प्रचण्ड थाहै नदिई प्रधानमन्त्री बने : माधव नेपाल
कांग्रेसले २२ पुसमा बोलायो केन्द्रीय समिति बैठक
प्रचण्डका सात सारथि प्रदेश सभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ । ...... सन् २००८ मा रविले ग्रिनकार्ड पाए । करिब १० वर्ष अमेरिका बसे । ...... उनले २०७० वैशाख १ गते ६२ घन्टा १२ मिनेटसम्म लगातार अन्तर्वार्ता लिएर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाए । ........ २०३६ सालमा काठमाडौंको चावहिलमा भएको अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा पढ्थे । ....... २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइ ......... उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरियताका नेता हुन् । ....... २०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरफ्तारमा परेको बताउँछन् ।
कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ?
जसलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने रास्वपाका प्रवक्ता भन्छन् – सरकारमा जानु पनि परिवर्तन हो ...... रास्वपाका एक सांसद भन्छन्, ‘सरकारमा जाने विषयमा पनि हामीसँग खासै छलफल भएन । मन्त्रालय पनि मिडियाबाटै थाहा पाएको हो ।’...... सरकारमा जानुपर्छ भन्नेहरु पनि सभापति लामिछानेले किन गृह मन्त्रालय नै रोजे भन्ने पनि बुझ्न नसकेको बताएका छन् । .
प्रचण्डको दौरा सुरुवाल अवतार
देउवाले भोलि बालुवाटार छोड्ने, धुम्बाराहीमा भाडामा बस्ने
राजेन्द्र लिङ्देनलाई प्रश्न : प्रचण्डलाई समर्थन गर्न अप्ठ्यारो लागेन ?
‘कांग्रेसको रवैयादेखि पीडित थिएँ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’ अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवादीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोपसमेत लगाए । ....... निराश नभइकन एउटै कम्युनिष्ट पार्टी बनाउन लागिरहने समेत बताए । ....... स्वाभाविक रूपमा जो जसले साथ दिनसक्छ, साथ लिएर उहाँले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । म यसलाई अन्यथा ठान्दिनँ । ......... टुट्दैन भन्ने ठान्नुभएको होला । टेकन एस ग्रान्टेड पनि हुन्छ कहीं । प्रचण्डजीले १५ वर्षसम्म गठबन्धन टिक्छ भन्ने कुरा कानमा लिएर बस्नु भएको भए … (हाँस्दै) । अब प्रचण्डजीले आजको मितिदेखि गठबन्धनमा हामी रहँदैनौं, टुट्यो भन्ने ठान्नुस् भनेर हिंडेको । यसो भनेर हिंडेपछि त चेत्नुपर्ने हो नि ........ अब ४ बजे आएर शेरबहादुरजीले ‘अब प्रचण्डजीलाई भन्नुपर्यो, उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्यो’ भन्नुभयो । जब अर्को पक्षहरूको बीचमा सल्लाह गरेर कागजमा सही गरिसकेको अवस्थामा मैले ४ बजे भनेर केही अर्थ लाग्थ्यो ? समयमा सोच्न नसक्दा खेरि… । ...... यी सबै घटनाक्रमहरू राज्य सञ्चालन गरेर बसेको मान्छेले घन्टा घन्टामा को कहाँ हिंडिरहेको छ थाहा पाउनुपर्दैन ? ........ होइन, अन्डरकरेन्ट हामीसँग पनि कुराकानी नभएको होइन । कुराकानी भइरहेकै हो । विश्वसनीयताको तहमा नपुगेको हुनाले मैले नपत्याएको हो । अन्डरकरेन्ट कुराकानी त राजनीतिमा भइरहन्छ नि । ........ झलनाथजीको त चर्चा थियो तर उहाँ हारेसँगै त्यो च्याप्टर क्लोज भयो । अहिले मैले नै शेरबहादुरजी र प्रचण्डजीसँग छुट्टाछुट्टै कुरा गरेर दुवैलाई सँगै राखेर पनि अबको राष्ट्रपति झलनाथजीलाई बनाऔं भनेर सहमति गरेको हो । मैले उहाँलाई चुनावमा नजानुस् पनि भनेको हो । धेरै सम्झाएँ । ........ म त सबभन्दा पहिला प्रधानमन्त्रीको टुंगो लगाऊँ र अगाडि बढौं भन्नेमा थिएँ । दुईटा पार्टीबाट कोही भएनन् भने माधव नेपाललाई बनाऔं भन्ने कुरा त उठ्यो नि त्यहाँ । ....... मैले नै उहाँलाई बधाई दिन फोन गरें । मैले नै बरु भनें, तपाईंले फोन पनि नगर्ने मलाई ? ....... उहाँले भन्नुभयो- हेर्नुस् त्यो कांग्रेस केही पनि छोड्दैन । प्रधानमन्त्री पनि छाड्दैन, राष्ट्रपति पनि छोड्दैन । ........ मैले बैठकमा पटक पटक भन्याथें- यो कांग्रेसले देशलाई आफ्नो विर्ता ठानेको छ । तपाईंहरु भ्रममा हुनुहुन्छ । तपाईंहरुलाई भन्न चाहन्छु म मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ । मैले यो दुईपटक दोहोर्याएर भनेको हुँ । ....... राजनीतिक नियुक्ति गर्नुपर्यो भने पनि नगर्ने, हामीले तपाईंहरुको हितमा काम गर्नुपर्ने ? म त बोल्ने कुरामा, जवाफ दिने कुरामा पछि हट्ने खालको मान्छे होइन । ....... देउवा… हुन्छ बहादुर । ........ स्थानीय तह चुनावको बेलामा पनि हामीलाई हेपेको हो हेर्नुस् । त्यसपछि प्रतिनिधिसभामा पनि त्यही गरेका हुन् । त्यसमा नम्बर एक कांग्रेस हो, नम्बर दुई माओवादी हो । माओवादी नि कम छैन । धेरै निर्वाचन क्षेत्रमा हराउन त लागेका हुन् नि माओवादीका नेताहरु । ....... असहयोग मात्र होइन, खुलेआम हराउन लागे । त्यत्तिकै आँखा चिम्लिएर बस्छु त ? जे देखिएका छन्, जे भोगिएका छन्, त्यसको त जवाफ चाहियो त । कत्रा चुनौतीको सामना गर्दै हिंडिएको छ, दुई सिट भएको बीजेपी आज राष्ट्रिय शक्ति बनेको छ । ....... एक्लै पारे । त्यसमा पनि केही छैन । एक्ला चलो रे, एक्ला चलो रे भन्ने गीत गाउँदै (हाँस्दै) हिंडेको मान्छे । तर मलाई आँट के छ भने सही विचारको पक्षमा म उभिएको छु । स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न चाहन्छु । ....... २० प्रतिशत मानिरहेका थिएनन् । २० प्रतिशतभन्दा तल नझर भनेर मैले नै दबाव दिएको हो । मेरो दबावले नै मानेको हो । अरुले ३० प्रतिशत भनेका थिए, मैले ३० हुँदैन, २० गर्नुस् भनेको मैले हो । किनभने मैले क्याल्कुलेसन गरें । ३० पुगेर त फरक पर्दैन, तर २० भन्दा झर्दियो भने के गर्ने ? सबै कुरा सोचेर, क्याल्कुलेसन गरेर चल्नुपर्यो नि । त्यत्तिकै त हुँदैन नि । ........ हाम्रो पार्टीका साथीहरु एकताबद्ध भएर अघि बढ्ने पक्षमा छौं । केही नभएका त अघि बढिरहेका छन् भने हामी त सातै प्रदेशमा छौं । ........ कम्तीमा बैठक बोलाइपाऊँ हजुर भनेको होइन हामीले ? होइन र ? प्रचण्ड, म, झलनाथ, वामदेव, नारायणकाजी श्रेष्ठ धुम्बाराहीमा रहेको कार्यालयमा त्यत्रो चिठी लेखेर केपीलाई बैठक बोलाइदिनुस् भन्यौं । ......... बैठक हामी प्रतीक्षा गरिरहेका छौं । जम्मै बैठकमा बसेका छन् । बैठक जारी छ तर केपी त्यहाँ नआएर संसद भंग गरिदिए ।
अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्यो
Prachanda leaving congress gathabandhan and Deuba. pic.twitter.com/bDWT44KQG2
— Jean the Journalist (Real) (@ouzi_rice) December 27, 2022
WATCH | राम जन्मभूमि को लेकर हुए विवाद को लेकर क्या बोले नेपाल के नए प्रधानमंत्री @cmprachanda@dibang | https://t.co/p8nVQWYM7F #Prachanda #Nepal #NarendraModi #India pic.twitter.com/RDQYzojOpd
— ABP News (@ABPNews) December 27, 2022
सभी सवालों के जवाब
— Dibang (@dibang) December 27, 2022
एक नई शुरुआत की आस
Exclusive बातचीत नेपाल के नए प्रधानमंत्री पुष्प कमल दहल के साथ
ज़रूर देखिए
आज शाम 4 बजे #ABPNews
New #Nepal Prime Minister Pushp Kamal Dahal @CMPrachanda #Prachanda Exclusive 4 PM @ABPnews pic.twitter.com/lxQmZGvlI7
राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल
यी हुन् मन्त्रिपरिषद्का कान्छो मन्त्री मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । ....... ३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।
जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।
‘देउवाले बिदा लिनु पार्टी र उहाँको स्वास्थ्यका लागि राम्रो हो’ आलोपालोको समझदारी थियो भने कार्यान्वयन गर्नुपर्थ्यो : गुरुराज घिमिरे ........ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ता विमुख भएकाले नैतिकताका आधारमा देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । ....... देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिँदा कांग्रेसको स्वास्थ्यका लागि राम्रो हुने उनले बताए । साथै सबै पद गुम्नुको जिम्मेवारी सभापतिसँगै पदाधिकारीले पनि लिनुपर्ने घिमिरेको भनाइ छ । महामन्त्रीले हस्तक्षेपकारी भूमिका नदेखाएकोप्रति पनि उनको गुनासो छ । ......
एउटा कोणबाट हेर्दा सर्वनास भयो भनेर भन्न सकिन्छ ।
......... गठबन्धनमा लेनदेन हुन्छ । सबै आफै राखेर हुँदैन । राष्ट्रपति लिएर प्रधानमन्त्रीमा सभापति लचिलो हुनुहोला भन्ने थियो । सैद्धान्तिक राजनीति छाडेर व्यवहारवादी राजनीति गर्नुपर्थ्यो । राष्ट्रपति लिएर प्रधानमन्त्री माओवादीलाई नदिँदा संघ र प्रदेशमा गरी ३५ वटा राजकीय पद गुमाउनु प¥यो । संवैधानिक पद, कुटनीतिक क्षेत्र पनि गयो । पार्टीका साथीहरु र मुलुकका विज्ञहरुले प्राप्त गर्ने अवसर गए । अब रहेका पनि जान सक्ने भए । राज्यका सबै अवसर गुम्दा नेपाली कांग्रेसलाई क्षति भएको छ । ......... माओवादीले एमालेसँग पनि समानान्तर वार्ता गरिरहेको हामीलाई समेत थाहा थियो । ......... आँखै अगाडि गठबन्धनको एउटा घटक विपक्षीसँग मिलेर सरकार बनाउनु अनौठो घटना हो । ....... यति ठूलो राजनीतिक घटनाक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि संलग्नता देखिनँ । सहमहामन्त्रीको पनि संलग्नता देखिएन । १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको शेखर कोइरालाको पनि सहभागिता देखिएन । ......... यति ठूलो घटनामा महामन्त्रीले गएर यो के हुँदैछ भनेर सोध्नु पनि पर्छ । वाकओभर दिनु हुँदैन थियो । ....... ठूला दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गर्नुपर्छ भन्ने कुरा स्वाभाविक थियो । ठूलो दल भएर प्रधानमन्त्रीको दावा नै गरेन भने जनतामा कस्तो असर पर्छ ? ........ काम चाहिँ एउटा पक्षलाई दिने र अर्को पक्षलाई रमिते बनाउने ? अर्को पक्षका पदाधिकारी सभापतिले गरेको कामको रमिता हेर्न निर्वाचित भएका हुन् ? उहाँहरुको दायित्व रमिता हेर्ने हो ? ......... महामन्त्री कारिन्दा होइन, नेता हो । महामन्त्री संस्था पनि हो । ...... मैले महामन्त्रीलाई महामन्त्री हो भन्ने आभास दिलाउनुस् है भनेर पटक पटक भनेको छु । ........ निराशाको बादल छाएको छ । कार्यकर्ता आक्रोशित छन् । पार्टीका साथीहरुलाई पीडा छ । ........ उहाँले सभापति पद छोड्नुपर्छ । ....... उहाँले संसदीय दल पनि छोड्नुपर्छ । यो घटनालाई देखाएर उहाँले सम्मानजक रुपमा अवकास लिनुपर्छ । ...... उहाँको नेतृत्वमा पार्टी पाँच वर्षमा थप नाजुक हुन्छ ।हिमपातले अमेरिकामा मच्चायो विनाश, गभर्नर भन्छन्, ‘युद्धजस्तो स्थिति छ’
A look at downtown Buffalo this morning.@NYSDOT, @NYSThruway, and county and city snowplow crews are working around the clock to clear roads. It’s not safe to drive in many areas of Western New York — please follow local guidance and stay off the roads. pic.twitter.com/d6irolzs0O
— Governor Kathy Hochul (@GovKathyHochul) December 26, 2022