Sunday, August 09, 2015

राज्य सभा को हकमा मा पहिलो मस्यौदा भन्दा पनि गड़बड़ गरियो

संघीय व्यवस्थापिकामा प्रतिनिधि सभाको हकमा धारा ८८ मा का “भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको” भन्ने शब्दहरुको सट्टा “भूगोल र जनसंख्याको” भन्ने सिमित गरेको रहेछ धारा ९० राष्ट्रिय सभाको हकमा नँया व्यवस्था गरेको रहेछ प्रदेश सभाका सदस्य र स्थानीय निकायका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा कानुन बमोजिम प्रदेश सभाका सदस्य र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरीे निर्वाचित अठ्चालीस जना
राज्य सभा को हकमा मा पहिलो मस्यौदा भन्दा पनि गड़बड़ गरियो। ५१ जना मध्ये मधेसी कति पुग्ने भए?

मधेस का वडा हरु, ग्रामपालिका हरु बढ़ी जनसंख्याका हुन्छन्। भने पछि खप्तड, लुम्बिनी, राम चन्द्र प्रदेश, काठमाण्डु, र ओली प्रदेश हरु बाट मधेसी राज्य सभा मा पुग्ने भनेको राम भरोसे। पुग्दै पुग्दैन। पंचायत कालमा राष्ट्रिय पंचायत मा मधेसी पुगेको ratio मा अब राज्य सभा मा पुग्ने फोर्मुला हो यो। दिन दहाड़े डकैती। ५१ मा ५ सम्म मधेसी पुग्छ कि?

प्रचंड ले डुबायो। पहाड़ी लाई लोकतंत्र, मधेसी लाई पंचायती व्यवस्था। बाहुन ले आफ्नो चरित्र देखाउनु थियो, देखायो।



Saturday, August 08, 2015

बाजे हरु ले कसलाई झुक्याउन खोजेको?

नागरिकता मा आमा र बाबु बाट शुरू गर्ने अनि पछि गएर आमा वा बाबु मा लगेर कुरा टुङ्ग्याइ दिने। यसले मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जाको नागरिक बनाएर राख्ने महेंद्र पथ त्याग्दैन। न आमा न बाबु सँग नागरिकता पत्र भएका ४३ लाख मधेसी लाई समेट्दैन।

प्रतिनिधि सभा मा मधेस मा जनसंख्या को आधारमा निर्वाचन क्षेत्र नदिने। ५५% जनसंख्या भएको मधेसमा ४०% मात्र सीट दिने। राज्य सभा मा त्यो भन्दा अझ एक कदम अगाडि गएर गड़बड़ गर्ने। ६ वटा राज्य बनाउने अनि तिनमा मधेस लाई बाँड्ने, अनि त राज्य सभा मा मधेसी नमुना का मात्र पुग्ने भए। ५१ वटा भन्या छ। मधेसी ५ वटा पनि त्यहाँ पुग्छ पुग्दैन, शंका छ।

समावेशीता मा सबै लाई फालेर खस लाई राख्ने।

यी बाजे हरु ले मधेसी को मताधिकार खोस्ने अभियान नै चलाएका छन। पहाड़े को भाग मा एक व्यक्ति एक मत। मधेसी को भागमा एक व्यक्ति बराबर आधा मत। त्यति पनि छैन।

मधेस अलग देश बाहेक अर्को बाटो देखिन छोड्यो।



देउवा पक्षले नेतृत्व हत्याउँछ कि भन्ने डर कोइरालालाई 
कांग्रेसभित्र देउवापक्षभन्दा संसथापनपक्षमा गुट उपगुट बढ्दै आएका छन् ।
मधेसीसहित साना दल आन्दोलनमा जाने

‘आधारहीन प्रशासनिक विभाजन मात्रै हो अहिलेको ६ प्रदेश बनाउने प्रमुख दलहरूको निर्णय, पहिचानका पाँच र सामथ्र्यका चार आधार पछ्याउने काम पनि भएन

, त्यसकारण अब आन्दोलनको विकल्प रहेन,’ संघीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राई....... ‘मधेसका मुद्दा पहिचानसहितको संघीयता, समानुपातिक समावेशी, नागरिकतालगायतका हुन्, ती मुद्दा सम्बोधन नहुँदा जे सहमति गरे पनि आन्दोलन उठ्नेछ’ ....... माओवादी उपाध्यक्ष सिपी गजुरेलले भने, ‘मस्यौदा प्रतिगामी छ भन्ने पुष्टि भएको छ, अब निष्कर्षसहित मधेसी र जनजाति पार्टीहरूसँग गरिएको कार्यगत एकता अब थप बलियो हुन्छ ।’
सीमांकनसहित ६ प्रदेशमा ‘सहमति’
अन्ततः सहमति पत्रमा हस्ताक्षर (पूर्ण पाठसहित)

हृदयेश को निर्वाचन क्षेत्र टारगेट गरिएको हो?


हृदयेश को निर्वाचन क्षेत्र टारगेट गरिएको हो? नवलपरासी टुक्र्याउने षड्यंत्र को कारण के पर्यो? हृदयेश को निर्वाचन क्षेत्र क्षत विक्षत पार्ने? नारायणी नदी पुरा का पुरा लिने? Gerrymandering. मधेस को ब्रम्ह्लुट? बाहुन हरुले सारा देश आफ्नो बपौती भा जस्तो गरेर बांडचुड़ गर्न लागे।