Monday, August 10, 2015

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री बिनाको संविधान नमान्ने कर्तव्य शत प्रतिशत नेपाली को

९०% नेपाली ले प्रत्यक्ष निर्वाचित प्रधान मंत्री चाहिन्छ भनेर भनेको अवस्था मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री बिनाको संविधान नमान्ने कर्तव्य शत प्रतिशत नेपाली को छ।

२००६ अप्रिल मा एक करोड़ नेपाली सड़क मा आए। सड़क मा न आएका २ करोड़ का लागि पनि आए। मधेसी क्रांति मा ५० लाख मधेसी सड़क मा आए। मधेसी का लागि मात्र आयनन। जनजाति, दलित, महिला का लागि पनि आए।

१-२ लाख बाहुन ले ३०-४० लाख बाहुन लाई गुमराह गरेको अवस्था छ। यी सत्ताधारी बाहुन मधेसी जनजाति का मात्र होइनन् बाहुन का पनि क्षत्रु हुन।



हराउनेछन् पूर्णसिंह राजवंशीहरु
थारुहरुकै रगत र पसिनाको जगमा खडा संविधानसभाले अहिले आएर उनीहरुको सम्पूर्ण अधिकार खोसेको छ । थरुवान नामेट भएको छ । ..... जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के रह्यो ? ...... वर्षौंसम्म थारुहरु बँधुवा मजदुर बने ।

सुर्खेत: राजनीतिक राजधानी र व्यापारिक राजधानी

राजनीतिक राजधानी र व्यापारिक राजधानी मा फरक के छ भने दिल्ली भारतको राजनीतिक राजधानी हो तर मुंबई भारतको व्यापारिक राजधानी हो। दिल्ली सरकार ले घोषणा गरेर भएको। मुंबई लाई देशको व्यापारिक राजधानी बनाउने घोषणा न कहिले भयो न कहिले हुन्छ। त्यो मुंबई ले कमाएको।

त्यस्तै सुर्खेत साबिक सुदुर पश्चिम र मध्य पश्चिम को व्यापारिक राजधानी बन्न सक्ने ठाउँ हो। चितवन देखि कंचनपुर सम्म को थरुहट प्रदेश को राजनीतिक राजधानी, घोषणा गरिएको, निर्णय गरेर बनाइएको। तर कमाएर बन्ने व्यापारिक राजधानी।

सुर्खेत बैंगलोर बन्न सक्छ। हावापानी कति राम्रो छ त्यहाँ। संगम स्थल। सुर्खेत सम्म परेको मधेस नै हो। भित्री मधेस भनेको के? मधेस भनेको हो। Multicultural ठाउँ।

थरुहट, खप्तड, कर्णाली, मगरात ---- यी चार प्रदेश को व्यापारिक राजधानी को रुपमा सुर्खेत लाई हेर्नु पर्ने हुन्छ। दुई प्रदेश जातीय नाम भएका, दुई प्रदेश भौगोलिक नाम भएका। खप्तड का मान्छे लाई धनगढी महेन्द्रनगर आउन कुनै रोकटोक न अहिले छ न पछि हुन्छ।



सुर्खेतबाट सुरु भएको बलिदान देशव्यापी हुनेछ
नयाँ संविधानको मस्यौदाले नागरिकको बलिदान माग्यो । बलिदान दिने क्रम आज सुर्खेतबाट सुरु भएको छ । यो देशव्यापी बन्ने निश्चित छ । ..... अधिक परिवर्तनकारी नेपाली जनता, पहिचान र सामर्थ्यको आधारमा पूर्ण नामाङ्कन र सिमाङ्कनसहितको संघीयता (प्रदेश), धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लगायतको पक्षमा रहेको स्पष्ट भएको छ ।

सिंघम देउबा र परवेश रावल र तथाकथित सुदूर पश्चिम

सिंघम देउबा र परवेश रावल ले तथाकथित सुदूर पश्चिम कै खस जनता को सेंटीमेंट नबोकेको विगतका केही दिनमा स्पष्ट भएको छ। प्रदेश हरुको संख्या सकेसम्म कम पार्नु नै संघीयता भन्ने उल्टो सोंच ले गर्दा देशको एक तिहाई भुमि ओगटेको प्रदेश को नक्शा ल्याए, कर्णाली र सुर्खेत मा जनता त्राहिमाम। कैलाली मा त्राहिमाम। कमसेकम त्यो प्रदेश का खस दंग पर्नुपर्ने: थारु लाई पेल्यो, हामीलाई हेर्यो भन्ने भा छैन। खस उदास छन।

संघीयता भनेको राजधानी मधेसी भन्दा पर भो भन्ने मात्र होइन, खस पार्टी र खस नेता खस जनता कै नजिक छैनन् भन्ने पनि हो। संघीयता भनेको जनता र राज्य (state) बीच दुरी कम गर्ने भनेको हो। त्यो खस जनता को हकमा पनि लागु हुन्छ। एक मधेस एक प्रदेश ठुलो भयो भन्ने हरु ले त्यो भन्दा अझ ठुलो "अखंड सुदुर पश्चिम" को नक्शा बनाएका छन। हामीले गरे गलती नहुने तिमीले गर्दा मात्र गलती हुने भन्ने सामंती सोंच।

हुनु पर्ने थरुहट, खसान, कर्णाली, मगरात, तमुवान। ५ को ठाउँ मा ३ छ। ३ पनि पंचायती सीमांकन को छ। सीमांकन वैज्ञानिक हुनुपर्छ। सुर्खेत थरुहट मा हुनुपर्छ। अझ थरुहट को राजधानी नै हुनुपर्छ। थरुहट चितवन देखि कंचनपुर सम्म।




अखण्डको आन्दोलन : सबै नेपाली पञ्च!
देउवाले कमण्डलु बोक्ने दिन नआओस्
सुदूरपश्चिममा आन्दोलनको आगो सल्किरहेको छ, यता बूढानीलकण्ठमा कांग्रेस नेता शेरबहादुर देउवा निरो जस्तै बेपर्वाह सुतिरहेका छन् । देउवालाई लागिरहेको हुन सक्छ, कैलाली र कर्णालीको आगोले बूढानीलकण्ठलाई छुँदैन । ....... अखण्ड सुदुरपश्चिमको नारामा एमाओवादी नेता लेखनाथ भट्ट, एमाले नेता भीम रावल र शेरबहादुर देउवा एकमुख रहँदै आएका छन् ।

आफ्नो क्षेत्रमा आगो सल्किएसँगै अब देउवा, रावल र भट्टको राजनीति भस्म हुने संकेत देखिँदैछन् ।

...... नवलपरासीलाई पनि पुरानै नक्शा अनुसार अखण्ड राख्नुपर्ने आवाज उठिसकेको छ । ..... पञ्चायतले कोरेको सीमानामा एक इञ्च पनि तलमाथि नगरियोस् भन्ने यो सोचाइ राज्य पुनसंरचनाको वैज्ञानिक मान्यतामा आधारित छैन । ..... एक दृष्टान्त : इलाम जिल्लाको दक्षिणमा चुलाचुली र बाँझो दुईवटा गाविस छन् । यातायातको सुविधा नहुँदा त्यहाँबाट इलाम सदरमुकाम पुग्न दुई दिन हिँड्नुपर्ने हुन्छ । तर, झापाको सदरमुकाम चन्द्रगढी पुग्न चुलाचुलीबाट केही घण्टामात्रै लाग्छ । महेन्द्रकालीन इलाम जिल्लालाई अखण्ड राख्ने हो भने चुलाचुली र बाँझोका जनतालाई ठूलो अन्याय हुन्छ । त्यहाँका दुई गाविसलाई टुक्राएर झापामा गाभियो भने उनीहरुमाथि न्याय हुन्छ । ..... संघीयताको दृष्टिकोणले मात्रै होइन, महेन्द्रकालीन ७५ जिल्लालाई विकास र सुगमताका दृष्टिकोणले पनि पुनर्विभाजन गर्न अपरिहार्य छ । ......

विकासका दृष्टिले हाम्रा जिल्ला र गाविसका इकाइहरु पुनः रेखांकन गरिनैपर्छ ।

...... अहिले सुदुरपश्चिमको

कैलाली कञ्चनपुरका साथै कर्णालीका जिल्लाहरुमासमेत आन्दोलनको आगो सल्किएको छ

। यसरी आगो बल्नुमा सुदुरपश्चिमका नेता भनिएका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको अदुरदर्शिता एवं पञ्चायतकालीन मानसिकताले काम गरेको छ । ........ राज्यको नयाँ ढंगले सीमांकन गर्दा कैलालीको थारु बाहुल्य पूर्वी प्रदेशलाई बर्दियातर्फ मिलाउँदा त्यहाँ पहिरो जाँदैनथ्यो । ........

कैलालीका जनताले आफू कुन प्रशासनिक इकाइमा बस्न चाहन्छन्, त्यो नदिएर देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो ।

...... शेरबहादुर देउवा कैलालीका मान्छे होइनन्, उनको गृहजिल्ला डडेलधुरा हो । उनले कैलालीका ४ लाख थारुलाई कँजाउन खोज्दा यतिबेला कर्णालीका ५ जिल्लाले आफूहरु सुदुरपश्चिममा बस्दैनौं, हामीलाई स्वायत्तता चाहिन्छ भनिरहेका छन् । ........ सुदुरपश्चिम र मध्यपश्चिममा सल्केको आन्दोलनको आगो ...... आन्दोलनकै क्रममा सोमबार सुर्खेतमा गोली लागेर एकजनाको निधन भइसकेको छ । सिंगै सुदुरपश्चिमका जनताले बन्द र हडतालका कारण दुख पाइरहेका छन् । ...... नेपाली कांग्रेसको भावी सभापति हुन लागेका देउवाले सुदुर पश्चिमको आगो निभेन भने राजनीतिबाटै कमण्डलु बोक्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नो घरबारीमा आगो सल्काएर निरोबाहेक अरु कोही पनि चैनले सुत्न सक्दैन ।
यसरी फैलियो सुर्खेतमा हिंसा, दुईको मृत्यु (फोटोफिचर)
मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधको क्रममा भएको झडपमा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । .... सुर्खेतमा प्रहरीले चलाएको गोलीबाट वीरेन्द्रनगर– ४ निवासी एमाले कार्यकर्ता टिकाराम गौतमको निधन भएको हो । ...... अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको आन्दोलनले आज उग्र रुप लिँदा तीन प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा पनि तोडफोड भएका छन् । ..... आक्रोशित जनताले सुर्खेतस्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्रमा आगो लगाइदिएका छन् । ...... सुर्खेतवासीले मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसमेत गरेका छन् ।