Monday, January 31, 2022

म यस क्रान्ति को Open Source Script Writer

मैले गरेको कुरा लाई पत्रकारिता भन्न सकिँदैन। यो डिजिटल एक्टिविज्म हो। पत्रकारिता होइन। 

मैले एउटा पक्ष लिएर कदम कदम मा अगाडि हेर्दै टैक्टिस, स्ट्रेटेजी, लक्ष्य, राजनीतिक विचार बोलिरहेको हुन्छु। अब के गर्ने? अब कुन बाटो जाने? म बारम्बार भनिरहेको हुन्छु। 

तर मैले भनेकै हुनुपर्छ भन्ने मेरो त्यस्तो केही हुँदैन। 

जस्तै कि किसान आन्दोलन गर्ने निर्णय। त्यो निर्णय मा मेरो कुनै सहभागिता छैन। आन्दोलन शुरू भए पछि तर मैले पुर्ण समर्थन गरेको हो। तर अंध समर्थन होइन। बुझेर समर्थन। प्रशंसा गरेको छु। 

मैले स्पष्ट सँग पक्षधरता गरेको छु। म न्युट्रल मान्छे होइन। एउटा पक्ष लाई मेरो पुर्ण समर्थन छ। त्यो हो जनमत पार्टी। 

मैले गरिरहेको काम राजनीतिक काम हो। घटनास्थल बाट १०,००० माइल दुर भए पछि गर्ने भनेको डिजिटल एक्टिविज्म नै हो। 

ब्लॉग मा लेख्ने मा मात्र म सीमित छैन। थुप्रै काम सार्वजनिक नजर भन्दा पर पनि हुँदै आएका छन। 

किसान आन्दोलन गर्ने निर्णय सीके राउत लुम्बिनी प्रदेश को यात्रा पछि निर्धारित गरिएको कुरा हो। किसान लाई स्थानीय स्तर मा भेट्दा जरूरत महसुस भयो। 

अरु थुप्रै मा र म मा एउटा के फरक छ भन्दा सन २००५ देखि लगातार मेरो सहभागिता रहिआएको छ। सन २००६ अप्रिल क्रान्ति र यो फरक क्रान्ति होइन। एउटै क्रांति का बिभिन्न अध्याय। पात्र फेरिनु स्वाभाविक हो। क्रान्ति कसै लाई हीरो बनाउन का लागि हुँदैन। जनता को काम गर्न का लागि क्रान्ति हुन्छ। 

म चाहन्छु नेपाल मा सफल होस र यही टेम्पलेट अफ़ग़ानिस्तान मा लगियोस। प्रवासी अफ़ग़ान हरु केही लाई म त्यही भन्दैछु। 
















क्रान्ति को समयतालिका

किसान आन्दोलन को माँग छ। भएको ५,००० मेट्रिक टन ब्लैक मा बेचेर पैसा कमाउने दाउ मा बसेका मानिस छन तल देखि माथि सम्म। २४ लाख वैक्सीन गायब गरेर बेचे जस्तै। किसान आन्दोलन को माँग पुरा गर्न सजिलो छ। अहिले गर्न सकेको अहिले गर्ने, समय लाग्ने समाधान हरु को रोडमैप बनाउने। आंदोलन किनारा लाग्छ। सकिन्छ। नियत ठीक छ भने माँग पुरा गर्न त्यति गारहो होइन। नियत तर ठीक छैन। कुकुर को त्यो पुच्छर सोझ्याउने प्रयास होइन यो क्रान्ति। कसिङ्गर बढार्ने क्रान्ति हो यो। 

तर माँग पुरा हुन्छ भने आन्दोलन किनारा लाग्छ। त्यो त इमान्दारी साथ भनिएको कुरा हो। माँग पुरा हुँदैन भने के हुन्छ? संगठन विस्तार हुन्छ। पार्टी सदस्यता सात लाख बाट २७ लाख पुग्छ। म्याराथन रेस को गति मा क्रान्ति चलिरहन्छ। प्रहरी दमन को डिजिटल संग्रह बन्छ। क्रान्ति सत्ता मा पुगे पछि चैन ऑफ़ कमांड तानिन्छ। प्रहरी संविधान र कानुन अंतर्गत बस्नुपर्ने हुन्छ। प्रहरी को वफ़ादारी संविधान र कानुन प्रति हुनुपर्छ। यो नेता त्यो नेता प्रति होइन। पद को शपथ खाँदा के भनेर शपथ खाएको? 

अहिले सरकारी तलब खाएको प्रत्येक व्यक्ति, विगत २० वर्ष सरकारी तलब खाएको प्रत्येक व्यक्ति ले आफ्नो र आफ्नो परिवार को संपत्ति विवरण दर्ता गर्नुपर्ने हुन्छ। घुस खाएर जम्मा गरेको सम्पत्ति क्रांति ले सीज गर्छ। मलखाद ब्लैक मा बेचेर फाइदा छ भने त्यो क्षणिक हो। खास फाइदा छैन। 

देश लाई इज ऑफ़ डुइंग बिजनेस मा टॉप ५० देश बनाउन चाहिने कानुन र राज्य संयंत्र बनाउन संविधान सभा को चुनाव पछि शायद एक वर्ष लाग्ला। त्यसै गरी सरकारी सेवा डिजिटल बनाउन एक वर्ष लाग्ला। जनता मालिक हो भने जनता किन जाने सरकारी ऑफिस? सरकारी ऑफिस जनता को घर घर पुग्नुपर्छ। त्यस पछि दुई तिहाई सेना, प्रहरी र कर्मचारी लाई एक वर्ष तलबी विदा मा पठाउनुपर्छ। तलब पाउने ऑफिस आउन नपाउने। क्या मज्जा। इज ऑफ़ डुइंग बिजनेस मा टॉप ५० देश, सरकारी सेवा एस्तोनिया जस्तो डिजिटल भएको एक वर्ष भित्र यति धेरै विदेशी पुँजी देश भित्र पस्छ कि त्यसरी विदा मा बसेको प्रत्येक व्यक्ति ले निजी क्षेत्र मा दोब्बर तलब को काम पाउँछ। 

जो सँग फोन छैन अथवा जसलाई फोन चलाउन आउँदैन तिनले पनि डिजिटल सरकारी सेवा को फाइदा पाउने हुन। गाउँ को सचिव त्यो मान्छे को ह्युमन इंटरफ़ेस भयो। प्रत्येक कर्मचारी र प्रत्येक नागरिक को एउटा नंबर हुन्छ। कुन कर्मचारी ले कुन नागरिक लाई कुन सेवा प्रदान गर्यो सब डिजिटल। नागरिक कति बेला आयो, सेवा प्रदान गर्न कति समय लाग्यो सब डिजिटल। पुर्ण निगरानी। घुस मागेछ भने जेल चलान।