Saturday, February 18, 2023

18: Lichhavi

राष्ट्रपति निर्वाचन : कांग्रेसमा उत्साह बढ्दै माओवादीले राष्ट्रपतिमा समर्थन गरे प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउने कांग्रेसको संकेत माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थनसँगै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पूर्ण कार्यकालको प्रतिबद्धता चाहेको छ । कांग्रेसले पनि माओवादीले राष्ट्रपतिमा सघाए प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउन सकारात्मक रहेको संकेत दिएको छ । ...... उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् । कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू पनि निरन्तर छलफलमा छन् । चाँडै माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय हुने र नयाँ राजनीतिक समीकरण बन्ने कांग्रेस नेताहरूको भनाइ छ । ....... ‘१० पुसमा बनेको गठबन्धन १० फागुनसम्ममा भत्काएरै छाड्छौँ,’ उनको भनाइ थियो । थापा माओवादी नेताहरूसँग निरन्तर संवादमा छन् । ....... कांग्रेस नेताहरू अहिलेसम्म रामचन्द्र पौडेलबाहेकलाई अघि सार्ने सम्भावना नरहेको बताउँछन् । यसबाहेक कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम पनि चर्चामा छ । .

कांग्रेसको दाबी– १० दिनभित्र राजनीति नयाँ कोर्शमा जान्छ
‘स्वर्णयुग’को चिरफार भारतीय इतिहासको गुप्तकाल र नेपाली इतिहासको लिच्छविकाल ....... नेपाल र भारत दुवैको ‘स्वर्णयुग’को एउटा प्रमुख विशेषता वा अन्तर्य हो– वैदिक समाजको पुनरोदय । वेदमा आधारित समाज व्यवस्थालाई वैदिक समाज भनिएको छ । वेदमा पनि मुख्यतः ऋग्वेद हो । ऋग्वेदको अध्ययन तथा तत्पश्चात्का अन्य साहित्यको आधारमा पूर्ववैदिक र उत्तरवैदिक समाज भनी दुई कालखण्डमा विभाजन गरी अध्ययन गरिन्छ । सामान्यतः पूर्ववैदिक युग एक आदर्श समाज रहेको र त्यसको विकास उत्कर्षमा पुगेर पछि विकृति आउन थालेपछिको समयलाई उत्तरवैदिक भन्ने गरिएको पाइन्छ । तर, दुवै कालले बोकेको मूल्य र मान्यतामा खासै फरक पाइँदैन । ....... वैदिक समाज सरल र सहज थिएन । यसभित्रै अनेक खालका अन्तरविरोध थिए । कतिपय कुरालाई स्वयं वैदिकहरूले पनि स्विकार्न नसक्ने अवस्था बन्यो । यसको पूजापद्धति वा उपासना भन्नु यज्ञ थियो । ....... नरबलि प्रथाको विरोध वैदिक समाजभित्रै बुलन्द भएपछि बन्द हुन पुग्यो । ........ इतिहासको दृष्टिले भागवत् सम्प्रदायको अभ्युदयलाई वैदिक समाजभित्रकै अन्तरविरोध वा संघर्षको प्रतिफल भन्न सकिन्छ । यो सम्प्रदायले वेदलाई मान्ने तर कर्मकाण्ड तथा केही मूल्य–मान्यतालाई त्याग्ने गर्छ । इन्द्रलाई प्रधानता नदिएर विष्णुलाई दिइन्छ । यस्तैगरी ब्राह्मण परम्परासँग मात्रै नभएर वेदमाथि नै असहमति राख्नेमा जैन र बौद्ध दुई प्रमुख सम्प्रदाय थिए । यी दुवै सम्प्रदाय श्रमण परम्पराअन्तर्गतका हुन् । इतिहासमा आरोह–अवरोह आउनुलाई स्वाभाविक प्रक्रियाको रूपमा लिने हो भने जैन र बौद्धले थिलथिलो पारेको वैदिक समाजले भारतमा गुप्तकालमा बौरिने अवसर पाएको थियोे । नेपालमा वैदिक सभ्यताको प्रवेश पछि मात्रै भए पनि तत्कालै जम्न सकेको भने थिएन । भारतमा वैदिक समाज बौरिएको समयमा नेपालमा यसको प्रभाव बढ्न थालेको भने पाइन्छ । यो इतिहासको एउटा घटना हो र वैदिकहरूका लागि ठूलै उपलब्धि पनि थियो । यस अवस्थालाई स्वर्णयुग भनी प्रशंसा गरिनुको तात्पर्य त्यसअघिको भारतीय वैभवतालाई छायामा पार्ने, वैदिक वर्चस्वलाई नै आदर्श मान्ने र प्रमुखता दिने हो । ............. नेपालमा लिच्छवि र भारतमा गुप्तकालमा पुरुष सत्ताको सुदृढीकरणका लागि महिलामाथि अनेक तवरले वैधानिक पावन्दी र त्यसको औचित्य पुष्टि गर्न अनेकन् काल्पनिक कथाकहानी तथा साहित्यको सिर्जना गरेको पाइन्छ । यो अभ्यासको सुरुवाती महावीर वर्धमान र गौतम बुद्ध (इपू छैटौँ शताब्दी) भन्दा अघि नै भइसकेको थियो भने पछि पनि भइ नै रह्यो । त्यस प्रकारको विभेद र विषादपूर्ण समाजमा गौतम बुद्धले आफ्नो काम गर्नुपरेको थियो । दार्शनिक दृष्टिले महिला–पुरुषमा केही विभेद नरहेको, दुवैले अभ्यासद्वारा समान रूपमा धर्मलाभ गर्न सक्ने भन्दै जसरी पुरुषलाई भिक्षु बनायो, त्यसरी नै महिलालाई पनि भिक्षुणीको व्यवस्था गरेका थिए । महिलालाई भिक्षुणी बनाउने चलन महावीर वर्धमानले सुरु गरेका थिए भने त्यसमा भएका कमी–कमजोरीलाई हेरेर अझ परिमार्जन गरी बुद्धले अलि पछि सुरु गरे । ......... सतीलगायत अनेक प्रथा, परम्परा, धर्म वा आस्थाका नाममा महिलामाथि विभेद र शोषण गर्ने विचार उत्पादन गर्ने समय जुन वर्तमान युगमा मान्य छैन, त्यस्तो समय कसरी ‘स्वर्णयुग’ भयो ? ......... बुद्धले जातिवादको अनौचित्य पुष्टि गरे । वैदिकहरू बुद्धसँग अन्य कुरामा भन्दा बढी जातिवादको विषयमा चिढिएका थिए । वैदिक समाजले आफ्नो वर्चस्व कायम राख्न ब्राह्मण वर्गलाई उच्च स्थान दिएको थियो भने शूद्रलाई निम्न । बुद्ध क्षेत्री कुलमा जन्मेको मानिन्छ । ......... तर, बुद्धले आफ्नो संघमा ब्राह्मण वर्गलाई पनि भिक्षु बनाए । बुद्धको उपदेशलाई आत्मसात् गर्नेहरूका लागि वर्ण र जातको कुनै अर्थ रहँदैनथ्यो । ब्राह्मणहरू वैदिक मूल्य–मान्यतालाई तिलाञ्जली दिएर बौद्ध संघमा व्यापक मात्रामा प्रवेश गरे । ब्राह्मणबाहेक अन्य वर्ग पनि संघमा प्रवेश गराउने क्रममा शूद्रलाई पनि प्रवेश गराइयो । ......... उपासक उपासिकाहरूका लागि सबै भिक्षु–भिक्षुणी वन्दनीय हुन्छन् । बुद्धको यस्तो व्यवस्था वैदिक ब्राह्मणलाई मन परेको थिएन । बुद्धका उपासक उपासिकाहरूमा पनि जातीय भेदको अनौचित्य स्पष्ट भएपछि समाजमा ठूलै परिवर्तन आएको थियो, जसले परम्परागत वैदिक समाजलाई जर्जर नै बनाइदियो । .......... भारतवर्षमा भएका विभिन्न साम्राज्य बुद्धको आदर्शमा चल्थे । ती साम्राज्य पछि मौर्य साम्राज्यमा विलय हुन पुगे । मौर्य साम्राज्यका सम्राट् अशोक बौद्ध धर्मका परम उपासक रहेको कुरा त विख्यात भइहाल्यो । यति वेला वैदिकहरू निकै मात्रामा दबिएर बसेका थिए । तर, पछि मौर्यवंशको अन्त्य गरी शुंगवंशको स्थापना गर्ने ब्राह्मण पुष्यमित्र शुंगले आफ्नो शासनकालमा बौद्धउपर दमन र वैदिक मूल्य–मान्यताको पुनस्र्थापनामा ध्यान दिएका थिए । बीचमा कुषाणवंशले राज्यसत्ता स्थापना गरेको भए पनि पछि गुप्तकाल सुरु भयो । यति वेला पनि बौद्ध कला, साहित्य, संस्कृति तथा अन्य गतिविधिले स्थान नपाएका होइनन्, तर बढी मात्रामा वैदिक वर्चस्व कायम गर्नमा पृष्ठभूमि तयार भयो । .............. भारत वर्षमा मुस्लिम आक्रमण एउटा युगान्तकारी घटना हो । यसबाट बौद्ध धर्म भारतमा सोत्तर नै भयो । वैदिकहरूका लागि बौद्ध धर्म शत्रु थियो भने मुस्लिम आक्रमणले हिन्दूलाई फाइदा नै पुग्यो । मुस्लिम आक्रमणकारीका लागि बौद्धहरू नयाँ नौला थिएन, अर्थात् मध्य–एसियातिरै परिचित भएका थिए र त्यहाँ विपक्षीका रूपमा संघर्ष गर्नुपरेको थियो । भारतमा पनि त्यही व्यवहार गरियो । कतिपय बौद्धले मुस्लिम धर्म अपनाएर आफूलाई सुरक्षित पारे पनि कतिपय बौद्ध यतिकै बसे । बौद्ध विद्वान् तथा भिक्षुहरू भारतीय भूमिमा बस्नै नसक्ने अवस्थामा नेपाल तथा चीनतिर पलायन भएको अवस्थामा सर्वसाधारण बौद्धको आधार नै भएन । ती बौद्धहरू हिन्दू धर्मको शूद्र वर्गमा दरिन पुगे । .......... गुप्तकालीन कला उत्कृष्ट रहेको कुरामा शंका छैन, तर यो दैवी चमत्कार नभएर लामो समयको अभ्यास र परम्पराको निरन्तरता हो । नेपालको लिच्छविकालमा पनि त्यही कुरा लागू हुन्छ । ....... इतिहासमा स्वर्णयुग भनेर गुप्तकाललाई प्रस्तुत गर्नु आजभोलिको मात्रै सोच हो । हिन्दू वैभवलाई स्थापित गर्नका लागि यो अवधारणा थोपर्न ल्याएको हो । गुप्तकालभन्दा अघिको समय यो वर्गका लागि गौरवको कुरा होइन । जति पनि इतिहास खोतलिन्छ, बौद्ध वा अन्य कुरा मात्र प्रकाशमा आउने हुन्छ । गुप्तकालपछि पनि बौद्ध सभ्यताकै कुरा आउँछ । भारतबाट बौद्ध धर्मको पतन हुनु पनि वैदिकहरूको उत्थान नभएर मुसलमानी तथा अंग्रेजहरूको दासत्वमा पर्नु हो । यस अवस्थामा गुप्तकाललाई स्वर्णयुग भनेर आत्मरति गरेका हुन् । त्यसैको अनुकरण नेपालमा गर्‍यो । त्यो समयलाई स्वर्णयुग भनेर मान्नुको अर्थ त्यति वेलाको मूल्य–मान्यताकै पक्षधर हुनु हो । यो पक्षधरता भन्नु, वैदिक मान्यताको सर्वोच्चता, अन्य धार्मिक तथा दार्शनिक सम्प्रदायप्रति अहिष्णुता, जातीय विभेद, महिला–पुरुषमा असमानता हो । त्यो कथित ‘स्वर्णयुग’प्रति आसक्त हुनु भनेको हिजोआजको भाषामा मानवअधिकारको उल्लंघन र विश्वमानव सभ्यताको प्रतिगमन हो । मानवसभ्यताको इतिहासलाई अध्ययन गर्ने हो भने बरु वर्तमान समयलाई स्वर्णयुग भन्न सकिन्छ ।

मधेस केन्द्रीत साना पाँच दलहरूबिच पार्टी एकता हुने तय

नेपाली सैनिक इतिहास : स्थायी सेनासँगै झारा वा अस्थायी सेनाले आर्ज्याको मुलुक
प्रचण्ड र ओलीबीच २३ पटक वार्ता : किन हुन सकिरहेको छैन सहमति ? एमाले भन्छ, ‘सहमति सत्ता गठबन्धनमै खोज्नुपर्छ’
अरुण चौधरीले आममाफी पाएपछि नागरिक उन्मुक्तिमा दुई धार
स्थानीय तहका उम्मेदवारले जरिबाना तिर्नु नपर्ने, राष्ट्रपतिद्वारा माफी मिनाहा
रामचन्द्रले राष्ट्रपतिमा सहयोग मागे, उपेन्द्रले उपराष्ट्रपतिमा
लुपसका कारण चर्चामा गायिका सेलेना गोमेज, कति खतरनाक छ यो रोग ?

फागुन २५ को ‘काउन्टडाउन’ : राष्ट्रपतिको उम्मेदवारबारे प्रमुख पार्टीभित्र छैन छलफल
राष्ट्रपतिका बारेमा आधिकारिक निर्णय गर्दै माओवादी केन्द्र

सत्ता गठबन्धन फेरिने संकेत पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । ........ सबै दललाई मान्ने हुने गरी एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ । ........ ‘राप्रपाका मन्त्रीले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहेका छन् । रास्वपा सरकारबाट बाहिरिएर अप्ठ्यारो पारेको छ । त्यसैमा केपी कमरेडको निरन्तर असहयोग भएकाले यो गठबन्धन ८० प्रतिशत फेरिने सम्भावना छ ।’ ........ ‘संसदमा कसैको बहुमत छैन । यो संसद् ५ वर्ष पुग्छ भन्ने सुनिश्चितता छैन’ ती मन्त्रीले भने, ‘देश, जनता र व्यवस्थालाई केन्द्रमा राख्ने व्यक्ति चाहिन्छ । विगतका राष्ट्रपतिले पार्टीलाई केन्द्रमा राखेकाले समस्या खडा भयो । त्यसैले जुनसुकै पार्टी वा पात्र भएपनि सबै दललाई मान्य भएमा ठिक हुन्छ भन्ने छ ।’ ....... मंगलबारमात्रै अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिक अवस्था ठिकठाक नरहेको बताए । उनले निर्वाचन अघिको पाँच दलीय गठबन्धन भत्काउन सफल भएर सरकार गठन भए पनि यही समीकरण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको बताए । ........ कथंकदाचित यो स्थिति फेरियो भने।।। ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ ।’ ........ ओलीले देश बरबाद पार्न लागि परेका षड्यन्त्रकारीहरूले पहिला एमालेमाथि प्रहार गर्न सक्ने र समीकरण नै बिगार्न सक्ने भएकाले कार्यकर्ताहरूलाई तयार रहन निर्देशन समेत दिए । ......... ओलीले सत्ताका लागि एमालेले राष्ट्रियता नत्याग्ने समेत बताए । ......... उता राप्रपाबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूले संघीयता र गणतन्त्रको विरोध गरिरहेका छन् । यसबाट पनि प्रधानमन्त्री प्रचण्ड चिढिएका छन् । अहिलेको व्यवस्थाका विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने घोषणा गरेका प्रचण्ड सोध्न सकेका छैनन् । उनीहरूलाई सकेसम्म गठबन्धनबाटै बिदा गरेर जाने पक्षमा प्रचण्ड भएकाले स्पष्टीकरण नसोधिएको प्रचण्ड निकट स्रोतहरूले बताएका छन् । ....... रास्वपालाई प्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिर जान नरोकेको भन्दै ओली प्रचण्डसँग सन्तुष्ट छैनन् । ........ ‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युँतिन्छ’, थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ ।’ ....... जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत समेतले सत्ता गठबन्धन भत्किन सक्ने सङ्केत गरेका छन् ।



फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किन्छ : महामन्त्री थापा
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’
लियोनार्डो दा भिन्चीबाट सिक्नुहोस् रचनात्मकताका पाँच पाठ : संसारलाई भिन्न तरिकाले हेर्नुहोस्