Saturday, January 08, 2022

दुनिया को नवीनतम क्रान्ति बाट दुनिया को उच्चतम लोकतन्त्र को अपेक्षा

पहिलो कुरा त संविधान ५० वर्ष मा स्वतः अवसान भएर देश आफसेआफ नया संविधान सभा मा जाने प्रावधान हुनुपर्यो। 

दोस्रो कुरा विगत शताब्दी को शीत युद्ध सकियो भन्न मिल्दैन। त्यत्रो ठुलो सिंगो चीन छ। मेरो आफ्नै अनुभव हो यदि लोकतंत्र एक व्यक्ति एक मत हो भने अमेरिका त्यहाँ पुगिसकेको छैन। बरु अमेरिका को दुई मध्ये एक पार्टी अमेरिका लाई गोरा हरु को अल्पमत शासन भएको दक्षिण अफ्रिका बनाउने प्रयासमा व्यस्त देखिन्छ। त्यो प्रयास सफल नहोला तर त्यो उच्चतम लोकतंत्र अवश्य होइन। 

भने पछि नेपाल मा लोकतंत्र यस्तो हुनुपर्यो जुन भारत, अमेरिका, बेलायत आदिमा छैन। सकेसम्म एक व्यक्ति एक मत को नजिक को लोकतंत्र। त्यो भनेको चुनाव मा मत पाएको अनुपातमा पार्टी चलाउन सरकार बाट नै पैसा पाउने, त्यो बाहेक अर्को कुनै स्रोत हुन नहुने हो कि? 

चीन मा माओ को आलोचना गर्न पाइँदैन। जुन ठाउँमा खुला दिल ले आलोचना गर्न पाइँदैन स्वाभाविक छ त्यहाँ गरिएको प्रशंसा को बारे शंका गर्नुपर्ने हुन्छ। भारत मा महात्मा गांधी को इच्छा लागे जति प्रशंसा अथवा आलोचना गर्न पाइन्छ। 

नेपाल मा भारत र चीन को फ्यूज़न खोज्नुपर्ने हो कि? दुनिया को उच्चतम लोकतन्त्र कस्तो हो? नेपाल मा संविधान सभा ले त्यो विषय सँग कुस्ती खेल्नु जरूरी छ। 













प्रतिक्रान्ति विरुद्ध पुनःक्रान्ति किन?

फ्रांस को क्रांति। रूस को क्रान्ति। भारत को स्वतंत्रता आन्दोलन जसले दुनिया लाई साम्राज्यवाद विरुद्ध लग्यो, बाटो देखायो। नेपाल को क्रान्ति ले त्यस स्तर को काम गर्न सक्ने हो। तर गर्न दिइएन। 

कदम कदम मा भाँजो हाल्ने काम भो। गिरिजा बेबी किंग बेबी किंग भन्दै बसे। रामराजा प्रसाद सिंह विरुद्ध सबैले मिलेर षडयंत्र गरे। गणतंत्रवादी लाई पो हो राष्ट्रपति बनाउने। चुनाव जितेको माओवादी लाई महिनौं लटकाएर राखे। एक दुई महिना मा आफै रिटायर हुन लागेका सेना प्रमुख सँग निहुँ खोजेर प्रचंड ले प्रथम संविधान सभा र आफ्नो सम्पुर्ण राजनीतिक यात्रा समाप्त गरे। पद छोड़े पछि पनि भिटो पावर २०४६ साल वाला हरु लाई दिने काम गरे। खुरुखुरु बहस र मतदान मा जानुपर्ने पुराना खिलाड़ी हरु को बैठक कोठा चहारदै बसे। चितवन बाहेक एक मधेस दो प्रदेश पाउन सम्भावना हुँदा मधेसी नेता हरु ले मेरो गोरुको बारहै टक्का गरे। त्यो ठुलो गलती थियो। भुइँको टिप्दा पोल्टाको खस्यो। सबैभन्दा ओवरहॉल गर्नुपर्ने त देशको न्यायपालिका हो। संविधान सभा लाई समाप्त गर्ने कुनै अधिकार थिएन। गरे। चार वर्ष को सट्टा पाँच वर्ष चले के बिग्रन्थ्यो? 

दोस्रो संविधान सभा त पुरा प्रतिगमन, समुचा प्रतिक्रान्ति। जारी गरेको संविधान मा मधेस आन्दोलन को जिकिर पनि छैन प्रस्तावना मा। भारत ले नाकाबंदी लगायो, उसको लागि सही गर्यो। सीरिया बाट मानिस जर्मनी पुगे जस्तै, टर्की पुगे जस्तै मधेस का मानिस बिहार उत्तर प्रदेश पुगेको भारत ले हात माथि हात राखेर हेर्नुपर्ने? नाकाबंदी सही कदम थियो। ठुलो मानवीय क्षति हुन बाट जोगियो। 

राम वरण यादव मधेसी को नाम मा कलंक। सुभाष नेमबांग जनजाति को नाम मा कलंक। सभामुख ले हो संविधान सभा भित्र संविधान बनाउन पहल गर्ने। प्रत्येक दफा उपदफा मा बहस र मतदान गर्दै लगेको भए एक वर्ष, बढीमा दुई वर्ष मा संविधान आउने हो। राम वरण यादव को एक मात्र जिम्मेवारी थियो अंतरिम संविधान को रक्षा गर्ने। अंतरिम संविधान ले संविधान सभा पैदा गरेको हो, संसद होइन। संविधान सभा लाई संसद बनाउने काम को प्रतिकार गर्नुपर्ने थियो। आफ्नो एक मात्र जिम्मेवारी यादवले पुरा गरेनन। 

प्रतिक्रान्ति विरुद्ध पुनःक्रान्ति यस कारण ले चाहिएको हो ताकि फ्रांस को क्रांति। रूस को क्रान्ति। भारत को स्वतंत्रता आन्दोलन स्तर को राजनीतिक जित हासिल गर्न सकोस नेपाल ले। दुनिया को उच्चतम लोकतंत्र को खाका तैयार गर्ने मौका हो यो नेपाल का लागि।