जसपा दुबै पक्ष को राजनीति समाप्ति तर्फ गयो। यति सजिलै दुई फ्याक भए।
यति धेरै देश को राजनीति यति लामो देखियो। चुनाव को समय मा बाहेक अरु समय मा निर्वाचन आयोग समाचार मा आएको मलाई अर्को उदाहरण थाहा छैन। नेपाल फरक किसिमको देश हो नै।
पार्टी को आतंरिक बैठक को कुरा निर्वाचन आयोग मा पुग्नु उदेकलाग्दो कुरो हो।
मधेस आन्दोलन को मैंडेट
जनता ले मैंडेट दिएको राजपा र सपा एक पार्टी बन। जस्तो कि नेकपा लाई मैंडेट थियो, पाँच वर्ष सरकार चलाउ। जनता को मैंडेट मानेन भने चुनाव को समय मा जनता ले हिसाबकिताब लिन्छ।
प्रचंड को रातो रातो लोभ
माधव ले एमाले कब्ज़ा गरेर आफ्नो पोल्टामा हाल्दिने, उपेंद्र ले त कब्ज़ा पनि गरे हालदि पनि सके, त्यस्तो सोंच छ प्रचंड को। माधव एमाले संसदीय दलको नेता बन्ना साथ देउबा को राजीनामा माग्ने दाउ हो प्रचंड को। झर्ला र खाउँला भन्ने दाउ। आजसम्म एक पटक माओ पार्टी को महाधिवेशन भएको छैन। लोकतान्त्रिक देश मा हुने पार्टी महाधिवेशन। जुन दिन माओ पार्टी को महाधिवेशन हुन्छ त्यो दिन प्रचंड को अध्यक्ष पद चट।
जनमत पार्टी हाजिर हो
जसपा ले स्टेज खाली गरिसक्यो। तर त्यो खाली ठाउँमा जनमत पार्टी पुगेको देखिँदैन। बरु कांग्रेस हस्याङ्ग फस्याङ्ग गर्दैछ। जनमत पार्टी को तर रवैया रहने गरेको छ, हाम्रो प्रमुख प्रतिपक्षी जसपा हो। हो भने मैदान छोडिसक्यो। कांग्रेस लाई फ्रंटल अटैक (frontal attack) नदिएसम्म जनमत पार्टी उँभो लाग्दैन। संगठन निर्माण त असाध्यै राम्रो भएको छ। तर आंदोलन नगरेसम्म गंतव्य पुग्न सकिँदैन। मुद्दा समाउनु पर्छ।
मधेसी पार्टी हरु भन्छन, हामीले यत्रा आवाज उठायौं तर मधेस को २०% मत पनि मिलेन। मधेस मा ५०% अथवा ६०% मत प्राप्त गर्न मुख्य रूपले आर्थिक विकास को मुद्दा, रोजगारी सिर्जना को मुद्दा उठावनुपर्ने हुन्छ। नंबर एक आर्थिक विकास, नंबर दुई भ्रष्टाचार, नंबर तीन साबिक मधेस आंदोलन को मुद्दा जुन कि मोटामोटी संविधान संसोधन हो।
उपेंद्र यादव को झर्ला खाउँला
उपेंद्र जी को पुर्ण विश्वास छ अब कांग्रेस ले सब थोक गर्छ। अब को १० वर्ष उप प्रम र परराष्ट्र कतै नजा। प्रचंड लाई चिन्न नसकेका मान्छे एक जना उपेंद्र यादव पनि हो। आफ्नो मतदाता र बेस लाई विश्वास नगर्ने, मधेस मा भोट बटुलेर पहाड़ी ठुस्ने पार्टी भित्र, आफ्नो पार्टी भित्र का लाई नगन्ने, विरोधी पार्टी का लाई आफ्नो ठान्ने, त्यस्तो सोंच जनताले छर्लङ्ग देखेको हुन्छ। जनता लाई झुक्याउन सकिँदैन। उपेंद्र जी को पिकनिक अर्को चुनाव सम्म मात्र हो। कांग्रेस को प्रत्यक्षमा २३ बाट २४ पुग्ला, हदै भए २६ अथवा २७ पुग्ला।
सर। तपाईं द्रोणाचार्य को बाटो हिड्नु भो। गुरु त गुरु तर अन्याय को पक्ष मा उभिन पुगेको गुरु।
मेरो बुढानीलकण्ठ स्कुल को ग्राफ छ, चार क्लास देखि १० क्लास को तीन चौथाई सम्म एक किसिम को, त्यस पछि तेरह क्लास सम्म को अर्को। एक जना अत्यंत सफल विद्यार्थी (लेखपढ मा प्रत्येक वर्ष प्रथम, नेतृत्व, एक्टिंग मा बेस्ट एक्टर पाएको (तपाईं ले निर्देशन गरेको नाटक मा), मिडल स्कुल मा स्कुल को मेन्टल अरिथमेटिक चैम्पियन) लाई ethnic prejudice र racism का सर्प ले डंसदा त्यो कहाँ बाट कहाँ पुग्छ त्यो अंतिम तीन वर्ष को ग्राफ हो। र त्यो ग्राफ नै मेरो कर्म थियो। ती दुई ग्राफ। मेरो कुनै रिस पटक्कै छैन। तर ती दुई ग्राफ त उर्जा हुन। त्यो कहानी एउटा पॉवरपॉइंट प्रेजेंटेशन जस्तो हो। त्यसको डेढ़ दशक पछि मधेस विस्फोट भएको। लगत्तै म न्यु यॉर्क शहर भरि को बराक ओबामा को प्रथम वालंटियर बनेको। ५०० वर्ष को विश्व इतिहास मा कोशे ढुङ्गा, एउटा कालो मानिस व्हाइट हॉउस पुग्यो।
विषय मिलेन ह रे! एक चोटि मलाई सोध्न सक्नु हुन्थ्यो।
१० क्लास को दशैं विदा मा घर जाँदा बस पार्क मा कंचनजंगा का केही लाई लखेट्ने, एउटा लाई कान समातेर उठ बस गर्न लगायो। त्यस्तो प्रत्येक घटना घट्दा तुरुन्त स्कुल आउट गर्ने चलन थियो। उल्टो भयो। भुइँमा झर्नु पर्ने स्याउ आकाश तिर हानियो। लखेटिएको केटा ससपेंड भयो उल्टो। कान समातेर उठ बस गर्न लगाएको केटा ले आफ्नो मानसिक संतुलन गुमायो। कर्तुत गर्ने हरु लाई केही भएन।
मलाई हॉउसमास्टर ले एकला एक्लै भने स्कुल बाट निकाल्ने निर्णय गरे, कुरा त्यहाँ बाट शुरू गरे, अन्त्यमा घटाएर हाउस कप्तान बाट ससपेंड मात्र गर्ने निर्णय गरे। मेरो कसुर के थियो आज सम्म कसैले भन्ने जमर्को गरेको छैन। कमिटी का शत प्रतिशत ले नै स्कुल आउट को निर्णय सोचेको भन्ने चाहिं भनियो। किन? त्यस वर्ष एक जना अंग्रेज शिक्षक ले लेखेको, मैले पनि बोरडिंग हाउस मा morale यति उच्च देखेको छैन जति तिम्रो नेतृत्वको कंचनजंगा मा छ। त्यस हाउस कैप्टेन लाई सर्वसम्मत निर्णय बाट ससपेंड गर्ने त सबका सब भए। आखिर किन?
यहाँ केही नगर, स्कुल बाहिर जे गरे पनि हुन्छ भनेर उक्साउने नीलगिरी का हॉउसमास्टर, त्यो जागीर खोसिनुपर्ने व्यवहार थिएन?
एसएलसी मा त तीन वर्ष कान्छो मधुसुदन सारदा, प्रत्येक वर्ष आफ्नो क्लास को टॉप, उसको पनि लास्ट नेम मिलेन, नाम आएन। १०% जनसंख्या ले ९०% कर्मचारी खाएको यसै यसै कारन ले होला।
त्यो एउटा एपिसोड भयो।
दोस्रो एपिसोड स्कुल कैप्टेन पद बारे। मलाई ऑफर गरियो। मैले अत्यंत उत्साह देखायें। आठ जना प्रीफेक्ट ले त पुग्दैन मलाई १२ जना चाहिन्छ भनें। काम धेरै छ। समिति का सबै शिक्षक ले हुन्छ भन्छन भने मलाई आपत्ति हुने छैन भने हेडमास्टर ले। मैले एक एक जना लाई भेटें। सबैले हुन्छ भने। झ्वाट्ट मेरो नाम काटियो। आजसम्म प्रचार गरिन्छ उसले त इच्छा नै गरेन। भएको उल्टो। मलाई ऑफर पनि गरिएको, मैले अत्यंत इच्छा पनि गरेको।
तेस्रो एपिसोड, क्लास मा टॉप SAT स्कोर मेरो आएको एक हप्ता अगाडि मैले शैक्षिक कारण ले फेरि स्कुल आउट गर्ने हल्ला चलाए। निर्णय नै गरिसकेका। सुटुक्क फिर्ता लिए।
चौथो एपिसोड। मेरो बैच का ले पम्फलेटिंग गरेछन। गरेको भोलिपल्ट मलाई बल्ल थाहा भो। अर्थात मेरो कुनै सहभागिता थिएन। पम्फलेट मा स्कुल का कर्ताधर्ता सबैको खिल्ली उड़ाइएको रहेछ।
पाँचौं। ए लेवल मा स्कुल को फाइनल एग्जाम का आधारमा फोरकास्ट ग्रेड दिने चलन थियो। मेरो थियो BCC, र देखिन्थ्यो अन्त्यमा अधिकांश को त्यो बढेर एक कदम माथि पुग्थ्यो। अर्थात ABB को अपेक्षा। अप्लाई गर्दा त्यों फोरकास्ट ग्रेड को आधारमा नै हो। बोर्ड को परीक्षा शुरू हुने दिन बिहान ब्रेकफास्ट अगाडि हॉउसमास्टर वाइल्ड यति चर्को स्वरमा चिच्यायो एक तल्ला माथि सुतिरहेको रविन कोइराला जाग्यो। त्यो वाइल्ड ले नेपाल नछोड़े सम्म म अमेरिका आउन सकेको होइन। फोरकास्ट ग्रेड सबै को एक कदम माथि लगियो, मेरो बाहेक। केही महिना पछि बंगलादेश बाट रोबर्ट श्रबशल नेपाल आए र ठमेल एक ठाउँ म र वाइल्ड लाई भेटे। शायद हल्ला फैलियो वाइल्ड ले परमेन्द्र लाई गारहो पारेको छ। त्यस ब्रेकफास्ट मीटिंग मा वाइल्ड ले श्रबशल लाई भने, "Don't you miss it when we used to rule over India!" मेरा ए लेवल मा EEE आउनु मा त्यो चिच्याउनु को ठुलो रोल छ। १० क्लास मा स्कुल आउट गर्न बाट रोक्ने मान्छे त्यही वाइल्ड फेरि।
छैठौं। १३ क्लास सकिएको साल धमाधम मेरा सहपाठी हरु इंग्लैंड अमेरिका लागे। मैले रिजेक्शन चिठी हरु मात्र पाएँ। तर त्यो एक वर्ष लगाएर नेपालको राजनीति बारे एउटा किताब लेखें। वाइल्ड टाइपराइटर मा टाइप गरें। अर्को वर्ष शिकागो विश्वविद्यालय ले एक्सेप्ट गर्यो। अर्थशास्त्र को टॉप डिपार्टमेंट मानिन्छ त्यो। मैले पढ्ने इच्छा गरेको विषय। बुढानीलकण्ठ का पाँच जान लाई एक्सेप्ट गर्यो। गएको भए ओबामा सँग डेढ़ दशक अगाडि नै भेट हुने! 300B का तीन जना, 200B बाट म र रविन कोइराला। तर छात्रवृति भने दुई मात्र। रविन मेडिसिन पढ़न इंडिया गयो। शिकागो को इच्छा नै गरेन। मानव भट्टराई ले पनि आखिर इंडिया गएर मेडिसिन नै पढयो। तर त्योभन्दा अगाडि शिकागो गएर एउटा छात्रवृति खेर फाल्यो। मेरो पोलटा मा आउने छात्रवृति।
वाइल्ड ले नेपाल छोड्दा होटल मा बाई बाई भन्न पुगेको थिएँ।
तपाईं को प्रोजेक्ट म बिना पनि सफल हुन्छ। म्युजिक वीडियो का लागि चाहिने ५० जना खोज्न तपाईं सक्नुहुन्छ। तर मैले प्रोटेस्ट गर्नै पर्छ। माफ़ गर्नुहोला तर म सहभागी हुन सक्दिन।