Friday, July 30, 2021

जसपा का सात मध्ये दुई मंत्रालय महंथ राजेंद्र गुट लाई दिनुपर्छ उपेंद्र जी ले

जसपा एकता मन्त्र: एक कदम पछाडि, दुई कदम अगाडि
जसपा: राजनीतिक समस्या को राजनीतिक समाधान


जसपा ले सात मंत्रालय पाउने भयो जस्तो छ। संविधान संसोधन मा समझदारी नै नबनी मंत्रालय भागबण्डा गर्नु को के अर्थ? पहिला शुरू त न्युनतम कार्यक्रम बन्नु पर्थ्यो। 

अहिले पनि जसपा ले चरम एकता र चरम अनुशासन देखाएको खण्डमा संविधान संसोधन को संभावना छ। 

जो बलियो स्थान मा छ उसले बड़प्पन देखाउनु पर्छ। पालै पिलो एकले अर्को लाई पेल्ने काम ले दुबै पक्ष लाई स्वाहा पार्छ। 

उपेंद्र यादव ले एउटा गुट लाई मात्र सत्ता मा लांदा पनि संसदीय दल को अवस्था त तरल रहन्छ। छ महिना पछि जसपा संसदीय दलको नेता उपेंद्र यादव नै रहन्छन भन्ने छैन। 

होइन, यदि संविधान संसोधन को मुद्दा लाई जसपा ले तिलांजली दिएको हो भने मधेसी जनता ले जसपा लाई तिलांजली दिनुपर्छ। करै लाग्छ। 

Horn Chhap Horn Chhap
Janamat Party Manifesto
Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है
राजेन्द्र महतो र उपेन्द्र यादव मिल्नु का कारण हरु र मिल्ने तरिका हरु
जसपा: पार्टी एकता का महत्व

जबज, जज र ज बीचको भीषण संघर्ष

Thursday, July 29, 2021

अर्को चुनाव सम्म मा एमाले माओवादी फेरि मिल्न सक्छन

ओली र माधव दुबै किनारा लागेर पार्टी नेतृत्वमा सुबाष नेमबांग, पृथ्वी सुब्बा गुरुंग, योगेश भट्टराई हरु पुग्छन भने एमाले र माओवादी ले फेरि चुनावी गठबंधन बनाउने अथवा पार्टी एकीकरण नै गर्ने ठुलो संभावना रहन्छ। अब त जे गरे पनि दुई तिहाई त आउँदैन तर बहुमत ल्याउन सक्ने संभावना तर रहन्छ। अहिले को एमाले कांग्रेस को हाराहारी मा छ। त्यसमा माओवादी थप्दा बहुमत पुग्ने हो। चुनाव पछि को गठबंधन भन्दा चुनाव अगाडि को गठबंधन बढ़ी फाइदाजनक हुन्छ। प्रत्यक्षमा एक सीट जित्न केही हजार मत को फरक प्रयाप्त हुन्छ। समानुपातिक को एक सीट पाउन दश हजार बढ़ी मत चाहिने हुन्छ। 

ओली र माधव मात्र होइन प्रचंड पनि उमेर का कारण ले किनारा लाग्ने समय आउनै लाग्यो। वर्षमान पुन, जनार्दन शर्मा आदिले पार्टी हाक्लान। कांग्रेस मा पनि देउबा किनारा लाग्ने हुन। 

एमाले र माओवादी एक ठाउँ आउँदा कांग्रेस र जसपा एक ठाउँ आउन करै लाग्छ। आएनन भने चुनाव अगाडि नै विपक्षी पार्टी हरु भन्ने हुन्छ। यदि निधि को नेतृत्वमा कांग्रेस पार्टी पुगेछ भने जसपा लाई चुनावी गठबंधन गर्न के गारहो? 

तर जनमत पार्टी वाइल्ड कार्ड हो। जनमत एक मात्र पार्टी हो जसले भ्रष्टाचार को मुद्दा समात्न सक्छ। तर अहिलेसम्म त्यहाँ पुगेको देखिँदैन। अरविन्द केजरीवाल ले दिल्ली मा समाते जस्तो गरी नेपाल मा जपा ले त्यो मुद्दा समात्ने हो भने देश भरि ६०% सीट जित्न सक्ने पार्टी हो जनमत। अहिलेसम्म तर त्यो मुद्दा समातेको देखिँदैन।