स्थायी/अस्थायी नियोजनको तथ्यांक भन्छ— पुरुष महिलाको शरीरलाई मेसिन ठान्छ परिवार नियोजनका अस्थायी र स्थायी दुवै साधन प्रयोगकर्तामा महिला अगाडि छन् । ‘पुरुषका लागि एउटा मात्र अस्थायी साधन छ,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न धेरै अफवाह फैलाइएको छ । कम्मर दुख्छ, कमजोर भइन्छ भनेर धेरैले गर्न नमानेको देखिन्छ ।’ ......... २०६७ सालदेखि ०७७ सम्मको १० वर्षमा ३ लाख ६५ हजारले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये २ लाख ८० हजार महिलाले किनिल्याप र ८५ हजार ५ सय पुरुषले भ्यासेक्टोमी गराएका छन् । यो तथ्यांकले एकै समयमा स्थायी परिवार नियोजन गराउने पुरुषभन्दा महिलाको संख्या २ लाख नै बढी देखाउँछ । .......... स्थायीमा मात्रै नभएर अस्थायी साधनको प्रयोगकर्तामा पनि महिलाहरू नै अगाडि देखिन्छ । परिवार नियोजनका अस्थायी साधन अधिकांश महिलाको शरीर केन्द्रित छन् । जस्तै : महिलाले प्रयोग गर्ने अस्थायी साधन डिपोप्रोभेरा, इम्प्लान्ट, पिल्स र आईयूसीडी छ भने पुरुषका लागि कण्डम मात्रै छ । स्वास्थ्यविद्हरूका विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको कुरा हो- पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी साधन कण्डमका तुलनामा महिलाको शरीरमा प्रयोग हुने माथिका चारैवटा साधनको साइट इफेक्ट बढी छ । ........ आर्थिक वर्ष २०७२/ ७३ देखि २०७६/७७ मा अस्थायी साधन (महिला) डिपोप्रोगेरा प्रयोग गर्ने १३ लाख ५२ हजार ४ सय ५४ जना, इम्प्लान्ट प्रयोग गर्ने ४ लाख ७१ हजार १५ जना, आईयूसीडी प्रयोग गर्ने १ लाख ३४ हजार ८ सय ४१ जना र पिल्स प्रयोग गर्ने ६ लाख ९३ हजार ५ सय ८१ जना रहेका छन् । ........ पुरुषका अस्थायी साधन (कण्डम) भने यो पाँच वर्षमा ९ लाख ८६ हजार ८ सय ५ जनाले प्रयोग गरेका छन् । कण्डम एक जनाले १ सय ५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । ........ ‘परिवार नियोजनका औषधि आविष्कार गर्नेहरू पुरुष नै छन्,’ उनी भन्छिन्, ‘आफैँले बनाउने भएपछि आफ्नो शरीरमा उनीहरूले पक्कै पनि प्रयोग गर्न खोज्दैनन् । तर, महिलाका लागि भने अनेक हर्मोनल औषधि बनाएका छन् । पुरुषको लागि एउटा छ, कण्डम । त्यो पनि हर्मोन होइन ।’ ........ डा. तामाङका अनुसार लैङ्गिक दृष्टिले हेर्ने हो भने पुरुषको शरीर बच्चा पाउनु नपर्ने भएकाले उनीहरू फुर्सदिला हुन्छन् । उनीहरू मस्तिष्क मन्थन गर्छन् । ‘प्राकृतिकबाहेक मनुष्यद्वारा गरिने सिर्जना धेरै पुरुषले गरेका छन्,’ उनी भन्छिन्, ‘महिलालाई संस्कार र संस्कृतिले घरभित्र डल्लो पारेर राखिदिएको छ । यो समस्या समस्या मात्रै नभएर एउटा भुमरी हो । जति भित्र पस्यो, त्यसको जरो उति गहिरो छ ।’ .......... ‘शिक्षा र परामर्श बिलकुलै फरक कुरा हो । शिक्षाले परामर्शको काम गर्दैन । परिवार नियोजनबारे गलत प्रचारप्रसारले पनि पुरुष सहभागिता कम भएको हो ।’ .........
‘परिवार नियोजनका साधन महिलामाथि जबर्जस्ती लादिएको छ,’ उनी भन्छिन्, ‘प्रयोग गरे गर, नगरे धेरै बच्चा तिमीले पाउनुपर्छ, तिमै्र स्वास्थ्य बिग्रिन्छ भन्ने हिसाबले हेरिन्छ ।
यसलाई महिलाको मात्र जिम्मेवारीका रूपमा लिइन्छ । उनीहरूको शरीरमाथि प्रयोग गरिन्छ ।’ ........ हामीमध्ये धेरैलाई स्त्रीरोग विशेषज्ञ अर्थात् ‘गाइनेकोलोजिस्ट’बारे थाहा छ । तर, पुरुष प्रजनन विशेषज्ञ अर्थात् ‘एन्ड्रोलोजिस्ट’बारे कमैलाई थाहा छ । कतिपयलाई त थाहा पनि छैन । ......... परिवार नियोजनमा महिला-पुरुष दुवैको समान सहभागिता नहुनुलाई पितृसत्तात्मक सोच र व्यवहारको उपज मान्छन् ।‘विदेशतिर श्रीमती गर्भवती भयो भने ‘वी आर प्रेग्नेन्ट’ भन्ने चलन छ,’ उनी भन्छन्, ‘हाम्रोमा यसो भन्दा ट्रोल हुनुपर्छ । यसको अर्थ हाम्रो समाज कतिसम्म पितृसत्तात्मक छ भनेर थाहा हुन्छ ।
महिलाको गर्भावस्थामा सहभागी हुन नरुचाउने श्रीमान्ले कसरी परिवार नियोजनमा सहभागिता जनाऊन् ? कहिले ‘वी आर प्रेग्नेन्ट भन्लान् ?’ ............ ‘प्राकृतिक हिसाबले नै सावधानी नअपनाउँदा समस्या महिलाले भोग्नुपर्छ,’ उनी भन्छन्, ‘स्वास्थ्य उनीहरूकै खराब हुन्छ, करिअरमा लागेको ब्रेक उनीहरूले नै भोग्नुपर्छ । तर, आफूले भोग्नुपर्ने भएकाले पुरुष आफूलाई नपर्ने भएकाले खासै चासो देखाउँदैनन् ।’ ....... ‘पुरुषले जिम्मेवारी बोध गरेन भने दुःख महिलाले मात्र होइन उसले पनि पाउँछ,’ उनी भन्छन्, ‘तर, हाम्रोजस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा यो कुरा बुझाउन निकै गाह्रो छ ।’ ....... ‘पुरुषको बन्ध्याकरण गर्न एकदमै सजिलो भए पनि कम मात्रैले गर्छन्,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा धेरै मानिसको सोच पुरुषले स्थायी बन्ध्याकरण गराउनु हुँदैन भन्ने गलत बुझाइ छ ।’ ........ ‘महिलाले गर्भ निरोधक साधन प्रयोग गर्दा देखिने ‘साइड इफेक्ट’लाई स्वीकार्य मानिन्छ,’ उनी भन्छिन्, ‘तर, पुरुषको हकमा देखिने ‘साइड इफेक्ट’लाई लिएर विभिन्न अफवाह फैलाइएको छ । स्थायी बन्ध्याकरण गर्दा पुरुष कमजोर हुन्छ, यौन आनन्द मिल्दैन, बलको काम गर्नुपर्छ भनेर अफवाह फैलाइएको छ ।’ .......... ‘एउटी महिलाले आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखिरहँदा उनको स्वास्थ्यको ख्याल राख्ने भने कोही हुँदैन,’ उनी भन्छिन्, ‘महिलाको अधिकारको कुरा गर्दा त्यसलाई राजनीति भनिन्छ । यहाँ त शोषणको पनि आफ्नै राजनीति हुन्छ ।’ .........परिवार नियोजनको अस्थायी साधन डिपो, पिल्स, कण्डम, आईयूसीडी, इम्प्लान्ट हुन् । यी पाँचमध्ये एउटा मात्रै पुरुषका लागि छ । त्यो पनि पुरुषले राम्रोसँग लगाइदिएन भने त्यसको भागिदार महिला नै हुनुपर्छ ।
........ स्थायी बन्ध्याकरणको हकमा पुरुषहरू बाठो भएर धेरै अफवाह फैलाएका छन् । बन्ध्याकरण गर्यो भने यौन क्रियाकलापमा ह्रास आउँछ, पुरुष कमजोर हुन्छ भन्ने अफवाह व्यापक छ । कमाइ गरेर खुवाउने पुरुष कमजोर हुनु हुँदैन भन्ने समाजको धारणा छ । प्राविधिक हिसाबले हेर्ने हो भने पनि महिलाभन्दा पुरुषको स्थायी बन्ध्याकरण गर्न सजिलो छ । तर, यसको चेतना छैन ।दीपिका एसियाको सबैभन्दा प्रभावशाली अभिनेत्री दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनको हाराहारीमा आएकी छिन् ।
सरकारले खरिद गरी ९४ लाख खोप भित्र्यायो डेढ करोड बढी खोप भित्रियो, पूर्ण मात्रा १८ प्रतिशतले लगाए