The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, August 16, 2015
१६ बुँदे ल्याइनु को प्रमुख कारण
महाभुकम्प पछि राहत र पुनर्निर्माण को काम मा पुर्ण रुपले असफल सरकार ले जनता को ध्यान divert गर्न खेल खेलेको हो। होइन भने संघीयता को कुरा ६ महिना पछि गरे के बिग्रने थियो? सफलता पुर्वक divert गरे, म्याओवादी ले तिन लाई सघाए पनि। एउटै डयांग का मुला सबै। बाहुन हरु। तामांग को बस्ती मा आएको भुकम्प।
त्यस्तै मधेसी को भूभाग मा सुक्खा पर्यो। खाद्यान्न माग्ने काम गरेका छैनन्। मतलब छैन।
‘सरकार तयारी गर्दैछ भन्छ, उ भन्दा पहिले काल पुग्छ’
संसदमा जनबोली
त्यस्तै मधेसी को भूभाग मा सुक्खा पर्यो। खाद्यान्न माग्ने काम गरेका छैनन्। मतलब छैन।
‘सरकार तयारी गर्दैछ भन्छ, उ भन्दा पहिले काल पुग्छ’
संसदमा जनबोली
न नुन, चामल, दाल पुग्छ, न ओत लाग्ने पाल पुग्छ
‘सभामुख महोदय, जनताका खल्तीमा मोवाइल हुन्छ । तर, बज्दैन । सञ्चार मन्त्रालय के हेरेर बसिरहेको छ ?’ ....... अधिकांशले अर्थ मन्त्री डा.रामशरण महतले पुरानै ढर्राको बजेट पेस गरेको, मन्त्रीमुखी बजेट भएको र पैसा मन्त्री र पहुँचवालाले आफ्नै निर्वाचन क्षेत्रमा मात्र छुट्याएको, पुननिर्माणको कामलाई ध्यान नदिइएको, राहत अहिलेसम्म पुग्न नसकेको बताएका थिए । साथै छलफलमा मन्त्रीहरु सहभागी नभएको, संसदलाई अवमूल्यन गरेको जस्ता प्रश्न समेत उठाएका थिए । ...... एमाले सांसद भण्डारीले शहरी विकासले मन्दिर बनाउनका लागि धेरै पैसा छुट्याएको उल्लेख गर्दै ‘शहरी हो कि मन्दिर मन्त्रालय हो ?’ ...... ‘६०१ सांसदमा मन्त्रीहरुले मात्र गोल होन । त्यो पनि आफ्नै क्षेत्रमा ।’
सरकार तयारी गर्दैछ भन्छ, उ भन्दा पहिले काल पुग्छ
गाउमा राहत पुग्नु अघि नै, हिसाब लिन दलाल पुग्छ
तिम्रो त्यो राहत वापत रु १५ हजार कुन साल पुग्छ ?
सुशील ले संघीयता नबुझेको ताजा प्रमाण
बाबुराम भट्टराई र सी.के.लालसंग
प्रधानमन्त्रीसहित ३५ सभासद् ‘समग्र मध्यपश्चिम एक प्रदेश’ को पक्षमा
प्रहरी हस्तक्षेप नरोकिए प्रतिकार गर्ने उपेन्द्र यादवको चेतावनी
महेश बस्नेतको विवादास्पद बयान
‘आइलाग्नेमाथि जाइलाग्न पछि पर्नु हुँदैन’
एमाले अध्यक्ष केपी अोलीको अन्तर्वार्ता
केन्द्रकै भूमिकामा निर्भर भविष्य : सीके लाल
प्रधानमन्त्रीको पुत्ला जलाइयो
प्रधानमन्त्रीसहित ३५ सभासद् ‘समग्र मध्यपश्चिम एक प्रदेश’ को पक्षमा
प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसहित मध्यपश्चिमका ३५ सभासद्ले ‘समग्र मध्यपश्चिम एक प्रदेश’ बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । मध्यपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३५ सभासद्हरुको बैठकले ‘समग्र मध्यपश्चिम एक प्रदेश’ बनाउने निर्णय गरेको छ । ...... समग्र मध्यपश्चिम एक प्रदेश बनाउन गृहमन्त्री तथा एमाले उपाध्यक्ष गौतमले अग्रसरता लिएका छन् । ....... समग्र मध्यपश्चिम एक प्रदेशका पक्षमा गृहमन्त्री गौतम, नेपाली कांग्रेसका उपमहामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री तथा एनेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा, एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, एमाले केन्द्रीय सदस्य तथा बाँकेका सभासद् देवराज भार लगाएत ३५ सभासद उभिएका छन् । ...... समग्र मध्यपश्चिम एक प्रदेशका पक्षमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा र सल्यान रुकुमका सभासदहरु एक जुट भएका छन् । दाङ र रोल्पाका सभासद् समग्र मध्यपश्चिमका पक्षमा उभिन सकेका छैनन् भने प्यूठानका सभासद्हरुले लुम्बिनी प्रदेशमा समाहितको माग गरेका छन् । समग्र मध्यपश्चिमको माग गर्दै बानेश्वरमा धर्ना समग्र मध्यपश्चिम एक प्रदेशको माग गर्दै मध्यपश्चिमका युवा नेता, कलाकार, र प्राध्यापाकहरुले काठमाडौँको बानेश्वरमा धर्ना दिइरहेका छन् ।
प्रहरी हस्तक्षेप नरोकिए प्रतिकार गर्ने उपेन्द्र यादवको चेतावनी
महेश बस्नेतको विवादास्पद बयान
वाईसीएल उत्कर्षमा पुगेका बेला एमालेले त्यस्तै प्रकारको संगठन निर्माण गर्यो, युथ फोर्स । ...... वाईसीएललाई ‘काउन्टर’ दिन खोलिएको उक्त संगठनका संयोजक थिए, महेश बस्नेत । वाईसीएलसँगको त्यही भिडन्तबाट निर्माण भएको आफ्नो छविलाई सार्वजनिक गर्ने क्रममा बस्नेतद्वारा ल्याइएको संस्मरणात्मक पुस्तक हो, म महेश । भर्खरै ४१ वर्ष टेकेका बस्नेतले पुस्तकमार्फत आफ्नो दुई दशकको राजनीतिक जीवनलाई नियाल्ने र आफ्नो राजनीतिक छविलाई उजिल्याउने प्रयास गरेका छन् । ...... पूर्वसेनापतिसँगको सम्बन्ध ... जनार्दन शर्मालाई आक्रमण गर्ने गुरुयोजना होस् वा दिनेश अधिकारी (चरी)मार्फत वाईसीएलका कार्यकर्ताको हत्या गरेको सन्दर्भ अथवा वाईसीएलविरुद्ध लड्ने क्रममा उनले सदुपयोग/दुरुपयोग गरेको सरकारी सहयोग, प्रहरी प्रशासन र हतियार आदिको प्रयोग । यी कुरा उनले कतै खुलाएका छन् भने कतै लुकाउने प्रयास गर्दा पनि बुझिने छन् । ...... वाईसीएलविरुद्ध लड्ने क्रममा जुन जुन प्रहरी अधिकारीले सघाए भनेर नाम/नामेसी दिएका छन्, त्यसले ती अधिकारीलाई समस्यामा पार्न सक्नेतिर उनले आँखा चिम्लिएका छन् । माओवादी दस्ता वाईसीएलविरुद्ध गलत आचरणका व्यक्ति र समूहको सहयोगमा उनले लडेको राजनीतिक लडाइँ ..... अन्ना क्यासिनोमा वाईसीएलविरुद्ध जाइलाग्ने क्रममा उनले उल्लेख गरेका छन्, ‘म चाहन्नथेँ, हाम्रा साथीहरूमाथि आक्रमण गर्ने एउटै माओवादी समर्थक पनि हाम्रो आक्रमणपछि सकुशल रहन सकोस् । म कसैको हातखुट्टा भाँचिएको र कसैको अनुहारबाट रगत बगिरहेको हेर्न चाहन्थेँ ।’ यो त हिंस्रक सोच भएन र ? ..... समानान्तर राज्यको अभ्यास गरिरहेको भनेर वाईसीएलको आलोचना गर्ने महेश बस्नेत स्वयंले युथ फोर्समार्फत गरेको अभ्यासलाई चाहिँ के भन्ने ? .... पुस्तकमा कतिपय प्रसंग ठाउँठाउँमा दोहोरिएका छन् । बोलेका कुरालाई लिपिबद्ध गर्ने क्रममा देखिने यस्ता समस्या सम्पादनका क्रममा हटाउन सकिन्थ्यो ।महेश बस्नेतको स्मृति : अनि कन्डक्टरलाई पिटें
‘आइलाग्नेमाथि जाइलाग्न पछि पर्नु हुँदैन’
त्यस्तैमा एक दिन हामी खेत जाने बाटोमा अलमलिइरहेका बेला पन्ध्र–बीस जना केटा लाठी लिएर आए । हामीलाई पिट्नु पिटे । ...... त्यो क्षेत्रमा ‘गुन्डुका केटाहरुले पिटाइ खाए’ भन्दा कसैले पत्याउँदैनथ्यो । त्यो दिन हामी वास्तवमै पिटिएका थियौँ । यसले ममा ठूलो ईख उब्जायो । पिटाइको पर्म फर्काउने उपाय सोच्न थालेँ म । ......... साथीहरुले झर्ने बेला भनेका थिए, ‘महेश, हामीले भाडा तिरिसकेका छौँ, तेरो पनि ।’ ............ तर, म झर्ने बेला कन्डक्टरले पैसा माग्यो । मैले साथीहरुले दिइसकेको बताएँ । थप केही नबोली कन्डक्टरले मेरो कठालो समात्यो । गाउँका काममा सक्रियताका कारण मलाई सूर्यविनायक चोकका मानिसहरुले पनि चिन्न थालिसकेका थिए । दिनदिनै त्यही बाटो क्याम्पस आउजाउ गर्ने भएकाले मलाई नामैले नचिने पनि याद गर्ने मानिसहरु धेरै थिए । त्यसमाथि सूर्यविनायक चोक मलाई गुन्डु जस्तै लाग्थ्यो । त्यति बेला टोलटोलमा युवाहरु जम्मा भएर आफ्नो क्षेत्र निर्धारण गर्ने चलन थियो । म क्याम्पस जाँदा–आउँदा कहिलेकाहीँ सोच्थेँ— यो सूर्यविनायक चोक पनि त मेरै हो खासमा त्यो मेरो अति आत्मविश्वास र महत्वाकाङ्क्षा थियो । जब मानिसले सधैँ हिँड्ने बाटोलाई आफ्नो सोच्छ, तब ऊ त्यहाँबाट निर्धक्क हिँड्न सक्छ । सूर्यविनायक चोकमा म जहिल्यै निर्धक्क हुने गर्थें । तर, त्यो दिन मैले आफू त्यही ठाउँको हुँ वा हैन भन्ने सोच्न सकिनँ । साथीहरुले पैसा नदिएको मलाई थाहा थिएन । गाडीमा चढेर उनीहरुले पैसा नदिनु गल्ती थियो । ओहो, साथीहरुलाई विश्वास गर्दा म पो फस्न लागेँ भन्ने भयो । तर, कन्डक्टरले मसँग गरेको व्यवहार पनि ठीक थिएन । सूर्यविनायक चोक अन्तिम बिसौनी भएकाले त्यहाँ अरु ट्रली बसका ड्राइभर र कन्डक्टर पनि थिए । म भने एक्लै थिएँ । त्यसैले, म भित्रभित्रै डराइरहेको थिएँ । हिम्मत हारिहालेको चाहिँ थिइनँ । त्यो कन्डक्टरलाई भनेँ, ‘म तँलाई मेरो ठाउँमा पिटेर आफैँलाई कमजोर बनाउन चाहन्नँ । तँलाई म आजको पैचौँ मीनभवन वा त्रिपुरेश्वरमा तिर्छु ।’ यति भनेर म भागेँ । खल्तीमा पैसा नभएपछि के गर्नु ! .......... त्यो साँझ घरमा मैले कुनै काम गर्न सकिनँ । एक त भाडा तिर्न नसक्दाको अपराधबोध, अर्को कठालो समातिनुपर्दाको अपमानबोध ! ... गुन्डु र क्याम्पसका साथीभाइलाई यो घटनाबारे सुनाएँ । रिसले रापिएको मेरो मनलाई उनीहरुले झन् दह्रो बनाइदिए । कति दिन क्याम्पस ओहोरदोहोर गर्दा पनि त्यो कन्डक्टरवाला ट्रली बस फेला परेन । करीब एक महीनापछि क्याम्पसबाट फर्कंदा चढेको ट्रली बसमा त्यही कन्डक्टरलाई देखेँ । त्यो दिन पनि सधैँझैँ म अन्तिम सिटमै बसेको थिएँ । खै किन हो, त्यो कन्डक्टरले चाहिँ मलाई नदेखेझैँ गरिरहेको थियो । बस वानेश्वर चोक पुगेपछि म झन् उत्तेजित भएँ । सिटबाट उठेर सरासर अगाडि गएँ । बसमा भीड निकै थियो । म अगाडि पुग्दा बस मीनभवन पुगिसकेको थियो । बस रोकिएकाले कन्डक्टर हातमा सिक्का छयाङछयाङ पार्दै अन्य यात्रु मिलाउँदै थियो । नजिकै पुगेर मैले उसको हातमा एक लात्ती हानेँ । कन्डक्टर मलाई अवाक् हेरेर भुइँमा खसेका सिक्का बटुल्न निहुरियो । मैले मुक्का वर्षाउन थालेँ । कन्डक्टर उठ्नै सकेन । बसका अन्य यात्रु कराउन थालिसकेका थिए । मैले किन कन्डक्टरलाई पिट्दै छु भन्ने कसैलाई थाहा थिएन । म त्यो आक्रोशित भीडमा केही भनेर उल्टो ठूलो समस्यामा फस्न पनि चाहँदिनथेँ । म त्यहाँ बसिरहनुको कुनै अर्थ थिएन । अन्तिम मुक्का हान्दै मैले कन्डक्टरलाई भनेँ, ‘देखिस् ? म भनेको कुरा पूरा गरेरै छोड्छु । तँलाई मीनभवनमा पिट्छु भनेको थिएँ नि ! अब के गर्न सक्छस् ?’ म बसबाट झरिहालेँ । बसबाट केही यात्रु मतिर इशारा गर्दै कराउन थाले, ‘ए, समाओ ! समाओ ! म मीनभवनको मुख्य सडकबाट देब्रेतर्फको गल्लीमा छिरिसकेको थिएँ । पिट्न त पिटेँ, अब भने डर लाग्न थाल्यो । बसका मानिसहरु धुर्रिएर आई रामधुलाइ पो गर्ने हुन् कि ! कुद्दैकुद्दै म मीनभवनको भित्री भागमा पुगेँ । त्यहाँ खरीबोटमा देउराली क्लब थियो । क्लबको गेटबाट छिरेपछि मैले चैनको सास फेरेँ । यो घटनाले मेरो आत्मविश्वास ह्वात्तै बढाइदियो । ............ एक छिनपछि फेरि हल्ला चल्यो- त्यो केटो त मरेछ ! ..... सुरेश र रमेशसहित हामी चार–पाँच जना केटा जम्मा भयौँ । गाउँभित्रै बसेर सल्लाह गर्दा अरुले थाहा पाउने जोखिम थियो । हामी एकान्त खोज्दै गाउँभन्दा केही माथि जङ्गलतिर गयौँ । सुरेश र रमेशले एकस्वरमा भने, ‘अब हामी भागौँ । सकिन्छ भने आजै तराईतिर लागौँ । केही दिनमै सीमापारि जानुपर्छ ।’ ......... पछि यथार्थ खुल्यो— हामीले पिटेको केटो जीवितै रहेछ । .......... पारि गाउँलेले उजुरी गरेछन् । भोलिपल्टै हाम्रो घरमा प्रहरी आयो । त्यति बेला कसैको घरमा प्रहरी आउनु ठूलै कुरा मानिन्थ्यो । हाम्रो घरमा गाउँले धुइरिए । ............ चौकीमा दुई गाउँका प्रतिनिधिबीच मिलापत्र भयो । आइन्दा कहिल्यै झगडा नगर्ने लेखिएको कागजमा मैले पनि हस्ताक्षर गरेँ । असइले हामीलाई सम्झाए । ..... तर, त्यो कागजी सम्झौता हामी तीन जनाले केही मिनेटमै तोडिदियौँ । चौकीबाट फर्किंदै गर्दा पारि गाउँको अर्को केटो बाटोमा भेटियो । मैले सुरेश र रमेशलाई भनेँ, ‘यो पनि थियो अस्ति हामीलाई कुट्नेमा । यसलाई पनि अहिले नै ठीक पारौँ ।’ ........ त्यो केटो सम्झौताका बेला प्रहरी चौकीमा पनि थियो । बाटोमा अचानक हामीलाई देखेपछि उसको होशहवाश उडिसकेको थियो । मैले उसको कठालो समातेँ । एक–दुई थप्पड प्याट्टपुट्ट हानेपछि छोडिदिएँ । ................ त्यो केटो हामीविरुद्ध उजुरी दिन नै चौकी जान लागेको रहेछ । उसलाई मैले भनेँ, 'चौकीमा मात्र जा न ! अर्को पटक तेरो कुन हालत हुन्छ, हामी पनि हेरौँला ।' ....... एक चोटि त्यस्तै काण्ड सकिएपछि गाउँमा मलाई एक–दुई अग्रजले भन्नुभएको थियो, 'ठीक गरिस्, महेश ! अब तिनीहरुले गुन्डुलाई हेप्न सक्दैनन् । तैँले गाउँको इज्जत बढाइस् ।'सिमांकनमा पुनरावलोकन गर्न शीर्ष तहमा छलफल खासगरी अखण्ड मध्यपश्चिमको मुद्दा तराईका जिल्लालाई मात्रै जोडेर बनाइएको दुई नम्बर प्रदेशमा पहाड पनि मिसाउनुपर्ने मागका सम्बन्धमा छलफल केन्द्रित भएको थियो । .....
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले तराईका जिल्लामा पहाड पनि मिसाउनुपर्ने माग आउनु सकारात्मक रहेको प्रतिक्रिया दिदै यसबारेमा गहन छलफल भइरहेको बताए ।
धर्म अहिलेको मुद्दा नै होइन : अोलीएमाले अध्यक्ष केपी अोलीको अन्तर्वार्ता
देश टुक्र्याउँछु भन्ने निर्लज्ज तत्त्वहरू भएको ठाउँमा एक–दुइटा जुलुस धेरै ठूलो कुरा होइन । लाखौँ जनता सहभागी भएर सुझाव दिन खोज्दा दुई–चार ठाउँमा बिथोल्न खोजे । आए, ढुंगा हाने । ढुंगा हानेपछि त मान्छे बिथोलिने भए नि त ! त्यो कुनै जनता उठेर हो र ? जनता त सुझाव दिइरहेका थिए ।प्रदेश नं २ : कायापलटको अवसर
२ करोड ७० लाख जनतामा २ करोड ६९ लाख जनताले स्वागत गरे । सबै ठाउँ मिलाउँदा एक लाख मान्छेले पनि विरोध गरेका छैनन् ।
........ संविधानसभामै भाग नलिएका, राज्यको कमजोरीको फाइदा उठाएर विखण्डनको कुरा उठाइरहेका देशद्रोही हुन् । संसारमा कुनै पनि देशले विखण्डनको कुरा सुन्नै मान्दैन । ...... हामी १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी छौँ । विभिन्न धर्मावलम्बी पनि छौँ । ...... केही तथाकथित मधेसका मसिहा भनिनेहरू छन् । मधेस भनेको ठाउँमा केही पनि गर्न सक्ने अवस्था नरहेपछिचामल, चिउरा बोकेर कैलालीतिर लागे, त्यहाँ पो पाइन्छ कि भनेर ।
जनताले आफ्नो ठाउँमा वितण्डा खडा गर्न नखोजेपछि उचालिदिने, भिडाइदिने, आफ्नोमा आगो बाल्न सकेनन् अनि अन्यत्रै आगो बाल्न खोज्नेहरूलाई नियन्त्रण गरेर जनताको सुरक्षा प्रबन्धमा ध्यान दिन सरकारलाई भनिसकेको छु । ..........भदौ दोस्रो साता हामीले भनेका छाैं ।
...... अहिले म प्रधानमन्त्री बन्ने चर्चा चलाइरहेको छैन । तपाईं चलाइरहनुभएको छ । एमालेले चलाइरहेको छैन, कांग्रेस, एमाओवादी र फोरम लोकतान्त्रिकले चलाइरहेका छन् । ...... खुसी लाग्यो मलाई, प्रधानमन्त्रीले केपी ओलीले भनेको मान्छन् भन्दा । कहिलेकाहीँ मान्छेहरू भारतले केपी ओलीले भनेको मान्छ, अमेरिकाले पनि मान्छ भन्ने कुराहरू सुन्छु । चाइनाले पनि ओलीले भनेको मान्छ भन्ने हल्ला सुन्थेँ । अहिले कमसेकम नेपालकै प्रधानमन्त्रीले भनेको मान्छ भन्ने सुनेँ । प्रधानमन्त्रीसँग मेरो असाध्यै राम्रो सम्बन्ध छ ।
केन्द्रकै भूमिकामा निर्भर भविष्य : सीके लाल
विगतमा संघीयताका विषयमा जटिल मानिँदै आएको मध्य तराईका आठ जिल्लालाई समेटेर बनाइएको २ नम्बर प्रदेश भने तुलनात्मक रूपमा शान्त छ । जबकि, प्राकृतिक स्रोत–साधनका हिसाबले यो क्षेत्र अन्यको तुलनामा निकै कमजोर छ । ....... विकाससम्बन्धी कतिपय सूचकमा तराईका यी आठ जिल्ला कर्णालीका विकट जिल्लाकै हाराहारीमा छन् । सन् २०१४ को मानव विकास प्रतिवेदनमा यस प्रदेशकासिमाङ्कनविरुद्ध जनकपुरमा प्रदर्शन
महोत्तरी र रौतहट पश्चिमका विकट हुम्ला, कालीकोटसँगै सबैभन्दा पुछारमा थिए
। त्यसै गरी स्थानीय निकायको स्रोत परिचालनमा पनि यो क्षेत्र निकै कमजोर छ । स्थानीय निकाय वित्तीय आयोगको सचिवालयले जारी गर्ने वित्तीय अनुशासन प्रतिवेदनमासिरहा, धनुषा र महोत्तरी ०६८/६९ यता लगातार दुई वर्ष अनुत्तीर्ण भए ।
........ मध्य तराईका यी जिल्लाको यस्तो हविगत हुनुका पछाडिका कारण प्रस्ट छन्, वित्तीय अनुशासनको कमी, भ्रष्टाचार र अति राजनीतीकरण । ...... कृषि विकास मन्त्रालयले सार्वजनिक गरेका तथ्यांकलाई केलाउने हो भने मध्य तराईको यो भूगोल मुलुककै सबैभन्दा समृद्ध प्रदेश बन्ने ल्याकत राख्छ । देशको कुल धान उत्पादनमा यस क्षेत्रको मात्र करिब २० प्रतिशतभन्दा बढीको योगदानले पनि त्यसलाई पुष्टि गर्छ । कुल ३ लाख २६ हजार हेक्टर खेतीयोग्य जमिन रहेको यस क्षेत्रबाट मात्र विसं ०७०/७१ मा करिब १० लाख टन धान उत्पादन भएको थियो । जबकि, उक्त वर्ष नेपालभरको १४ लाख २० हजार हेक्टरबाट ४७ लाख टन धान उत्पादन भएको थियो । ........ धान मात्र होइन, गहुँ, दलहन, तेलहन, फलफूल र उखुलगायत नगदे बाली पनि यस क्षेत्रमा उल्लेख्य परिमाणमा उत्पादन हुने गरेको छ । मुलुकभर वार्षिक उत्पादन हुने १ लाख ९४ हजार ५ सय ३६ टन दलहनमध्ये ३३ हजार ४ सय १७ टन यिनै आठ जिल्लाबाट उत्पादन हुन्छ । मुलुकभर ३३ लाख १५ हजार ९ सय ३९ टन उखु वार्षिक उत्पादन हुन्छ । त्यसमा यी आठ जिल्लाको हिस्सा ६५ प्रतिशत छ । त्यसै गरी ३ लाख ५२ हजार ४ सय ७३ टन कुल दलहन उत्पादनमध्ये यो क्षेत्रको हिस्सा करिब २९ प्रतिशत अर्थात् १ लाख १ हजार २ सय २२ टन छ । देशको कुल गहुँ उत्पादन १८ लाख ८३ हजार १ सय ३३ टन रहेकामा आठ जिल्लाको योगदान ५ लाख २९ हजार ६ सय ५२ टन छ, जुन २८ प्रतिशत हो । ........ फलफूलमा यी जिल्लामा मात्र वार्षिक १ लाख ४४ हजार ८ सय ६१ टन आँप उत्पादन हुन्छ । जबकि, देशभरको कुल उत्पादन २ लाख ७० हजार ४ सय ३१ टन छ । यस हिसाबले करिब ५४ प्रतिशत आँप यही क्षेत्रमा उत्पादन हुने देखिन्छ । त्यसै गरी देशभर गरी २ लाख ८ हजार २ सय ४४ टन केरा उत्पादन हुने गरेकामा मध्य तराईको योगदान करिब २६ प्रतिशत छ । त्यसबाहेक यी आठ जिल्ला दलहन, तेलहन र तरकारीजस्ता नगदे बाली उत्पादनमा पनि अन्य क्षेत्रको तुलनामा निकै अगाडि छन् । यसै गरी आठ जिल्लामा हुने २१ हजार ४ सय ५९ टन माछा उत्पादन कुल राष्ट्रिय उत्पादनको ५७ प्रतिशतभन्दा बढी हो । ........ मुलुकको कृषि भण्डारमा तराईका यी जिल्लाबाट हुँदै आएको यो स्तरको योगदान आधुनिक पूर्वाधार, यन्त्रीकरण, मलखाद तथा बीउबिजनको सहज र पर्याप्त उपलब्धताबाट सम्भव भएको भने होइन । किनभने, कृषि उपजका लागि सिँचाइ सुविधा अनिवार्य मानिए पनि यी आठ जिल्लाको ६५ प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुगेको छैन । ....... भरपर्दो सिँचाइ सुविधा नहुँदा साउनको दोस्रो सातासम्म यी आठ जिल्लामा औसत ४० प्रतिशत मात्र रोपाइँ भएको छ । जसका कारण यस वर्ष धान उत्पादनमा चार लाख टनले कमी आउने प्रक्षेपण कृषि मन्त्रालयले गरेको छ । यी जिल्लामा भएका सिँचाइका पुराना पूर्वाधार पनि मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा छन् । वाग्मती, कमला, गण्डक र कोसीमा ठूला सिँचाइ आयोजना सञ्चालनमा रहे पनि अधिकांश जर्जर र अधुरा छन् । जबकि, बाह्रैमास सिँचाइ सुविधा, मलखाद र बीउ पर्याप्त उपलब्ध हुने हो भने थप एक लाख हेक्टरमा खेती गर्न सकिने कृषि मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की बताउँछन् । भन्छन्, “यसबाट अन्न भण्डारमा थप चार लाख टन धान थपिन सक्छ ।” ..........उन्नत जातको बीउबिजनको उपलब्धताको हिसाबले त यो क्षेत्र सबैभन्दा पछाडि छ ।
....... “यस क्षेत्रको सतह सिँचाइ प्रभावकारी नभएका कारण मौसमी सिँचाइमा भर पर्नुपर्ने बाध्यता छ, त्यसलाई सम्बोधन गर्ने हो भने यो क्षेत्रले विकासमा छलाङ मार्न सक्छ ।” ...... यो क्षेत्रमा शतप्रतिशत भूभागमा पर्याप्त पानी उपलब्ध हुने हो भने धानको उत्पादन नै करिब तीन गुणाले बढ्नेछ । ..... सिँचाइ सुविधा विस्तार भएमा खेतीयोग्य जमिन नै एक लाख हेक्टरले वृद्धि हुने ....... नेपालमा वार्षिक करिब ९० अर्ब बराबरको धान उत्पादन हुँदा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ । त्यसको करिब २१ प्रतिशत योगदान धानको मात्र छ । ....... व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा निर्माण हुँदै गरेको संविधानमा प्रदेशहरूबीच हुने प्राकृतिक स्रोतको बाँडफाँट र निर्धारण हुने केन्द्रको भूमिकामै यस प्रदेशको आर्थिक समृद्धिको भविष्य निर्भर गर्ने बताउँछन् । भन्छन्, “यो प्रदेशको समृद्धिको मूल स्रोत भनेको कृषि नै हो ।पानीलगायत प्राकृतिक स्रोतको अधिकतम र न्यायोचित प्रयोगमा केन्द्र जति दूरदर्शी र विवेकी बन्छ, त्यसैमा प्रदेशहरूको समृद्धि निर्भर गर्छ ।”
............ कृषिबाहेक अन्य क्षेत्रमा विकास गर्ने सम्भावना न्यून छ । यस क्षेत्रमा उठ्ने भन्सार सीधै केन्द्रमा जानेछ । चुरे क्षेत्र त अलग भइहाल्यो । सिँचाइको स्थायी स्रोत पनि छैन । आकाशकै भर पर्ने हो भने अहिलेकै अवस्था रहन्छ या थप कमजोर भएर जानेछ । ......हुलाकी राजमार्गलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने
, सिँचाइका लागि पाँच, दसवर्षे योजना लागू गर्ने र कोसी, कमला, वाग्मतीको पानीलाई न्यायोचित ढंगले बाँडफाँट गरियो भने यो क्षेत्रको कायापलट हुन सक्छ । अहिलेको अवस्था भनेको राज्यले अनुदानमा दिने बीउ र मलखादसमेत पाउँदैन यस क्षेत्रले । सबै आयातमा निर्भर हुनुपर्छ । आर्थिक विकासलाई दिगो बनाउन सामाजिक क्षेत्रमा पनि लगानी बढाउनुपर्छ । त्यसै गरी यस क्षेत्रलाई आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर बनाउने हो भने राजधानी र सहरमा बस्ने तर वर्षमा एकपटक बाली उठाउन आउने जमिनदारी प्रवृत्तिलाई बन्द गर्नुपर्छ । यसले जमिनको उत्पादकत्व घटाएको छ । ..........भारतको हरियाणा राज्य र केन्द्रबीचको समन्वय गतिलो उदाहरण बन्न सक्छ । सन् १९६६ मा भारतको पन्जाबबाट छुट्टिएर १६औँ प्रान्तका रूपमा मान्यता पाउँदा हरियाणाको अवस्था सामाजिक र आर्थिक हिसाबले तराईका आठ जिल्लाकै स्तरमा थियो ।
.... पछिल्लो पाँच दशकमा हरियाणाले आर्थिक र सामाजिक विकासका हरेक सूचकहरूमा पन्जाबलाई धेरै पछाडि छाडेको छ । २१ जिल्ला रहेको यो प्रान्त भारतकै समृद्ध राज्यहरूमध्ये दोस्रो स्थानमा छ । मानव विकास सूचकांकमा पनि हरियाणाले आश्चर्यलाग्दो छलाङ मारेको छ । राजनीतिक विश्लेषक सीके लाल भन्छन्, “नेपाल राज्यले यो भागको उन्नति चाहेको छ भने हरियाणाका लागि दिल्ली सरकारले गरेजस्तै काठमाडौँले पनि विकासका विशेष प्याकेज घोषणा गर्नुपर्छ ।हरियाणा बनाउने कि छत्तीसगढ, त्यो काठमाडौँ केन्द्रित राज्यमै निर्भर हुनेछ ।”
प्रधानमन्त्रीको पुत्ला जलाइयो
Subscribe to:
Posts (Atom)