मुलुकभन्दा छिमेक प्राथमिकतामा : अनुदानभन्दा ऋण प्यारो गुम्दै ५६ अर्ब : प्रधानमन्त्रीले एमसीसी पारित गर्छौं भनिरहँदा अमेरिकी अधिकारी ढुक्क हुन सकेनन् ........ शक्ति मुलुक अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउने वा नगराउने विषयमा अब नेपाल सरकारसँग थप छलफल नगर्ने स्पष्ट पारेको छ । ......... उक्त सहयोग परिचालन गरे नेपालमा अमेरिकी सेना आउँछ भन्नेजस्ता अतिरञ्जनाको एमसीसीले खण्डन गरिसकेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा जेड सुमार नेपाल भ्रमणमा आउनुअघि नेपालले स्पष्ट हुन चाहेका प्रश्नको जवाफ पठाउँदै एमसीसीले अमेरिकी कानुनले नै एमसीसी सहयोगमा सैन्य गतिविधि बर्जित गरेको
उल्लेख गरेको छ । .......... एमसीसीको सहयोग विशुद्ध विकास सहयोग हुँदाहुँदै पनि इन्डो-प्यासिफिक रणनीतिअन्तर्गतको सहयोग भन्दै त्यसलाई विवादित बनाउने काम नेकपा माओवादी भएको हो । माओवादीले नै यसलाई अनेकन व्याख्या गरेर विवादित पारेको हो । यद्यपि यो सम्झौतामा समावेश बुँदाहरू अन्तर्राष्ट्रिय सम्झौतामा गरिने प्रकारकै छन् । ........ यो सहयोग अमेरिकाको दुवै सदनबाट पारित भएर आएको हो । यो पाँच वर्षमा सम्पन्न गर्नैपर्ने परियोजना हो । मसीसीको सहयोगलाई कसैले 'इष्ट-इन्डिया कम्पनी'सँग दाँजेको पनि देखियो । ........ अमेरिकी अधिकारीले अनेकन भेटघाटमा भन्ने गरेका छन्, ‘यहाँ आफ्नै मुलुकलाई भन्दा छिमेकलाई माया गर्नेको जमात छ । बुद्धिजिवी भनिने पनि त्यही आधारमा काम गरिरहेका छन् । यहीकारण हाम्रो पुरानो मित्र मुलुक कुनै पनि बेला असहजतामा पर्न सक्नेछ ।’ ........ ‘अब सम्झौता संशोधन हुन सक्दैन । हामी सहयोग लिनैपर्छ भनेर दबाब पनि दिदैंनौं । यदि नेपाली जनताका लागि यो सहयोग आवश्यक छैन जस्तो लाग्छ भने यो सहयोग फिर्ता जानेछ ।’
........... छिमेकको दबाबमा एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले आफूले निर्णय लिएर अघि बढ्न सक्दैन र त्यो मुलुकमा सहयोग दिएको फिर्ता लैजान पर्दा पनि अमेरिकालाई अपमान अनुभव हुनेछ । त्यसको मूल्य नेपालले दीर्घकालसम्म चुकाउनुपर्ने हुनसक्छ । ....... सरकारलाई यो कार्यावन्यन तहमा लैजान १८ महिनाको समय दिएको प्रष्ट पारिन् । तर त्यो समयमा पनि पारित नभएपछि अमेरिकाले थप एक वर्ष पर्खेको उनको आशय थियो । अब त्यसमा समय थप नहुने र कार्यावन्यन नभए सहयोग फिर्ता लैजाने भनिएको छ ........ अमेरिकामा रहेका र नेपालप्रति माया गर्नेहरूको 'लविङ'मा आएको सहयोग हुनाले मात्र यो अडिएको हो । मंगोलियाले दुईपटक सहयोग लिइसकेको छ ।
यदि चीनको त्योस्तरको 'अब्जेक्सन' हुने थियो भने मंगोलियाले उक्त सहयोग लिन सक्दैन थियो । नेपाललाई दुई छिमेकीले तेस्रो विश्वसँग सम्बन्ध राखेको हेर्न चाहेका छैनन् । त्यसमा खरो उत्रेर आफ्नो राष्ट्र हितमा लाग्नुपर्नेहरु लहैलहैमा लागेर दुई छिमेकीको स्वार्थ पूर्ति गर्नेतर्फ केन्द्रित छन् । ................ श्रीलंकाबाट फर्कनु परेको अमेरिका यहाँबाट पनि फर्कनु पर्दा छिमेकी शक्ति यस क्षेत्रको साना मुलुकमा हावी हुने भन्दै त्यसमा अडिग रहन उनीहरुले पर्खने र छलफल गर्ने गरेका हुन । ....... अमेरिकाले चीन घेर्ने नीति भनेर यहाँ व्याख्या भैरहेको छ, त्यसो हुँदो त तीनतिरबाट चीनले घेरिएको मंगोलियालाई दुई पटक सहयोग गएको छ के भयो त त्यहाँ ? त्यो विषयमा अध्ययन समेत गर्ने क्षमता यहाँका नेताले राख्दैनन । आफ्नै मुलुकको बेइजत हुने गरी प्रश्न सोध्छन् । हामी यो-यो विषयमा स्पष्ट हुन सकेनौं यसलाई कसरी सम्बोधन गर्ने हो भन्नुपर्नेमा हाम्रा जिज्ञासा भन्दै अनेकन प्रश्न सोधिएकोमा अमेरिकाले लाजमर्दो हुने गरी जवाफ दिएको छ । सरकारले आन्तरिक राजनीतिमा सल्टाउने विषय अमेरिकासँग सोधेको देखिन्छ । .......... नेपालले सोधेको प्रश्न देखेर एमसीसीका अधिकारीहरु मुखामुख हुँदै कस्ता कूटनीतिज्ञ नेपालमा छन् भनेर चासो राखेका थिए ।
........ अरुण तेस्रो जस्तै अवस्था एमसीसीमा दोहोरिएको छ ।
यसले नेपालमा उच्च क्षमताको ३१२ किमी प्रशारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार संरचना बन्ने थियो । भारत र चीनको अलग-अलग स्वार्थ बोक्ने नेताहरूको कारण प्रशारण लाइन परियोजना मुलुकले गुमाउने छ । ........ त्यसअतिरिक्त एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण, विश्व बैकको सहुलियत ऋण पनि प्रभावित हुन सक्ने समभवना रहन्छ। भारत र चीन दुवैले युरोप र अमेरिकासँग नेपालले सीधा 'डिल' नगरोस् भन्ने चाहन्छ । त्यही आडमा अडेर यहाँ विकास निर्माणको विषय पनि अल्झेको हो । उनीहरू मुलुकको हितका लागि होइन छिमेकको स्वार्थ पूरा गर्न दौडिरहेका छन्, कुर्लिरहेका छन् । ........... विद्युत प्रशारण लाइनको विषयमा सहयोग आउँदैछ यसको तालुकवाला निकाय विद्युत प्राधिकरण पनि हो तर त्यसका कार्यकारी निर्देशक रहेका र हालै पुनःनियुक्ती पाएका कुलमान घिसिङ नबोलेको विषयले पनि अमेरिका बेखुसी छ । ......... पहिलेदेखि नै एमसीसी मुलुकको हितमा रहेको बुझाई र त्यसको पक्षमा अभिएको जानकारी दिदैं देउवाले उक्त सम्झौता संसद्बाट पारित गर्ने बताएका छन् ।
अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेसी र एमसीसीका पदाधिकारीसहित ७ जना उपस्थित थिए । ....... उनले अमेरिकाले नेपाललाई विशुद्ध आर्थिक वृद्धिमा सहयोग गर्ने परियोजनाहरूमा ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको भन्दै यस सम्झौतालाई अतिरञ्जना गरेर थप विवाद नगर्न आग्रह गरेकी छिन् ।
राजेश हमाल पनि एमसिसीको विरोधमा! अभिनेता राजेश हमालको बोल्ने छनोट गज्जबको छ । अभिनेता हमाल दलितका मुद्दामाथि बनेको ‘जातका प्रश्न’ जस्तो टेलिभिजन कार्यक्रम चलाउँछन् तर जब दलितमाथि हिंसा हुन्छ हमालको बोली फुटेको सुनिन्न । ....... हमाल चाँडै अर्को सिजनको ‘जातको प्रश्न’मा प्रस्तोताको रुपमा दोहोरिँदै छन् । ...... भिडियोमा उनले सिधा सिधा एमसिसीको विरोध गरेका छैनन् तर घुमाएर यदि जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने उनको आसय स्पष्ट छ । यसो गर्दा उनले अमेरिकाको बिग्रँदो छविका कारण यस्तो अवस्था आएको पनि उल्लेख गरेका छन् । तर, यसो गरिरहँदा उनले एमसिसी के कारणले लिन नहुने वा के कारणले लिन हुने कुनै स्पष्ट धारणा राखेका छैनन् । लामो भिडियोमा उनले नेपालको भन्दा धेरै अमेरिकाको कुरा गरेका छन् । ....... गोलमोटल र अलमलमा पार्ने कुरामा त नेपालका नेता अगाडि छँदैछन् अब त्यसमा राजेश हमाल किन थपिनुपथ्र्यो र ? ...... राजेश हमालले केही समयदेखि राजदूत पद ताकिरहेको हल्ला चल्ने गरेका छन् । वैदेशिक मामलामा मात्र बोल्ने उनको बानीले यो हल्लालाई बल पनि पुर्याइरहेको छ ।
संस्कार नै खराब भएपछि राजनीतिमा वृद्ध आऊन् कि युवा? नेपाली कांग्रेसको बडा महाधिवेशनमा दैलेखको दुल्ल नगरपालिका वार्ड न.३ बाट १९ वर्षीय किशोरी स्वस्तिका महत वडा सभापतिमा निर्वाचित हुन पुग्दा ....... नेता कार्यकर्ता र जनताको विश्वास नै जित्न नसक्ने नेताहरूको राजनीतिक जीवन युवा नेताको नाम उपनामले जोडिएर नै सकिन पुगेको हुन्छ ।
....... गणतन्त्र प्राप्तिपछि नेपालको राजनीति केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, आदि वृद्ध नेताहरूको नाममै अल्झिँदै आएको छ । हस्तक्षेपकारी भूमिका निर्वाह गरी कोही युवा नेतृत्व अगाडि आउन सकिरहेका छैनन् । ...... राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने पार्टीका नेताहरूले कहिल्यै युवाहरूलाई पार्टीको नेतृत्वमा स्थान र अवसर दिएका छैनन् । युवाहरू पनि क्षमताको रूपले त्यो स्थानमा पुग्ने इच्छा जाहेर गर्दैनन् । ....... पार्टी गलत व्यक्तिको कब्जामा पुगेपछि गलत व्यक्तिहरूले मात्र चुनावमा टिकट पाउने । पार्टीबाट टिकट पाएकामध्ये गलत नियत राख्नेले मात्र जित्ने । जितेका जनप्रतिनिधिमध्ये पनि अझ खराब र पूँजीपतिहरूले मात्र सत्ता र सरकारको जिम्मेवारी वहाली गर्ने जुन संस्कारको विकास नेपालको राजनीतिमा भएको छ यसले विध्वंसको राजनीति मौलाउन मद्दत पुगेको छ । ........ पार्टीको नेतृत्व नै खराबले गरे देशको नेतृत्व गर्नलाई सही व्यक्ति कसरी अगाडि आउन सक्लान् र ? यस्ता विविध कुराले युवाहरूलाई राजनीतिक मैदानमा इमानदार नेता भएर टिकिरहन मुस्किल छ । यस्तो ग्रस्त राजनीतिक संस्कारमा एउटा इमानदार वृद्ध नेता हुन् या एउटा इमानदार युवा नेता उनीहरूलाई नेतृत्वको खुड्किलामा लात हानेर पछाडि फाल्ने कार्य बारबार दोहोरिने हुन्छ । ........ नेपालको राजनीति संस्कारमा विद्रोह अत्यन्तै आवश्यक परेको छ । चाकरीवाद, कृपावाद, नातावाद, गुण्डागिरी र पूँजीवादले हुमहुमाएको राजनीतिक संस्कारलाई अँगालेर अगाडि बढने भए त युवा आउन या वृद्ध आउन कुनै फरक पर्ने छैन । जसमा सक्षमता, विकासको निम्ति प्रष्ट विचार र राजनीतिक अनुशासन कायम छ तिनी व्यक्तिहरू युवा भएता पनि वृद्ध भएता पनि राम्रो कार्य गरेर अगाडि बढन सक्छन् । ....... राजनीतिक दलको नेतृत्वमा खराव व्यक्ति हाबी हुँदा देशकै नेतृत्वमा खराब व्यक्ति पुग्न जान्छन् । ........ जनताले भन्ने गर्छन् ‘वार्डमा मात्र एक दुईजना युवा आएर कुनै परिवर्तन हुन सक्दैन जब कि केन्द्रमा ६५÷७० पुगेका नेताहरू एकलौटी रूपमा पार्टीलाई कब्जा गरेर बसेका हुन्छन् ।’ खै त राम्रो मान्छेलाई राजनीतिमा टिक्न दिएको? खै राम्रो काम गर्न दिएको ? खै त राम्रो कार्य गर्न सकेको युवा भएर पनि? ....... स्वार्थ, लोभ, लालच तथा अपराधमा फसेका युवाहरू र भ्रष्टाचारलाई अंगालेर इमानदारीको भाषण गर्ने वृद्ध नेताहरूमा कुनै फरक पनि रहँदैन ।
कांग्रेस महाधिवेशन : पेलेरै अघि बढे देउवा देउवाइतर समूहको असहमतिबीच डडेलधुराका ५० वडामा अधिवेशन ....... डडेलधुरामा विधिविपरीत क्रियाशील सदस्य थप गरिएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित देउवाइतर पक्षले अधिवेशन सार्नुपर्ने माग गर्यो । ....... उपसभापति बिमलेन्द्र निधिले देउवालाई पत्राचारै गरेर सदस्यताको विवाद समाधान गरेरमात्रै अधिवेशन गर्ने वातावरण बनाउन आग्रह गरे । ...... त्यही विषयमा शनिबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र जीवन परियारले बालुवाटार पुगेर ध्यानाकर्षण गराए, ‘पार्टीको अधिवेशन आन्तरिक चुनाव हो । पार्टीको चुनावमा राज्यशक्तिको प्रयोग नगर्नुहोला । सदस्यताको विवाद समाधान गरेर मात्रै अधिवेशन गरौँ ।’
.......... तर, सभापति देउवा भने पछि हटेनन् । उनले गृहजिल्ला डडेलधुरामा सदस्यताको विवाद र जिल्ला सभापतिकै असहमतिबीच वडा अधिवेशन गराएका छन् । ......... कतिपय ठाउँमा त नेपाल प्रहरी र शशस्त्र प्रहरीसमेत परिचालन गरेर अधिवेशन गरिएको छ । शुक्रबार ५० वटा वडामा अधिवेशन भएको छ ।
......... डडेलधुराबाट बाँकी २० जिल्लामा पनि सदस्यताको विषयमा देउवा पक्ष यसैगरी अघि बढ्नसक्ने संकेत गरेको छ । ‘अहिलेसम्म अधिवेशन भएका जिल्लामा क्रियाशील सदस्यताको विवाद त्यति धेरै थिएन । अब जहाँको सदस्यता सार्वजनिक हुन बाँकी छ, विवाद त त्यहाँ पो छ,’ एक केन्द्रीय सदस्यले भने । ........... क्रियाशील सदस्य कांग्रेसको वडा अधिवेशनका मतदाता हुन् ।
त्यहीकारण नेताहरूले आफूअनुकुल सदस्य थप गर्ने प्रयास गर्छन् । देउवाले डडेलधुरामा त्यही गरेका छन् । ....... नयाँ सदस्य थप गर्न कम्तिमा चार तहको सिफारिस हुनुपर्ने व्यवस्था छ । तर, जिल्ला सभापति मल्लले चार तहबाट सिफारिस गरेर विधानअनुसार पठाएको ४६० जनाको नाम काटेर अरु नाम थपिएको गुनासो गरेका छन् । ......... ‘मान्छे छानी–छानी नाम काटिइएको छ । यतिसम्म कि वडासभापति र रुख चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको समेत नाम काटिएको छ ।
समायोजनका नाममा पाँच सय हाराहारीको नाम थपिएको छ,’ जिल्ला सभापति मल्लले इकान्तिपुरसँग भने, ‘यस्तो अवस्थामा हामी कसरी अधिवेशनमा भाग लिने ?’ ........... मल्लले जिल्लामा खटिएका निर्वाचन अधिकृतले समेत एकतर्फी ढंगले जिल्ला कार्यसमितिसँग परामर्श नै नगरी अलग्गै प्रहरीको सुरक्षा घेरामा बसेर अधिवेशन गराएको आरोप लगाए । ........ ‘हरेक वडामा प्रहरी खटिएका छन् । निर्दलीय व्यवस्थामा पनि यस्तो चुनाव हुँदैन थियो । यो त पार्टीको चुनाव हो, तर शाहीशासनमा कमल थापाले गराएको चुनावभन्दा कम छैन,’ उनले भने ।
...... ‘मैले विधिको कुरा उठाएँ । तर, उहाँले बिधिविपरीत अधिवेशन गराउन स्थानीय तहको टिकट समेत बाँडिसक्नुभएको छ, यसरी पार्टीको हालत के हुन्छ ?,’ मल्लले प्रश्न गरे । ......... पौडेलले भनेका छन्, ‘पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’ ......... केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सामूहिक विज्ञप्ति जारी गर्दै डडेलधुरामा भएको वडा अधिवेशनको विरोध गरेका छन् । ......... कांग्रेसले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
यो मर्यादित संसद् हो?
चिनी–चियामा डुबेको राजनीति गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । गिरीबन्धुको नजिर पछ्याउँदै उनीहरू पनि अन्यत्र सस्ता पाखाबारी खोज्न लागिपर्नेछन् र राजमार्गले भेटेका सुगम जग्गालाई प्लटमा रूपान्तरण गर्न अघि सर्नेछन् । ........... विसं २०२९ मा कानुन बनाई जग्गा हदबन्दी छुट लिएर सयौं बिघामा सञ्चालित निजी चिया बगान र कारखाना नष्ट नगरी ‘अत्याधुनिक समृद्धि’ सम्पन्न नहुने सम्भवत: यस भेगका शक्तिशाली नेता र दलको ठहर छ । त्यसैले दमकबाट निर्वाचित पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारबाट बहिर्गमन हुनुभन्दा ठीक पहिले जग्गा हदबन्दीसम्बन्धी कानुन संशोधन गरी झापाको गिरीबन्धु टी स्टेटलाई हाल बगान रहेको जग्गा अन्य प्रयोजनका लागि उपयोग गर्न दिने व्यवस्था मिलाए । बिर्तामोड र अर्जुनधाराका जग्गाको सट्टामा कतै दुर्गममा खरिद गर्न मिल्ने सुविधा सृजना गरिदिए । पर कतैका पाखाबारी लाखौंमा खरिद गर्ने, यता हातलागेको सयौं बिघा सरकारी जग्गा कट्ठाको ‘प्लट’मा रूपान्तरण गरी अर्बौंमा बेच्ने सुविधा । ....... कानुन संशोधन गराउन दशकौं मिहिनेत गरेर ओली सरकारका पालामा सफल भएका व्यापारीका योजना सार्वजनिक हुन बाँकी छन् । चल्तीको बजार केको छ, त्यसैका आधारमा सामान्य अन्दाज गर्न सकिन्छ । सम्भवत: अहिले चियाका बुटा उभिएका ठाउँमा भोलि पक्की घरका पंक्तिहरू खडा हुनेछन् । साना बाटा चौडा हुनेछन् र कालोपत्रे पोतिनेछ । त्यहाँचिल्ला गाडी कुद्नेछन् । ....... गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । ......... बगान सञ्चालन गर्नु अप्ठ्यारो काम हो । मजदुरसँगको सम्बन्ध सधैं जटिल हुन्छ, कारखाना सुचारु राख्न मिहिनेत उत्तिकै गर्नुपर्छ । चियाको बजार ठूलो भए पनि प्रतिस्पर्धामा खरो उत्रन र अब्बल ठहरिन सजिलो छैन । अन्तर्राष्ट्रिय बजारमा पकड राख्न हम्मे पर्छ नै । त्यसैले चिया उद्योग काउसो भएको छ । ......... अवैध बाटो समातेर सस्तैमा अर्बौं कमाउने प्रपञ्च त्यस कारणले रचियो । ......... काँकरभिट्टा नाका तरेर बंगाल जाँदा सिलिगुडी सहर क्षेत्र प्रवेश गर्नुअघि ठूलो क्षेत्रफलमा चिया बगान देखिन्थ्यो । अहिले त्यहाँ सयौं अत्याधुनिक घर छन् । राजमार्गसँग जोडिएको फराकिलो फलकमा ठूलो सपिङ मल छ । करिब ४ सय एकडमा फैलिएको जग्गालाई १,०८० प्लटमा विभाजन गरी नयाँ सहरको निर्माण गरिएको छ । हिजो हरिया चियाका बुटा र रूख उभिएका ठाउँमा आज रंगीन भवनहरू खडा भएका छन् । .......... बंगालको यथार्थ, नेपाली व्यापारीको बिकाउ सपना भयो ।
......... हुकुमी शासनले पनि आँट्न नसकेको काम, जनताका प्रतिनिधिले मुठीभर व्यापारीको मिलेमतोमा फत्ते गरिदिए । झापाली सहरमा खुलेका नयाँ कफी सपहरूमा गफीहरू हिसाब लगाउँछन्, ‘सबै कुरा भनेजस्तो भए गिरीबन्धुको जग्गामा करिब ३५ अर्बको कारोबार हुने पक्का छ, भनेपछि स्थानीय दलपतिहरूका भागमा २–४ करोडभन्दा माथि परेको हुनसक्छ । अनि मुख्य जिम्मेवारको हातमा ? सामान्य क्यालकुलेटरले भ्याउँदैन ।
’ यसो भन्दै गर्दा कोही आक्रोशित छैन, बरु नेताहरूको ‘सफलता’ बाट उल्टै वशीभूत भएझैं देखिन्छन् । .......... दमकको सफा औद्योगिक पार्कमा भने चिनियाँ उद्योगहरू ओइरिने सपना बुनिँदैछ । चालीस वर्षसम्म चीनका बहुराष्ट्रिय कम्पनीहरूलाई मोबाइल फोन, अन्य विद्युतीय सामग्रीहरू तथा मोटर उत्पादनका लागि कारखाना राख्न रतुवा खोला वारिपारिको जमिनमा औद्योगिक पार्क बनाउन लागिएको बताइँंदैछ । पूर्वाधार विकासको तीव्र आकांक्षालाई सम्बोधन गर्न यस्ता रंगीन आयोजनाहरू धेरैजसो प्रदर्शनका सस्ता वस्तु भएका छन् । साँचो अर्थमा उत्पादनमा सरिक भएका उद्योगको प्रवद्र्धन गर्नुको साटो धराशायी बनाउने काममा वैधता र नैतिकतासमेतका सबै सीमा भत्काइएका छन् । क्लिन इन्डस्ट्रियल पार्क र अग्ला अवलोकन धुरीको मोहमा फसेको आमवृत्तलाई गिरीबन्धु काण्डले उद्वेलित बनाउन सकेको छैन । ........... काठमान्डुका अखबारले मन्त्रालयका स्रोतबाट सूचना टिपेर समाचार लेखेपछि मात्रै स्थानीय अनलाइनले सुइँको पाए, केन्द्रीय खबरको सारांश यता छापे । नाम चलेका स्थानीय पत्रकारले सुहाउँदिलो बन्न फेसबुकमा दुई–चार पोस्ट लेख्न भ्याए । बगान काण्डबारे खोजी गरेर लेख्न सकिने दर्जनौं कथा छन्, ती कहिल्यै लेखेनन् । ......... स्थानीय सञ्चारमाध्यम मौन छन् । वस्तुगत सूचनाको खडेरी छ, आमवृत्तमा आवश्यक विमर्शको निसासलाग्दो अल्पता छ । ........ यस्तो अवस्था किन छ ? उत्तर सरल छ— स्थानीय पत्रकारिताको चाबी जिल्लास्तरीय दुई–चार दलपति र व्यापारीका हातमा छ । नाफाखोरी र अपराधको दलीयकरण, दलीयकरणको दलदलमा पत्रकारिता ! न भरपर्दा संस्था छन्, न जोखिम मोलेर काम गर्ने पत्रकार ! अपवाद एकादुईले गरेका काम सीमान्तमै बिलाउँछन् । त्यसो त को पत्रकार र को गुट–कार्यकर्ता, को सञ्चारकर्मी र को नेताका गोजीको मान्छे — छुट्याउन महाहम्मे छ । दिनहुँ दर्ता भइरहने स्थानीय अनलाइन पोर्टलहरू व्यक्ति–पत्रकारका निजी जेब हुन् । समाचार केवल स्वाङ हो, उद्यम जेबको पुर्ताल मात्रै हो । त्यसैले स्थानीय आमवृत्तमा ठोस सूचनाका आधारमा हुनुपर्ने कुनै विमर्श छैन, प्रतिरोधी आवाज विलुप्त छ ।
............ अमूल्य सरकारी सम्पत्तिमा ठाडै मच्चाइएको लुटको बरु ढाकछोप र कताकति प्रशंसा पो छ ! ........ प्रदेशप्रमुखबाट बिदा भएको साता पनि नबित्दै उनले झापाली टीभीमा अन्तर्वार्ता दिए । भविष्यमा राजनीति गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अब राजनीति नगरी कसरी हुन्छ ? बीसौं साथीहरू घरमा आउँछन्, तिनलाई चिनी हालेको चिया ख्वाउनुपर्छ । सरकारले प्रमुख भइन्जेल मात्रै खान दियो, सकिएपछि निस्केर जा भन्यो । छेउमा ठिङरिंग पीएसओ पनि उभ्याइदिँदैन ।’ उनको भनाइबाट बुझिन्छ— राजनीति गरेकै खानका लागि हो र खाएको देखाउनका लागि हो ।
......... मूल्यहीनताको गुलियो दूध चियामा चुर्लुम्म डुबेको राजनीति र पत्रकारितालाई समाज रूपान्तरणको ऊर्जामा बदल्ने कसरीे ?
राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् । ........ पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।
......... बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ । ........ हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ । ........ बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् । मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । .......... सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो । ....... सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो ।
......... राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ । ......... बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– .......... जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’
........... जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन । ......... हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन । ......... कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।
........ राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ । ......... ३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा
'परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ' 'बीपीले देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्नसक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो'....... हाम्रो समय र सामर्थ्यचाहिँ राजनीतिका अत्यन्त झिनामसिना खिचातानीमा खर्च भइरहेका छन् ।