पाल्पामा ‘मरात स्वायत्त प्रदेश’को माग गर्दै विशाल जन प्रदर्शन
पहिचानको माग राख्दै मगर जातिले पाल्पाको सदरमुकाम तानसनेमा सांस्कृति झाँकी प्रदर्शन गरेका छन् । नेपाल मगर संघ, मगरात संघर्ष समितिको आयोजनामा बिहिबार मगरात भूमि पाल्पाको तानसेनमा प्रदर्शन गरेका हुन् । .... ‘मगरात स्वायत्त प्रदेश’ को माग दोहोर्याउँदै राज्य धर्म निरपेक्ष हुनुपर्ने नारा लगाएका थिए । प्रथम सहिद लखन थापालाई सरकारले सहिद घोषणा गर्नुपर्ने भन्दै उनीहरुले६ अंचल, ७ अंचल: के फरक पर्यो?मगरात भूमिमा सबै अटाउँने तर मगरात स्वायत्त प्रदेश आवश्यक रहेको
बताएका थिए । मगरजातिमात्र नभई आदिवासीले सांस्कृतिक पहिचान गुमाउन नसक्ने उल्लेख गर्दै सहभागी मगर नेताहरुले अबको संघीय संविधान मगरजातिको पनि हुने बताएका थिए । जातीय पहिचान, जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चितताकोसमेत सहभागीले माग गरेका थिए । ...... सभालाई सम्बोधन गर्दै नेपाल मंगर संघका संस्थापक महासचिव एवं नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य सुरेश आलेमगरले नयाँ संविधानमा पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य हुनुपर्ने माग गर्नुभयो । उनले तिन शीर्ष नेता बसेर गरेका निर्णय आदिवासी जनजातिलाई अमान्य हुनेसमेत बताएका थिए । ...... अव यो मुलुकलाई सम्वृद्ध बनाउन मगरात, ताम्सालिङ्, तमुवान लगायत प्रदेश आवश्यकता रहेको बताउदै उनले अहिले ६ प्रदेशको खाका अस्विकार्य हुने बताए । विभिन्न राजनीतिक दल आवद्ध मगर नेताहरुले नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिए त्यस्तो संविधान स्विकार्य नहुने बताएका थिए ।
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
काँग्रेस पार्टी…… स्वाहा!
स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न
पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल
कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
मधेसी को पहाड़ को अनुभव
थारु त पहिला राजा हो
कर्णाली ले पैसा पाउने कुरा
सम्पन्न हुन चाहिने भनेको राजनीतिक शक्ति हो
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?