सरकार गठनमा एमालेको पनि गृहकार्य
शेखर–गगन संवाद सुरु : निकटस्थमार्फत भेटघाट तिव्र पार्दै देउवा
अब सरकार कसको, संसद् कस्तो ? देउवा, ओली र प्रचण्डका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को हुनेछैन । ...... चुनावमा अन्तर्निहित मतदाता–सन्देशलाई बुझ्ने हो भने देउवा, ओली र प्रचण्डले तीनै जना फेरि प्रधानमन्त्री बन्ने खेलमा लाग्नुभन्दा विश्राम लिएर नयाँ नेतृत्वका लागि बाटो खुला गरिदिए हुन्छ । यो चुनाव परिणामले तीनै जनाको राजनीतिक उचाइ बढाएको छैन, बरु घटाएको छ । माथि–माथि सत्ता फेरबदलको खेलमा रमाउने प्रचण्डको नेतृत्व खुला चुनावी प्रतिस्पर्धाका लागि पटकपटक अक्षम प्रमाणित भइसकेको छ । त्यस्तोलाई नेतृत्वको गतिशीलता भन्न मिल्दैन । माओवादीको पार्टीगत हैसियत प्रचण्डको छायाभन्दा बढी देखिएन । ओलीको नेतृत्वले अघिल्लो संसद्मा न बहुमत जोगाउन सक्यो, न विभाजनपछि पनि संसद्मा सबैभन्दा ठूलो दल रहेको एमालेको त्यो हैसियत रहने भयो । समानुपातिकमा केही मतले पहिलो छौं भनेर दाबी गर्नुको कुनै तुक छैन । वास्तवमा उसले सात प्रतिशत लोकप्रिय मत गुमाएको छ, जुन सामान्य होइन । यस्तै, कांग्रेसले प्रत्यक्षतर्फ सिट बढाएर सबैभन्दा ठूलो दल भए पनि यसले एमालेकै हाराहारीमा समानुपातिक मत गुमाएको छ । दुवै दलले समानुपातिकतर्फ पहिलेभन्दा ६ सिट कम पाउने निश्चित छ । यसको जिम्मेवारी नेतृत्वमा बस्नेहरूले लिनैपर्छ । यी तीनै जनाका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को उपलब्ध हुनेछैन । ....... यदि विश्वासिलो वातावरण बनाउने हो भने संसदीय दलमा नयाँ नेतृत्वसहित आउन सके पहिलो पालो माओवादीलाई दिनु उपयुक्त हुन्छ । नेपाली कांग्रेसमा पनि नेतृत्व हस्तान्तरण सहज हुनेछ, युवा पुस्तामा नेतृत्व आउने सम्भावना बढ्छ । दोस्रो पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्दा गगन थापा प्रधानमन्त्री हुन सके राम्रै हुन्छ । यद्यपि यसै पटक गगन प्रधानमन्त्री बनून् भन्ने लोकप्रिय चाहना देखिन्छ । ........ कांग्रेस र एमाले पहिलो र दोस्रो दल तथा माओवादी तेस्रो दल भएको अवस्थामा सरकार फेरबदलको साँचो प्रचण्डले निकै घुमाए । यस पटकको संसद्मा त्यो भूमिकामा उनीसँग समानान्तर खेल खेल्न सक्ने (किङमेकर) हैसियत रास्वपाका रवि लामिछानेको पनि छ । तर अलगअलग भूमिकामा यिनले पनि त्यो खेल निर्णायक बनाउन सक्ने स्थिति छैन । ‘हरूवा गोरुको छेरुवा दाउ’ भनेजस्तै वाम एकताको कुरा पनि सुनिन्छ । तर छिमेकीको चलखेलबाहेक यो कार्ड खोटो प्रमाणित भइसकेको छ । नेपालको राजनीतिमा को वाम, को दक्षिण भनेर वर्गीकरण गर्नुको कुनै तुक छैन; सबै छासमिस छन् । त्यस्तै, कुन गठबन्धन पवित्र र कुन अपवित्र हो भनेर कोट्याउनुको पनि कुनै आधार छैन । ........ २०४८ सालदेखि नै हाम्रो संसदीय अभ्यासमा सत्तापक्ष अन्तर्कलहको सिकार र विपक्ष रमिते एवं अवरोधकको भूमिकाभन्दा माथि उठ्न सकेको छैन । विधेयकहरूमा गुणात्मक बहस हुँदैन । २०४८ सालदेखि निरन्तर र दशकौं सांसद भएका मानिस छन्, तर तिनले कुनै विषयविज्ञता स्थापित गर्न सकेका छैनन् । त्यस्तो विज्ञता स्थापित गर्न सके त्यो सांसदले बोल्न थालेपछि सत्तापक्ष र विपक्ष दुवै सावधानी र धैर्यसाथ सुन्न बाध्य हुन्छन् । पछिल्लो समयमा प्रदीप गिरिले केही हदसम्म त्यो हैसियत बनाएका थिए । तर उनको कुरा सबैले प्रशंसा त गर्थे, कसैले मान्दैनथे । गएको संसद्मा गगन थापाको प्रस्तुति विषयगत र राजनीतिक दुवै हिसाबले जोडदार थियो । कांग्रेस विपक्षमा छँदा उनले धर्म थामेका थिए, विपक्षी दलको नेता भनेर देउवालाई संसद्मा देख्नै पाइन्नथ्यो । उनी प्रधानमन्त्री ओलीको छाया नै थिए । प्रधानमन्त्री भएपछि पनि संसद्मा उनको प्रस्तुति नाम मात्रको थियो, महत्त्वपूर्ण मुद्दामा गगनले नै सरकारी प्रस्तावको वजनदार प्रतिरक्षा गर्थे । ......... प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा पनि जान सकिन्छ । .
एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव ‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो'........ अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए । ...... पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो ।
प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णयक बनेको हो । जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ । ....... एमालेले मोरङ ५ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ मोरङ ५(२), मोरङ ४(२) र ६(२) जसपालाई दिने सहमति गरेर चुनावी गठबन्धन गरेको थियो । तर उम्मेदवारी दर्ता गराउने दिन मोरङ ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा एमालेका कृष्ण बस्नेतलाई टिकट दिए । यता प्रदेशसभा सदस्यमा यो दुई क्षेत्रको सहमति उल्लंघन गरेको र मोरङ ५ मा जसपाका उम्मेदवार राजकुमार यादव र ५(२) मा मन्त्री यादवलाई एमालेले मतदान नगरेकाले पराजय बेहोर्नुपरेको जसपाको ठहर छ । त्यसले पनि जसपाका नेता तथा कार्यकर्ताहरूले प्रदेश १ मा एमाले गठबन्धनमा सरकारमा जान नहुने भन्दै चर्को आवाज उठिरहेको छ । ...... यस प्रदेशमा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना प्रदेश सांसद पाउने राप्रपाले पनि एमाले गठबन्धनमा नै सरकारमा जाने पूर्ण मनस्थितिमा देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले चुनावी गठबन्धनमा आ-आफ्नो चुनाव लडेर हारजित भएको तर अब सरकार गठनको विषयमा पार्टीको निर्णय गरेर मात्रै अघि बढ्ने बताए ।
गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी
देउवालाई ‘महाथिर’ नबनाए हुन्थ्यो!
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, December 04, 2022
लोकतान्त्रिक-वाम-मधेसी गठबन्धन: सात प्रदेश मैं पाँच वर्ष का लागि स्थिर सरकार
नेपाली कांग्रेस ८७
वाम मोर्चा ४२
माओ पार्टी ३१
एकीकृत समाजवादी १०
जनमोर्चा १
मधेसी मोर्चा २८
जसपा १२
जनमत ६
लोसपा ४
उन्मुक्ति ३
अमरेश १
प्रभु १
महेंद्र राय १
८७ + ४२ + २८ = १५७
पाँच वर्ष का लागि स्थिर सरकार। प्रथम दुई वर्ष प्रचंड प्रधान मंत्री। त्यस पछि तीन वर्ष गगन प्रधान मंत्री। अहिले दुई वर्ष गगन मंत्री।सीके राउत उप प्रधान मंत्री पाँच वर्ष। एक जना मात्र उप। उप र परराष्ट्र। महंथ सभामुख। राष्ट्रपति मा दलित महिला।
सात वटै प्रदेशमा गठबन्धन सरकार। एमाले सशक्त विपक्ष। विपक्ष बिनाको लोकतंत्र को कल्पना गर्न सकिँदैन।
कोशी: कांग्रेस २७ + माओवादी १३ + समाजवादी ४ + जसपा १
मधेस: मधेसी मोर्चा ३८ + कांग्रेस २२ + वाम मोर्चा १५ (मुख्य मंत्री जनमत)
बागमती: कांग्रेस ३८ + वाम मोर्चा २८
गण्डकी: कांग्रेस २५ + माओ पार्टी ८
लुम्बिनी: कांग्रेस २७ + वाम मोर्चा ११ + मधेसी मोर्चा १३ (मुख्य मंत्री उन्मुक्ति)
कर्णाली: कांग्रेस १४ + वाम मोर्चा १४ (मुख्य मंत्री माओ पार्टी)
कैलाली: कांग्रेस १८ + वाम मोर्चा १४ + उन्मुक्ति ७ (मुख्य मंत्री एकीकृत समाजवादी)
Subscribe to:
Posts (Atom)