Sunday, September 05, 2021

Khichdi



गठबन्धनलाई ‘गलपासो’ : सत्ता टिकाउनु कि आफ्नो अडान? ‘मालदार मन्त्रालय’मा नेपाल नेतृत्वको एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालले दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन। ....... अर्कोतिर देउवाले सरकारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सहभागी गराउन पहल थालेपछि गठबन्धनमा गडबडी आएको हो। ‘महन्थ ठाकुरको पार्टी पनि सरकारमा सहभागी गराउने भन्ने छ देउवाको विचार। उहाँको पार्टीलाई पनि सरकारमा सहभागी गराएपछि फेरि भागबण्डा कसरी मिलाउने भन्नेबारेमा कुरा मिलेको छैन,’ माओवादी केन्द्रका एक नेताले भने। ..... एमसीसीका विषयमा गठबन्धनमा मतभेद देखिएपछि जसपाले भने एमसीसी सम्झौताका बारेमा नागरिकको सुझाव लिन माग गरेको छ। ........ ‘एमसीसी आम नागरिकले पढ्न पाउने गरी नेपाली र अंग्रेजीमा निकाल्ने र संसदमा तीन दिनसम्म कमेन्ट गर्न पाउने गरी सुझाव लिने र त्यो सुझावको आधारमा राष्ट्रिय सहमति बनाएर पास गर्नुपर्छ। त्यसको दोष, लाभ सबै जनताको विषय भइसकेपछि भ्रमहरु जो छ त्यो पनि चिर्नुपर्छ। त्यसमा भएका कमीकमजोरी सच्याउनुपर्छ।’ ......... देउवा नेतृत्वको सरकार गठन भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकमै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि सारे भण्डाफोर गर्ने चेतावनी दिएका थिए। ......... गठबन्धनले तयार पारेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे उल्लेख गरिएको छैन। संविधान संशोधन, सन्तुलित परराष्ट्र नीति, शान्ति प्रक्रियाको पूर्णता लगायतका विषयलाई साझा कार्यक्रममा प्राथमिकता दिइएको भए पनि एमसीसीलाई उल्लेख नगरिएको हो।



शक्ति राष्ट्रको कूटनीतिक उल्झनमा फस्यो नेपाल धामीको घटनामा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारमाध्यमबाट मात्र कुरा सुनेको र औपचारिक रूपमा कुनै जानकारी नभएको बताइसकेका छन् । ....... चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा नेता जीवनबहादुर शाहीमाथि अमेरिकीबाट परिचालित रहेको भनी लगाएको लान्छानाको निन्दा गरेको थियो । ग्लोबल टाइम्सले समाचारमा कांग्रेस भारत समर्थित पार्टी रहेको भन्ने समाचार प्रकाशन गरेको थियो । ........ चीनसँगको सीमा विवादको सम्बन्धमा सरकार बढी सक्रिय (प्रोएक्टिभ) भएको धेरैको बुझाइ छ । यसमा चीनले कुनै औपचारिक प्रतिक्रिया नदिएपनि सम्बन्धमा भने चिसोपना आउन सक्ने आकलन सार्वजनिक वृत्तमा छ । ........... एमाले नेता शंकर पोखरेल भन्छन्, ‘तर कृत्रिम सीमा विवादका विषयमा भने सरकार निकै साहासी देखियो । यो कूटनीतिक असफलता हो ।’ भू-राजनीतिक अवस्थितिले पनि चीन र भारतसँग मैत्रीपूर्ण र सन्तुलित कुटनीतिक सम्बन्धको कुरा सात समुद्र पारीको मुलुक अमेरिकाले दिन लागेको सहयोग स्वीकार गर्ने विषयमा समेत उठेको छ । ........ अमेरिकाले २०६७-६८ मा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ‘थ्रेसहोल्ड’ कार्यक्रममा छनौट गरी विधिको शासन, आर्थिक स्थायित्व, मानव अधिकार, छात्रा शिक्षा लगायत दर्जनौं सूचकका आधारमा आर्थिक विकासका व्यवधान हटाउन विद्युत् प्रसारणलाइन आयोजना र सडक स्तरोन्‍नति आयोजनामा ५० करोड अमेरिक डलर सहयोग गर्ने भयो । ........ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा सबैले यसलाई अघि बढाउँदै ल्याए । लगानी सम्बन्धी मूल सम्झौता भने यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको थियो । अहिले पुनः देउवा नै प्रधानमन्त्री छन् । .......

संसद्‍मा कार्यसूचीमै नआएको र बाहिर सबैभन्दा बढी हंगामा गरिएको अमेरिकी सहयोग परिचालन सम्बन्धी उक्त सम्झौतामाथि यथार्थ भन्दा बढी भ्रामक सूचना फैलाएर उक्त सहयोग विरोधी भावना फैलाइएको छ ।

सत्ता पक्षमा रहने, सत्ताभित्रै प्रतिपक्षमा रहने र प्रतिपक्षमा रहनेले विगत ३ वर्षदेखि सबैभन्दा बढी गिजोलेको र सबैभन्दा बढी बहस भएको एमसीसीलाई आज पर्यन्त रहस्य बनाएर राखिएको छ । .............. सम्झौताका सबै विषयवस्तु खुलस्त पारिसक्दा पनि ‘विटविन द लाइन्स’ अनि ‘बिहाइन्ड द सिन’ भनेर गरिने राजनीतिक उद्देश्यप्रेरित प्रचारले कूटनीतिमा नेपालले आफ्नो ‘पोजिसन’ गुमाउने र समाजलाई दिग्भ्रमित बनाएर शक्ति राष्ट्रहरूलाई खेल्न मलिलो मैदान सिर्जना गर्ने काम भएको पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत बताउँछन् । ........

‘चीन र रुसको छिमेकमा रहेको मंगोलियाले एमसीसीसँगका दुईओटा सहायता (कम्प्याक्ट) कार्यान्वयन गरिसकेको छ । भू–राजनीतिको मुद्दा त्यहाँ देखिएन,’ महतले भने, ‘विशुद्ध विकास सहायतालाई समेत अति राजनीतिकरण र दुष्प्रचार गरेर मुलुकलाई कमजोर पार्ने प्रयास भइरहेको छ ।’





नेपाललाई डुबाउने भारतको डरलाग्दो निर्णय भारतको केन्द्र सरकारले नेपालको कोसी ब्यारेजमा बर्खाको पानी जम्मा गरी हिउँदमा उसको मेची नदीमा मिसाउने बृहत् योजना स्वीकृत गरेको छ । नेपालको मेची नदी भारतको महानन्दामा मिसिन्छ । यसबाट भारतमा बाढी नियन्त्रण हुने र सुख्खायाममा नियन्त्रित पानीले उसको दुई लाख हेक्टरभन्दा बढी जमिनमा सिंचाइ गर्ने योजना छ । डुबान र नदी कटानको समस्या भने नेपालले झेल्नुपर्नेछ । ....... नेपालको कोसी ब्यारेजमा पानीको क्षमता बढाई त्यसबाट ५७३ क्यूमेक्स पानी पूर्वी कोशी मुख्य नहरमार्फत् भारतीय भूमिमा पर्ने मेची नदीमा मिसाउने (रिभर लिंकिङ) योजना छ । यसका लागि भारतीय केन्द्र सरकारले ४९ अर्ब रुपैयाँ स्वीकृत गरेको ......... कोसीको अतिरिक्त दुई अर्ब पाँच करोड घन मिटर पानी महानन्दा नदी बेसिनअन्तर्गतको मेची नदीमा मिसाउने भारतीय योजना छ । जूनदेखि अक्टोबरसम्म वर्षाको बाढी जम्मा पारी बिहारको अररिया, पूर्णिया, किसानगञ्‍ज र कटिहारको सिंचाइको आवश्यकता परिपूर्ति गरिने उल्लेख छ । ........ यसबाट बिहारका यी चार जिल्लाको २ लाख १० हजार पाँच सय १६ हेक्टर जनिमा सिंचाइ सुविधा पुग्‍नेछ । यो पानी उसले विद्यमान संरचना (पूर्वी कोसी मुख्य नहर) बाट लैजाने र नहरको अन्त्यदेखि मेची नदीसम्म ४१.३० किलोमिटर थप नहर बनाइने मिसाइने उल्लेख छ । ‘यो योजनाको अन्य मुख्य उल्लेखनीय फाइदामा कोसी नदीको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण हो ........ नेपालसँग हालसम्म कुनै परामर्श र जानकारी नदिईकन स्वीकृत भएको यो योजनासम्बद्ध उसका सरोकारवालाहरुको बैठकले कोशी गण्डक संयुक्त, समितिलाई यससम्बन्धी जानकारी दिइएको जनाएको थियो । नेपाल र भारतबीच सम्पन्‍न कोसी र गण्डक सम्झौताअनुसार यसको कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्ने दुवै मुलुकको प्रतिनिधित्व हुने गरी ‘कोसी गण्डक संयुक्त समिति’ अस्तित्वमा छ । ........ यो योजना उसले पाँच वर्षभित्र पूरा गर्ने भनेको छ । ........ भारतले पानी भएको क्षेत्रबाट नभएको क्षेत्रमा आपूर्ति गर्न बहुचर्चित एवं विवादास्पद ‘रिभर लिंकिङ प्रोजेक्ट’ लागू गरेको छ । यो प्रोजेक्टअन्तर्गत पहिलो रिभर लिंकिंङ मध्य प्रदेशको केन–बेटवा हो । पानी धेरै भएको केन नदी मध्य प्रदेशमा पर्छ भने बेटवा उत्तर प्रदेशमा । ......... नेपालले पनि सुनकोसी १ र २ गरी बृहत् बाँधयुक्त जलविद्युत् आयोजना अध्ययन गरिरहेको छ । यी दुई आयोजना कार्यान्वयन भएमा सुनकोसीको बर्खायामको सबै पानी थुनी भारतको बाढी नियन्त्रणलाई निकै सघाउ पुग्ने नेपालको जलस्रोत क्षेत्रका अधिकारीहरु बताउँछन् । ......... भारतीय सरकारी कम्पनी सतलजले अरुण तेस्रोमा ९०० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसले पनि बर्खायामको पानी छेक्छ । ‘सुनकोसी, तमोर अरुण नदीमा ठूला बाँध बनाएपछि भारतलाई कोसी उच्च बाँध बनाउनै पर्दैन,’ सिंचाइ मन्त्रालयका एक अधिकारीले इकागजसित भने, ‘उसको सप्तकोसी उच्च बाँध नबनाइकन बर्खायामको बाढी नियन्त्रण र हिउँदयामको अमृतसमान पानी लैजाने योजना छ । यी तीन प्रमुख नदीको पानी नियन्त्रण गर्न सकिने हुन्छ ।’ ....... भारतले नेपाललाई कोसीका दुवै तटबन्ध मर्मत गरी ‘बलियो पारिदिने’ अनौपचारिक प्रस्ताव पनि गरेको छ । नेपालले यो प्रस्ताव स्वीकार गरेमा कोसी क्षेत्र डुबान र कटानको चपेटामा पर्ने निश्‍चित छ । भारत स्वयंले पनि कोसी ब्यारेजको पन्ड लेभल (पानीको परिमाणयुक्त तह) बढाउनुपर्ने उल्लेख गरेको छ । भारतले बलियो पारिदिने भनेको यही तटबन्ध २०६४ सालमा फुटेर सुनसरीमा ठूलो जनधनको क्षति भएको थियो । कोसी सम्झौता अनुसार तटबन्ध मर्मत तथा ब्यारेज सञ्‍चालन भारतीय नियन्त्रणमा छ ।



बढ्‍यो दिल्लीमा चासाे विपक्षीसँग 'डिल' गर्न आवश्यक छैन, कूटनीति सिक्नुहोस : भारतीय नेता उनले राष्ट्रपति तहबाट भएको पत्राचारको विषयलाई सत्तारुढ दलले गम्भीर रूपमा लिएको र कार्यकारी प्रमुख तहमा हुनुपर्ने काम आलंकारीक राष्ट्रपतिको तहमा किन भयो भन्दै जिज्ञासा राखेका थिए । ....... चौथाईवालेले चीनबाट नेपाल खोप आउने भएपछि यो तहको राजनीति भएको हो ? भन्दै गम्भीर आपत्ति जनाएको पनि स्रोतको दाबी छ । नेपालले साच्चै अब राष्ट्रपति तहमा नै छलफल र पत्राचार गर्ने हाे त भन्दै उनले कूटनीतिक ठट्टासमेत गर्न भ्याएका थिए । 'प्रधानमन्त्री नरेन्द्र माेदीसँग गफ गर्ने कानुनी आधार नभएर त्यस्तो पत्राचार भएको हो त?' चाैथाईवालेको प्रश्‍न थियो । ...... राजदूत आचार्यले भारतीय विपक्षी दल कांग्रेससँग पनि छलफल गरेको र सरकारले खोप उपलब्ध गराए आफूले विरोध नगर्ने सुनाए । जवाफमा चौथाईवालेले अबको २० वर्ष बीजेपी नै सत्तामा रहने भएकाले नेपालले सिधै आफूहरूसँग कुरा गर्न सुझाउँदै भने, 'यति बलियो कार्यकारी हुँदाहुँदै छिमेकीले विपक्षीसँग कुरा गर्न आवश्यक छैन । महामारीको समयमा सहयाेगको निर्णय सरकारले नै लिने हो । त्यसकारण सिधा कार्यकारी तहमा नै 'डिल' गर्न उपयुक्त हुन्छ ।' ........ यद्यपि बीजेपी नेता चौथाईवालले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भन्दै विदेश मन्त्रालयकै धारणा दोहोर्‍याएका थिए । नेपालको घटनाक्रमलाई भारतले नजिकबाट नियालेको तर त्यो आन्तरिक मामिला भएको भारतीय विदेशमन्त्रालयको भनाई थियो । राजनीतिक घटनाक्रमबारे चोथाईवालेको धारणा पनि भारतीय विदेश मन्त्रालयको जस्तै रहेको राजदूत आचार्यले स्पष्ट पारे । ....... राजदूत आचार्य र बीजेपी नेता चौथाईवालेबीचको भेट अन्तराष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको पहलमा भएको थियो । राना स्वयं पनि भेटमा सहभागी थिए । चौथाईवालेलाई रानाले नै नेपाली दूतावास लिएर आएको दूतावास अधिकारीले बताए ।



Friday, September 03, 2021

"क्यासेटको आम्दानीले घर बनाए"

बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर... मित्रता भर हो, घर हो, डर हो : मदनकृष्ण श्रेष्ठ ........... सहयात्राको सुरुवातका वर्ष सम्झँदा मदनकृष्णलाई भने कति काम पूर्वजन्ममा गरेझैं लाग्न थालेको छ । जन्मनु अगाडि नै हरिवंशसँग चिनाजानी भएर कार्यक्रम गर्दै हिँडेको कल्पन्छन् उनी हिजोआज । ......... कतिपय सहयात्राहरु आम्दानीमा अडिएका हुन्छन् । तर 'मह'को सहयात्रा आम्दानीभन्दा माथि बन्यो । मदनकृष्ण भन्छन्, 'पार्टनरहरु सुरुमा आम्दानी नभएसम्म खुब दु:ख गर्छन् । एकले अर्कालाई माया गर्ने, एक कप चियासँगै खानलाई कुर्ने गर्छन् । तर जब आम्दानी हुन थाल्छ । तब मनमा कुरा खेल्छ, उसले भन्दा मैले बढी पाउनुपर्छ, ऊ भन्दा म राम्रो । अनि झगडा सुरु हुन्छ । त्यस्तो दिनहरु हाम्रो यात्रामा आएन । मैले हरिवंशलाई एक पैसा पनि गद्दारी गरेको छैन । हरिवंशले पनि मलाई कहिल्यै गद्दारी गरेन ।' ............ हास्यव्यंग्य भनेको बाहिरको विपक्षी संसद् हो । ........ 'मह'भन्दा अगाडिको जोडी 'हाडापाल'को हास्यव्यंग्यको अवशेष भेटिन गाह्रो पर्छ । 'मह'ले भने क्यासेट, रेडियो, टेलिभिजन, युट्युबमा आफ्नो व्यंग्यको रेकर्ड राख्न पाए । यसमा आफूलाई भाग्यमानी ठान्छन् उनीहरु । 'हामीभन्दा पहिलाको पुस्ताले पनि व्यंग्य गर्नुहुन्थ्यो । उहाँहरुले गरेको हास्यव्यंग्य रेकर्ड भएन । बिलाएर गए । तर हामी यति भाग्यमानी भयौं कि हामीले हाम्रो हास्यव्यंग्य रेकर्ड गर्न पायौं,' हरिवंशले भने, '४० वर्ष अगाडि हामीले गरेको हास्यव्यंग्यलाई अहिलेका बालबालिकाले हेर्न पाएका छन् । हामीले गरेको हास्यव्यंग्यले दर्शकलाई आकर्षित गर्नसक्यो । त्यो बेलाको पुस्तादेखि अहिलेका बालबालिकासम्मले हामीलाई चिन्छन् । यो हाम्रो उपलब्धि हो ।' .......... 'एक्लै हिँडेको भएँ सेलाइसक्थें, थाकिसक्थें । एकजना साथीको सहयोग पाएकोले म अझै पनि हिँड्न सक्दै छु,' उनले मुसुक्क हाँस्दै सुनाए । .......... 'मैले मदन दाइलाई जानेर बुझेर केही कुरामा बेइमानी गरिनँ । उहाँले पनि मसँग बेइमानी गर्नुभएन । काँचको भाँडा जस्तै हामीले सम्बन्धलाई ख्याल गरेर बोकेर हिँड्यौं । खसालेनौं । खस्यो भने फुट्छ भन्ने कुरा मनमा रहेकाले यो यात्रा निरन्तरता हुनसकेको हो,' हरिवंश सुनाउँछन् । ........... त्यतिबेला मदनकृष्ण नेवारी समुदायमा चर्चित बनिसकेका थिए । उनी 'दबु प्याखँ'मा गीत गाउँथे, जोक सुनाउँथे । 'मदनकृष्णले हँसाउँछ, मीठो गीत गाउँछ' भन्ने तारिफ सुनेका थिए हरिवंशले । उनलाई पनि हास्यव्यंग्यमा रुची । हास्यव्यंग्य सिक्दै थिए त्यतिबेला । 'दबु प्याखँ'मा मौका पाइएला कि ? भन्दै उनी कार्यक्रम हेर्न जान्थे । 'दबु प्याखँ'मा मदनले जोक सुनाउँदा भीड हाँसिरहेको हुन्थ्यो । उनी नेवारी भाषा आधामात्र बुझ्थे । सबै हाँसेको देखेर उनलाई पनि व्यंग्यमै लाग्ने रहर जाग्यो । .......... त्यतिबेला एउटै मञ्चमा मदनकृष्णले पनि प्रस्तुति दिए । त्यो वर्ष हरिवंशले मेडल जिते । दुईबीच सामान्य चिनाजानी भयो । .......... २०३७ मा नेपाल राष्ट्र बैंकको रजतजयन्ती समारोहमा व्यंग्य प्रस्तुत गर्न गायक रुवी जोशीले मदन र हरिलाई छुट्टाछुट्टै बोलाए ।

राजाले हेर्ने भनेपछि कार्यक्रमको समय छोट्याइयो । रुवीले नै उनी दुईलाई मिलेर एउटै प्रस्तुति दिन लगाए ।

............ दुईले पहिलोपटक एउटै मञ्चमा 'बैंकेश्वर' शीर्षकमा व्यंग्य प्रस्तुत गरे ।

बैंकको पैसा सापटी लिएर भैंसी किन्ने तर, पैसा नतिर्ने विषयवस्तुमा व्यंग्य गरे ।

'घरचाहिँ कहाँ नि ? बानेश्वर । ससुराली कहाँ नि ? ज्ञानेश्वर । मामाघर कहाँ नि ? त्रिपुरेश्वर' भन्ने संवादहरुले दर्शक हँसाएको सम्झना उनीहरुसँग अझै बाँकी छ । ............ दुईले 'यमलोक' भन्ने प्रहसन देखाए । यमलोकलाई क्यासेटमा रेकर्ड गराए । यमलोक ३० मिनेटको भयो । त्यसमा 'प्यारालाइसिस' भन्ने अर्को कार्यक्रम थपे । क्यासेट निकाल्दा नेपालमा यस्तो व्यंग्य हुन्छ भनेर कसैले कल्पना गरेका थिएनन् । क्यासेटले दर्शकमा अत्यधिक प्रभाव छोड्यो ।

१ लाख ५० हजार क्यासेट उनीहरुले बेचे । त्यही क्यासेटको आम्दानीले घर बनाए ।

त्यसपछि उनी दुई एक्लिन सकेनन् । दर्शकले उनीहरुलाई एक्ला-एक्लै देख्न रुचाएनन् । आफूहरु बाँधिनुमा उक्त क्यासेटको बिक्रीलाई पनि महत्वपूर्ण ठान्छन् महजोडी । ............ त्यतिबेला उनी दुई ६ बजे अफिस पुगेर ९ बजेसम्म स्क्रिप्ट लेख्थे । ९ बजेपछि जागिरे हुन्थे । 'एकदम जोकर थियो हरिवंश । बोल्यो कि हँसाउने । मुख नै हाँसोउठ्दो । ........... '२ जना भएपछि शक्ति बढ्यो । २ बुद्धिको सदुपयोग गर्न पायौं । काम गर्न सजिलो भयो । म थाक्ने बेलामा हरिवंशले घिसारेर लान्छ मलाई,' मदन सुनाउँछन् । ....... त्यतिबेला जिल्ला जिल्लामा कार्यक्रम हुन्थ्यो । उनी दुई स्क्रिप्ट लेख्ने, अभ्यास गर्नेमात्र होइन कार्यक्रम देखाउने समूहलाई पनि सम्पर्क गर्थे । बस रिजर्भ गरेर साउन्ड स्पीकर आफैं लोड गर्थे । कार्यक्रम गर्ने स्थल पुगेर सामान अनलोड गरेर स्टेज आफैँ बनाउँथे । आफैंले गेटअप/मेकअप लगाएर स्टेजमा उत्रन्थे ।

प्रस्तुति दिइसकेपछि स्टेज भत्काउने काम पनि आफैं गर्थे ।

....... त्यो बेला स्क्रिप्ट सरकारलाई बुझाउनुपर्थ्यो । सेन्सर कडा हुन्थ्यो । उनी दुईको कार्यक्रम भनेपछि त सीडीओले सोझै कार्यक्रम हेर्थे । व्यवस्थालाई व्यंग्य गर्न पाइँदैन थियो । उनी दुई सरकारलाई एउटा स्क्रिप्ट दिन्थे अर्को स्क्रिप्टमा प्रस्तुति दिन्थे । 'व्यंग्य गर्‍यो कि आउँथ्यो । भाग्नुपर्थ्यो त्यसैले हामी क्यासेटमा त्यसलाई रेकर्ड गरिहाल्थ्यौं । सरकार र हामीबीच टम एन्ड जेरी जस्तो लुकामारी चल्थ्यो,' हरि पूराना दिन सम्झँदै सुनाउँछन् । ............. 'ठाक्कठुक्क दिनका दिन पर्छ । हरिले एउटा भन्छ, म अर्को भन्छु । सकारात्मक कुराका लागि ठाक्कठुक्क परेको हो । नराम्रो कुरालाई हामीले वास्तै गरेनौं,' मदनले भने, 'मैले हरिवंशबाट राम्रो के पाएँ भनेर सोच्छु । सानो कुराहरु झिनामसिनोमा जान्छ । हामी पनि मानिस हौं । हामीबाट पनि गल्ती हुन्छ । आवेश हुन्छ, सबै गुण हामीसँग । सकारात्मक पक्षलाई हेर्ने आँखा छ हामीसँग, त्यो नै बलियो पक्ष हो ।' ........... राजारामले पहिलोपटक उनी दुईलाई 'मह' भनेर सम्बोधन गर्दा मदनलाई त सुरुमा लागेको थियो, 'हामी यहीँ छौं, हाम्रै अगाडि अर्कैको नाम लिइदियो ।' तर राजारामले 'मह'को पूरा नाम सुनाएपछि दर्शक गललल हाँसे । ......... जब उनीहरुको टेलीफिल्म प्रसारणको समय हुन्थ्यो । हरिवंश डिल्लीबजारको गल्लीगल्ली विस्तारै बाइक लिएर जान्थे । त्यसरी दर्शकको हाँसोले उनीहरुलाई प्रतिक्रिया र उर्जा दिन्थ्यो ।




जेबीका जीवन–आलापहरू हाम्रो गीतिप्रभावबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बरोबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई... !’ ........

लाखौंका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’

........ युगले आज भन्दछ नारी पनि मान्छे हो ........ हामी झापाली प्रभावबाट बनेको कोर्डिनेसन केन्द्रमा प्रवेश गर्दै नेकपा–माले पार्टी निर्माण गर्ने भित्री अभियानमा थियौं । जेबीजी पनि त्यही अभियानमा जोडिनुभएको रहेछ । ........ हाम्रो गीतिप्रभाबबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बराबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई...तेरिमा हो... !’ ........ २०३९ सालतिर नै नेताजीहरूका बानी–व्यहोरामा आएको परिवर्तनबाट आजित भएर म ‘अब यिनले देश बनाउँदैनन्, आफूलाई बनाउनतिर लाग्छन्’ भनेर पार्टी छोडिसकेको थिएँ । .......... एमालेमा रहेर बाँच्न पनि कठिन भो, माओवादीतिर छिर्दा जिउन क्यै सजिलो हुन्थ्यो कि जस्तो लागेर त्यतैतिर पो छिरेँ म त । तलका कमरेडहरूलाई गरिब, निर्धन, दरिद्र बनाउँदा पैसावाल कमरेडहरूलाई तिनलाई खेलाएर आफ्नो स्वार्थ सिद्ध गर्न सजिलो हुने रैछ । त्यसैले पार्टीभित्र स्वतन्त्र र सजिलो भएर बाँच्न सजिलो नहुने कुरा मैले प्रस्टै बुझेँ । नेताका निगाह भए सांसदको इज्जतसम्म पाइने । सांसद हुँदा हामीजस्ता सोझासाझाहरूले अरूले जस्तो धन कमाउन पनि आफ्नो नैतिकताले नदिने । यत्रो जीवन यसरी नै सिध्याएँ रामेशजी मैले । यस्तै दिन ल्याउन हामीले त्यत्रो त्याग तपस्या गरेका हौं त ? देश त खै केही पनि फेरिएन । जनताले त्यत्रो साथ दिए, त्यत्रो ज्यान दिए, उनीहरूले पनि खै के पाए ? कहिलेकाहीँ त हाम्रो कारणले पनि जनताले धोका पाएको हो कि जस्तो लाग्छ