Wednesday, August 03, 2016

लोकतंत्र भनेको विपक्षी मास्न नपाउने व्यवस्था हो

10 वर्ष ग्रिह युद्ध मच्चाएका प्रचण्ड र 13 वर्ष पन्चे को जेल मा बसेको के पी ओली को dynamic ले देश ले निकास पाउने नपाउने निधो गर्नेछ।

मधेसी मोर्चा ले खोजेको क्याबिनेट ले गर्ने निर्णय त तुरंत गर्न सकिन्छ। गर्यो भने ईमानदारी देखियो।

तर गुदी कुरा सम्विधान सन्सोधन हो। त्यहाँ सबै पक्ष ले लचक देखाउनै पर्छ। अहिले को सम्विधान सन्घीयता र समावेशीता दुबै को खिल्ली उडाएको सम्विधान हो।

Sunday, July 31, 2016

झापालाई South China Sea बनाउने प्रयास

एक मधेस दो प्रदेश मा नगएर, झापा कता, कन्चनपुर कता। Looking Tokyo, going London को अवस्था छ।

चीन ले अरुणाचल प्रदेश ताकेको अहिले देखि हो? अरुणाचल को मान्छे लाई भिसा दिनु परे स्टेपल गरेर दिन्छ। झापा मा तीन बिलियन को फैक्ट्री खड़ा गरेर झापालाई मधेस बाट अलग गर्नु को अर्थ के?

झापालाई South China Sea बनाउने धधक ।

Wednesday, July 27, 2016

ओली को उ अर्थात उग्र होइन उल्लु राष्ट्रीयता

केपी ओली 2006 अप्रिल क्रांति मा घाम तापेर बसेको मान्छे । कुनै योगदान छैन। संविधान लागू न हुदा सम्म क्रांतिकारी सरकार हो। क्रांति मा घाम तापेर बसेको मान्छे लाई घोक्रेठ्याक न लगाए अर्को उपाय के थियो?

अब पालो एमाले को। सन्सदीय दल को नेतृत्व बाट घोक्रेठ्याक। होइन भने देश ले निकास कसरी पाउछ? पार्टी भन्दा देश ठुलो भन्दै घोक्रेठ्याक।

प्रचण्ड का लागि सुनौलो मौका। तीन ठुला पार्टी र पाच साना पार्टी सबै लाई मिलाएर लाने मौका हो।

ओली त माफियावादी हो। भारत सग अडान लिएर बसेको होइन कालाबाजारी गर्दै बसेको मान्छे। गफास्टिन्ग मा नौ महिना बितायो।