Monday, August 17, 2015

Hridayesh Tripathy



प्रदेशको सीमांकन : यसकारण मान्दैन मधेस
भर्खरै बनेको नयाँ संविधानको मस्यौदामा अहिलेसम्म पटक–पटक जनताले आन्दोलनमार्फत प्राप्त गरेका उपलब्धि लोकतन्त्र, गणतन्त्र र संघीयतालाई भविष्यमा संशोधन गर्न सकिने विषयका रूपमा उल्लेख गरिएको छ । लोकतन्त्र भनेको दलहरूको उपस्थिति मात्र होइन, राजनीतिक पद्धति हो । जनताद्वारा निर्वाचित व्यवस्थापिका संसद् र संसद्द्वारा निर्वाचित सरकार हुने पद्धतिलाई लोकतन्त्र भनिन्छ । संविधानको मस्यौदामा गणतन्त्रलाई भविष्यमा संशोधनयोग्य बनाइएपछि संविधानका विवादित विषयमा सहमति गर्ने मुख्य चार दलका शीर्ष नेताले राजतन्त्रको आगमनलाई त कतै देखेनन् ? प्रश्न गम्भीर छ । संघीयता भनेको समाजका विविधतालाई हरेक क्षेत्रमा प्रतिनिधित्व गराउने उपयुक्त प्रणाली हो, जसलाई विश्वले प्रयोगमा ल्याइरहेको छ । तर, यी तीनवटै विषयलाई संशोधनयोग्य ठानेर संविधान जारी गर्नुको अर्थ नेपाल स्थायी रूपले अस्थिर रहनेबारे संविधानद्वारा नै बकपत्र गरेको ठहर्छ । ...... भविष्यमा लोकतन्त्र, गणतन्त्र र संघीयता सबै नरहन सक्छ भन्ने दर्शनको मस्यौदा ल्याएपछि नेपाललाई सधैँ अस्थिरता र अराजकतामा धकेल्ने प्रपञ्च रचिएको विश्लेषण हामीले गरेका छौँ । संविधानको अन्तिम लक्ष्य र गन्तव्य प्रस्ट देखिन्न । लक्ष्य र गन्तव्य तथा नीति र सिद्धान्त बुझ्न राज्यका निर्देशक सिद्धान्त पढ्नुपर्ने आवश्यकता छ । मस्यौदामा अपनाइएको प्रणालीलाई कसरी व्यवस्थित गर्ने र कार्यान्वयनको सुनिश्चितता प्रदान गर्ने भन्ने विषय मस्यौदामा उल्लेख छैन । यसबाट हामीले सोझो अर्थमा बुझ्न सक्छौँ कि मस्यौदा कुनै पनि किसिमको तानाशाही व्यवस्थालाई निम्तो दिने खालको छ । नेपाली जनताका विगतदेखि अहिलेसम्मका उपलब्धिलाई समाप्त गरी तानाशाहअन्तर्गत राज्य रहने कल्पना मस्यौदाले गरेको छ । त्यसैले मस्यौदाको दार्शनिक पक्षको विवेचना जुन किसिमले बुद्धिजीवी र राजनीतिक विश्लेषकले गर्नुपर्ने हो त्यो किसिमले गरेनन् । .......

अहिले हामीले चाहेको सबैभन्दा ठूलो परिवर्तन गणतन्त्र र संघीयता नै हो । मस्यौदाले दुवै विषयलाई जोखिममा पारेको छ ।

संशोधनयोग्य बनाई संघीयतामा लगेर जुन ढंगले प्रदेशको विभाजन गरिएको छ, त्यसले प्रदेशलाई प्रदेशका रूपमा नभई एउटा प्रशासनिक एकाइका रूपमा स्वीकार गरेको बुझ्न सकिन्छ । राजा महेन्द्रका अञ्चल र राजा वीरेन्द्रका विकास क्षेत्र विभाजन गरेजसरी अहिलेका नवराजाले प्रदेशको विभाजन गरेका छन् । न त प्रदेशले त्यहाँका जनता र भूगोलको आकांक्षालाई सम्बोधन गर्न सक्यो, न त्यो भूगोलको पीडालाई सम्बोधन गर्ने प्रयत्न नै गर्‍यो । न त विभिन्न क्षेत्रको नेपालीपनको पीडालाई सम्बोधन गर्ने कोसिस नै गर्‍यो । मस्यौदाअनुरूप नै संविधान जारी हुने हो भने त्यो पीडा र आकांक्षा जस्ताको त्यस्तै रहन्छ । त्यसले नयाँ आक्रोश र विद्रोह जन्माउने स्थान सुरक्षित गर्छ । .............. अहिले गरिएको सीमांकन कुनै मापदण्डबेगर गरिएको छ । यो खराब जग्गामा बेइमान अमिनले गरेको कित्ताकाट हो । अमिन मात्र पनि इमानदार भएको भए त्यो कित्ताकाट केही हदसम्म सही हुन सक्थ्यो । उदाहरणका रूपमा

कञ्चनपुर, कैलालीदेखि लिएर नवलपरासीसम्मको समथर तराईको भूभागलाई विशेषगरी केही पहाडी जिल्लासँग जोडिएको छ । मगरको बाहुल्य रहेका अन्य जिल्लालाई फेरि तोडिएको छ । त्यसले मगरलाई पनि आफ्नो राजनीतिक क्रियाकलाप बढाउन नसक्ने गरी प्रदेशको सीमांकनले रोकेको छ भने थारू, मधेसी र मुस्लिमको पनि प्रभावकारिता बढ्न नसकोस् भनेर रोकिएको छ ।

बेइमानी र छलकपट गर्ने नेतृत्वले गरेको प्रदेश विभाजनमा कथित ६ प्रदेशमा पाँचवटा प्रदेशमा खस–आर्यले शासन गर्न सुनिश्चितता प्रदान गर्ने गरी सीमा निर्धारण गरिएको छ ।

केन्द्रमा मुलुकको सेना, सुरक्षा, न्यायालय, अर्थतन्त्र तथा आर्थिक संरचना र प्रशासनसहित खस–आर्यका हातमा केन्द्रमा शासनको सुनिश्चितता छँदै छ, प्रदेशमा पनि आफूहरूको शासन गर्ने सुनिश्चितता राखेर प्रदेश विभाजन गरिएको छ । खस–आर्यको मापदण्डअनुसार आफ्नो प्रभुत्व दीर्घकालीन चिर प्रयत्नसम्म सुरक्षित हुने किसिमले प्रदेश बनाइएको छ ।

समस्या जहाँको त्यहीँ राखेर गरिएको प्रदेशको सीमांकन हामीलाई मान्य छैन । ................ प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने संघीय संसद्को संख्या १६५ प्रत्यक्ष र ११० समानुपातिक गरिएको छ । प्रदेशको संरचनालाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने चलखेल हुने देखिन्छ । केन्द्रीय संसद्मा ‘जेरी मेन्डरिङ’का आधारमा प्रतिनिधित्व व्यापक रूपले घटाउन अहिले नै खस–आर्यका कथित बुद्धिजीवी तैनाथ भइसकेको अवस्था छ । वितरणमा कुन सिद्धान्त अपनाउने भन्नेमा १६५ प्रत्यक्ष निर्वाचित हुनेमा प्रत्येक जिल्लालाई एक–एकवटा निर्वाचन क्षेत्र दिने कुरा भएको छ । जसमा तराई मधेसमा २० क्षेत्र पर्ने भयो । बाँकी रहेका ९० सिटलाई मोटामोटी जनसंख्याका हिसाबमा वितरण गर्दा तराई मधेसलाई ४५ पर्ला । जिल्लागत रूपमा २० र यो ४५ ले गर्दा ६५ सिट पाउने देखिन्छ । जब कि आजको यथार्थ र वास्तविकता के हो भने

५१ दशमलव तीन प्रतिशत तराईको जनसंख्या हो । जनसंख्या आधाभन्दा बढी तर प्रतिनिधित्व एकतिहाइ हुने देखिन्छ ।

जहाँ राज्यका सञ्चालन नै बेइमान हुन्छन्, त्यो देशको शान्ति सुव्यवस्था कहिल्यै कायम रहन्न । त्यहाँ न्यायको खोजी नै गर्नु हुन्न । ............ न त अहिले नेपालमा मानव अधिकार छ, न त यहाँ न्याय छ । अन्यायी नेताहरू,

एउटै जातिविशेषका कथित मानव अधिकारवादी, जो अहिले हराएर गएका छन् । के–के भइरहेको छ, आन्दोलनमा उनीहरू हेर्न चाहन्नन् ।

किनकि खस–आर्यहरूको साथमा छ आन्दोलन पनि । मिडिया पनि खस–आर्यको मातहतमा छ, भन्न हिचकिचाउने अवस्था छैन । मिडियाको बनावट पनि खस–आर्यको रक्षा गर्न उपयुक्त हुने किसिमको छ । ........... मस्यौदामा मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम कसैको पनि परिभाषा छैन । मुस्लिम, आदिवासी, जनजाति, दलित, मधेसी भन्नाले के जनाउँछ भन्ने परिभाषा मस्यौदामा उल्लेख छैन । त्यहाँ खस–आर्यको परिभाषा भने उल्लेख छ । खस र आर्यहरूले नै बनाएको संविधान भएको हुनाले त्यसो गरिएको भन्न त्यति अप्ठेरो देखिन्न । खसआर्यलाई समानुपातिकतर्फको सिट सुनिश्चित बनाउन त्यसो गरिएको हो । समानुपातिकमा पनि प्रतिनिधित्व हरण गर्ने काम मस्यौदा निर्माताले गरेका छन् । तसर्थ, नेपालमा प्रतिनिधित्व, पहिचान र अधिकारको सवालमा आदिवासी, जनजाति, महिला, दलित, सबैलाई वञ्चित गराउने उद्देश्यका साथ संविधान ल्याउने प्रपञ्च रचिँदै छ । सबैभन्दा आश्चर्यजनक कुरा के छ भने

संविधान जारी हुँदा चार दलका नेताले सुरक्षा निकायसँग छलफल गरे । छलफलमा संविधान जारी गर्दा हुने सुरक्षा थ्रेट र आन्दोलनले पार्ने प्रभावबारे छलफल भयो । सेना र प्रहरी लगाएर आन्दोलनलाई निर्ममतापूर्वक दबाउन सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा नेताको छ । जुन संविधान जारी गर्ने वेलामा नै सुरक्षा निकायको आवश्यकता पर्छ भने यो संविधान कार्यान्वयन कसरी होला ?

............ यो संविधान कार्यान्वयन हुन सक्ने अवस्था नै छैन । जनतामाथि नभई सुरक्षाकर्मीमाथि आधारित भएर जारी हुने संविधान कसरी कार्यान्वयन होला ? संविधान जारी गर्न कम्मर कसेर लागेका नेतालाई जनतामाथि नै विश्वास छैन । जनतामाथि उहाँहरूको विश्वास नभएको यसरी भन्न सकिन्छ कि साउन ४ र ५ मा संविधानको पहिलो मस्यौदामाथि भएको जनमत संकलनमा तराईमा जनताले जुन प्रतिरोध गरे, त्यसले यो मस्यौदालाई जनताले अस्वीकार गरेको बुझिन्छ । नेताहरूलाई जनताको सुझाब लिन गएका वेलामा प्रहरीको सहयोगमा जोगाएर ल्याउनुपर्‍यो । यसबाट प्रस्ट हुन्छ, यो संविधानको जीवन सुरक्षाकर्मीको बलमा निर्भर छ ।

संविधान यसरी नै जारी भयो भने नेपालमा तानाशाही व्यवस्था आउँछ ।

००७ सालदेखि अहिलेसम्म जनताले गरेका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संशोधनयोग्य ठानिएको छ । जारी गर्ने वेलामा जनतामाथि विश्वास नगरी सुरक्षाकर्मीमाथि विश्वास गरिँदै छ । यो मस्यौदाले बोकेको दर्शन र सिद्धान्तले तानाशाही व्यवस्था र विशेषगरी सैन्य शासनको अभ्यासलाई प्राथमिकता दिएको छ । ............ जसरी पहिले कांग्रेस, एमाले र हाम्रा कुरा नमानी राजा ज्ञानेन्द्रले सबै नेताको टाउकामा बुट बजार्ने काम गरेका थिए । अब तीनै नेताको टाउकोमा जनताले बुट नबजार्लान् भन्न सकिन्न । भएको परिवर्तनलाई जसले समाप्त गर्ने कोसिस गर्दै छन् । उनीहरूले अक्षम्य अपराध गर्दै छन् । त्यसको परिणामस्वरूप नेपाल ढिलोचाँडो तानाशाही व्यवस्थामा जान्छ । ढिलोचाँडो अहिलेसम्म प्राप्त भएका उपलब्धि गुम्छन् । त्यो बाटो सुरु भएको छ । जस्तो खालको संविधान जारी गर्न सबै आत्मा लागेका थियौँ, ती आत्मालाई मार्ने काम चार दलका नेताले नै गरेका छन् । त्यसकारण

हामीसँग आन्दोलनको विकल्प छैन ।




स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?

संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
The government of Nepal has unveiled the budget of Rs 819.46 billion for the fiscal year 2072 / 73 (2015 / 16).
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ? मेरो फोर्मुला अनुसार कर्णाली को जनसंख्या नेपाल को जनसंख्या को १% कम भएकोले, Rs 819.46 billion मध्ये एक तिहाई केंद्र संग रहने भो।

Rs. 820 billion/3 = Rs. 273 billion.

Rs. 273 billion १६ प्रदेश लाई जाने भो। Rs. 273 billion को १% भनेको Rs. 2.73 billion. तर प्रति व्यक्ति आय को हिसाबले कर्णाली ४ मध्ये एक पछाडि परेको प्रदेश भएको ले केंद्र ले स्पेशल पैकेज दिनु पर्ने भो। भने पछि शायद त्यो Rs. 2.73 billion मा थप भएर जम्मा Rs. 5 billion पुग्न सक्छ।

अनि स्थानीय सरकार ले पनि एक तिहाई पाउने हुन्छ। कर्णाली का स्थानीय सरकार हरुले सामुहिक Rs. 3 billion जति पाउने भए।

भने पछि जम्मा Rs. 8 billion जति।

यो भनेको केंद्र सरकार ले आफै कर्णाली मा खर्च गर्न नपाउने भन्ने हुँदैन। र कर्णाली ले आफ्नै स्थानीय आय स्रोत बाट आउने पैसा थप्न पाउने हुन्छ। त्यसले अरु Rs. 2 billion थप्न सक्छ।

भने पछि कर्णाली का ४ लाख जनता ले स्वायत्त कर्णाली मा वर्ष को Rs. 10 billion को बजेट पाउने देखियो।

अहिले कति पाइ राख्या छ?

Rs. 10,000,000,000 अर्थात १० अरब रुपया।

१० अरब रुपया ले कति स्कुल र स्वास्थ्य चौकी स्थापन र सञ्चालन गर्न मिल्छ? कति बाटो घाटो बन्छ? कति स्थानीय बिजनेस लाई सघाउन मिल्छ?

हुन त त्यो सबै पैसा विकास लाई मात्र होइन। प्रहरी सेवा पनि त्यसै बाट चलाउनु पर्ने भो। स्थानीय प्रशासन।



कर्णाली को आंदोलन लाई सम्बोधन गरेको खोइ?

कर्णाली को माग जायज नाजायज के हो? कर्णाली को आंदोलन लाई सम्बोधन गरेको खोइ? अंतरिम संविधान ले दिएको मानव अधिकार को प्रयोग गरेर अंतरिम संविधान ले दिएको संघीयता र स्वायत्तता को अधिकार को माग गरिरहेको जनता लाई फ़ासिस्ट तरिका ले जोर जबरजस्ती र दमन को बाटो अख्तियार गरेका नवराजा हरु देश मा लोकतंत्र नै छैन, संविधान नै छैन, यो देश मा कानुन को शासन छैन, काठमाण्डु मा रहेका पार्टी नेता कान मा तेल हालेर बसेका मानिस हुन भन्ने सन्देश गैराखेको छ।

जुन जनता लाई पिछड़ेको भनिन्छ वास्तव मा तिनले संघीयता बुझेका छन। बरु काँग्रेस एमाले एमाओवादी का बाहुन हरु एउटा प्लेन चार्टर गरेर कर्णाली जाने अनि त्यहाँ का जनता बाट संघीयता बारे ट्रेनिंग लिने।

कर्णाली ले सारा देश लाई पथ प्रदर्शन गर्ने काम गरेको छ।

प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
Kanak Dixit's Intense Anti Madhesi Prejudice/Racism Filled Rant
चीन र भारत दुबै छोएको त देश नै छ, प्रदेश पनि किन चाहियो?
सुर्खेत विशेष क्षेत्र बन्न सक्छ
थरुहट को विरोध गर्ने हरु कमैया प्रथा कायम राख्ने इच्छा भएका हरु हुन
कर्णाली को जायज माग र त्यस माथि दमन
थारु, मगर, कर्णाली का खस ले "अखंड मध्य पश्चिम" मागेका छैनन्
Madhesh Is Burning
संघीयता सिद्धांत को कुरा हो, शक्ति संतुलन को होइन
१६ बुँदे ल्याइनु को प्रमुख कारण
सुशील ले संघीयता नबुझेको ताजा प्रमाण
१०० डिग्री फ्यारेनहाइट
खस का लागि संघीयता मा के छ?
यो नक्शा मा समस्या के?
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
सही संविधान ले आर्थिक क्रांति गर्ने हो



प्रधानमन्त्रीलाई निधिको चिठी
प्रदेश निर्माण गर्दा राज्य र संविधानले कुनै सम्भावित प्रदेश र त्यहाँका बासिन्दामाथि अविश्वास, शंका गरेर सीमांकन र अधिकारको सूची बनाउन नहुने निधिले उल्लेख गरेका छन्। प्रदेशबाट भोलि खतरा हुने मनोगत अनुमान गरेर केन्द्रलाई फेरि बलियो बनाउने गल्ती नगर्नसमेत उनले सुझाए। ...... लोकतान्त्रिक प्रणालीका आधारमा तल्लो तहलाई अधिकार दिँदा राष्ट्रिय अखण्डता दीर्घायु हुने उनको पत्रमा उल्लेख छ। जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्रको मापदण्ड बनाउनुपर्ने मन्त्री निधिको प्रस्ताव छ। नागरिकताका प्रावधान अन्तरिम संविधानबमोजिम जस्ताको तस्तै हुनुपर्ने तर्क गरेका निधिले अहिलेको मस्यौदाले नागरिकताको ठीक व्यवस्था नगरेको दुखेसो गरेका छन्।
शीर्ष नेताले असन्तुष्ट सबैसंग वार्ता गर्ने
मस्यौदाको म्याद गुज्रियो
मस्यौदा समितिले पाएको पाँच दिनको समय सीमा सोमबार सकिएको छ । ..... मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले संवाद समितिमा भएका सहमति अनुरूपका विषयमा मस्यौदा परिमार्जनको काम भने सकेको छ । 'संंवाद समिति र संविधानसभाबाट टुंग्याउन बाँकी विषयका रूपमा पठाइएका धर्मनिरपेक्ष्ाता, थ्रेसहोल्ड, संबैधानिक निकायका पदाधिकारीको पुर्ननियुक्ती जस्ता विषयमा सहमति हुन बाँकी छ,' सभापति सिटौलाले भने- 'शीर्ष नेताहरुको विशेष समितिबाट ती विषयमा निर्णय हुन बाँकी रहेका कारण आज -सोमबार) संविधानसभामा विधेयक लान सक्ने अवस्था रहेन ।' उनले सोमबारकै बैठकको निरन्तरताका रुपमा छलफल हुने गरी बुधबारसम्मका लागि मस्यौदा समिति स्थगित गरेका छन् । ...... प्रस्तावित ६ प्रदेशको सीमांकन पुनरावलोकनको गृहकार्यमा जुटेका प्रमुख चार दलका शीर्ष नेताहरुलाई आ-आफ्नो दलभित्रैबाट परेको परस्पर विरोधी दवावका कारण निर्णय प्रक्रिया लम्बिएको स्रोतले जनाएको छ । 'शीर्ष नेताहरु आफैले गरेको निर्णयमा टिक्न नसक्ने र पुनरावलोकनको निर्णय पनि गरिहाल्न नसक्ने अर्कमन्यताको अवस्थामा छन्,' बैठकमा सहभागि ती नेताले भने- 'संविधान विधेयक निर्माण र पारित गर्ने प्रक्रिया जति ढिला गर्यो उतिनै समस्या थपिन्छन् । मुलुकलाई अनेकखालका भडकाब र प्रतिगमनबाट बचाउन छिटो निर्णयमा पुग्नु पर्छ ।' ....... प्रधानमन्त्री कोइराला मधेशकेन्द्रीत दलका नेताहरुसंगको वार्तामा केन्द्रीत भएका कारण विशेष समितिको बैठक बस्न नसकेको बताए । 'सबैसंग एकपटक वार्ता गरी संविधान निर्माणको प्रक्रियामा उनीहरुलाई समावेश गरौ भन्ने प्रयास स्वरुप मधेशकेन्द्रीत दलहरुसंग छलफल सुरु भएको हो,' उनले भने- 'यसले एक/दुई दिन समय लिएपनि ठूलो सन्देश दिन्छ । संविधान जारी गर्ने मिति धेरै पर जादैन ।' पौडेलले असन्तुष्ट कुन-कुन पक्षसंग के कसरी वार्ता हुन्छ भन्ने खुलाएका छैनन् । 'प्रचण्डजीले हिजो -शनिवार) गर्नुभयो, ओलीजीले पनि गरिरहनुभएको होला,' उनले भने । ....... मध्यपश्चिमको सुर्खेत, कर्णाली र पश्चिम तराईको थारु बहुल क्ष्ाेत्रमा चर्किएको आन्दोलनका माग संबोधन गर्नेगरी सिमाङकन पुनरावलोकनका विभिन्न विकल्पमा छलफल चलेको छ । ..... पहिचान र सामथ्यका आधारमा ६ प्रदेश प्रस्ताव भएका हुन् । परिमार्जन गर्दा ८ मा गए राम्रो हुन्छ ।
पूर्वमा भारी वर्षाको संकेत
सतर्क रहन आग्रह
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमवार राति र मंगलबार बिहान पूर्वी तराईका क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेको छ । महाशाखाले सोमवार विशेष बुलेटिन निकालेर 'बिहारबाट पूर्वी नेपालतिर प्रवेश गरिरहेको प्रणालीका कारण' भारी वर्षाको संकेत देखिएकाले सतर्क हुन सजग गराएको छ । ...... मुलुकका अन्य क्षेत्रमासमेत मध्यमदेखि भारी वर्षा हुने महाशाखाको आँकलन छ । यस्तै, बितेको २४ घण्टामा बागमती नदी जलाधार क्षेत्रस्थित सुन्दरीजल वर्षा मापन केन्द्रमा १ सय ११ मिलिमिटर वर्षा भएको बाढी मापन केन्द्रका विज्ञ विनोद पराजुलीले जनाएका छ्न । ....... भारी वषर्ाका कारण वागमती नदीमा बाढी सुरु भएको छ भने सोमवार विहान सवा ४ बजे खोकना जलमापन केन्द्रमा जलसतहले खतराको चिन्ह नाघेको उनले उल्लेख गरेका छन् । अझै नाघ्ने संभावना देखिएकाले बागमति नदीले असर गर्ने मकवानपुर, सर्लाही र रौतहट जिल्लामा पर्ने तटीय क्षेत्रका वासिन्दालाई मंगलबार बिहानसम्म सतर्क रहन समेत केन्द्रले सचेत गराएको छ ।
पश्चिममा भोलिदेखि ठूलो वर्षा अनुमान
न्युनचापीय क्षेत्रको विकासँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले शनिबार विशेष बुलेटिनमार्फत् जनाएको हो । न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरको भागको ‘फुट हिल अफ दि हिमालयमा’ छ । .... महाशाखाले पूर्वी क्षेत्रमा भने शनिबार रातिदेखि नै वर्षा हुने अनुमान गरेको छ । ..... ३० जेठमा कमजोर अवस्थामा मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन सकेको छैन । जसका कारण धान रोपाईँमा ढिलाई भएको छ ।
गाउँलेले सशस्त्रको क्याम्प घेरे
६ घण्टाको तनाव नियन्त्रणमा

सशस्त्र प्रहरीको क्याम्प हटाउनुपर्ने माग गर्दै

स्थानीय गाउँलेहरुले सशस्त्रको सीमा सुरक्षा कार्यालय घेराउ गरेर इँटा, ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको छ । सशस्त्रका एक जवानले गाउँका सामान्य किसानलाई आन्दोलनकारी भनेर निर्घात कुटपिट गरेपनि आक्रोशित गाउँलेहरु सशस्त्र प्रहरी विरुद्ध उत्रेका हुन् । ...... सदरमुकामबाट ६ किलोमिटर टाढा रहेको विलासपुरस्थित क्याम्पलाई

झुलनीपुर,बेलासपुर,लोहरौली,लुटपुरवा,प्रसिया र कुश्माका स्थानीयले चारै तिर घेरा हालेर

प्रदर्शन र ढुंगा हानेका हुन् । उनीहरुले क्याम्प हटाउनुपर्ने माग गरेका छन् । नेपाल प्रहरीको टोली पुगेर स्थिति निन्त्रणमा लिएको छ । ...... स्थानिय र शसस्त्र प्रहरी विच करिब ६ घण्टा चलेको दोहरो झडपमा तीन जना सशस्त्र प्रहरी र चार जना स्थानियबासी घाईते भएका छन् ।
अपडेट :: जुम्लामा सरकारी कार्यालयमा आगजनी
कर्फ्यूको अवज्ञा, प्रहरीले गोली चलायो
लाठिचार्जबाट ६ जना घाइते
प्रजिअ भन्छन्,‘कर्फ्यू उल्लंघन गरे गोली हान्ने आदेश’
आन्दोलनकारीले जिल्ला हुलाक, अदालत र कृषि अनुसन्धानको केन्द्रमा आगजनी गरेको छ । सेनाले बजारमा गश्ती थालेको छ । ..... पुरानो बसपार्कमा नारा जुलुर गर्दै टायर जलाएर कफ्र्यूको अवेज्ञा गरेका छन् । पुरानो बसर्पामा टायर बालेर कर्फ्यूको अवज्ञा गर्दा प्रहरीले लठिचार्ज गर्‍यो । ..... प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरेको छ । आन्दोलनकारीहरु नारा जुलुस गर्दै खलंगा बजारमा आउने प्रयास गरिरहेका छन् । ......

जुम्लामा लागेको अनिश्चितकालिन कफ्र्यूको अवज्ञा गर्दै गाउँ गाउँबाट खलंगा तर्फ मानिसहरु आइरहेका छन् । हिजो खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले ताकि ताकि गोलि हानेको भन्दै उनिहरु सडकमा उत्रिएका छन् ।

...... विशेष अधिकारसहितको कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको आन्दोलनको आठौं दिनमा हिजाे अाइतबार प्रहरीले आन्दोलनकारीलाई ताकीताकी गोली हानेकोस्थानीय राजनीतिक दलहरुले आरोप लगाएका छन् । ..... आन्दोलनकारीलाई तर्साएर भगाउनको सट्टा गोली चलाएको भन्दै त्यसको छानबिन गरी सत्य तथ्य वाहिर ल्याउन दलहरुले सरकार समक्ष माग गरेका छन ।

जिल्लाका ११ वटा राजनैतिक दलहरुले संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै

आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रशासक र प्रहरी प्रमुखलाई कारवाही गर्न माग गरेका छन् ।