Wednesday, August 26, 2015

राजकिशोर ठाकुरका परिवार जन र ढेर महिनाका बालक

मंगलवार आन्दोलनमा परि ज्यान गुमाएका राजकिशोर ठाकुरका परिवार जन र ढेर महिनाका बालक

यो सरकार र संविधान सभा लाई राष्ट्रपति ले हटाउने बाहेक अर्को बाटो छैन


म २००६ अप्रिल क्रान्ति का लागि फुल टाइम खटेको मान्छे, अमेरिका का नेपाली मध्ये को एक्लो। त्यस पछि मधेसी क्रांति का लागि फुल टाइम खटेको मान्छे। मैले पनि अब यो सरकार र संविधान सभा लाई राष्ट्रपति ले हटाउने बाहेक अर्को बाटो देखेको छैन। देश लाई गृह युद्ध मा लानु भन्दा त्यही उपयुक्त मात्र होइन कि अंतरिम संबिधान का प्रावधान विरुद्ध सेना परिचालन गर्ने जस्ता काम लाई लिएर  कदम चालनैपर्ने भैसक्यो। संविधान नमान्ने सरकार हटाउनु राष्ट्रपति को काम हो। संविधानको रक्षा राष्ट्रपतिको जिम्मेवारी हो।

नवंबर मा तेस्रो संबिधान सभा को चुनाव। 

संभावना हरु


  1. चरी-घैंटे गठबंधन सरकार झुक्ने र गिरिजा ले जस्तै सुशील ले माग पुरा गर्ने। सीमांकन, नामांकन, नागरिकता, केंद्र प्रदेश शक्ति बिभाजन सबै अंतरिम संविधान मैं पुग्ने। 
  2. दमन बढ्ने। Polarization बढ्दै जाने। क्रांति काठमाण्डु का सड़क मा पुगेर चरी-घैंटे गठबंधन सरकार ढलने। नया क्रांतिकारी अंतरिम सरकार बनने। यो संविधान सभा समाप्त भएर नया संविधान सभाको चुनावको घोषणा। 
  3. दमन अत्यधिक बढ़ेर Polarization चरमोक्तर्ष मा पुग्ने। मधेसी थारु सभासद मधेस मा भेला भएर मधेस अलग देश को घोषणा र देशको विभाजन।