Friday, September 17, 2021

News: September 18



स्थायी/अस्थायी नियोजनको तथ्यांक भन्छ— पुरुष महिलाको शरीरलाई मेसिन ठान्छ परिवार नियोजनका अस्थायी र स्थायी दुवै साधन प्रयोगकर्तामा महिला अगाडि छन् । ‘पुरुषका लागि एउटा मात्र अस्थायी साधन छ,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न धेरै अफवाह फैलाइएको छ । कम्मर दुख्छ, कमजोर भइन्छ भनेर धेरैले गर्न नमानेको देखिन्छ ।’ ......... २०६७ सालदेखि ०७७ सम्मको १० वर्षमा ३ लाख ६५ हजारले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये २ लाख ८० हजार महिलाले किनिल्याप र ८५ हजार ५ सय पुरुषले भ्यासेक्टोमी गराएका छन् । यो तथ्यांकले एकै समयमा स्थायी परिवार नियोजन गराउने पुरुषभन्दा महिलाको संख्या २ लाख नै बढी देखाउँछ । .......... स्थायीमा मात्रै नभएर अस्थायी साधनको प्रयोगकर्तामा पनि महिलाहरू नै अगाडि देखिन्छ । परिवार नियोजनका अस्थायी साधन अधिकांश महिलाको शरीर केन्द्रित छन् । जस्तै : महिलाले प्रयोग गर्ने अस्थायी साधन डिपोप्रोभेरा, इम्प्लान्ट, पिल्स र आईयूसीडी छ भने पुरुषका लागि कण्डम मात्रै छ । स्वास्थ्यविद्हरूका विभिन्‍न अनुसन्धानले पनि पुष्टि गरेको कुरा हो- पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी साधन कण्डमका तुलनामा महिलाको शरीरमा प्रयोग हुने माथिका चारैवटा साधनको साइट इफेक्ट बढी छ । ........ आर्थिक वर्ष २०७२/ ७३ देखि २०७६/७७ मा अस्थायी साधन (महिला) डिपोप्रोगेरा प्रयोग गर्ने १३ लाख ५२ हजार ४ सय ५४ जना, इम्प्लान्ट प्रयोग गर्ने ४ लाख ७१ हजार १५ जना, आईयूसीडी प्रयोग गर्ने १ लाख ३४ हजार ८ सय ४१ जना र पिल्स प्रयोग गर्ने ६ लाख ९३ हजार ५ सय ८१ जना रहेका छन् । ........ पुरुषका अस्थायी साधन (कण्डम) भने यो पाँच वर्षमा ९ लाख ८६ हजार ८ सय ५ जनाले प्रयोग गरेका छन् । कण्डम एक जनाले १ सय ५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । ........ ‘परिवार नियोजनका औषधि आविष्कार गर्नेहरू पुरुष नै छन्,’ उनी भन्छिन्, ‘आफैँले बनाउने भएपछि आफ्नो शरीरमा उनीहरूले पक्कै पनि प्रयोग गर्न खोज्दैनन् । तर, महिलाका लागि भने अनेक हर्मोनल औषधि बनाएका छन् । पुरुषको लागि एउटा छ, कण्डम । त्यो पनि हर्मोन होइन ।’ ........ डा. तामाङका अनुसार लैङ्गिक दृष्टिले हेर्ने हो भने पुरुषको शरीर बच्चा पाउनु नपर्ने भएकाले उनीहरू फुर्सदिला हुन्छन् । उनीहरू मस्तिष्क मन्थन गर्छन् । ‘प्राकृतिकबाहेक मनुष्यद्वारा गरिने सिर्जना धेरै पुरुषले गरेका छन्,’ उनी भन्छिन्, ‘महिलालाई संस्कार र संस्कृतिले घरभित्र डल्लो पारेर राखिदिएको छ । यो समस्या समस्या मात्रै नभएर एउटा भुमरी हो । जति भित्र पस्यो, त्यसको जरो उति गहिरो छ ।’ .......... ‘शिक्षा र परामर्श बिलकुलै फरक कुरा हो । शिक्षाले परामर्शको काम गर्दैन । परिवार नियोजनबारे गलत प्रचारप्रसारले पनि पुरुष सहभागिता कम भएको हो ।’ .........

‘परिवार नियोजनका साधन महिलामाथि जबर्जस्ती लादिएको छ,’ उनी भन्छिन्, ‘प्रयोग गरे गर, नगरे धेरै बच्चा तिमीले पाउनुपर्छ, तिमै्र स्वास्थ्य बिग्रिन्छ भन्‍ने हिसाबले हेरिन्छ ।

यसलाई महिलाको मात्र जिम्मेवारीका रूपमा लिइन्छ । उनीहरूको शरीरमाथि प्रयोग गरिन्छ ।’ ........ हामीमध्ये धेरैलाई स्त्रीरोग विशेषज्ञ अर्थात् ‘गाइनेकोलोजिस्ट’बारे थाहा छ । तर, पुरुष प्रजनन विशेषज्ञ अर्थात् ‘एन्ड्रोलोजिस्ट’बारे कमैलाई थाहा छ । कतिपयलाई त थाहा पनि छैन । ......... परिवार नियोजनमा महिला-पुरुष दुवैको समान सहभागिता नहुनुलाई पितृसत्तात्मक सोच र व्यवहारको उपज मान्छन् ।

‘विदेशतिर श्रीमती गर्भवती भयो भने ‘वी आर प्रेग्नेन्ट’ भन्‍ने चलन छ,’ उनी भन्छन्, ‘हाम्रोमा यसो भन्दा ट्रोल हुनुपर्छ । यसको अर्थ हाम्रो समाज कतिसम्म पितृसत्तात्मक छ भनेर थाहा हुन्छ ।

महिलाको गर्भावस्थामा सहभागी हुन नरुचाउने श्रीमान्‌ले कसरी परिवार नियोजनमा सहभागिता जनाऊन् ? कहिले ‘वी आर प्रेग्नेन्ट भन्लान् ?’ ............ ‘प्राकृतिक हिसाबले नै सावधानी नअपनाउँदा समस्या महिलाले भोग्‍नुपर्छ,’ उनी भन्छन्, ‘स्वास्थ्य उनीहरूकै खराब हुन्छ, करिअरमा लागेको ब्रेक उनीहरूले नै भोग्नुपर्छ । तर, आफूले भोग्नुपर्ने भएकाले पुरुष आफूलाई नपर्ने भएकाले खासै चासो देखाउँदैनन् ।’ ....... ‘पुरुषले जिम्मेवारी बोध गरेन भने दुःख महिलाले मात्र होइन उसले पनि पाउँछ,’ उनी भन्छन्, ‘तर, हाम्रोजस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा यो कुरा बुझाउन निकै गाह्रो छ ।’ ....... ‘पुरुषको बन्ध्याकरण गर्न एकदमै सजिलो भए पनि कम मात्रैले गर्छन्,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा धेरै मानिसको सोच पुरुषले स्थायी बन्ध्याकरण गराउनु हुँदैन भन्‍ने गलत बुझाइ छ ।’ ........ ‘महिलाले गर्भ निरोधक साधन प्रयोग गर्दा देखिने ‘साइड इफेक्ट’लाई स्वीकार्य मानिन्छ,’ उनी भन्छिन्, ‘तर, पुरुषको हकमा देखिने ‘साइड इफेक्ट’लाई लिएर विभिन्‍न अफवाह फैलाइएको छ । स्थायी बन्ध्याकरण गर्दा पुरुष कमजोर हुन्छ, यौन आनन्द मिल्दैन, बलको काम गर्नुपर्छ भनेर अफवाह फैलाइएको छ ।’ .......... ‘एउटी महिलाले आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखिरहँदा उनको स्वास्थ्यको ख्याल राख्ने भने कोही हुँदैन,’ उनी भन्छिन्, ‘महिलाको अधिकारको कुरा गर्दा त्यसलाई राजनीति भनिन्छ । यहाँ त शोषणको पनि आफ्नै राजनीति हुन्छ ।’ .........

परिवार नियोजनको अस्थायी साधन डिपो, पिल्स, कण्डम, आईयूसीडी, इम्प्लान्ट हुन् । यी पाँचमध्ये एउटा मात्रै पुरुषका लागि छ । त्यो पनि पुरुषले राम्रोसँग लगाइदिएन भने त्यसको भागिदार महिला नै हुनुपर्छ ।

........ स्थायी बन्ध्याकरणको हकमा पुरुषहरू बाठो भएर धेरै अफवाह फैलाएका छन् । बन्ध्याकरण गर्‍यो भने यौन क्रियाकलापमा ह्रास आउँछ, पुरुष कमजोर हुन्छ भन्‍ने अफवाह व्यापक छ । कमाइ गरेर खुवाउने पुरुष कमजोर हुनु हुँदैन भन्‍ने समाजको धारणा छ । प्राविधिक हिसाबले हेर्ने हो भने पनि महिलाभन्दा पुरुषको स्थायी बन्ध्याकरण गर्न सजिलो छ । तर, यसको चेतना छैन ।


दीपिका एसियाको सबैभन्दा प्रभावशाली अभिनेत्री दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनको हाराहारीमा आएकी छिन् ।



सरकारले खरिद गरी ९४ लाख खोप भित्र्यायो डेढ करोड बढी खोप भित्रियो, पूर्ण मात्रा १८ प्रतिशतले लगाए



News: September 17



आन्तरिक प्रशिक्षणमा सीके राउतले सुनाए मधेस कब्जाको रणनीति सीके राउतले मधेसमा अरु कुनै पनि दललाई प्रवेश गर्न दिन नहुने भन्दै चुनावमार्फत जनमत पार्टीलाई एक नम्बरको पार्टी बनाउनुपर्ने र पूरै मधेसमाथि कब्जा गर्नुपर्ने धारणा प्रशिक्षणमा राखेका थिए । ‘हामी स्वतन्त्र मधेसका लागि लडेर आएका थियौं, त्यो अहिलेलाई छाडेका छौं तर पार्टीमार्फत अहिले पनि मधेसमाथि कब्जा गर्न सकिन्छ,’ सीके राउतलाई उद्धृत गर्दै ती नेताले भने, ‘पूरै मधेसलाई नियन्त्रणमा लिन सकिन्छ ।’ ........ मधेसको करिब २६ सय वडामा हाल १६ सयभन्दा बढी वडास्तरमा जनमत पार्टीको संगठन विस्तार भएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष राउतले बाँकी एक हजार वडामा ३ महिनाभित्र संगठन निर्माण गर्न निर्देशन दिएका छन् । उनले वडास्तरमा संगठन विस्तार गर्नका लागि केन्द्रीय सदस्यहरुलाई फरक फरक जिल्लामा तीन महिनासम्म खटाउने भएका छन् । ....... ​‘संगठन माथिल्लो कमिटीले बलियो हुँदैन, तल्लो कमिटीले बलियो हुन्छ, सबभन्दा तल्लो कमिटी वडा कमिटी हो, वडा कमिटी जति बलियो हुन्छ, पार्टी त्यति नै बलियो हुन्छ,’ ती नेताले सीके राउतको भनाइ उद्धृत गर्दै भने । मधेसका हरेक जिल्लाका वडामा वडा स्तरीय कमिटी बनाउने र सोही कमिटीमार्फत तलदेखि नै कार्यक्रमहरु गर्दै आएपछि विस्तारै मधेसमाथि आफ्नो पार्टीको कब्जा हुने धारणा राखेको ती नेताले सुनाए । मधेस कब्जाका लागि उनले पहिलो चरणमा ‘कभरेज अभियान’ सञ्चालन गर्ने, त्यसपछि अर्को अभियान सञ्चालन गर्ने योजना सुनाए । तर दोस्रो चरणको अभियानको बारेमा उनले नखुलाएको स्रोतको भनाइ छ ।



One country, two systems healthier than ever To decide whether our constitutional arrangement is still intact, you need to look at the system in its totality, not just particular aspects of it ........ Critics, both foreign and domestic, like to claim that the old Hong Kong or the “real” Hong Kong is dead. Usually, they mean local democracy is being undermined. But since real democratisation started only after the 1997 handover of sovereignty, the current situation can more accurately be described as a reversal to the old or colonial Hong Kong under the Brits. ........... the city continues to be represented as a separate entity at international bodies such as the United Nations, and the world trade and world health organisations.

China’s dollar diplomacy preferable to West’s military interventions France, the European Union and the US are withdrawing their failed military interventions from the African Sahel region and Afghanistan. China is stepping up, but it’s doing so with capital investment and developmental aid – and in the case of the Taliban, even diplomatic recognition – rather than bullets and bombs ......... For years, I have left my shares in Chalco for dead. Then suddenly, in recent weeks, stocks of the Aluminum Corporation of China have started going through the roof. It turns out the military coup in Guinea has a lot to do with it. Who would have guessed? It has been a most educational experience. .......... when you have skin in the game, the connections between economics, corporate actions and geopolitics become so much more vivid .........

Don’t believe the international media about China in Africa; you just get the wrong impression while your information is usually put out of context.

........ The problem with France is that it still thinks the West African region, its former imperialist glory, is still its own backyard. To understand this geopolitical fetish, you will have to go back to Charles de Gaulle during the post-war years. A comparison of France’s and the European Union’s doomed efforts in the region with America’s in Afghanistan has been made, and it’s not idle. ........... Rising troop casualties and resentment, and dwindling public support at home have made any multi-year military campaign unsustainable. ........

as France, the EU and the United States are withdrawing from their imperial or liberal-interventionist ventures or whatever you care to call them, China is stepping into the vacuum. But it’s doing so with capital and developmental aid and investment, rather than bullets and bombs.

........... Some of those projects will pan out; others will fail. Some may benefit the locals, others or perhaps the same ones will end up lining the pockets of corrupt local political bosses or fanatical Islamic militants. Who knows? But it’s only money. And if I were a dirt-poor local, it’s a lot better than having unmanned drones dropping bombs on my home and wiping out my wife and children.

What’s the point of democracy when you can’t vote because you and your whole family are dead?