जनता मालिक हो। चुनाव को मैंडेट को आदर गर्नु कर्तव्य नै हुन्छ। बालेन लडेको छ काठमाण्डु मा, लौरो ले भोट पाएको छ विराटनगर मा। बालेन ले चुनाव जितेको छ काठमाण्डु मा, विजय जुलुस मा सरीक हुन आउन चाहने हरु देशै भरि। त्यो मैंडेट हो। त्यो जनता बोलेको हो। त्यो त भयो राजनीतिक पक्ष।
आर्थिक पक्ष यो हो कि विगत ३० वर्ष देश डुबाएर राखेका हरु लाई अर्को १० वर्ष दिने हो भने नेपालको अर्थतंत्र सदैव घुँडा टेकेको टेकेकै हुन्छ। माओवादी गृहयुद्ध भन्दा ठुलो गृहयुद्ध त्यो हो जो दैनिक विमानस्थल मा बाकस मा ओर्लिरहेको हुन्छ। नेपाली अर्थतंत्र को प्रमुख पुँजी र एक मात्र पुँजी देश को युवा पिढ़ी (
demographic dividend)।
मेयर मा जितेको मान्छे ले गर्ने भनेको मेयर काम नै हो। तर एउटा भोट ले जितेको मान्छे होइन। उपत्यका भरि र देशै भरि छरिएर रहेका स्वयंसेवक हरु खुद ले निर्णय गर्नुपर्ने कुरा हो। प्रत्येक प्रदेश मा र देशै भरि स्वतःस्फुर्त किसिम ले संगठित हुने बेला हो। नया पार्टी खड़ा गर्ने, प्रत्येक गाउँ मा संगठित हुने, शहर शहर टोल टोल। मेयर बालेन देश दौड़ाहा मा जानु जरूरी छैन। परिवर्तन चाहने युवा पिढ़ी आफै अगाडि आउन सक्नुपर्छ। संगठन बनाएको आधार मा देशै भरि लौरो चुनाव चिन्ह माग्न पनि पाइयो। बालेन को शैली मा उम्मेदवारी दिनुपर्छ, पैसा खर्च नगरेर चुनाव जितेर देखाइदिनुपर्छ। प्रत्येक निर्वाचन क्षेत्र मा एउटा एउटा बालेन चाहिएको छ। बुढ़ा हरु ले बिगार्नु सम्म बिगारे। अब अझ बढ़ी बिगार्ने ठाउँ बाँकी रहेन।