Friday, January 28, 2022

फ्युजन को प्रयास

बर्लिन को पर्खाल ढलना साथ पुँजीवाद र साम्यवाद बीच को बहस शायद सकिएन भन्ने कुरा को ज्वलंत उदाहरण नेपाल पो हो कि? अमेरिका र भारत का लोकतंत्र एक अर्का का फोटोकॉपी छैनन। बहुदलीय लोकतंत्र को चरित्र प्रत्येक देश मा विशिष्ट छ। अमेरिका कै कुरा गर्ने हो भने म नजिक बाट नियालेको र अझै नियालिरहेको मान्छे। आफै संलग्न भएको मान्छे चाहे स्वयंसेवक भएर नै किन नहोस। अहिले आजित भएको मान्छे। अमेरिका दुई पार्टी लोकतंत्र हो। भारत जस्तो बहुदलीय लोकतंत्र होइन। त्यो दुई मध्ये एक पार्टी अहिले गोरा हरु ले मात्र मत खसाल्न पाउनुपर्छ भनेर कम्मर कसेर लागेको छ। त्यस्तो पनि हो? 

माओ को विवेचना गर्ने हो भने आलोचना पनि गर्न पाउनुपर्यो, प्रशंसा पनि गर्न पाउनुपर्यो। चीन मा माओ को आलोचना गर्न पाइँदैन। त्यो भन्दा घोर अवैज्ञानिक कुरा के हुन सक्छ? अमेरिका मा एक समय मा टेलीफोन सेवा मा एउटा कंपनी को एक क्षत्र राज थियो। त्यो कंपनी लाई सरकार ले बिभिन्न टुकड़ा मा तोड्यो। त्यो नतोड़ेको भए अमेरिका ले शायद इंटरनेट नदेख्ने। अर्थात त्यो कंपनी तोड्नु मैं देश, जनता र खुद त्यस कंपनी लाई फाइदा थियो। तर त्यो कदम त्यस कंपनी ले आफै नचालने। 

चीन मा एउटा पार्टी को मोनोपोली त्यस्तै हो जस्तो लाग्छ मलाई। सन १९९० देखि २०१० सम्म चीन ले जुन औसत १०% आर्थिक वृद्धि दर देख्यो त्यो कायम नरहनुपर्ने कुनै कारण थिएन र छैन पनि। तर त्यस का लागि जुन राजनीतिक सुधार गर्नुपर्छ त्यो गर्न एउटा कम्युनिस्ट पार्टी लाई दुई वटा बनाएर देश को प्रत्येक तहको निर्वाचन मा वास्तविक प्रतिस्प्रधा दिन सक्नुपर्छ।   

अमेरिका मा शिक्षा र स्वास्थ्य को क्षेत्र मा थुप्रै यस्ता काम छन गर्नुपर्ने जुन चीन बाट सिक्न सकिन्छ। तर वाक स्वतंत्रता, धार्मिक स्वतंत्रता त चीन लाई पनि हो चाहिएको। त्यो कस्तो कमजोर राजनीतिक प्रणाली हो जसको खुल्लमखुल्ला आलोचना गर्यो कि गरलयंगुरलुम ढलने? 

नेपाल संविधान सभा मा गएर विश्व लाई उच्चतम लोकतंत्र दिने प्रयास मा जानुपर्छ। 






January 28: Surendra Narayan Yadav