Wednesday, July 14, 2021

एमाले दोस्रो पुस्ता ओली र माधव सँग सती किन जाने?

पुस्ता हस्तांतरण को आशा मा बुढेसकाल हो लाग्ने। संसदीय दल को बैठक डाकेर नया नेता छाने भैगो। बात समाप्त। एकीकरण वार्ता ऐन तेन प्रकारेण समय को बर्बादी मात्र। ओली र माधव लाई मिलाउने नै होइन। दुबै सांसद छन। सांसद भएर बसुन। वार्ता टोली का १० जनाले पार्टी भित्र कु गर्ने बेला हो यो। संसदीय दलको बैठक डाकेर नया नेता छानने। उपनेता लाई नेता बनाइदिने। काम तमाम। पार्टी भित्र को गुटबंदी नै समाप्त हुन्छ। दुई चार जना बुढ़ा हरु को एउटा गुट। बाँकी सबै अर्को गुट। 

एमाले ब्युंतिए पछि एकीकरण अगाडि को एमाले नै ब्युंतिने हो। तर ब्युंते पछि नया मान्छे लाई पार्टी भित्र ल्याउन नपाउने त होइन नि। ओली बा होइन, ओली बाई बाई। 






ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन
"बहुला कुकुरले टोक्या छ र ?"
यो भांडभैलो संविधान
३० दिन भित्र के के हुन सक्छ?
कति दिन?
सत्ता और जसपा
माधव गठबंधन छोड़ेर हिडे पछि के हुन्छ?
अदालत में बड़ा अन्याय कर दिया
एउटा प्रतिगमन सच्चिन बाँकी छ: संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु
दुर्घटना को बाटो नया संविधान सभा सम्म पुग्ने बाटो राम्रो बाटो होइन
नेपाल का लागि उपयुक्त चार पाँच दलीय शासन
उपधारा (५) बाट फर्केर उपधारा (२) मा जानै मिल्दैन भन्ने छैन
अचम्म को संविधान को अचम्म को व्याख्या



ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन


ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन 

ओली ले सहयोग गरेर समुचा एमाले ले देउबा सरकार लाई विश्वास को मत दिने संभावना छैन। निधि ले रामचंद्र कैम्प का कोइराला र प्रकाशमान लाई ताने जस्तै नेमबांग ले दुबै कैम्प लाई तान्न सक्ने त हो तर हिम्मत चाहियो। त्यो आँट गर्ने अहिले सम्म कुनै छाँटकाँट देखिएको छैन। माधव ले नै पनि दोस्रो पुस्ता लाई सार्ने के नै जमर्को गरेका छन र? 

भने पछि एमाले भित्र एउटा एउटा मत का लागि घिंचतान हुने देखियो। त्यो एउटा कुरूप अवस्था हो। उपधारा (५) को अपव्याख्या ले पैदा गरेको अवस्था। 

माधव घरि २३ बाट ३०, ३० बाट १३, १३ बाट फेरि २० हुँदै २१ पुगेको। यस्तै यस्तै समाचार हरु पढनुपर्ने भो अब। देउबा लाई तर दुबै हाथ मा लड्डु। एमाले एक भए पो समस्या। माधव ले प्रयास गर्दा गर्दै विश्वास को मत दिन नसके त देउबा लाई झन मज्जा। आफुले खोजेको चुनाव पनि पायो। दोष पनि आफुले लिनुपरेन। माधव जी ले दिन्छु भनेको भोट दिएनन त भन्न पाइयो। 
एमाले भित्र दोस्रो पुस्ता ले बगावत गर्नु देशभक्ति हुनेछ। एमाले भित्र ओली माधव दुबै लाई सक्रीय राजनीति बाट किनारा लगाउने मौका हो यो। अहिले दोस्रो पुस्ता ले बगावत गर्ने कि छ महिना पछि लटरम्म चुनाव हार्ने? प्रश्न त्यो हो।