Friday, January 28, 2022

सीके राउत को किसान आन्दोलन र राष्ट्रिय राजनीति

सीके राउत को किसान आन्दोलन र राष्ट्रिय राजनीति 

सीके राउत भन्ना साथ मधेस अलग देश खोजेको मान्छे भन्ने इमेज छ। प्रचंड भन्दा एक दलीय तानाशाह भनिदैन। केपी ओली भन्दा घाँटी रेट्ने नक्सल भनिदैन। देउबा ले ज्ञानेद्र लाई देश सुम्पेको कुरा हुँदैन यद्यपि ज्ञानेंद्र विरुद्ध गर्नुपरेको आन्दोलन को कुरा हुन्छ। मधेस अलग देश एउटा विश्लेषण हो। त्यस विश्लेषण बारे बहस समेत गर्न नसक्नु ले नेपाल को लोकतंत्र को अपरिपक्वता देखाउँछ। 

म आफु मधेस अलग देश को नारा अथवा निष्कर्ष सँग कहिले पनि सहमत भइन। मधेस अलग देश बनाउने हो भने मधेसी ले काठमाण्डु कहिले कब्ज़ा गर्ने? मलाई चाहिएको छ नेपाल मा लिच्छवी को वापसी। तर सीके राउत नेतृत्व को जनमत पार्टी नेपाल मा चुनावी प्रतिस्प्रधा मा उत्रेको पार्टी हो। सीके लाई मधेस अलग देश को चश्मा ले हेर्नु पुर्वाग्रह हो। नेपाल को इतिहास को सबैभन्दा शांतिपुर्ण पार्टी सँग हिंसा अहिंसा को प्रश्न सोध्नु पुर्वाग्रह भए जस्तै। 

सन २००६ अप्रिल मा जे भयो त्यसको अन्तिम अन्तिम अध्याय यो किसान आन्दोलन हो। शायद दोस्रो अन्तिम। सन २००६ देखि नेपाल लगातार आन्दोलनमय रहिआएको छ। निर्दल बाट बहुदल फड्को मार्नु हो। राजतन्त्र बाट गणतंत्र। एकात्मकता बाट संघीयता। 

सन २००५ र २००६ मा अमेरिका मा रहेका अनुमानित दुई लाख नेपाली मध्ये नेपाल को लोकतान्त्रिक आन्दोलन को लागि खट्ने म एक्लो फुल टाइमर थिएँ। मैले त्यति बेला कांग्रेस, एमाले, मधेसी, माओवादी फरक गरिन। त्यो राजनीतिक क्रांति को समय थियो। अब आर्थिक क्रांति को समय आएको छ। पार्टी भन्दा देश ठुलो भन्ने समय आएको छ। यो किसान आन्दोलन त्यस आर्थिक क्रांति को शंखघोष हो।             

मलाई ताज्जुब लाग्छ २०४६ साल मा गणेशमान ले गरेको आन्दोलन भन्दा सय गुणा बढ़ी गरिसक्यो किसान आन्दोलन ले तर नेपाल सरकार अझै वार्ता मा आएको छैन। के हामी तानाशाह राजा हरु भन्दा पनि बढ़ी तानाशाह भइसक्यौं? मंत्रीमंडल स्तर को वार्ता समिति बनेर माग पुरा हुने रोडमैप बन्यो कि आन्दोलन सड़क बाट वार्ता समिति मा जान्छ। त्यति जाबो कदम पनि किन नचालेको देउबा सरकार?  

१०० ठाउँ मा संसोधन गर्नुपर्ने संविधान एक ठाउँ मा पनि गर्न सकेको देखिँदैन। कि त संविधान संसोधन हुन्छ कि त घोषणा गरिने चुनाव गर्न नसकेर संविधान को अवसान हुन्छ र देश नया संविधान सभा मा जान्छ। टेबल ठटाएर पास गर्ने होइन कि प्रत्येक दफा उपदफा मा बहस र मतदान गर्ने संविधान।  

यो क्रान्ति दुनिया को नवीनतम क्रान्ति ले दुनिया को उच्चतम लोकतंत्र दिनसक्नुपर्छ। ताकि विश्व इतिहास मा यसको नाम रहोस। अमेरिका को क्रांति, फ्रांस को क्रांति, रूस र चीन को क्रांति, भारत को स्वतंत्रता क्रांति, सोवियत संघ विगठन को क्रांति, त्यस स्तर मा जान सक्छ। तर त्यस का लागि देश लाई नया संविधान सभा मा लानैपर्ने हुन्छ। सहमति मा पनि लान सकिन्छ। 

सहमति मा पुग्दैन भने सड़क क्रांति ले गर्छ त्यो काम।   








फ्युजन को प्रयास
देउबा सरकार, दमन बन्द करो, वार्ता करो
क्रान्ति के उत्कर्ष का समय
क्रान्ति एक मात्र उपलब्ध रास्ता है
First They Ignore You
गमछा, पगड़ी और लाठी
हम गौर तो लेंगे ही, गोरखा भी लेंगे
जनमत पार्टी और मैं
रेणु यादव का वक्तव्य अब तक में देउबा की जिम्मेवारी बन गयी, देउबा राजीनामा दो
Nepalis In Queens, NY
ज्ञानेन्द्र को चुनाव, देउबा, पुष्पक, माधव, ओली, उपेन्द्र को चुनाव
अपराधी मंत्री रेणु यादव को जेल चलान करो
क्रान्ति अपना माँग खुद पुरा करती है
सड़क क्रान्ति, सभा क्रान्ति, सदन क्रान्ति
देश को राजधानी सार्नुपर्छ
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो
काठमाण्डु की ओर बढ़ रहा किसान आन्दोलन का कारवां
किसान महारैली
Democracy And Revolution In Nepal
४६ साल वालों का सफाया
नेपाल को एकीकरण हुन बाँकी छ, राष्ट्र निर्माण हुन बाँकी छ
पृथ्वी नारायण शाह र आज को नेपाल
किसान आन्दोलन: राजनीतिक मास्टर स्ट्रोक
दुनिया को नवीनतम क्रान्ति बाट दुनिया को उच्चतम लोकतन्त्र को अपेक्षा
प्रतिक्रान्ति विरुद्ध पुनःक्रान्ति किन?
क्रान्ति, अझ बढ़ी क्रान्ति, लोकतंत्र, अझ बढ़ी लोकतंत्र
सीके राउत लाई सोधिंदै आएको अहिंसा को प्रश्न
यो सीके राउत बीपी कोइराला भन्दा दामी मान्छे हो
किसान आन्दोलन ले राष्ट्रिय रूप लिनेछ
CK PK KP SBD
तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो
नेपाल के इतिहास में अभी तक का सबसे शांतिपुर्ण पार्टी जनमत
किसान आन्दोलन बारे मैले नबुझेको
चुल्लु भर पानी में डुब मरो काठमाण्डु
अंतरिम संविधान, अंतरिम सरकार, प्रथम संविधान सभा
CK Raut: Media Appearances

Thursday, January 27, 2022

January 27: Basant Kushwaha

मन्त्री रेणु यादवको नियत फेरि गौर नरसंहार गराउने नै थियो : जनमत उपाध्यक्ष कुशवाहा . हाम्रो दिन आउँदैछ, सिंहदरबार पनि घेर्ने नै हो । ....... जुनसुकै पार्टीको भएपनि संघीय मन्त्री मधेशमा आएपछि हाम्रो विरोध प्रदर्शन हुन्छ नै । ....... गौरमा मन्त्री रेणु यादवजीले भन्नुभयो कि अब मलखाद्यको फैक्ट्री सीके राउतले लगाउँछ । उहाँहरु मन्त्री पदमा बस्ने, सत्ताभत्तामा रमाउने, सुरक्षा घेराभित्र बस्ने, कमिशन र पैसा खाने तर काम अरुले गरिदिने हो । उहाँहरु किसानको समस्या समाधान होस् भन्ने चाहेकै होइन । त्यसैले, किसानका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ । ........ किसानका समस्याहरु समाधानका लागि एउटा उच्चस्तरीय कार्यदल बनाओस् भनेर पनि भनेका छौं ।

सरकारले कार्यदल बनाएर समस्या समाधान गर्न चाह्यो भने यो आन्दोलन रोकिन सक्छ ।

.......... किसानका सबै मागहरु पूरा हुन अलिकति समय लाग्न सक्छ तर कमसेकम एउटा उच्चस्तरीय कार्यदल बनाउन समय लाग्दैन । सरकारले एउटा उच्चस्तरीय कार्यदल बनाएर यसरी किसानको समस्या समाधान हुन्छ भन्ने रोडम्याप बनाउनुपर्छ । त्यो गरेपछि किसानलाई पनि लाग्छ कि अब यो प्रक्रिया सुरु भयो, समस्या समाधान हुन्छ भन्ने आशा पलाउँछ । तर किसानको समस्या नै सुन्न चाहिरहेका छैनन् । ....... यिनीहरु चुनावबाट पनि डराइरहेका छन् । चुनावमा भोट माग्न गयो भने जनताले लखेट्छन् भन्ने डर पनि ती भ्रष्टाचारीहरुलाई भइरहेको छ । ....... मधेश भनेको आठ जिल्ला मात्रै होइन, झापादेखि कञ्चनपुरसम्मको २२ जिल्ला हो । २२ जिल्लाको मधेश प्रदेश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले आठ जिल्लालाई मात्रै मधेश बनाउनु भनेको षड्यन्त्र हो । मधेशी शहीदहरुप्रति ठूलो अन्याय हो । त्यसैले हामीलाई यो नामांकन मान्य छैन । अहिले प्रदेशको सीमांकन नै गलत हो, यसलाई सच्याएर मात्रै नामांकन होस् भन्ने हाम्रो चाहना थियो । ....... जनताको अहिले आशा र भरोसाको केन्द्र जनमत पार्टी नै हो । अहिलेको आन्दोलनबाट पनि त्यो कुरा देखाइरहेको छ । त्यसैले हामी आशावादी छौं, जनताले हामीलाई साथ दिनेछ र

मधेश प्रदेशमा क्लिनस्वीप गर्नेछौं ।

.



प्रदेश १ मा गठबन्धनबाट जसपालाई धोका


मधेशप्रति केको द्वेष? . मधेश शब्द र मधेशी पहिचानको कुरा उठ्नासाथ कुनै एलियन, कुनै अपरिचित, कुनै परदेशी, कुनै विदेशी, कुनै पराया वा अन्यजस्तो लाग्ने गरी दीक्षित गरिएको नेपाली दिलदिमाग मधेश नामकरणमा पनि विषवमन गर्न सार्वजनिक वृत्तमा प्रभावशाली रूपमा उपस्थित देखिएको छ । ........ ‘नेपालमा मधेशी छन्, तर मधेश छैन ।’ यो शाही राष्ट्रवादले तीसौं वर्ष लगाएर बनाएको परायाकरणको भाष्य हो । यही भाष्य शाही राजतन्त्रका विरोधी ठान्ने जुनसुकै नयाँ–पुराना वादीलाई पनि अपाच्य भएन । मधेशलाई भारतीय विस्तारवादसँग जोड्ने कथित वामपन्थीका लागि यो भाष्य सहर्ष स्वीकार्य छ । कतिसम्म भने, आफूलाई पहिचानवादी भन्ने हिमाल, पहाड र तराईका आदिवासी जनजातिदेखि समताका पक्षधर भन्ने दलित र महिलाका अगुवालाई सम्म यही भाष्य प्रिय लाग्छ । ........ एक भागका रूपमा तराई भूभागका आठ जिल्लामा मधेश प्रदेश स्थापित भएको छ भने अन्य जिल्लाका मधेशीको पहिचानले स्वायत्तता र संरक्षित क्षेत्रका रूपमा अधिकार पाउने सम्भावना अझै देखिएको छैन । ........ नेपालमा अझै पनि मधेश र मधेशी शब्द आफूलाई मात्रै नेपाली ठान्ने आम पहाडी राष्ट्रवादीहरूका लागि गालीका रूपमा रहेका छन् । ‘मदेसे, मदिसे, मधिसे, मधेशी, मधेस्या, मर्स्या’ आदि शब्द इतिहासको लामो कालखण्डसम्म भारत र नेपालको तराई भूभागमा बस्नेहरूलाई नेपाल/गोर्खा शासकहरूले दिएका पहिचान थिए । मल्लकालमा ‘मधेस्या/मधिस्या’ र शाहकाल–राणाकालमा ‘मदेसे/मधेस्या/मधिस्या/मधेशिया’ र अन्य अपमानजनक शब्दबाट गरिने सम्बोधन र दिइने पहिचानमा भाषिक अज्ञानताभन्दा बेसी शासकीय अहंकार र राजनीतिक स्वार्थ प्रकट हुन्छ । ......... मध्यदेशको उत्तरपट्टि रहेका गढवाल र कुमाउँजस्ता पहाडी प्रदेशका निवासी दक्षिणपट्टिको समतल मैदानलाई ‘मध्यदेश’ भन्थे । त्यहाँबाट पूर्वतिर बसाइँ सर्दै आएका खस जातिका ब्राह्मण र क्षत्रियहरूले पनि आफ्नो देशभन्दा दक्षिणतर्फ रहेको अवध र बिहारको समतल मैदानलाई मात्रै होइन, आफ्नै देशको तराई–क्षेत्रलाई पनि ‘मधेश’ भन्न थालेको प्रस्ट देखिन्छ । ......... आजभन्दा दुई–तीन हजार वर्षभन्दा अघिको मध्यदेश आज भारतमा इतिहास र धार्मिक साहित्यमा बाहेक राजनीतिक–सामाजिक जीवनमा कहीँकतै छैन, न त भौगोलिक रूपमै उपस्थित छ । तर, मध्यदेशबाटै बनेको मधेश भने नेपालको तराई–क्षेत्रको समतल मैदानका रूपमा स्थापित छ; मधेशी शब्द त्यहाँका बासिन्दाको बृहत् पहिचानका रूपमा जीवित छ । ......... चुरे पर्वतभन्दा दक्षिणपट्टिको देश मानिने मधेशलाई देश वा विदेश वा परदेश मान्ने शाह शासकहरूले पनि अन्ततः ‘मकवानपुरको जम्मै राज्य गोरखाको भयो र हाम्रो राज्य मदेसमा पनि पुग्यो, अब गंगाजीसम्मको मदेस पनि हाम्रो राज्यमा मिल्नेछ’ भनी गरेको दाबीलाई कसरी बेवास्ता गर्न सकिन्छ र ? .......... पृथ्वीनारायण शाहले सिद्ध भगन्तनाथलाई १८३१ भदौमा लेखेको पत्रमा स्पष्ट शब्दमा भनिएको छ, ‘किरातको अम्बल मदेस पहाड भोट जति थियो आफ्ना आशीर्वादले सवै फत्य भयो. मध्येश माहाँ कनकाइ नदी पहाड माहाँ साभा खोलो तमोर नदी को साध लाग्यो ।’ त्यही वर्षको असोजमा अभिमानसिंह, पारथ भंडारी, कीर्तिसिंह षवास र वलि वानिञालाई ‘घटिया देश आफूले खाएर आमदानी हुने बढिया देश छोड्ने प्रयोजन छैन’ भनी चेताउँदै शाहले अर्को पत्रमा लेखेका थिए, ‘सुखीम (सिक्किम) ले हामीसँग घा(सन्धि) नै गर्न आँट्यो भने विचार गरेरै कनका तर्नू, चम्केर भड्कियो, सन्धि तोड्यो भने मदेस छाड्नु हुँदैन, हिन्दुपति सेन राजाको सिमाना टिस्टासम्म चाँडै गरिहाल्नुपर्छ ।’ ........ राजा सुरेन्द्र शाहका पालामा राणाले १९१० सालमा बनाउन लगाएको ‘आइन’ (मुलुकी ऐन) पल्टाइयो भने करिब डेढ दर्जन ठाउँमा ‘मध्येश’ को भूभाग, खासमा जग्गाजमिन, वन, बासिन्दामाथि चलाउने बन्दोबस्त र नीति–नियम उल्लेख गरिएको पाइन्छ । उनले आफ्नै भाइ जनरल जगतशमशेरलाई पूर्व मधेश क्षेत्रको प्रमुख नियुक्त गर्दै ‘मधेशको सवाल’ मा अधिकार र कर्तव्य सुम्पेका थिए । ........... बीपी कोइरालाले २००७ सालतिरै ‘हामीले पहाडी र मधिशे भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्नति हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । राजा महेन्द्रले २०२० पुस २७ गते भनेका थिए, ‘हामी सबैमा मधिशे र पहाडिया भन्ने जो चलन भइरहेछ, अब त्यसलाई पनि बिस्तारै छोड्नुपरेको छ । किनकि आजको नेपालमा देशको जुनसुकै भागमा रहे पनि ती सबै नेपाली हुन् र यस कुरालाई ध्यानमा राखी यस्ता भेदभावका कुरा हामी नेपाली सबैले बिर्सनुपर्दछ ।’ ......... आज पनि शाही राष्ट्रवादद्वारा पोषित देश विभाजनको काल्पनिक त्रास बोक्दै हिँड्नुको सट्टा हामी न्याय, समता र स्वतन्त्रतामा आधारित नेपाली नागरिकका रूपमा क्रियाशील भइरहेका हुने थियौं । यो महँगो चुकाइबाट फाठ सिक्न हामी तयार छौं ?

उदारवादी जमातको विभ्रम हिमालमा सर्प एवं नृजातीय सत्तामा उदारवादी राजनीतिको खोज समान रूपले निराशाजनक अभ्यास हुन जाने निश्चित छ । ....... पुरानो जमानाको अवशेषजस्तो देखिए पनि समाजलाई बुझ्न अखबारजत्तिको उपयुक्त माध्यम अरू छैन भने फरक पर्दैन ।



A Super-Reader Who Gets Through Hundreds of Books a Year Explains How to Read Way More Economist, blogger, and super-reader Tyler Cowen's advice on how to get smarter by reading way more. . Not captivated by a particular book at a particular time? Then on to the next. "Just stop reading, put them down" ......... At least in the case of nonfiction, if you already know the material, feel free to skip ahead. ......... the more you read, the more you'll know, and the more you can skip ......... "You want to start with a problem or question when you're reading" ....... don't neglect fiction ....... Read books about topics you know nothing about. ....... So if tennis is something you don't know anything about, well, read Andre Agassi's memoir. .........

your practice as a knowledge worker to get ahead

.