Thursday, October 07, 2021

Facebook: October 7 (2)



चिनियाँ उदयको अन्त्‍य एकजना एशियाली कूटनीतिज्ञको शब्दमा भन्दा हरेक मुलुकले चीन ‘पहिलो बन्ने’ परिस्थितिका लागि तयारी गरिरहेका छन्। ....... सन् १९७८ देखि चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४० गुणाले बढेको छ। चीनले आफूसँग विश्वमै सबैभन्दा ठूलो मौद्रिक सञ्चिति, व्यापार बचत, क्रयशक्ति समताका आधारमा बलियो अर्थतन्त्र र पानीजहाजको सङ्ख्याका आधारमा मजबूत जलसेना रहेको भनेर गर्व गर्छ। .......... चीन सरकारले गम्भीर प्रकृतिको आर्थिक संकट लुकाइरहेको छ र क्षणभंगुर अधिनायकवादतर्फ पुन: फस्दैछ। त्यहाँ स्रोतसाधनको गम्भीर अभाव देखिंदैछ र शान्तिकालीन अवस्थामा पनि इतिहासकै खराब जनसांख्यिकी गिरावट (डेमोग्राफिक कोल्याप्स) सँग जुधिरहेको छ। र, विशेषगरी चीनले आफ्नो प्रगतिको कारक बनेको मैत्रीपूर्ण विश्वसम्मको पहुँच गुमाइरहेको छ। .........

चीनले प्राय: पतनमा टुंगिने एउटा आर्क (वृत्तांश) लाई पछ्याइरहेको छ अर्थात् आश्चर्यपूर्ण उदयपछि हुने कष्टकर पतनको बाटोतर्फ लम्किरहेको छ।

......... सन् १९७० देखि २००७ को अवधिमा अन्तर्राष्ट्रिय व्यापार ६ गुणाले बढ्यो। चीनले विश्वव्यापीकरणको गति राम्रोसँग पछ्यायो र विश्वको ‘वर्कशप’ बन्न पुग्यो। ........... सन् १९७६ मा माओत्सेतुङको निधनपछि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेतामाथि कार्यकालसम्बन्धी समयसीमा सहित अन्य नियम लागू गरेको थियो। विषयगत दक्षता (टेक्नोक्रेटिक कम्पिटेन्स) र प्रभावकारी आर्थिक उपलब्धिलाई पुरस्कृत गर्न थालियो। ग्रामीण समुदायलाई हल्का नियमन गरिने गरी उद्यम (इन्टरप्राइज) खोल्ने अनुमति दिइयो। विशेष आर्थिक क्षेत्र देशभर विस्तार गरियो र विदेशी लगानीकर्ताले स्वतन्त्र भएर व्यवसाय सञ्चालन गर्न पाए। ......... सन् २००१ मा विश्व व्यापार संगठनमा आबद्ध हुने तयारीसँगै बेइजिङले आधुनिक कानूनी र कर संकलन प्रणाली अपनायो। ......... यो शताब्दीको पहिलो दशकमा चीनले हरेक ज्येष्ठ नागरिकका लागि आफूसँग १० जना श्रमयोग्य वयस्क रहेको भनेर गर्व गर्‍यो। अधिकांश प्रमुख अर्थतन्त्रमा यस्तो जनसङ्ख्याको औसत अनुपात करीब ५:५ थियो। ........... पर्याप्त संशाधन, सस्तो श्रम र वातावरण संरक्षण सम्बन्धी कमजोर प्रावधानले गर्दा चीन औद्योगिक ‘पावरहाउस’ बन्न पुग्यो। ........... चीनमा स्रोतसाधनको अभाव देखिन थालेको छ। आधा नदीनालाहरू सुकिरहेका छन् भने ६० प्रतिशत भूमिगत पानी प्रदूषणका कारण ‘मानवका लागि अयोग्य’ बनेको छ (सरकारले यसलाई स्वीकार गरिसकेको छ)। तीव्र विकासले चीनलाई विश्वकै ठूलो इन्धन निर्यातकर्ता बनाएको छ। खाद्य सुरक्षा खराब बन्दै छ। अत्यधिक प्रयोगले ४० प्रतिशत कृषियोग्य भूमि काम नलाग्ने भएको छ र चीन विश्वमै कृषिजन्य उपजको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ। स्रोत साधनको अभावले गर्दा आर्थिक वृद्धि निकै खर्चिलो बनिरहेको छ। यो शताब्दीका शुरुआती वर्षमा झैं वृद्धि हासिल गर्न चीनले तीन गुणा पूँजी लगानी गर्नुपर्ने अवस्था छ जुन कुनै पनि अर्थतन्त्र परिपक्व हुँदै गएपछि अपेक्षा गरिने मात्राभन्दा निकै धेरै हो। ............. यी समस्यासँग जुध्न निकै कठिन हुनेछ किनभने हाल चीनमा राजनीतिक शक्तिका लागि आर्थिक दक्षतालाई निरन्तर दाउमा राख्ने एक तानाशाहले शासन गरिरहेका छन्। मुलुकको अधिकांश धन-सम्पत्ति निजी फर्मले निर्माण गर्छन् तर राष्ट्रपति सी जिङफिङको कार्यकालमा निजी कम्पनीहरू पूँजीको अभाव खेपिरहेका छन्। निजी कम्पनीको साटो सरकारी स्वामित्वमा रहेका अक्षम कम्पनीलाई सरकारी ऋण तथा अनुदानको ८० प्रतिशत हिस्सा प्रदान गरिन्छ। चीनको आर्थिक वृद्धिलाई स्थानीय उद्यमीले अगुवाइ गरेका हुन् तर सीको भ्रष्टाचार विरोधी अभियानका कारण स्थानीय नेताहरू आर्थिक क्रियाकलापमा संलग्न हुन डराइरहेका छन्। उनको सरकारले नकारात्मक आर्थिक समाचारमाथि बन्देज लगाएकाले प्रभावकारी सुधार असम्भव बन्न पुगेको छ भने राजनीतिबाट प्रेरित विभिन्न नियमले नवप्रवर्तन निसास्सिएको छ। ............ विश्वका अधिकांश ठूला अर्थतन्त्रले आफ्नो दूरसञ्चार नेटवर्कलाई चिनियाँ प्रभावबाट टाढै राखेका छन्। अष्ट्रेलिया, भारत, जापानसहित अन्य मुलुकहरू आफ्नो आपूर्ति चक्रबाट चीनलाई अलग्याउने प्रयासमा छन्। ...........

चीनले यतिबेला दुईवटा प्रवृत्ति अर्थात् सुस्त आर्थिक वृद्धि र रणनीतिक घेराबन्दीसँग जुधिरहेको छ र यसले चिनियाँ उदयमा पूर्णविराम लाग्दैछ भन्ने संकेत गर्छ।

........... चीनको वास्तविक वृद्धि दर सरकारी आँकडामा उल्लेख गरिएको भन्दा आधाले कम हुनसक्ने अध्ययनले देखाउँछन्। .........

पूँजी निर्माणको मुख्य कारक मानिने उत्पादकत्वमा २०१० देखि २०१९ सम्म १० प्रतिशतले गिरावट आएको थियो जुन सोभियत युनियनमा १९८० को दशकतिर देखिएको गिरावटपछि कुनै पनि शक्ति राष्ट्रमा देखिएको सबैभन्दा खराब गिरावट हो।

......... चीनमा ‘गोस्ट सिटी’ अर्थात् राजमार्ग एवं भवन भएका तर मानिस नबस्ने शहरी केन्द्र ५० भन्दा बढी छन्। झण्डै दुईतिहाइ चिनियाँ पूर्वाधार योजनाहरू आफ्नो निर्माण खर्च कहिल्यै उठाउन नसक्ने अवस्थामा छन्। अनि यसको प्रष्ट परिणाम अनियन्त्रित ऋण हो। सन् २००८ देखि २०१९ सम्म चीनको कुल ऋण ८ गुणाले वृद्धि भएको थियो। यसको अन्तिम नियति सबैलाई थाहा नै छ- यस खाले लगानीप्रेरित चक्रसँगै लामो मन्दीमा फस्न पुग्छ। जापानमा अत्यधिक ऋणका कारण तीन दशकसम्म झिनो वृद्धि देखिएको थियो। ...........

चीनले अधिकांश हाइटेक उद्योगमा विश्व बजारको सानो हिस्सा मात्रै ओगट्छ। यसको मुख्य कारण चीनको ‘टप-डाउन’ अनुसन्धान तथा विकास प्रणाली हो।

........... दक्षिणी चिनियाँ सागर, ताइवान स्ट्रेट र अन्य क्षेत्रमा आक्रामक बन्दै गइरहेको बेइजिङ आफैंले चारैतर्फबाट वैरभाव निम्त्याएको छ। ...... वाशिङ्टनले लामो समयपछि समुद्रमा सबैभन्दा ठूलो सैन्य अभ्यास तथा क्षेप्यास्त्र विस्तार गरेको छ, दोस्रो विश्वयुद्धपछिकै आक्रामक कर लागू गरेको छ र वैदेशिक लगानीमा शीतयुद्धयताकै कडा प्रतिबन्ध लगाएको छ। अनि यी सबै कदम चीनलक्षित छन्। ........... ताइवान सरकारले एउटा यस्तो साहसिक रक्षा रणनीति अनुमोदन गरेको छ जसका कारण उक्त टापू जित्न निकै कठिन हुन सक्छ। उक्त क्षेत्रमा चिनियाँ आक्रमण रोक्न अमेरिकासँग गहिरो सहकार्य गर्न जापान सहमत भएको छ। बेइजिङको आक्रामक व्यवहारले गर्दा नै अमेरिका-जापान गठबन्धनले ‘एन्टी चाइना’ को रूप धारण गर्न पुगेको हो। .......... भियतनामले पानीजहाजभेदी सामुद्रिक क्षेप्यास्त्र, रुसी लडाकु पनडुब्बी, नयाँ लडाकु विमान र अत्याधुनिक क्रज मिसाइलयुक्त पानीजहाज खरीद गर्दैछ। सिंगापुर चुपचापसँग अमेरिकाको महत्वपूर्ण सैन्य साझेदार बनिरहेको छ। इन्डोनेसियाले आफ्नो रक्षा बजेट गत वर्ष २० प्रतिशत र यस वर्ष २१ प्रतिशतले बढाएको छ। राष्ट्रपति रोड्रिगो डुटर्टेको अधिकांश कार्यकाल चीनसँग नजिकिएको फिलिपिन्सले समेत दक्षिण चिनियाँ सागरमा पुन: आफ्नो दाबी गर्दै हवाई तथा सामुद्रिक गस्ती बढाइरहेको छ। ........... इन्डो-प्यासिफिक क्षेत्रका सबैभन्दा शक्तिशाली लोकतन्त्र अष्ट्रेलिया, भारत, जापान र अमेरिका सामेल रणनीतिक साझेदारी क्वाड चीनविरोधी सहकार्यको केन्द्रबिन्दु बन्न पुगेको छ। नयाँ अकुस (अष्ट्रेलिया, बेलायत र अमेरिका) गठबन्धनले अंग्रेजी भाषी मुख्य क्षेत्रलाई एक ठाउँमा ल्याएको छ। अमेरिकाले महत्वपूर्ण प्रविधिमा आधुनिक लोकतान्त्रिक मुलुक अगाडि होऊन् भनेर सुनिश्चित गर्न लघु गठबन्धन बनाइरहेको छ भने जी-७ र नेटोले ताइवान सहितका अन्य मुद्दामा कडा अडान प्रस्तुत गरिरहेका छन्। ............ चिनियाँ कम्युनिष्ट पार्टीले ताइवानलाई आफूमा गाभ्ने, पश्चिमी प्रशान्त क्षेत्रमा प्रभुत्व कायम गर्ने र संसारभर आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य लिएको छ। चीनले ‘अभियानमा आफू विजयी बन्ने र प्रभुत्वशाली पोजिसन हुने भविष्य’ खोजिरहेको छ भनेर सीले घोषणा गरिसकेका छन्। तर आर्थिक वृद्धि सुस्त भइरहेको र बढ्दो रूपमा प्रतिकूल विश्व सामना गरिरहेकाले उक्त सपना पूरा नहुने अवस्था देखिन थालेको छ। .......... चीनले छलाङ हानेर अमेरिकाभन्दा अघि बढ्ने सम्भावना कम छ ......... आफ्नो महत्वाकांक्षा र क्षमताबीचको अन्तरलाई व्यवस्थापन गर्न नसकिने अवस्था आउँदा संशोधनवादी शक्तिहरू सबैभन्दा खतरनाक बन्न खोज्छन्। जब कुनै असन्तुष्ट शक्तिको रणनीतिक झ्याल बन्द हुन थाल्छन् तब लज्जास्पद पतनभन्दा जीतको सम्भावना कम भएको लडाइँ राम्रो देखिन्छ। जब अधिनायकवादी नेताले भू-राजनीतिक क्षयका कारण आफ्नो राजनीतिक वैधता खत्तम हुने चिन्ता गर्छन् तब बेचैनी प्रकट हुन्छ। .................. जर्मनीले बेलायत, रूस र फ्रान्सको त्रिपक्षीय गठबन्धनका कारण आधिपत्य जमाउने आफ्ना आकांक्षा चकनाचुर नहोस् भनेर पहिलो विश्वयुद्ध शुरु गर्‍यो। जापानले आफ्नो साम्राज्यलाई अमेरिकाबाट कुनै अवरोध नहोस् भनेर एशियामा दोस्रो विश्वयुद्ध गर्‍यो।