Wednesday, August 19, 2015

In The News (23)

सीमाङ्कनमा नयाँ विकल्प, कहिलेकाँही ‘प्रसव वेदना’ लम्बिन्छ : भट्टराई
सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे,

‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ?’

नेताहरुको जवाफ आयो, ‘भोलि (बिहीबार)चाहिँ पक्का टुङ्गिन्छ।’ ...... नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने पाँचदेखि आठ प्रदेशसम्ममा जाने भन्ने विभिन्न प्रस्ताव प्रस्तुत भएको तर कुनै निर्णय नभएको बताए। छ प्रदेशमा जाने भन्ने पछिल्लो सहमतिपछि विभिन्न क्षेत्र र जिल्लामा भएका बन्द, हड्ताल र विरोधलाई कसरी सम्बोधन गर्ने भन्नेमै सबैको चासो रहेको पौडेलले उल्लेख गरे। उनले सुदूरपश्चिम र मध्यपश्चिमलाई एकै प्रदेश र राजधानीको थप नयाँ प्रदेश गरेर कूल छ प्रदेशमा पनि जान सकिने आफ्नो धारणा रहेको स्पष्ट गरे। .... एमालेका उपमहासचिव विष्णु पौडेलले ‘भोलि (बिहीबार) चाहिँ पक्का टुङ्गिन्छ र छ प्रदेशभन्दा माथि जाँदैन’ पत्रकारलाई आश्वस्त पारे
संविधान सभाबाट राजिनामा दिने पार्टीको संख्या बढ्छ : अनिल झा
अध्यक्ष झाले भनेका छन्,‘मधेशको मागप्रति यस्तै लाचारि देखाउँदै जाने हो भने संविधान सभाबाट राजिनामा दिने पार्टीहरुको संख्या बढ्दै जानेछ । मेरो पार्टीले केही दिनमै संविधान सभाबाट राजिनामा दिन सक्छ ।’ ....... पहिलो संविधान सभाको समिति र आयोगले तयार पारेको प्रतिवेदनअनुसार सीमांकन हुनु पर्ने धारणा राखे । ...... अहिलेको प्रदेशको अधिकार जिल्ला विकास समितिको भन्दा कम भएको बताए । ..... उनले सबै निकाय संघीय हुनु पर्ने मिथिला र लुम्बिनी भएकादेखि मधेशी भएकोले उनीहरुलाई अंगिकृत नागरिकता दिने प्रावधान मान्यत नहुने चेतावनी दिए ।
रात्रीबस लगायत सम्पुर्ण यातायात नचलाउन मोर्चाको आहवान
संयुक्त लोकतान्त्रिक मोर्चा पर्साले अनिश्चितकालीन मधेश तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिव यादवको अध्यक्षतामा सोमबार साझ वीरगन्जमा बसेको मोर्चाको बैठकले केन्द्रले आहवान गरेको अनिश्चित कालीन मधेस तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निणय गरेको हो । साथै मोर्चाले वीरगन्जबाट सचांलित हुने सम्पुर्ण रात्री कालीन तथा दिवा सेवामा चल्ने वस तथा अन्य सार्वजनिक यातायातका साधनलाइ ठप्प पारी बन्दलाइ सफल गर्न मोर्चा अनुरोध पनिगरेको छ ।मोर्चाको बैठकले आपतकालीन मर्मत कार्यमा प्रयोग हुने विद्युत प्राधिकरणको गाडी , एम्बुलेन्स , दुग्ध तथा पत्रपत्रिका ओसार्ने गाडी , वारुण यन्त्र , विवाहका सवारीसाधन भने निर्वाध रुपमा सन्चालन हुन दिने निर्णय पनि गरेको फोरम नेपाल पर्साका अध्यक्ष यादवले जानकारी दिनु भयो । बैठकमा तराइ मधेश लोकतान्त्रिक पार्टीका पर्सा संयोजक पुरुषोत्तमलाल झा , फोरम नेपालका केन्द्रिय सदस्यद्धय करिमा बेगम र वीरेन्द्र यादव ,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला अध्यक्ष इमदाद गद्धी , तराइ मधेश सदभावना पार्टी पर्साका सचिव श्रीराम गिरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

अखण्ड बिखंड श्रीखण्ड हरुले थरुहट बारे बुझ्नु पर्ने कुरा

अखण्ड बिखंड श्रीखण्ड हरुले बुझ्नु पर्ने कुरा के भने, थरुहट मा तिम्रो घर जग्गा खोस्ने काम हुँदैन, तिम्रो जीविकोपार्जन कायम रहन्छ, सरकारी कामकाज तिम्रो भाषा मा हुने कायम रहन्छ, तर अब सरकारी कामकाज को भाषा थारु पनि हुने भो थरुहट मा। तिमीलाई समस्या के पर्यो? तिमीले पाएको कुरा हामीले पनि पाउँदा तिमी त्यति सारहो नाखुश? सुहाएन।

त्यस थरुहट प्रदेश को मुख्य मंत्री बन्न थारु हुनुपर्छ भन्ने छैन। लोकतंत्र हो। जसले वोट बटुल्छ उ मुख्य मंत्री बन्छ।

फेरि सिङ्गै केंद्र सरकार छ। थरुहट बाट जितेर केंद्र सरकारमा जाने पनि हुन्छ। केंद्र सरकार कै थरुहट प्रदेश भित्र प्रयाप्त उपस्थिति हुन्छ। संघीय नेपाल मा पनि केंद्र सरकार निकै बलियो रहन्छ।

कमैया प्रथा का दिन गए। अब एक अर्का लाई आदर गर्दै मिलेर बस्ने दिन आए।

कैलाली कंचनपुर थरुहट हो। चितवन थरुहट हो। नेवार को काठमाण्डु र थारुको चितवन, उस्तै उस्तै हो।



प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन् ? (घरघरमा गएर गोली र अश्रुग्याँस प्रहार)



धम्की कि रियालिटी : भोलीदेखि काठमाडौंलाई ‘गुडबाई’ गर्दै राजेन्द्र महतो
सद्भावनापथमा जाला अन्य मधेशी दल ?

सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिने घोषणा गरे लगत्तै मधेशमा नयाँ तरंगको सृजना भएको छ ।

पटक–पटक संविधानसभाबाट राजीनामा दिने चेतावनी दिँदै आएका पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ उक्त चेतावनीलाई सत्यतामा परिणत गरिदिए । महतो अब भोलीदेखि काठमाडौंलाई गुडवाई गर्दै मधेश केन्द्रीत आन्दोलनमा लाग्ने भएका छन् । .....

‘संविधानसभा त केवल म रोएजस्तो तिमी कुटेजस्तो गर्छु भन्ने मात्र भयो ।

संविधानसभामा जति नारा लगाए पनि जति जुलुस लगाए पनि शीर्ष दलहरुले गणितको अहंकारलाई न त्याग्ने देखियो । हाम्रो लागि त संविधानसभाको औचित्य नै समाप्त भएपछि संविधानसभा छाड्ने निर्णय गर्यौं ।’ महतोले यो निर्णय अकास्मात नभएर पार्टीले लामो समय छलफल गरेपछि लिएको बताए । ....... ‘हामी भत्ता र सत्ताको लागि किन संविधानसभामा बस्ने ? जनताले जे कारणले हामीलाई भोट दियो, त्यो कुरा नै संविधानसभाबाट प्राप्त नभएपछि त्यहाँ किन बसिराख्ने ?,’ महतोले भने, ‘हामीले मधेशको नाममा होइन, मधेशका लागि राजनीति गरेका हौं ।’ उनले मधेश आन्दोलनको माग, थारुहटको माग र अन्तरिम संविधानका उपलब्धि संकटमा परेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको जिकिर गरे । ...... यसो त मधेशी दलहरुलाई संविधानसभाबाट राजिनामा दिनका लागि ती पार्टीको भातृसंगठनहरुले निकै दबाब दिइरहेका छन् । विद्यार्थीदेखि जिल्ला कमिटीहरुबाट राजिनामा दिनुपर्ने मागसहितको ज्ञापनपत्र आउने गरेको महतो स्वीकार गर्छन् । ...... ‘सद्भावनाले राजिनामा दिएपछि अन्य मधेशी दलमा पनि दबाब बढेको छ । तर आजसम्मको क्रियाकलाप हेर्दा वहाँहरु राजिनामा गर्ने पक्षमा देखिनु भएको छैन । वहाँहरु बोल्ड डिजिसन लिन खै किन हो डराईरहनु भएको छ । हामीले त वहाँहरुले निरन्तररुपमा संविधानसभाबाट अब मधेशको माग पूरा हुनसक्दैन । आन्दोलन मात्र एक विकल्प हो भनेर भन्दै आइरहेका छौं ।’


‘थारू श्रीपेच विनाका राजाहरूको दास बन्न तयार छैनन्’
२०६९ जनगणना अनुसार यो समुदायको जनसंख्या

१७ लाख ३७ हजार ४ सय ७०

छ। पूर्वी चितवनदेखि कञ्चनपुरसम्मको भू-भागलाई थरूहट बनाउनुपर्ने लगायतको माग उनीहरूको छ। ...... आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी ..... ‘नेताहरूको यस्तो मनसाय पूर्वराजा ज्ञानेन्द्र, वीरेन्द्र र राणा शासनका श्री ३ हरूको जस्तो हो ।’ .... चार दलका मुख्य नेता श्रीपेच विनाका राजा बन्न खोज्दैछन्, यी श्रीपेच विनाका राजाका बन्दी भएर हामी बस्दैनौँ । .....

हामी २० औँ हजारको वलिदान दिएर आन्दोलन गर्न तयार छौँ ।

सबै खाले अतिवादी र अधिनायकवादी विचारलाई परास्त गर्न तयार छौँ । ..... दुई दशकअघिदेखि हामी अधिकारका निम्ति सडकमा छौँ । ...... सवाल समानुपातिक समावेशीताको हो । अब सिंहदरबार मोडेलको शासन प्रशासनले यो मुलुक चल्दैन । एउटा प्रधानमन्त्रीको ठाउँमा ६ वटा प्रदेश बनाएर ६ वटा मुख्य मन्त्रीको कुर्सी आविष्कार गरेर देश बन्दैन । ६ वटा नेतालाई मुख्यमन्त्रीको सुविधा दिन हामीले बलिदान गरेका हौँ र ? ..... राज्यको सबै अंगमा हाम्रो प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्छ । हाम्रो भाषा उपेक्षित भयो । हाम्रो संस्कृतिलाई तिरस्कार गरियो ।

हामीलाई पाँचौँ/छैठौँ दर्जाको नागरिकको रूपमा राज्यले व्यवहार गर्यो ।

राज्यका सबै अंगले पनि त्यही व्यवहार गरे । त्यो सबै विभेदको अन्त्य हामीले नयाँ संविधानमा चाहेका छौँ । ...... जति पनि नेपालका निकाय छन् । अब बन्ने जति पनि निकाय हुन्छन् ती सबै ठाउँमा पुनर्संरचना गरिनुपर्छ । हरेक राज्यको अंग र निकायमा गाउँघरका जनताको पहुँच पुग्नुपर्छ ।

काठमाडौँले पाउने सेवा सुविधा गाउँघर आँगनसम्मै पुग्नुपर्छ ।

...... ‘यदि तपाईंहरूलाई अखण्ड शब्द मन पर्छ भने तपाईंहरू खुलेर भन्नुहोस् हामी राजा महेन्द्रका समर्थक हौँ । उनका अनुयायी हौँ । श्री ३ हरूका अनुयायी हौँ । श्री ५ महाराजाधिराजका अनुयायी हौँ । उनीहरूका समर्थक हौँ । त्यसकारण हामी फेरी पञ्चायती शासन चाहन्छौँ । हामी फेरी राणाशासन चाहन्छौँ ।’ ...... शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, रमेश लेखक जस्ता मान्छेहरू मुखले संघीयताको कुरा गर्छन् । व्यवहारमा संघीयताको घाँटी निमोठ्ने काम गरिराखेका छन् । लोकतन्त्र र गणतन्त्रको कुरा गर्ने अनि व्यवहार अर्कै प्रस्तुत किन हुँदैछ ? यो दहीच्यूरे कुरा भयो । ..... यो आन्दोलन माटोको आन्दोलन हो । यो माटोमा हामी जन्मियौँ, तर जन्मिदै विभेदमा पर्यौँ । मैले बोल्ने भाषा, मैले लाउने पोशाक, मैले खेल्ने हाँस्ने संस्कृति यो सबै उपेक्षित भयो र विभेदमा पर्यो । ...... यो कसैको इशाराको आन्दोलन होइन यो आन्दोलन माटोको उपज हो । जसले हाम्रो आन्दोलनलााई कसैको इशारामा भन्दैछन्, उनीहरूलाई मेरो प्रश्न छ, के हामी दिल्ली वार्तामा गएका छौँ ? दिल्ली अथवा बेइजिङ वा वासिंटनबाट को—को सञ्चालित छन् भन्ने कुरा जनताका बीचमा घाम जत्तिकै छर्लंग छ । ......

यो देशका नेता नालायक मात्र म भन्दिनँ, यी नेताहरू नालायक भन्न पनि लायक भएनन् ।

यी चार नेता कठपुतली हुन् । त्यसैले यिनीहरू आफ्नो विवेकले काम गर्दैनन् । ......

नेपालको आदिवासी जनजाति आन्दोलनलाई मूलधारको आन्दोलन बनाउनु पर्छ । मूलधारको आन्दोलन नबनाउँदासम्म नेपालको समग्र आदिवासी जनजातिको आन्दोलनले सफलता प्राप्त गर्न सक्दैन ।

यो कुरा गर्दै गर्दा मलाई कतिपय साथीहरू फरक धारको कुरा गर्यो भन्छन् । .......... राजकुमार लेखी नै आदिवासी जनजाति महासंघमा पुग्नै पर्ने अनि थारू नेतृत्वमा पुगेपछि मात्र थारूका कुरा बोल्नु पर्ने ? पहाडका जनजाति नेताहरूले कमैया र कमलरीका बारेमा किन बोल्न सकेनन् ? थारूको बारेमा किन बोल्न सकेनन् ? अनि थारूलाई जबरजस्ती मधेसीको पहिचान भिराउँदा र मधेसीको पहिचान थोपर्दा यो देशका ती नेताहरूको कान कहाँ थियो ? ...... पहाडे आदिवासी जनजाति

राई, गुरूङ, मगर

समुदायका जो आफूलाई सिंगो आदिवासी जनजाति महासंघको मसिहा मान्छन्, तिनीहरूको पनि सामन्ती र गलत चिन्तनको म सधैँ विरोध गर्दै आएको छु । पद्मरत्न तुलाधरको आन्दोलन सुरू भयो । त्यहाँ थारू आन्दोलनको माग बुँदा कहाँ समेटिएको छ ? ........ हामी उहाँहरूबाट ठूलो आश छैन, तर कुनै न कुनै रूपमा अधिकांश थारू सभासद्हरूको आन्दोलनमा समर्थन छ । उहाँहरूको बाध्यता होला, पार्टीको आदेश होला । त्यसकारण हामीले सरकारी जागिर खाने अनि राज्यको सुविधा र भत्ता खाने मान्छेसँग धेरै अपेक्षा गर्नु कमजोरी हुन्छ । ........ सडकमा र मैदानमा उहाँहरूबाट हामीले धेरै अपेक्षा गर्नु हुँदैन र गरेका पनि छैनौँ । ....... राणा शासन त जनताले फाले अनि चार नेता जो श्रीपेचविनाका राजा बन्न खोज्दै छन्, यो मूर्खता हो । ...... अहिंसात्मक आन्दोलनमा त्यो तागत हुन्छ, जुन आन्दोलनले हतियार, सेना, बन्दुक, गोला बारूद सबैलाई परास्त गर्न सक्छ । हामीसँग त्यो तागत छ । थारू समुदाय सँग त्यो तागत छ । ......

हामी सीमाङ्कनको मात्र कुरा गरिराखेका छैनौँ । नामाङ्कन सीमाङ्कन, समावेशिकरण, धर्म निरपेक्षता, संघीयता, राज्यको सिंगो पुनर्संरचना । राज्यको पुनर्संरचना भनेको प्रदेशको नाम बनाएर मात्र हुन्छ र ?

...... सोच्दै नसोचेको ६ प्रदेश आयो । यही माओवादी होइन १४ प्रदेश र १२ प्रदेशको कुरा गर्ने ? यही कांग्रेस र एमाले होइन ८ र १० प्रदेशको कुरा गर्ने ? ..... देश बनाउन हामीलाई दिए हुन्छ । विश्वास गरेर दिनुहोस् । २० वर्षमा देशलाई कायापलट गरीदिन सक्छौँ । ६ प्रदेश मात्रै होइन, हामी २५ प्रदेश बनाएर चलाइदिन सक्छौँ । ..............

के हिजो यी दलहरू जुन ऐजेन्डा बोकेर जनताको बीचमा भोट माग्न गएका थिए, के त्यो अनुसार संविधान बनाउँदै छन् त ? कदापी छैन ।

हिजो भोट माग्दा अर्को कुरा गरे, अहिले अर्को नै संविधान बनाउँदैछन् । जनतालाई ढाट्दैछन् । जनतालाई बेवकुफ बनाउन खोज्दैछन् । ...... जहाँसम्म संख्याको कुरा छ, हिजो माओवादी कति थिए ? कांग्रेस एमाले कति थिए ? जतिबेला नेपाली कांग्रेस यो देशमा परिवर्तनका लागि आयो, त्यतिबेला कांग्रेस कति थिए ? जम्मा एक दुई दर्जन नेता मात्र थिए । कम्युनिस्ट पार्टीको जन्म हुँदा पनि एक दुई दर्जन मात्र मान्छे थिए । माओवादी जनयुद्ध हुँदा कति जना मान्छे थिए ? यही रत्नपार्कमा यही बागबजारमा त्यही २५ जनाको जुलुस हुन्थ्यो । भीडको कुरा होइन एजेन्डाको कुरा हो । अधिकारको कुरा हो । ............ अहिंसात्मक हुन्छ र कसैले हामीलाई चुनौती दिन खोज्यो भने इँटको जवाफ पत्थरले दिन्छ । ... यी चार नेता अर्थात् चार दल प्राइभेट लिमिटेडले हाम्रा माग पुरा नगरी धर पाउँदैनन् । .......

सात दशक बढी लामो संघर्ष र बलिदानाट आएको उपलब्धिलाई त्यसै खेर जान दिदैनौँ ।

काँग्रेस पार्टी…… स्वाहा!



काँग्रेस पार्टी…… स्वाहा!

स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न

सेर्पा प्रदेश बिनाकाे संविधान स्विकार नगर्ने उद्घाेषका साथ सेर्पाहरुले अाज काठमाण्डाैमा बिराेध जुलुस निकालेका छन । भाद्र २ गते काठमाण्डाैकाे बाैद्दबाट ११ बजे निकालेकाे याे जुलुसकाे भिडीयाे मैले चाबहिलमा छायाङकन गरेकाे हुँ । याे जुलुस बानेश्वरमा पुगेकाे पछि जनसभा अायाेजना गरि सम्पन्न हुने छ । याे भिडियाे सबैले सेयर गरि सक्दाे प्रचार प्रसार गर्न सहयाेग गरि दिनु हाेला । सेर्पा प्रदेश जिन्दावाद ।।।

Posted by Pasang Sherpa on Tuesday, August 18, 2015


दुनिया भरि  नेपाल र नेपाली लाई चिनाउने काम गरेको छ शेरपा ले। त्यसै शेरपा ले नेपाल भित्र भने पहिचान नपाउनु? स्वायत्त शेरपा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न।

धान्न सक्दैन भन्छ बाहुन ले। शेरपा को पर्यटन ले सारा काठमाण्डु धानेको छ, शेर्पा प्रदेश धान्न सक्दैन?



नेताका घरमा खोजीखोजी आगो लगाउने पासाङ शेर्पाको धम्की
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा प्रदेशबिनाको संविधान जारी गर्ने कार्यमा संलग्न नेताका घरमा आगो लगाउने धम्की दिएका छन् । बानेश्वरमा मंगलबार भएको विरोध सभामा बोल्दै शेर्पाले

आफूहरुलाई सिध्याउन खोज्नेलाई सिध्याएरै छाड्ने

चेतावनी दिए । ...... ‘हामीलाई सिध्याउन खोज्नेलाई कुनै पनि हालतमा आनन्दले सुत्न दिँदैनौं’, शेर्पाले भने, पहिचानविरोधी र शेर्पाहरुको अधिकारबिनाको संविधानमा हस्ताक्षर गर्ने नेताका घर खोजीखोजी आगो लगाउने दिन आउन सक्छ ।’ ...... उनले शेर्पा स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानमा रहेका विमानस्थल, यातायात र पर्यटकबाट आफूहरुले नै राजश्व उठाउने चेतावनीसमेत दिए । अधिकार प्राप्तिका लागि आन्दोलनमा होमिन उनले शेर्पा युवा र धर्म गुरुहरुलाई समेत अपिल गरे । .....

आन्दोलनमा आउँदा पक्राउ परे संसारभर छरिएर रहेका शेर्पाहरुले पक्राउ पर्नेका छोराछोरी पालिदिने

घोषणासमेत उनले गरे । शेर्पाले प्रमुख चार दलका शीर्ष नेताको नामै लिएर अपराधीको आरोप लगाए । उनले देश बर्बाद हुनुमा प्रमुख दल र ती दलका नेता जिम्मेवार रहेको बताए ।

पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल





कांग्रेस नेता कंडेलमाथि दुव्र्यवहार, एमाले सभासद बैजनाथ चौधरीको शव बनाई दाहसंस्कार
पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापती देबेन्द्रराज कंडेलमाथि परासीमा दुव्र्यवहार भएको छ । मंगलबार अखण्ड नवलपरासी र लुम्बिनी प्रदेशको माग गर्दै कांग्रेस नवलपरासीद्वारा निकालिएको शान्तीपुर्ण साईकल ¥यालीका क्रममा परासीमा उनीमाथि दुव्र्यवहार भएको हो । ..... कांग्रेसले निकालेको र्याली अगाडि बढिरहँदा केही व्यक्तीले बिचमै रोकेर “तिमी मधेशी होईनौ, तिमीले आन्दोलन गर्नुपर्दैन” भन्दै उनीमाथि दुव्र्यवहार गरेका थिए । र्यालीमा सहभागी कांग्रेसका अन्य कार्यकर्तामाथि कुटपिट पनि गरिएको छ । ...... कुटपीटमा करीब एक दर्जन घाईते भएका छन् । ........ पुर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस नवलपरासीका सभापति देबेन्द्रराज कंडेलको अगुवाईमा अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अंचलका जिल्लाहरुलाई समाबेश गरी लुम्बिनी प्रदेश कामय हुनुपर्ने माग राखि बृहत शान्ती ¥याली आयोजना गरिएको थियो । ...... थरुहट संघर्ष समिति र मधेशी मोर्चाको बन्द पनि नवलपरासीमा जारी छ । ..... यता, परासीमा विगत ९ दिनदेखि आन्दोलित बनेका अखण्ड नवलपरासीका मागकर्ताहरुले निर्वाचन क्षेत्र नं. ४ का सभासद तथा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीको शव बनाएर बुद्धचोकमा दाहसंस्कार गरेका छन् भने अर्काेतिर मधेशी तथा थरुहटको संयुक्त मोर्चाले प्रधानमन्त्री शुसिल कोईरालको पनि शव बनाई दाहसंसकार गरेका छन् ।
प्रहरीले दमन गरेको अधिकारकर्मीहरुको ठहर
केही दिन अगाडि सुर्खेतमा तथा मंगलबार सप्तरी र कपिलवस्तुमा प्रहरीले दमन गर्दै गोली प्रहार गरी आमजनताको शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने अधिकार हनन् गरेको धनुषाका मानवअधिकारकर्मीहरुले ठहर गरेका छन् । धनुषाका आधा दर्जन भन्दा बढी अधिकारकर्मीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा राज्यले बल प्रयोग गरेको प्रति आपत्ति जनाएका हुन् । .... प्रहरीको कुटाईबाट घाईते भएका जनकपुर–५ का १४ वर्षीय बालक दिनेश साह उपचारपछि घर फर्के पनि पूर्णरुपमा निको नभएको तथा स्वास्थ अवस्थामा सुधार नभएकोले उनको पूर्ण उपचारको लागि राज्यसँग अपिल गरेको ईन्सेक धनुषाका बिनोद महराले जनाएका छन् ।


जलेश्वरमा आन्दोलन उग्र हुदै
अनिश्चितकालका लागि भनिएको बन्दले जलेश्वर उग्र हुन थालेको छ । आज जलेश्वरको दुर्गाचौक,शंकरचौक लगायतको ठाउमा आन्दोलनकारीले टायर वाली बिरोध जनाएका छन भने यातायात,व्यापार पुर्णरुपमा बाधित रहेको छ।


सिरहाको मिर्चैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, मोटरसाइकलमा आगजनी
‘थरुहट स्वायत्त प्रदेश’ मागसहित गुरही पर्व पनि सडकमै
राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका छन्। .... कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लालाई थरुहट प्रदेश बनाइनु पर्ने प्रमुख माग राख्दै आन्दोलनमा होमिएको यो समुदाय माग पूरा नहुन्जेल सबै पर्वहरुलाई आन्दोलनको रुपमा स्थापित गरी सडकमा मनाउने मनस्थितिमा पुगका हुन्। ..... गुरही पर्व मूल आयोजक समिति कैलालीकी सदस्य रविना चौधरी राजनीतिक अधिकार नपाएसम्म सांस्कृतिक अधिकार पाउने नसकिने बताउँदै उनी परम्परागत भेषभुषामा सजिएर आज साँझ मनाउने जानकारी दिइन्। ..... समिति सदस्य चौधरीका अनुसार आज महिलाहरु लेहंगा र बुलाउजमा र पुरुषहरु सेतो धोती र सटमा सजिएर धनगढी बजार परिक्रमा गर्ने र धनगढीस्थित क्याम्पस चौकमा गुरही सेलाउने कार्यक्रम तय गरेका छन्। विगतका वर्षमा झैँ यस वर्ष पनि

‘हमार भाषा कला संस्कृति हमार पहिचान, यकर संरक्षण सम्बर्द्धन कैना हमार अभियान’

भन्ने मूल नाराका साथ मनाउने भएका छन्। ..... गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। ..... थारू कल्याणकारिणी सभा कैलाली सभापति समेत रहेका संघर्ष समिति संयोजक चौधरीका अनुसार गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन रहेको छ। संगै यूवाहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ। .... तर वर्तमान समयमा चाडपर्वहरुलाई केहि परिष्कृत गरेर लैजानु पर्ने पनि आवाज आजभोली उठिरहेको छ। गुरही आयोजक समितिकी सदस्य तथा स्थानीय सञ्चारकर्मी उन्नती चौधरी गुरही पर्वमा रोगी व्याधिलाई सेलाउने गरेको भएतापनि वर्तमान अवस्थामा थारू समुदायको मुख्य रोगव्याधि राजनीतिकर्मीहरुको संकुचित विचार रहेको बताइन्। ती राजनीतिकर्मीहरुको अदुर्दशी सोचका कारण थारू पहिचान र अस्तित्व संकटमा परेको बताउँदै उनी गुरहीमा नेताहरुको कुविचार रुपी पुतला सेलाउनु पर्ने र सोटाले पिट्नु पर्ने पनि उनको विचार छ।

निकम्मा सरकार - राजीनामा दे!



सुशील कोइराला रिसाएर हिँडेपछि विशेष समितिको बैठक निश्कर्षबिहिन
एमाओवादीका नेताहरुले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस एमालेले प्रस्ताव गरेको ७ प्रदेशको मोडलमा जाने प्रस्ताव गरेका थिए । त्यसमा विजयकुमार गच्छदार, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले तत्कालै समर्थन जनाएका थिए । यसमा नेकपा एमाले पनि केही हदसम्म सकारात्मक नै रहेका थिए । तर, आफ्नै ७ प्रदेशको प्रस्ताव राखेपछि कोइराला एकाएक बम्केका थिए । ...... ‘७ प्रदेशमा मलाई झुक्काएर हस्ताक्षर गराएका हुन्,’ कोइरालाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए । कोइरालाले ७ प्रदेशमा जान नसक्ने भन्दै उठेपछि आजको बैठक बिना निश्कर्ष सकियो ।
बाबुरामले भने– ‘सम्झौदा गर्नुपर्दा मन दुःखेको छ’
५ विकास क्षेत्रलाई नै ५ प्रदेश बनाउने भन्ने हल्लामात्रै
Fielding chief campaigner Modi in Bihar is BJP's mistake: Nitish
Questioning the Prime Minister’s motives for announcing a Rs 1.25 lakh crore development package for Bihar just before the polls, Kumar dismissed it as a mere “repackaging” of existing development projects. ...... “There is nothing in the package. It is repackaging, there is no budgetary support for it,” he said at an event called as HT Unplugged. Kumar added some projects were six years old while others, such as the building of a new airport for Patna, had never taken off....... “If there is jungle raj in Bihar, was it ‘mangal raj’ in Gujarat in 2002 (when the communal riots occurred)?”
दलित आन्दोलन तेस्रो चरणमा



जनकपुर पूर्ण रुपले बन्द, गृहमन्त्री गौतमको राजीनामा माग
नगर क्षेत्रमा मोटरसाइकल समेत गुडेको छैन । .... मोर्चाले बन्दको क्रममा मोटरसाइकल नगुडाउन सर्वसाधाणलाई आग्रह गरेको छ । ...... बन्दकर्ताले बुधबार बिहानैदेखि जनपुरका प्रमुख सरकारी कार्यालयहरु पनि बन्द गराएका छन् । मालपोत, नापी, आन्तरिक राजश्व, यातायात लगायतका प्रमुख कार्यालयहरु बन्द गराइएको छ । ...... आन्दोलनकारीहरुले सप्तरीको भारदहमा गोली चलाउने प्रहरीमाथि कारबाही र गृहमन्त्री वामदेव गौतमको राजीनामाको माग गरेका छन् ।

एउटा पार्टी का लागि संविधान संसोधन हुँदैन

काँग्रेस पार्टी को रेजिस्ट्रेशन समाप्त हुन लागेको छ। पाँच वर्ष मा एक चोटि सबै पार्टी ले महाधिवेशन गर्नै पर्ने बाध्यात्मक व्यवस्था छ। लोकतंत्र हो, पंचायत होइन, राजतन्त्र होइन। बीपी कोइराला ले शुरू गरेको पार्टी सुशील कोइराला ले समाप्त गर्दैछ। ट्वां देखि ट्वां सम्म। बहादुर शाह जफ्फर। बर्मा मा पनि नेपाली बस्छन् भन्ने सुनेको थिएँ।  

एउटा पार्टी का लागि संविधान संसोधन हुँदैन। कुनै परिवार को बिर्ता होइन यो देश, यो देशको संविधान।