृहजिल्ला डडेलधुरा हो । उनले कैलालीका ४ लाख थारुलाई कँजाउन खोज्दा यतिबेला कैलालीका जनता सुदुरपश्चिममा बस्दैनौं, हामीलाई स्वायत्तता चाहिन्छ भनिरहेका छन् । देउवासँग यसको जवाफ के छ ? उनले यसको जवाफ दिएनन् भने पश्चिमको आयोग सल्काउने काममा देउवाको भूमिका स्पष्ट हुन्छ ।

भनिन्छ, नेता लहडी भयो भने, सिंगो मुलुक र त्यस देशका जनताले त्यसको शिकार हुनुपर्छ । विश्वका कैंयौं मुलुकमा खराब सोचाइका नेताका कारण जनताले दुख पाउने गरेका छन् ।

सुदुरपश्चिम र मध्यपश्चिममा सल्केको आन्दोलनको आगोमा पञ्चायती मानसिकता बोकेका केही नेताहरुको ढीपी जवाफदेही बनेको छ । आन्दोलनकै क्रममा सोमबार सुर्खेतमा गोली लागेर एकजनाको निधन भइसकेको छ । सिंगै सुदुरपश्चिमका जनताले बन्द र हडतालका कारण दुख पाइरहेका छन् ।

देउवा, रावल र भट्टज्यू, आफ्नो क्षेत्रका जनताको माग र भावनालाई व्यवस्थापन गर्न सक्नुभएन भने काठमाडौंमा बसेर तपाईहरुको राजनीति कतिञ्जेल चल्ला ?

स्मरणीय छ, जुन प्रदेशका जनता आपसमा सन्तुष्ट र खुशी हुन्छन्, त्यही प्रदेशले चाँडो विकास र सम्वृद्धि हासिल गर्नेछ । जुन प्रदेशका जनता दुखी हुन्छन्, त्यहाँका नेताले आगामी दिनमा हात धोएर राजनीतिबाट सन्यास लिए हुन्छ ।

नेपाली कांग्रेसको भावी सभापति हुन लागेका देउवाले सुदुर पश्चिमको आगो निभेन भने राजनीतिबाटै कमण्डलु बोक्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नो घरबारीमा आगो सल्काएर निरोबाहेक अरु कोही पनि चैनले सुत्न सक्दैन ।

Go Koirala Go!


  • सुशील-बामे सरकार को राजीनामा 
  • संविधान सभा को बिगठन 
  • संघीय गठबंधन को दुई तिहाई, काँग्रेस-एमाले-एमाओवादी को एक तिहाई रहेको नया अंतरिम सरकार को गठन 
  • क्रांतिकारी अंतरिम सरकार द्वारा अंतरिम संविधान मा नै सीमांकन र नामांकन 
  • ३०१ सदस्य भएको नया संविधान सभा को चुनाव नवम्बर मा र नया संविधान को अनुमोदन 
यस का लागि 
  • संघीय गठबंधन का सबै पार्टी हरु को संविधान सभा बाट सामुहिक राजीनामा र 
  • अनिश्चितकालीन देश बंद 
मधेसी जनजाति एकता जिन्दाबाद!

Go Koirala Go!


Sadbhavana Party Song

Posted by सदभावना पार्टी on Tuesday, March 24, 2015


Sushil Koirala In Procession

In Solidarity

भारदह घटना र सिडिओको झुठको खेती


भारदह घटना र सिडिओको झुठको खेती

सक्षम भारद्वाज आफ्नो अधिकारकालागि मधेशी मोर्चाले गत मंगलबार भारदहमा गरेको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न प्रहरीले गोली प्रहार ग¥यो । प्रहरीको गोली लागेर भारदह गाविस १ का राजीव राउतले ज्यान गुमाए । दुधे बालिकासहित उनका दुई अबोध सन्तानले पिता गुमाए ।

राजीवको मृत्युले सि·ो भारदहबासी मात्र नभई समग्र मधेश नै शोकमग्न छ । उनको परिवारका सदस्यहरुको आँखा अझै ओभाएको छैन । उनकी पत्नी निलमदेवीको चेत खुल्न सकेको छैन भने आमा महियादेवी र बुवा भीम राउत छोराको पोष्टमार्टम गरिएको शरीरलाई टोलाईरहन्छन् ।

राजीव भारदहमा हुने गरेका प्रायःजसो आन्दोलनमा सहभागी हुने गरेका थिए । पेशाले कृषक रहेका उनी केराखेती गरी आफ्नो परिवारको गुजारा गर्दै आएका थिए । भारदहमा शनिबारदेखि नै आन्दोलन जारी थियो । आईतबारदेखि मोर्चाले गरेको आमहड्तालमा उनी सक्रिय सहभागी रहेको मोर्चाका नेताहरुको कथन छ । मंगलबार पनि उनी आन्दोलनमा थिए ।

प्रहरीले आन्दोलनलाई दमन गर्न आफ्नो बर्बरतापूर्ण ब्यवहार देखायो । आन्दोलनकारीमाथि लाठीचार्ज गर्नुकासाथै अभद्र गाली गर्दै घर घरमा पसेर के महिला, के वृद्ध के बालबालिका सबैलाई निर्घात कुटपिट गरे । सोही क्रममा प्रहरीले राजीवलाई ताकेरै छातीमा गोली प्रहार गरे । इलाका प्रहरी कार्यालय नजिकै रहेका उनलाई प्रहरीले ताकेर गोली हाने । आन्दोलनकारीलाई नियन्त्रण गर्न गोली प्रहार गर्नै पर्ने अवस्था आएमा कम्मरमुनीको भागमा मात्र गोली प्रहार गर्ने कानुन हुँदाहुँदै राजीवलाई छातीमा किन गोली हानियो ? यसको जवाफ सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले दिनै पर्छ ।

प्रहरीले बुलेट अर्थात फलामको गोली चलाएको देखिन्छ । गाउँमा जताततै गोलीको छर्राहरु लागेको स्पष्ट देखिन्छ । प्रहरी चौकी नजिकै रहेको मिलहरुको मिटरमा गोली लागेको अझै पनि हेर्न सकिन्छ । घरका भित्ताहरुमा जताततै गोलीको निसान छन् । टोलमा रहेको बाँसहरुमा गोली छेडिएको दृश्यहरु जस्ताको तस्तै छ ।

प्रहरीकै गोलीले मृत्युबरण गरेका आफ्नो छोराको लास लिएर घर आएका भीमको परिवारमाथि प्रहरीले फेरि बर्बरतापूर्वक निर्घात कुटपिट गरे । घर भित्र छिरेर आफूहरुलाई निर्धात कुटपिट गरेको मृतकका बुवा भीमले दुःखेसो पोखे । घरवाट वाहिर निकालेर सडकमा लगेर आफूसँगै अरु स्थानीयहरुलाई पनि प्रहरीले निर्धात कुटपिट गरेको उनले भने ।

स्थानीयहरुलाई ‘बिहारी’ भन्दै गाली गर्दै प्रहरीले जथाभावी गोली प्रहार गरे । घरभित्र, पसलभित्र पसेर प्रहरीले कुटपिट गरे । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फाले ।

आन्दोलनको दिन साँझ ४ बजेदेखि कफ्र्यू लगाइएको थियो । राती गाऊँमा घरघरमा पसेर प्रहरीले थर्काउँदै गाली गरेका थिए । महिलाहरुलाई दुब्र्यबहार गरे । कफर्यूको बेला पर्वते अनुहार भएका मोटरसाइकल चालकलाई जान दिइएको थियो भने मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरिएको थियो ।

एकातिर प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरी एक जनाको ज्यान लिएको छ भने अर्कोतिर गोली चलाउने आदेश नै नदिएको अभिब्यक्ति दिंदैछन् । सुरक्षा निकायकै जिम्मेवार अधिकारीहरुले दिएको बयान आपसमा बाझिएको छ । आन्दोलनकारीले प्रहरीमाथि फायर गरेपछि आफूहरुले फायर गरेको डिएसपी नारायणप्रसाद चिमरियाले दाबी गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आन्दोलनकारीले चौकीमाथि आक्रमण भएपछि गोली चलेको हो भनी अभिब्यक्ति दिएका छन् । जबकी प्रहरी उपरीक्षक(एसपी) शिशिर कर्माचार्यले प्रहरीको गाडीमाथि पेट्रोल बम प्रहार भएपछि गोली चलाइएको भनी प्रतिक्रिया दिएका छन् ।

अर्कोतिर गृहमन्त्री बामदेव गौतमले त रेडिमेड प्रतिक्रिया जनाएका छन्– हतियार खोस्न खोजेपछि सप्तरीमा गोली चलाउनुप¥यो । एउटै घटनाको बारेमा हरेक जिम्मेवार अधिकारीले फरक फरक प्रतिक्रिया दिनाले पनि सुरक्षा अधिकारीहरुले आन्दोलनकारकिो ज्यान लिएर षडयन्त्रपूर्ण ढ·बाट आन्दोलनलाई निष्तेज पार्न र दमन गर्न गोली चलाएको पुष्टि हुन्छ ।

घटनाको दिन मंगलबार स्थानीय सञ्चारकर्मीहरुले जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका सिडिओ विरेन्द्रकुमार यादवलाई गोली चलेको बारेमा सोध्दा आफूले गोली चलाउने आदेश नदिएको बताएका थिए । तर, बुधबारको ‘रातोपाटी’ अनलाइनमा उनले ‘बाध्य भएर गोली चलाउने आदेश दिएको’ बताएका छन् । काठमाण्डौको मिडियालाई गोली चलाउने आदेश आफूले दिएको बताउने सिडिओले स्थानीय सञ्चारकर्मीहरुलाई किन ढाँटे ? स्थानीय सञ्चारकर्मीलाई बताएपछि आक्रोश बढी हुने र काठमाण्डौको अनलाइनमा सप्तरीयाको पहुँच नहुने ठानेरै सिडिओले नबताएको हुन सक्छ । तर, सिडिओ यादवले शायद विर्सेछन् अहिलेको जमाना भनेको सूचना प्रविधिको हो र जहाँसुकैको खबर पनि थाहा पाउन सकिन्छ ।

यति मात्र कहाँ हो र सिडिओको झुठोको खेतीको फेहरिस्त अझै लामो छ । उनले तनाव कम गर्न स्थानीय राजनीतिक दल, आन्दोलनका नेतृत्व वर्गसँग बसेर छलफल गरें, नागरिक समाज, मानवअधिकार र सञ्चारकर्मीहरुसँग बसेर जारी असन्तुष्टलाई कसरी साम्य बनाउन सकिन्छ भनेर छलफल गरी राय सुझाव लिएँ भनेर रातोपाटीलाई भनेका छन् । त्यहाँका स्थानीयसँग पनि बसेर पनि समस्या समाधानबारे सुझावहरु मागेँ, त्यसैअनुसार वातावरण सामान्यतर्फ गयो उनले भनेका छन् ।

आन्दोलनकारीले संयमता गुमाएर उग्र बन्दा अप्रिय घटना भएको भन्दै सिडिओ यादवले आन्दोलनकारीले भारदहको प्रहरी कार्यालयमा आक्रमण गरेपछि, कार्यालयको झ्यालको सिसा फुटाउने, गाडी आगजनी गर्ने जस्ता काम हुन थालेपछि र आन्दोलनकारी नियन्त्रणबाहिर गएपछि त्यहाँ बाध्य भएर प्रहरीले गोली चलाउनुप¥यो भनी अनलाइनलाई भनेका छन् । आत्मरक्षाका लागि र सरकारी सम्पत्तिको रक्षाका लागि पनि बाध्य भएर गोली चलाउने आदेश दिनुपरेको उनले बताएका छन् । आन्दोलनरत दलका नेतृत्वसँग बसेर छलफल गरिरहेको र समस्या समाधानबारे कुरा गरिरहेको भनेर फेरि सिडिओले ढाँटेका छन् । घटनाको तीन दिन बित्दा पनि सिडिओले कुनै पनि आन्दोलनकारी वा राजनीतिक दलसँग यस घटनाका बारेमा छलफल गरेका छैनन् न त कुनै सञ्चारकर्मीसँग नै कुराकानी गरेका छन् । स्थानीयसँग र आन्दोलनकारीका अगुवासँग छलफल गरिरहेको बताउने सिडिओ यादवले तीन दिन बित्दा पनि मृतकको घरमा पुग्न सकेका छैनन् ।

आफूहरुसँग सिडिओ यादवले कुनै किसीमको छलफल र कुराकानी नगरेको आन्दोलनको अगुवाई गरिरहेका संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले बताए ।

सिडिओकोलागि मान्छेको ज्यानभन्दा सरकारी सम्पत्तिनै प्यारो भएकोले मान्छेलाई नै मार्ने आदेश दिए । पटक पटक ढाँट्ने काम समेत गरेका छन् । महत्वपूर्ण ओहदामा बसेका सिडिओले जनतालाई कसरी ढाँट्न मिल्छ ? गोली हान्ने निर्णय गरेको हो र आदेश दिएको हो भने आफूलाई अत्यन्तै ‘स्मार्ट’ ठान्ने सिडिओले त्यसलाई स्विकार गर्न किन डराईरहेका छन् ? यो गम्भीर प्रश्न हो ।

सिडिओ यादवलाई अर्को प्रश्न, आफ्नो अधिकारकोलागि लड्ने भारदहबासी मधेसीहरु के बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली नै गर्नुपर्छ ? प्रहरी प्रशासनको यस्तो ब्यवहारबाट भारदहमा के सदभाव बलियो हुँदैछ ?

राष्ट्रिय मानवअधिकार आयोगलाई अर्को प्रश्न, के भारदह घटनाको छानबिन आयोगको कार्यक्षेत्र भित्र पर्दैन ? यसबारे राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माले जवाफ दिने कि नदिने ? के सप्तरीका वा काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहको यस्तो ह्रदयविदारक घटनाप्रति अधिकारबादीहरु किन मौन छन् र यो मौनता कहिलेसम्मकालागि हो ?

प्रहरी प्रशासनको यस्तो रबैयाका बारेमा कहिलेसम्म चुप लागेर बस्ने हो ? प्रहरी प्रशासनले मान्छेको ज्यान लिने र सामाजिक सद्भाव विथोल्ने काम गरिरहँदा संविधान सभामा रहेका सभासदहरु किन चुप लागेर बसेका हुन् ? यस्ता प्रश्नहरुको जवाफ दिनु आवश्यक छ । सप्तरीबासी हरेक कुरामा सचेत र सजग छन् । यस्ता प्रश्नहरुको जवाफ सम्बन्धित ब्यक्ति तथा निकायहरुसँग खोज्ने नै छन् ।