दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए । ...... मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति अध्यादेश जारी, निष्क्रिय र खारेज गर्ने संवैधानिक व्यवस्था छ । ..... थप पार्टी फुट्ने सम्भावना रोक्न अध्यादेश निष्क्रिय पार्न लागिएको बताइएको छ ।
अब पनि माधव नै निर्णायक निर्वाचन आयोगले वैधानिकता दिएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा र राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ...... सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ । ...... नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ । ....... माधव नेपालको नेकपा एकीकृत समाजवादी दर्ता भएसँगै उसका २३ सांसद थपिएर सत्तागठबन्धनमा एक सय ५३ सांसद पुगेका छन् । जुन स्पष्ट बहुमत हो । ......... एमाले विभाजन भएपछि विधेयकलगायत संसद्को काम अगाडि बढाउन गठबन्धनलाई सहज भएको छ । ....... राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि सरकारलाई चुनौती थियो । माधवको नयाँ दलले यो चुनौती हल भएको छ । ....... उनीहरूले वाम–लोकतान्त्रिक सहकार्य टुटेको अवस्थामा फेरि पनि संसद् विघटन भएर प्रतिगमन हुन सक्ने खतरा औँल्याउँदै आएका छन् । ..... गठबन्धनको सरकार रहेको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ को सरकारलाई बलियो बनाउने तथा बागमती र प्रदेश १ मा आफूअनुकूलको सरकार बनाउने गृहकार्य गठबन्धनको शीर्ष नेताहरूले गरेका छन् । प्रदेश १ मा माधवको पार्टीमा पाँच सांसद उभिँदा मात्रै पनि शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्छ । बागमती प्रदेशमा दुई सांसद माधवको पार्टीमा आए मात्रै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्छिन् । ....... गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ । ...... महन्थको दल सत्ता कि प्रतिपक्ष ?
..... लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने । ........ तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा थुनेर, त्यहाँबाट ढोक्सेमा हालेर, त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर खन्याएको छ । ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैनन् । यो काम लोकतान्त्रिक हुन्छ ? वास्तवमा यो बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम हो । ....... दश प्रतिशतमा पनि झथ्र्यो, किन अलमलिनुभो थाहा छैन । उहाँहरूले सोझै कानुनमा माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति जना भए पुग्छ भनेर लेखेको भए सजिलो हुन्थ्यो । माधव नेपालजीले पार्टी विभाजन गरेपछि स्वतः रद्द हुने भन्ने कुरा पनि छुटेको छ । किनभने उहाँहरू आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर थर्कमान हुनुहुन्छ ।
............. हिजो पो दाँत टाल्न जानुभो, सातौँ दिनसम्म के गर्नुभो ? ........ ................ हामी कम्युनिस्ट पार्टी निर्माणको अभियानमा सुरुदेखि नै लागेका हौँ । त्यसरी लाग्दै गर्दा पुरानो पार्टीबाट विद्रोह गरेर नै नयाँ पार्टी बनाउँदै अगाडि बढिएको हो ।
नयाँ विचार र सोचका साथ हामी अगाडि बढ्यौँ र पुरातन विचारहरूलाई हामीले अस्वीकार गर्यौँ । ......... लोकतन्त्रको रक्षा गर्नेछौँ । सामाजिक न्याय, समानता र समानुपातिक रूपान्तणको बाटोमा अगाडि बढिरहनेछौँ । ........ केशवजंग रायमाझीमा सुधार होला भनेर ठान्दा त्यो पार्टी नै सडेर सकियो । उनीसँग विद्रोह गरेर पुष्पलालले नयाँ क्रान्तिकारी धारको पार्टी निर्माण गरेर अगाडि बढ्नुभएको थियो । त्यो पार्टीमा पनि विद्रोह गरेर हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मोहनविक्रमजीले पनि विद्रोह गरेर अर्को पार्टी बनाउनुभयो । त्यसपछि त्यहाँबाट पनि विद्रोह गरेर प्रचण्डजीले अर्को पार्टी बनाउनुभयो । ............. अहिले बाँकी रहेको एमालेमा चरम गुटवादी चिन्तन कायम छ । त्यो गुटको दायराबाट केपी ओली माथि उठ्न सक्ने अवस्था छैन । फराकिलो दृष्टिकोण, निर्णय र कार्यकर्ताको समुचित मूल्यांकन पनि छैन । उहाँले गुण र दोषका आधारमा मूल्यांकन र विश्लेषण गर्नुहुन्न । पार्टी सञ्चालन गर्न सक्नुहुन्न । गुट चलाउन मात्रै उहाँ माहिर हुनुहुन्छ । त्यहाँ बसेका साथीहरूले अनेकौँ हन्डर–ठक्कर खाएपछि उहाँहरूको चेत खुल्नेछ । .......... भ्रष्टाचार र अनियमितताको दलदलबाट जोगिँदै त्यसका विरुद्ध लड्नेछौँ । स्वच्छ छवि कायम गर्दै मुलुकलाई समाजवादको दिशामा लिने चिन्तन र सोचका साथ अघि बढ्नेछौँ । .......... चुनावी तालमेल सबैसँग हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, तर तालमेल हुन्छ । को–कोसँग हुनेछ भन्ने कुरा समयक्रममा प्रस्ट हुँदै जानेछ ।
५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन गणतन्त्रका प्रधानमन्त्रीले हिजोका आलंकारिक राजाले झैँ विभिन्न संस्थाको नेतृत्व ओगटेका छन् जसले देशका कार्यकारीमाथि अनावश्यक बोझ मात्रै थपेको छ
पार्टीहरूको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन- नेपाल अब छिटोभन्दा छिटो हुन्छ
अमेरिकाको लुइजिआनामा १५० वर्षयताकै भयानक आँधीको चेतावनी
के गर्दै छन् सीके राउत ? ६ महिनापछि हुने स्थानीय चुनावमा बलियो उपस्थिति जनाउन तल्लो तहसम्म संगठन विस्तार गर्ने र मधेसको विकासमा युवालाई समेट्ने रणनीति ...... पुराना माग र मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि मधेसमा जनमत पार्टीप्रति आकर्षण झन् बढेको दाबी ......... अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए । ......... २०७५ फागुन २४ मा खुला राजनीतिमा आएपछि उनको समूह मधेस राजनीतिको तेस्रो धार बन्न सक्ने आकलन गरिएको थियो । तर पछिल्लो समय राउत खासै चर्चामा छैनन् । राष्ट्रिय राजनीतिका मुद्दामा पनि उनका क्रिया–प्रतिक्रिया उति सुनिँदैनन् । ......... साढे दुई वर्ष अगाडि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका राउतले सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक गरेर आफ्नो नेतृत्वमा २०७५ चैत ४ मा जनमत पार्टी गठन गरेका थिए । त्यसअघि उनी स्वतन्त्र मधेस गठबन्धनका नाममा राजनीति गर्थे । ....... उक्त पार्टीको गत चैत अन्तिम साता भएको महाधिवेशनले राउतलाई निर्विरोध अध्यक्ष चुनेको थियो । मूलधारमा आएपछि ओझेलमा परेको र पुराना कार्यकर्ताले पार्टी छाडेको चर्चा मधेसको राजनीतिक क्षेत्रमा भइरहेको छ । पहिले विखण्डनको पाठ रटाएका आफ्ना युवा पंक्तिलाई अहिले सम्झाउन राउतका लागि चुनौती रहेको विश्लेषकको बुझाइ छ । जनमत पार्टीका नेताहरू भने संगठन विस्तारमा केन्द्रित भइरहेको बताउने गरेका छन् । ........ जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनाव नजिकिँदै गरेका पार्टीको आन्तरिक गृहकार्यमा आफूहरू लागेको बताए । ‘अबको ६ महिनापछि स्थानीय चुनावको वातावरण बन्न थाल्छ,’ कान्तिपुरसँग फोनमा महासचिव सिंहले फोनमा भने, ‘त्यसपछि अरू चुनाव पनि हुन्छन् । त्यहीअनुसार संगठनको तयारी भइरहेको छ । प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’
उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने । ................ ‘हामीसँग पढेलेखेका हजारौं युवाको जमात छ । ........ ‘हामीसँग विदेशमा पढेर, काम गरेर फर्केका युवा छन् । विदेशमै बसेका पनि छन् । .......... जनमत पार्टीका पूर्वकेन्द्रीय सदस्य सञ्जय साहले पुराना मुद्दा छाडेपछि कृपावाद हाबी हुनाले २०७७ जेठमा आफूलगायत ७ केन्द्रीय सदस्यले पार्टी छाडेको बताए । त्यतिबेला पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति थियो । ‘जेलनेल भोगेका कार्यकर्तालाई पाखा लगाएर नातावाद र जातिवादका आधारमा कार्यकारिणी समिति निर्माण हुन थालेपछि हामीले राजीनामा दियौं,’ उनले भने, ‘ग्रासरुटमा काम गर्ने कार्यकर्ताको मूल्यांकन छैन । जनता राज ल्याउने नारा भए पनि गतिविधिचाहिँ अन्य पार्टीजस्तै छ ।’ उनले राउतले नेतृत्व गरेको अभियानमा आफू २०७१ सालमा सामेल भएको जानकारी दिए । २०७७ चैत २८ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो । २५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।
.............. गत वैशाख ९ र १० मा धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचारप्रसारका कार्यक्रम वडा स्तरसम्म चलाउने निर्णय गरेको थियो । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइने निर्णय पनि गरिएको थियो । पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर गाउँघर सरसफाइ कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकलगायत सञ्चालन गर्ने पनि उक्त पार्टीको निर्णय छ । हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको थियो ।
........... जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’ ........ राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।
The Taliban, not the West, won Afghanistan’s technological war The US-led coalition had more firepower, more equipment, and more money. But it was the Taliban that gained most from technological progress. ........ Despite their terrible human costs—or perhaps because of them—wars are often times of technological innovation. The Napoleonic Wars brought us canned goods; the American Civil War drove the development of submarines. The Second World War, meanwhile, began with biplanes, cavalry charges, and horse-drawn wagons but ended with radar, V2 rockets, jet fighters, and atomic bombs. (Perhaps most fundamentally, via the breaking of German codes at Bletchley Park, the war also ushered in the start of the computing revolution.) ........ If wars are fought through innovation, the Taliban won.
.......... The Taliban, meanwhile, made some huge leaps. They began this war with AK-47s and other simple, conventional weapons, but today they have harnessed mobile telephony and the internet—not just to improve their weapons and their command-and-control systems, but even more crucially, to carry out their strategic communications and their influence operations. .......... While the bulk of their fighting equipment has remained simple and easy to maintain (often no more than a Kalashnikov, some ammunition, a radio, and a headscarf), they have had to seek out new technology from other insurgent groups or develop their own. ......... One key example: roadside bombs, or IEDs. These simple weapons caused more allied casualties than any other.
Originally activated by pressure plates, like mines, they had evolved by the midpoint of the war so that the Taliban could set them off with mobile phones from anywhere with a cell signal. ............ But the real technological advance for the Taliban took place at the strategic level. Acutely aware of their past shortcomings, they have attempted to overcome the weaknesses of their previous stint in government. Between 1996 and 2001, they preferred to be reclusive, and there was only one known photo of their leader, Mullah Omar. Since then, though, the Taliban have developed a sophisticated public affairs team, harnessing social media domestically and abroad. IED attacks would usually be recorded by mobile phone and uploaded to one of the many Taliban Twitter feeds to help with recruitment, fundraising, and morale. Another example is the technique of automatically scraping social media for key phrases like “ISI support”—referring to Pakistan’s security service, which has a relationship with the Taliban—and then unleashing an army of online bots to send messages that attempt to refashion the image of the movement. .............. The West’s overarching military priority has been elsewhere: in the battle between greater powers. Technologically, that means investing in hypersonic missiles to match those of China or Russia, for instance, or in military artificial intelligence to try outwitting them. ............ even rudimentary weapons can carry the day in the hands of motivated, patient humans who are prepared—and able—to make whatever progress is required. ......... the battlefields of tomorrow might look a lot like Afghanistan: we will see fewer purely technological conflicts that are won by the military with the greatest firepower, and more old and new technologies fielded side by side. It already looks that way in conflicts such as the one between Armenia and Azerbaijan, and the pattern is one we may see more over time. Technology may not win wars anymore, but innovation can—particularly if one side is fighting an existential battle.