नेपाल मा सरकारी तलब खाइरहेको प्रत्येक व्यक्ति ले १० जना को रोजगारी खाइदिएको छ। अर्थात एक लाख सरकारी जागीरे लाई सरकारी जागीर छोड्न लगाउने हो भने १० लाख रोजगारी त्यसै सिर्जना हुन्छ। भने पछि तीन लाख लाई ३०,००० मा झार्ने भनेको दुई लाख सत्तरी हजार को जीविका नष्ट गर्ने भनेकै होइन। दुई लाख सत्तरी हजार को सरकारी जागीर चट हुँदा २७ लाख जुन जागीर सिर्जना हुन्छ त्यस मध्ये को दुई लाख सत्तरी हजार तिनले लिए भइहाल्यो। पब्लिक सेक्टर बाट प्राइवेट सेक्टर मा मान्छे सार्ने भनेको हो। पब्लिक सेक्टर को भन्दा दोब्बर तेब्बर बढ़ी तलब पाइने जागीर हरु।
नेपाल मा सरकारी जागीर खाने अधिकांश ले अरु को प्रगति छेकेर बसेको अवस्था छ। अरुको पनि र आफ्नो पनि।
त्यसमा कर्मचारी मात्र होइन नेता हरु पनि पर्छन। सांसद हरु को संख्या अनावश्यक बढ़ी भो। बरु स्थानीय तह को संख्या बढाउनुपर्छ। तराई मा मात्र ३०० थप्नुपर्ने छ।