Monday, August 17, 2015

चीन र भारत दुबै छोएको त देश नै छ, प्रदेश पनि किन चाहियो?

चीन र भारत दुबै छोएको त देश नै छ, प्रदेश पनि किन चाहियो? प्रदेश हरु ले पनि चीन र भारत दुबै छुनु पर्छ भन्ने हरुले संघीयता नबुझेको प्रमाण दिँदैछन्।

"धान्न सक्दैन" भन्ने हरु ले मधेस जस्तै कर्णाली लाई पनि स्वायत्तता चाहिएको र टडकारो रुपमा चाहिएको कुरा बुझिरहेका छैनन्।

जस्तै एउटा उल्लु/ऊँट विचार:
सुदुरपश्चिम र मध्यमपश्चिका २४ जिल्लाको एकै प्रदेश बनाउने विकल्प ...... ‘यसले थारु बहुल क्षेत्र विभाजित हुनुहुन्न, मध्यपश्चिम सिङ्गै हुनुपर्छ, सुदुरपश्चिम अखण्ड चाहिन्छ र जिल्ला विभाजित गर्नु हुन्न भन्ने सबै माग संबोधन हुन्छ’

Sunday, August 16, 2015

थ्रेसहोल्ड बारे मेरो सुझाव


  • थ्रेसहोल्ड दुई तहमा हुनुपर्छ, एउटा केंद्र मा एउटा प्रदेश मा। केंद्र मा मान्यता नपाउने तर प्रदेश मा मान्यता पाउने पार्टी हरु का लागि ठाउँ बनाउनु पर्छ। 
  • थ्रेसहोल्ड १% राखेको राम्रो। १-२% भन्दा बढ़ी राम्रो हुँदैन। थुन्छेक गरे जस्तो मात्र हुन्छ। 
  • केंद्र मा २% र प्रदेश मा ३% गर्न सकिन्छ शायद। 
  • कति पार्टी र नेता हुन्छन् जसलाई सत्ता मा आउने इच्छा नै हुँदैन तर आफ्नो विचार राख्न इच्छा हुन्छ, र ती विचारको राष्ट्र लाई महत्व हुन्छ। 
  • जस्तो कि युरोप का ग्रीन पार्टी हरु। साना छन तर महत्वपुर्ण विचार प्रवाह गरेका छन। आप ले त्यस्तो भैंचालो ल्यायो भारतमा। थ्रेसहोल्ड १% राखेको राम्रो। साना पार्टी हरुको पनि वैचारिक महत्व हुन्छ। 
  • अथवा केंद्र र प्रदेश दुबै मा २% गर्न सकिन्छ। 
  • अथवा दुबै मा १% गर्न सकिन्छ। 



वाक स्वतंत्रता र स्वायत्तता

बामे ले मेरो वाक स्वतंत्रता हरण गरेको होइन, सीके राउत को वाक स्वतंत्रता हरण गरेको हो। तर मलाई बुझ्न गार्हो भएन। वाक स्वतंत्रता को सिद्धांत बुझे पछि गार्हो हुँदैन। त्यस्तै कर्णाली को स्वायत्तता को माग बुझ्न मलाई गार्हो परेको छैन। वाक स्वतंत्रता जस्तै स्वायत्तता पनि सिद्धांत हो। बुझे पछि त्यो एक ठाउँ मा मात्र लागु हुन्छ भन्ने बुझिँदैन। मधेस लाई पनि चाहिएको कुरा, थरुहट, कर्णाली लाई पनि चाहिएको।

कर्णाली बाट उपनिवेशी प्रहरी प्रशासक खारेज गर!