Friday, April 15, 2022

Janamat Party: April 15

पालिकाको नेपाली विकास मोडल इच्छाशक्ति र बलियो नेतृत्व भए कसरी कुनै प्रदेश वा पालिकाले आमूल परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरणहरु धेरै छन् । जस्तो कि, भारतको आम आदमी पार्टीको सरकारले दिल्लीको सार्वजनिक शिक्षाको गुणस्तरमा छोटो समयमै धेरै उपलब्धि हासिल गर्‍यो । .





स्थानीय निर्वाचनमा तालमेलको राजनीति तालमेललाई उच्च प्राथमिकता दिएको एमालेले सिके राउतको जनमत र महन्थ ठाकुरको लोसपासँग तालमेल गर्नका लागि हरसम्भव प्रयास गर्नेछ । जनमत पार्टीले मधेश प्रदेश, काठमाडौं उपत्यकाका तीन जिल्लासहित ३४ जिल्लामा संगठन विस्तार भएको निर्वाचन आयोगलाई दल दर्ता गराउँदा जानकारी दिएको छ । ...... तीन वर्ष अघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेको सीके राउत नेतृत्वको जनमत पार्टी पनि यो निर्वाचनबाट मधेसको बलियो शक्ति बन्ने ध्याउन्नमा लागेको छ ।

विशेष अन्तर्वार्ता :: स्थानीय तहमा चुनावी तालमेल वा गठबन्धन गरिँदैन : हृदयेश त्रिपाठी संसारको अधिकांश देशको स्थानीय तहमा दलीय आधारमा निर्वाचन हुने अहिलेसम्मको परिपाटी छैन, हामीकहाँ मात्रै छ । अर्को कुरा हाम्रो जतिको शक्तिशाली स्थानीय तह संसारमा कहीं पनि छैन । जसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार पनि राख्छ । दलीय आधारमा स्थानीय चुनाव हुनुहुँदैन भन्ने हाम्रो धारणा हुँदा पनि एउटा लोकतान्त्रिक पार्टीको हिसाबले हामी भाग लिन्छौं । निर्वाचनमा भाग लिनका लागि नै हामीले निर्वाचन आयोगमा दल दर्ता पनि गराएका हौं र चिन्ह पनि प्राप्त गरेका छौं । ..... हामी प्रत्येक वर्ष के देखिरहेका छौं भने स्थानीय तहको बेरूजु, आर्थिक अनुशासनहीनता, अनियमितताहरू बढ्दो क्रममा छ । यसको प्रमुख कारण के हो भने स्थानीय तहमा छलफल र निक्र्योल नहुनु नै हो । यो संवैधानिक र कानूनी त्रुटि हो । त्यसकारण, हाम्रो मूल नारा भ्रष्टाचारमुक्त स्थानीय प्रशासनको निर्माण गर्नु नै रहनेछ । ........ हामी १७ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनाव चिन्हमार्फतै भाग लिन्छौं । अन्य जिल्लामा पनि स्वतन्त्र ढंगले निर्वाचनमा हिस्सेदारी गर्दैछौं । त्यसको तयारीमा साथीहरू जुटिसक्नुभएको छ । तर १७ जिल्लामा हाम्रो आफ्नै ‘कोदालो बोकेको किसान’ चुनावचिन्ह लिएर चुनावमा भाग लिँदैछौं । ...... बरू कसैलाई समावेश गराउनु छ भने फास्टट्रयाकबाट गराउन सकिन्छ । फास्टट्रयाकमा त संविधान जारी भएको छ भने सोहीअनुसार ल्याए भइगो, त्यसमा हाम्रो आपत्ति छैन, सहयोग नै रहनेछ । ...... तर, मनसाय र नियत के छ ? नीति र नियतमा फरक हुन्छ । नीति एउटा र नियत खराब भयो भने त्यो नीति पनि खराब हुनजान्छ । हामीकहाँ नियतकै समस्या हो । ....... मधेश एउटा इकाईको रूपमा रहेन । पछिल्ला घटनाक्रमले मधेशलाई जाति–जातिमा विभाजित गरेको छ । नेताहरूले नै आआफ्नो जातिअनुसार मधेशलाई विभाजित गरेका छन् । मधेश अब मधेशी समुदाय रहेन कि जातिहरूको संगठनको रूपमा देखा परेको छ । सबभन्दा बढी क्षति पुगेकै यो जातिवादीको कारणले हो । जातीयताले गर्दा मधेश आक्रान्त छ । जबसम्म मधेशमा जातीयता बढिरहन्छ, मधेशले एउटा इकाईको रूपले केही प्राप्त गर्ला जस्तो मलाई लाग्दैन । ........ विचार र दर्शनको अभावले गर्दा मान्छे जातिको सहारा लिने गर्छन् । सबभन्दा सजिलो के भयो भने जाति भएपछि नालायक मान्छेले पनि आफ्नो जातिको सहारामा संगठन बनाउन सक्छ, उसलाई विचार दिन पर्दैन । त्यो भने विचार शून्यता नै हो । ....... जबसम्म जातीयकरण मधेशबाट समाप्त हुँदैन, तबसम्म मधेश एउटा इकाईको रूपमा अगाडि बढ्न सक्दैन । मधेश आन्दोलन स्थापित भयो, यसले क्षति बढी बेहो¥यो तर उपलब्धि कम भयो । मधेश समस्या जबसम्म देशको समस्या बन्दैन तबसम्म यसको समाधान हुँदैन । जातिवादको जडा गाडिसकेको छ, त्यसले मधेश आफ्नो लक्ष्य प्राप्त गर्न कठिनाई भइरहेको छ । ....... अहिले मधेश जसरी जातिवादमा जकडिएको छ त्यो नै सबभन्दा ठूलो बाधा भएको छ । त्यसका लागि नेतृत्वहरू नै जिम्मेवार छन् । किनभने नेताहरूले जातिवादलाई बढावा दिएका छन् । ...... गएको निर्वाचनमा हामी वाम गठबन्धनको हिस्सा भएर चुनाव लड्दा ममाथि धेरै आक्रमण भो । तर फेरि त्यहीं केपी ओलीको सरकारमा जान सबभन्दा पहिला उपेन्द्र यादवजी नै जानुभयो, बाँकी रहेका पनि १८ दिनका लागि गए । ....... मधेश आन्दोलन सुरूवातकर्तामध्ये म पनि एक हुँ, यसको सोसल ईन्जिनियरिङ्ग र अभियन्ता मात्रै हैन कि आर्किटेक पनि म हुँ । ....... अदालतलाई प्रधानमन्त्री चयन गर्ने अधिकार छैन, त्यो एक किसिमले संविधान संशोधन हो । तर त्यसको कसैले प्रतिकार पनि गरेनन्, जसलाई यसबाट बढी क्षति भो उसले पनि प्रतिकार गर्न सकेन । अदालतले प्रधानमन्त्री चयन गर्ने होइन कि संसदले चयन गर्छ । ...... विचारको राजनीति शून्य भएको छ । हामी कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैको महाधिवेशन देख्यौं, कहीं पनि वैचारिक बहस भएन । ....... नेपाललाई फेरि वैचारिक राजनीतिमा फर्काऔं भन्ने हाम्रो प्रयास हो । धेरै विषयहरू छन्, जस्तैः अदालत हो कि न्यायालय, राष्ट्रवाद कि देशभक्ति, संविधान संशोधन नगरिनुपर्ने कारण । ........ भ्रमणका क्रममा भएका सम्झौताहरू नेपालको हितमा भयो कि भएन कसैले छलफल गरेनन् । तर उहाँ बिजेपीको कार्यालयमा किन जानुभयो, चुनाव अगाडि किन जानुभयो लगायतका अनावश्यक विषयमा बढी बहस हुने यहाँको मनोविज्ञान छ । ...... विनय मोहन क्वात्रा विदाई भएर मात्रै होइन कि भारत सरकारको विदेश सचिवमा नियुक्त हुनुभएको छ । उहाँको भूमिका, उपस्थितिले नेपाल–भारत सम्बन्धलाई भावी दिनमा पनि सकारात्मक रूपले प्रभावित गर्नेछ । उहाँ मात्रै एउटा यस्तो राजदूत हो जो कि बिना आलोचना आफ्नो कार्यकाल बिताउनुभयो । दुई देशबीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिन्छ त्यसमा उहाँ लाग्नुभयो । उहाँ विदेश सचिवको हैसियतमा भइसकेपछि उहाँको त्यो व्यक्तित्वको लाभ उठाउने वातावरण छ ।