Monday, December 20, 2021

December 20: Binod Chaudhary



प्रतिबद्ध राजनीतिक नेतृत्वलाई कुशल व्यवस्थापकको साथले मात्र बदलिन्छ मुलुक त्यसपछि मैले आफैलाई प्रश्न गरें–के गर्दा सम्भव होला त ? के गर्दा नेपालको आर्थिक समृद्धिको यात्रालाई एकोहोरो रूपमा अगाडि बढाउन सकिएला ? र, आफैलाई उत्तर दिएँ– राजनीतिबाट मात्रै यो अभियानलाई सम्भव तुल्याउन सकिन्छ । ......... मलाई कत्ति पनि द्विविधा छैन कि समृद्ध नेपाल निर्माण गर्न नसकिएला भन्ने । राजनीतिको मेरो अनुभवबाट म प्रस्ट छ– राजनीतिक नेतृत्व र आर्थिक विकासको व्यवस्थापनमा अब्बल सावित भएकाहरूबीचको संयोजनबाट हामी आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सक्छौं । ........ राजनीतिक प्रयोजनका लागि नाम, दाम र प्रतिष्ठा मलाई चाहिएको होइन । ........... व्यापार, लगानी, प्रविधि र श्रमको खुला आवागमनको लाभ लिदैं विश्वका धेरै मुलुकले पछिल्लो तीन दशकमा विकास र समृद्धितर्फ फड्को मारेका छन् । हाम्रो मुलुक समृद्ध हुन नसक्नुमा हाम्रो समाजले अक्सर राजनीतिक नेतृत्व पंक्तिमाथि दोष दिन्छ । ........... धरातलीय वस्तुस्थितिसँग परिचित नभएकै कारण नीतिगत व्यवस्थाहरू उद्योग–व्यवसाय र लगानीमैत्री हुन पाएनन् । पूर्णकालीन राजनीतिकर्मीहरूले जनतालाई ठूला–ठूला सपना त बाँड्यौं तर जब कार्यान्वयन गर्ने बेला भयो तब फसाद पर्ने स्थिति आजपर्यन्त कायमै छ । ....... भाषण त गरिन्छ, तर नेतृत्वले जुन सपना (सोच) बाँडेको छ त्यसका लागि पुँजीगत स्रोत, मानव संशाधन र संस्थागत संयन्त्र (ब्याक इन्ड) तयार भएकै हुँदैन । फलतः दुई तिहाइकै सरकार हुँदा पनि प्रशासनिक संयन्त्रको काम गर्ने क्षमता दुई तिहाईले त बढ्दो रहेनछ । .............. ....पूर्णकालीन राजनीतिकर्मीहरूलाई म सम्मान गर्छु, लोकतन्त्र, वैयक्तिक स्वतन्त्रता, मानव अधिकार, सम्पत्तिको अधिकार जस्ता राजनीतिक तथा आर्थिक अधिकार स्थापित गर्न उनीहरूले योगदान गरेका छन् । तर धरातलीय यथार्थ नबुझी कुनै राजनीतिकर्मी उर्जा, उद्योग वा अर्थ मन्त्री भयो भने यसरी लगानी गर्नुपर्छ, उद्योग यसरी चलाउनुपर्छ, जलविद्युत् आयोजना नदीप्रवाहीमात्र होइन पिकिङ वा जलाशययुक्त मात्र बनाउनुपर्छ भनेर भाषण शुरु भैहाल्छ । यसका सरोकारवालाले कसरी काम गरिरहेका छन्, वस्तुस्थिति के छ भनेर बुझ्नसम्म पनि प्रयास गरिदैंन । .......... देशमा यति हजार वा लाख उद्यमशीलता सिर्जना गरिनेछ भन्ने नीतिगत घोषणा हुन्छ । यस्ता कति घोषणा त्यसको ‘ब्याक–इन्ड’ तयार नगरी मृतप्राय हुन्छन् वा तयार गर्न प्रयास गरेपनि अनुभव र ज्ञानको संयोजनबिना तयार भएर काम हुन नसक्ने गरी तयार गरिन्छन् । फलतः तीनले परिणाम दिन सक्दैनन् । ....... यस आर्थिक वर्षको बजेट (प्रतिस्थापन) को बुँदा २७ मा युवा, महिला, दलित तथा विदेशबाट फर्केकालाई स्वरोजगार बनाउने उद्देश्यले लघु, साना, मझौला उद्यममा वाणिज्य बैंकका शाखाहरूमार्फत् सहुलियत कर्जा प्रदान गरी ५०० उद्यम स्थापना गराउने नीतिगत घोषणा छ । यसलाई कार्यान्वयनका लागि बैंकबाट सहुलियत कर्जा दिएरमात्र हुँदैन । सम्पूर्ण इकोसिस्टम (पारिस्थितिकीतन्त्र) आवश्यक पर्छ । सबैभन्दा पहिले स्थानीय सम्भाव्यताका आधारमा परियोजना पहिचान गर्नुपर्‍यो, काम गर्ने/उद्यमी बन्न चाहाने व्यक्तिसँग सीप चाहियो, त्यसपछि बल्ल उसलाई पुँजी र प्रविधिको आवश्यकता पर्छ । त्यससँगै बीमाको सुविधा हुनुपर्‍यो । बजारसँग उत्पादनलाई जोड्नुपर्‍यो । बजारसँग उत्पादनलाई जोड्ने भन्न सजिलो छ, तर उत्पादन परिणाम अनुसार त्यसको खपत कहाँ–कहाँ गराउने भन्ने तथ्यांक संकलन गरी बजारसँग समन्वय गर्नुपर्‍यो । ...........

म आफू दुनियाँ देखेकै मान्छे हुँ, आ–आफ्नो हिसाबले उद्यम र व्यवसाय विकासमा दुःख–सुख गरेकै व्यक्ति हुँ । उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकेनौं भने हामीले उद्यमशीलता विकासका जतिसुकै गफ गरेपनि त्यो खोक्रो हुनजान्छ ।

..........

राजनीतिक व्यवस्थाहरू बदलिए, २६ वर्षमा २५ ओटा सरकार बदलिए तर काम नगर्ने परम्परा भने बदलिएन ।

........ मनमोहन सिंह सरकारका आएका थिए । उनले भारतीय अर्थतन्त्रमा संरचनात्मक परिवर्तन गरे । त्यो सुधार नभएको भए भारत संसारमा मोबाइल फोनको ठूलो निर्यातकर्ता बन्नुको सट्टा आज पनि एम्बेसडर गाडीमै गुडीरहेको हुन्थ्यो होला । ............ हाम्रो मुलुक आज पनि गरिब मुलुकको सूचीमा अग्रस्थानमा छ, गरिब भएर बाँच्न नेपालीहरू अभिशप्त छन् । परिवर्तित समाजले आज जुनसुकै दलको सरकार बनेपनि त्यसबाट ‘डेलिभरी’ खोजेका छन् । ......... आज मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा झण्डै ३५ प्रतिशत योगदान गर्ने दूरसञ्चार, एभिएसन, हस्पिट्यालिटी, वित्तीय क्षेत्र तथा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको छ । ........... शुरु देखि नै राजनीति गर्न विद्यार्थी राजनीति वा कुनै पनि पेशागत संघसंगठनमा लामो समय काम गरेको अझै पूर्णकालीन राजनीतिमै सहभागी भएको व्यक्ति वा सबैभन्दा ठूलो मानकका रूपमा कति वर्ष जेल जीवन व्यतीत गरेको हो भन्ने विषयलाई बनायौं । त्यो कति सही वा गलत हो भनेर हामीले हाम्रो आलोचनात्मक चेतलाई शायदै प्रयोग गरेका छौं । .........

दिनभर सामाजिक सञ्जालमा झुण्डिएर बस्ने

, समाजमा खासै योगदान नभएका र आफूलाई निर्णायक ‘एजेण्डा–सेटर’ ठान्ने एउटा समूहले कहिल्यै पनि गुण र दोषका आधारमा भन्दा पनि गलत ढङ्गले निष्ठावान् र इमान्दार व्यक्तिहरूमाथि पनि आक्रमण गरिरहेको हुन्छ । ........... म सामान्य परिवारबाट आएको व्यक्ति हुँ । मेरो शिक्षादीक्षा पनि सामान्य रुपमै भयो । कसैलाई भ्रम नपरोस्, म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको व्यक्ति होइन । सरकारी स्कुल पढेर आएको सामान्य नागरिक हुँ ।

रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट विद्यालय शिक्षा हासिल गरेको हुँ । र सरस्वती क्याम्पसबाट उच्चशिक्षा लिएको हुँ ।

मैले आफ्नो जीवनमा प्राप्त गरेको सफलतामा कुनै रहस्य लुकेको छैन । प्रष्ट सोच, सोच कार्यान्वयन गर्ने दृढता र त्यसका लागि आवश्यक पर्ने संगठन निर्माण । कुनै कामको लक्ष्य लिएपछि लक्ष्यमा नपुग्दासम्म त्यसलाई पछ्याइरहने मेरो स्वभाव नै यस्तै बन्यो । यत्ति गर्ने जो कसैले पनि आफूलाई सफल व्यक्ति बनाउन सक्छ । ............... मलाई नेपालका गाउँगाउँ अनि कुनाकन्दराको अवस्थाबारे थाहा छ । जनताको जीवनस्तरको बारेमा गहिरो ज्ञान छ ।