Sunday, July 11, 2021

जनमत पार्टी: राष्ट्रिय पार्टी बन्ने र संसद मा १०-२० सांसद दर्ता गर्ने

नेकपा त एक पटक मात्र फुट्यो। मधेसी दल तीन ठाउँ छन। तमलोपा बाट राजपा नगयेका त्रिपाठी। राजपा समुह। सपा समुह। भ्रष्टाचार को मुद्दा अन्ना हजाड़े र अरविन्द केजरीवाल  ले जस्तो दरो सँग समाते त हो, तर अहिलेसम्म जनमत पार्टी ले त्यस्तो छाँटकाँट देखाएको छैन। एउटा बाटो छ नेका, एमाले, माओवादी, त्रिपाठी को नया बन्न लागेको पार्टी, महंथ-राजेंद्र समुह, उपेंद्र-बाबुराम सबै लाई समान मानेर नया ग्राउंड सिर्जना गर्ने। तर अहिले त्यहाँ छैन जनमत। आफ्नो विपक्षी पार्टी जसपा मात्र भए जस्तो कहिलेकाहीँ कुरा आउँछ। आज को आज चुनाव हुने हो भने मधेसवादी को हालत खास्ता छ। 

एमाले फुट्नु ले लोकतंत्र कमजोर हुन्छ। जसपा फुट्नु ले पनि मधेस आंदोलन र लोकतंत्र कमजोर हुन्छ। पाँच वर्ष सरकार चलाउने मैंडेट नेकपा ले पुरा गर्न सकेन। सपा र राजपा लाई जनादेश नै एकीकरण को थियो। त्यसको पालना गर्ने प्रयास भएको देखिएन। 

अहिले जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने र संसद मा १०-२० सांसद दर्ता गर्ने ठाउँ मा हुन सक्छ। त्यो राम्रो नतिजा होइन। सत्ता मा जान पनि अरुसँग मिल्नुपर्छ। विपक्ष मा बस्न पनि अरुसँग मिल्नुपर्छ। अहिले को जस्तो क्लीन स्लेट रहँदैन त्यस पछि। त्यो गारहो बाटो हो। सजिलो बाटो हो भ्रष्टाचार को मुद्दा समातेर आंदोलन गर्ने। दिल्ली मा केजरीवाल ले गरे जस्तो। (Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है)





संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने
प्रधानमन्त्रीका सल्लाहकारबाटै अदालतको मानहानी भयो : माधव नेपाल उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, “हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमनत्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।” ...... प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले अब शेरबहादुर देउवाको साथमा बहुमत सांसद नरहेको भन्दै सर्वोच्चले आदेश वा परमादेश जारी गर्न नसक्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका थिए ।



बाहिर सहमति गरेर हुन्छ ? मलाई मान्य छैन : माधव नेपाल

जसपा एकीकरण नै अप्राकृतिक थियो : रेणु यादव हतार–हतारमा एकता गर्दा उहाँहरुसँग नीति र सिद्धान्त मिलेन । उहाँहरुको कतिपय ठाउँमा संगठन पनि थिएन । हाम्रो सबै ठाउँमा संगठन थियो तर उहाँहरुको एउटा भीड जम्मा भएको जस्तो थियो, अध्यक्षमण्डलको रुपमा थियो । त्यो अवस्थामा पार्टी एकीकरण त भयो तर समायोजन प्रक्रियामा जहिले पनि उहाँहरुको भागवण्डा मिलिरहेको थिएन । ....... हामीले केपी ओलीको प्रतिगामी कदममा साथ दिनु हुँदैन, यो अवस्थामा सरकारमा जान हुँदैन भन्दाभन्दै पनि एकलौटी ढंगले पार्टीमा छलफल नै नगरी सरकारमा जानुभयो । पार्टीको निर्णयविपरीत केही नेताहरु हतार–हतारमा सरकारमा जानुभयो । ....... जब केपी ओलीको असंवैधानिक कदममा जसरी उहाँहरुले साथ दिन खोज्नुभयो त्यो हाम्रा लागि असहनीय, निन्दनीय र जनताको भावनाविपरीत गर्नुभयो । त्यसपछि हामीबीच दूरी बढ्दै गयो .......

हाम्रो एउटै एजेण्डा हो, मुद्दा एउटै हो भने एकता किन नगर्ने भन्ने विषयमा लामो समयदेखि गृहकार्य भइरहेको थियो । जनताको पनि अपेक्षा थियो कि यी दुई दलबीच एकीकरण होस् भनेर ।

....... हामी कुनै पनि कार्यक्रममा जनताले दुवै पार्टी किन मिल्न सक्दैन भन्ने प्रश्न गर्थे । त्यसैले हामी यो देशको एउटा वैकल्पिक र शक्तिशाली पार्टी बनाउन सक्छौं भन्ने सोच थियो । हामीलाई पहाडका आदिवासी जनजातिले पनि पत्याएका थिए । हामी वैकल्पिक शक्ति निर्माण अभियानमा लागेका थियौं । तर उहाँहरु क्षेत्रीय पार्टीभन्दा पनि व्यक्तिगतरुपमा पार्टी चलाउन थाल्नुभयो । ........ उहाँहरु ओलीको सरकारमा जुन कुरा देखाएर जानुभयो त्यो एउटा पनि पूरा भएको छैन । नागरिकता अध्यादेशलाई उहाँहरुले ठूलो जीतको रुपमा लिएर सरकारमा जानुभयो । तर हामीलाई थाहा थियो कि संसदमा बहस नै नगरी त्यो कार्यान्वयन नै हुन सक्दैन । ओलीजी आफ्नो कुर्सी बचाउनका लागि त्यो अध्यादेश ल्याउनुभएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदियो । रेशम चौधरी लगायतका मुद्दाहरु त्यस्तै छन् । यसबाट के देखियो भने उहाँहरु सत्तामा जान लागि कति दिनदेखि लालायित थिए, रातारात नै झण्डावाला गाडीमा हतारमा बस्नुभयो । यसको नतिजा के भयो भने कोही हेलिकप्टरमै हुँदा र कोही गाडीमै हुँदा मन्त्री पद खुस्कियो । .......... निर्वाचन आयोगले पनि राजनीति गर्न थाल्छ भने निर्वाचन प्रणाली कस्तो हुन्छ ? न्यायालयका न्यायाधीशहरु राजनीति गर्न थाल्छ भने आम जनताले न्याय माग्न कहाँ जान्छन् ? त्यसैकारणले निर्वाचन आयोगले नीति, नियम र कानूनअनुरुप आधिकारिकता दिनुपर्दथ्यो । तर आयोगले त्यो गर्न सकेन । पार्टीहरुलाई मिलाउने काम निर्वाचन आयोगको होइन । आयोगले दस्तावेजहरु हेरेर निर्णय दिनुपर्ने हो । ........... अब माधव नेपालजी मिल्नु हुन्छ कि मिल्नु हुन्न भन्ने कुरा छैन ।

माधव नेपालजी केपी ओलीसँग मिल्नुहुन्छ जस्तो हामीलाई लागेको छैन ।



रातारात सहमति गर्नुपर्ने थिएन, प्लेन छुट्नेवाला थिएन- माधव नेपाल नेता नेपालले 'प्याकेजमा सबै कुरा क्लियर नभएसम्म आफू कुनै पनि बैठकमा नजाने र सहमतिमा नआउने' पनि बताएको ...... ‘कार्यदलले गरेको सहमतिको विषय मैले हेर्न पाएको छैन। अध्ययन गर्न पाएको छैन। जबसम्म सबै कुरा क्लियर हुँदैन, तबसम्म म कुनै पनि बैठकमा जान्न,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, 'अदालतको सम्बन्धमा कुनै प्रभाव पार्ने र ढाँचा परिवर्तन गर्ने खालको कुरा मलाई मञ्जुर छैन।’

ती जम्मै नक्कली कम्युनिष्ट हुन् उस्तै समानता छ हृदयेश त्रिपाठी र पद्यरत्न तुलाधरमा । तुलाधर सूर्य चिह्न लिएर चुनाव लडे र केही समय स्वतन्त्र रहे । हृदयेश पनि उसैगरी सूर्य चिह्नबाट लडे र आफूलाई स्वतन्त्र भनाइरहे । आजको पुस्ताले त्रिपाठीलाई मधेशवादी राजनीतिज्ञ भनेर चिन्छ तर कम्युनिष्ट स्कुलिङमा हुर्किएका हुन् । ....... आफू हिजो, आज र भोलि पनि प्रगतिशील विचारधारामै रहने प्रतिबद्धता व्यक्त गर्छन् । ३० को दशकमा रायमाझी समूहको एउटा हाँगोमार्फत कम्युनिष्ट कार्यकर्ता रहेका उनी बीचमा वाम राजनीति छाडेर मधेशवादी बने । ....... तीनपटक मन्त्री बने, गिरिजा, सूर्यबहादुर थापा र बाबुराम भट्टराईको पालामा । ....... चौथोपटक प्रधानमन्त्री ओलीको क्याबिनेटमा संघीय मामिला तथा सामान्य प्रशासन, पछि स्वास्थ्यमन्त्रीको भूमिकामा थिए ...... ठुल्ठूला भ्रष्टाचार प्रकरण लेखा समितिमा प्रवेश गराएर चर्चा कमाएका पात्र हुन् त्रिपाठी । उनले लाउडा, धमिजा,चेज एयर र चाइना साउथवेष्ट विमान काण्डलाई नियालेका छन् । ........ माक्र्सवाद, लेनिनवाद मैले छाडेको हैन ..... अरूले घरमै पढे, दुई–चार पुस्तक । मैले विश्वविद्यालयमा पढेको हुँ । नेपालका कम्युनिष्टहरूको न नैतिकता छ, न त चरित्र, विचार, इमान्दार नै छ । प्रगतिशील थिएँ, अहिले पनि छु, भोलि पनि रहनेछु । ....... क्षेत्रीय राजनीतिमा तीन दशकभन्दा बढी समय व्यतित गरें । हामीले जुन ढंगको त्याग ग¥यौं, त्योअनुसारको उपलब्धि भएन । ........ प्रगतिशील शक्तिले लिड गर्छन् कि भन्ने मेरो भ्रम रह्यो । प्रगतिशील भनिएकाहरू यथास्थितिवादी बढी देखिए ...... संघीयता, संविधानमा उल्लेख भएका विभेद अन्त्य, वर्गीय हिसाबले किसानको प्रतिनिधित्व हुने गरी नयाँ पार्टी गठन गर्ने तयारी गरेका हौं । कम्युनिष्टहरूले वर्गीय हिसाबले किसानको कुरा त उठाए तर उत्पादन गर्ने वर्गभन्दा लाभ लिनेका दलाल भए । कांग्रेस विशेष गरी शहरिया उच्च वर्गको पार्टी भयो । ........ सरकारले किसानलाई मतदाता र करदाताको रूपमा मात्र लियो । यीभन्दा फरक छन् हामीबाट देशको आर्थिक अनुशासनलाई महत्व दिने, मस्यौदा तयार भइसकेको छ । मस्यौदा लेखनमा पूर्व सचिव, राजदूतहरू सहभागी हुनुभएको छ । अब तीन–चार वटा भेलाबाट मस्यौदाउपर छलफल गरी नयाँ पार्टी निर्माण गर्नेछौं । ......... मेरो मूल्य–मान्यता अरूभन्दा अलि फरक छ । त्यही कारण पनि राजनीतिमा दुःख पाएको । म स्वतन्त्र चिन्तक, स्वाभिमान बेच्दिनँ, देशभित्र होस् वा देशबाहिर । राजनीतिमा अपेक्षित रूपमा लाभ हासिल गरेको नदेखिएला तर मजति सुखी कोही छैन । ......... अष्ट्रेलियन र कोरियन दुईवटा कम्पनीले नेपालमा खोपको तेस्रो ट्रायलका लागि अनुमति मागे । मैले दिइनँ, हाम्रो जनसंख्या सीमित छ, अमूल्य छ । म गिनिपिग हुन दिन्नँ । ट्रायलमा रहिरहेको खोप हानेर मानव शरीरलाई जोखिम पार्न दिन्नँ भन्ने नै लाग्यो । खोपको ट्रायलका लागि कार्यविधि बनाउनुप¥यो भनेर विभिन्न ठाउँबाट अनुरोध आएको थियो । मैले मानिनँ, अहिले सुन्दै छु यो कार्यविधि क्याबिनेटबाट पास भयो रे ! .........

सडक विस्तार, रेल्वे अध्ययन, टनेल मेरै पालामा भएको हो, मेट्रो पनि ।

......... संविधान निर्माणका क्रममा तटस्थ व्यक्तिहरूको एउटा परामर्श समिति वा आयोग बनाउन चुक्यौं । त्यसले कहाँ सुधार्नुपर्ने हो, सुझाव दिन्थ्यो । अहिले अदालतमा यति धेरै मुद्दा जानुको कारण संविधानको अस्पष्टता, व्याख्याको क्रममा देखिएको अस्पष्टता हो ।

अनुहारमा मैलो छ, हामी ऐना पुछिरहेका छौं । समस्या संविधानको लेखाइमा हो तर हामी त्यहाँ प्रवेश गरेका छैनौं ।

संविधानको समाप्तितिर देशलाई लैजाँदै छौं । ............. हामी संविधान निर्माणका क्रममा असन्तुष्ट थियौं यद्यपि यो संविधान रहोस् भनेर चाहिरहेका छौं । संविधान निर्माणबाट जो बढी सन्तुष्ट थिए, तिनै अहिले यो संविधान सिध्याउन लागिरहेका छन् । अहिलेको यथार्थ यही हो । ........ उहाँ मधेशवादी शक्तिभन्दा कांग्रेस वा माओवादीसँग बढी झुकाव राख्नुहुन्छ । दुई नम्बर प्रदेशलाई पनि मधेशवादीको हिसाबले उहाँहरूले सम्हाल्न सक्नुभएन । .......... अब तमलोपा ब्यँुताएर त्यतै जाने सम्भावना बिल्कुलै छैन ।


महन्थ र हृदयेशको सुटुक्क साउती यसैबीच बालुवाटारले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेपनि ठाकुर खेमाका खास भनेर चिनिएका सर्वेन्द्रनाथ शुक्लाले स्वास्थ्यवाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि अहिले मन्त्रालय भागबण्डाको बिषयमा पूर्व राजपा खेमाभित्रै लफडा श्रृजना भएको छ । स्वतन्त्र खेमाबाट मन्त्री नियुक्त हृदयेश त्रिपाठीलाई पछिल्लो समय अप्ठ्यारो परेको बुझिएको छ । बालुवाटारले स्वास्थ्य मन्त्रालय छाडिदिन दबाब दिएपछि आफूलाई सहयोग गरी पद जोगाइदिन हृदयेशले महन्थसँग आग्रह गरेको पूर्व राजपा स्रोतको दावा छ । ....... दुई नेताबीचको भेटमा आफूलाई सहयोग भएको खण्डमा पार्टी एक गराएर जाने बिषयमा समेत छलफल भएको थियो । पूर्व तमलोपा व्युँताउने र मन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण गराउने बिषयमा समेत छलफल भएको सो स्रोतको दावा छ । ...... बीचमा राजपा गठन गर्नै समेत उनै हृदयेशको भूमिका मुख्य थियो । तर अध्यक्षमण्डलमा सहभागी नगराइएपछि उनी एकता प्रक्रियाबाट बाहिरिए । ...... उता बालुवाटारको इच्छाचाहिँ स्वतन्त्र समूहबाट राजनीति गरिरहेका हृदयेश र बृजेश गुप्ताहरुलाई पूर्व राजपा समूहमै एकीकृत गराई बाबुराम-उपेन्द्र समूहलाई काउन्टर दिने रहेको बुझिन्छ ।

शोलेको ठाकुर र महन्थ ठाकुर एकपटक उनको सामू बन्दुकै आएर झर्दा पनि उनले उठाएर पड्काउन सक्दैनन् । यस्ता थिए शोलेका ठाकुर । अब अर्का ठाकुर हुनुहुन्छ हाम्रो नेपालका लोकल ठाकुर,अर्थात् महन्थ ठाकुर । शोलेका ठाकुर र महन्थ ठाकुर दुवै ठाकुरै भए पनि फरक खालका ठाकुर हुन् । तर ठाकुर फरक भए पनि नियती भने दुवैको एउटै देखिन्छ । शक्तिशाली भएर पनि शोलेका ठाकुरले जसरी आफ्नो काम आफै गर्न सक्दैन, हाम्रा महन्थ ठाकुर पनि आफ्नो काम आफैँ गर्न सक्दैनन् । शोलेका ठाकुरको जस्तो महन्थ ठाकुरका पनि दुवै हात बाँधिएका छन् । त्यसैले प्रधानमन्त्रीकै अफर आउँदा पनि चलाउन सकेनन् । हातै अरुले बाँधेको छ कसरी चलाउनु ?



जसपाभित्रको विवादलाई नियाल्दा देखिएको चित्र यिनीहरू न संसद बचाउने शर्तमा, न मधेसको मुद्दामा विभाजित भए । मात्रै को सत्तामा जाने भन्नेमा विभाजित हुन पुगेका हुन् ........... सद्भावना पार्टीले मधेसको सवाललाई ठिक ढंगले उठाएन । मधेसको नाममा सत्ताको राजनीति मात्रै गरिरह्यो । मधेसको मुद्दालाई बिर्सियो भनेर मधेसकै कुरा गर्ने, तर अलिकति उग्र कुरा गरी अलिकति बढी क्रान्तिकारी फोरमको जन्म भयो । ...... पहिलो कुरा, सद्भावना पार्टी असफल भयो । आफ्नो उद्देश्य सद्भावनाले पूरा गर्न सकेन । ....... उपेन्द्र यादवको धार भनेको वैचारिक रुपमा ‘पाको वामपन्थी’ धार हो । ........ ६०/६१ वर्ष मात्रै भयो होला उपेन्द्र यादवको उमेर । तर, यहाँ भन्न खोजिएको विचारले उपेन्द्र जी पाको कम्युनिष्ट हुन् । लामो समयसम्म कम्युनिष्ट पार्टीमा बसेको । हरेक अन्तरविरोधलाई कम्युनिष्टहरूको जुन शैली हुन्छ विश्लेषण गर्ने, त्यो शैलीबाट हेर्ने । ...... महन्थ–राजेन्द्रहरूको प्रजातान्त्रिक विचारधारा र उपेन्द्रहरूसँग वामपन्थी पृष्ठभूमिको विचारधारा । यी दुवै फरक दृष्टिकोणका कारण अन्तर विरोधहरू देखा परिरहेका हुन्थे । ........ दोस्रो मधेस आन्दोलन भारतको मध्यस्थतामा सहमति गर्नका लागि राजेन्द्र महतो र महन्थ जीहरू तम्सिसकेको, बालुवाटार पुगेको अवस्थामा थियो । तर, उपेन्द्र यादव त्यसमा हस्ताक्षर गर्न तयार नभएको अवस्था थियो । ........ उपेन्द्र यादवलाई विजय गच्छेदारहरूले पार्टी विभाजन गर्दा भारतले आफ्नो पार्टी तोडिदिएको भन्ने लागेको छ । भारतले मधेसलाई सधै सत्तासँग बार्गेनिङ गर्न मात्र प्रयोग गरेको भन्ने सोच उपेन्द यादवमा छ । तर, राजेन्द्र र महन्थको सोच बिल्कुल फरक देखिन्छ । ......... त्यो बेलाको एकता खासगरी उपेन्द्र यादवमाथिको संकट टार्न गरिएको थियो । किनभने उपेन्द्र जीका ६ जना प्रतिनिधिसभाका सांसदलाई केपी ओलीले विभाजित गर्न लागेका थिए । त्यो विभाजनलाई रोक्न उपेन्द्र जीले १२ बजे राति महन्थ ठाकुर कहाँ पुगेर पार्टी एकता भयो भनेर विज्ञप्ति निकालिएको थियो । ....... पार्टी मिलेको घोषणा गरिए पनि भित्री मत भिन्नतालाई सँगै बोकेर उनीहरू जसपा बनेका थिए । मिल्नु पर्ने कुनै कुरा मिलेका थिएनन् । ........ पछिल्लो समय केपी ओलीसँग उपेन्द्र जीको ‘इगो’ अध्याधिक थियो । उपेन्द्र जी ओली नेतृत्वको सरकारमा सहभागी थिए । तर उनलाई स्वास्थ्य मन्त्रीबाट अपमानजनक ढंगले केपी ओलीले कानुन मन्त्रालय पठाएका थिए । तर, त्यहाँबाट पनि उपेन्द्र जी हट्नु परेको थियो ।

यो कुरालाई उपेन्द्र जीले एकदमै ‘इगो’को विषय बनाए ।

............. त्यसकारण उपेन्द्र यादव केपी ओलीसँग कुनै हालतमा सहकार्य गर्न नसक्ने अवस्थामा थिए । यता राजेन्द्र महतो र महन्थ ठाकुरहरू उपेन्द्रप्रतिको केपी ओलीको व्यवहार र उपेन्द्रको केपीप्रतिको इगोलाई बुझ्दै गर्दा केपी ओलीसँग सहकार्यका लागि दौडिरहेका थिए । केपी ओलीसँग सहकार्य गर्दा न मधेसको मुद्दा प्रमुख विषय भयो, न आफ्नो पार्टीलाई एक गरेर जाने कुरा प्रमुख विषय बन्यो । खाली ‘पर्सनल एडजस्टमेन्ट’का आधारमा सबै कुरा मिलाएर केपी ओली, महन्थ ठाकुर र राजेन्द्र महतोबीचमा पहिले नै भित्री सहमति बनिसकेको थियो । ............ त्यसपछि उपेन्द्रलाई पनि आफ्नो अस्तित्व रक्षा गर्नु पर्ने बाध्यता आइलाग्यो । महन्थ जीहरूले ओलीसँग गरेको सम्झौताका कारणले आफू अल्पमतमा परेको कुरालाई स्वीकार गरेर बस्ने कि छुट्टै एउटा धार बनाउने ? उपेन्द्रका लागि चुनौती थपियो । ........... आफ्नो मूल उद्देश्यका लागि उनीहरू विभाजित भएका होइनन् । यिनीहरू न संसद बचाउने शर्तमा विभाजित भए। न मधेसको मुद्दामा विभाजित भए । को सत्तामा जाने ?

एउटा समीकरणको सरकारमा बस्ने वा अर्काे बन्ने समीकरणको सरकारमा गएर बस्ने ? त्यही कारण हो, जसपाभित्रको विभाजन । यो अत्यन्त निरासाजनक विभाजन भयो ।

............... राजनीतिमा व्यक्तिगत सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ । महन्थ र उपेन्द्रको व्यक्तिगत सम्बन्ध कहिल्यै समधुर बन्न सकेन । राम्रो कहिल्यै रहेन । ........... आम सभाहरूमा उपेन्द्र यादवले तराई मधेस लोकतान्त्रिक पार्टीलाई संक्षेपमा तमलोपा नभनी ‘तामालोटा’ भन्नु हुन्थ्यो । तामालोटा बाहुन–पण्डितहरूले बोकेर हिड्छन् नि । महन्थ जी ब्राम्हाण –पण्डित हुन् । .......... व्यक्तिगत सम्बन्धको पनि राजनीतिमा ठूलो सम्बन्ध हुन्छ । त्यो कहिल्यै सौहार्दतामा रहेन । एकअर्कामा संवाद गर्ने, एक अर्कालाई सम्मान गर्ने दुवैमा कहिल्यै भएन । ........... महन्थ जी जुन मानिसबाट घेरिनु भएको थियो, तिनीहरू उपेन्द्रलाई भन्न केही बाँकी राख्दैन्थे । महन्थ जीका जुन मान्छेहरू छन्, उनीहरूले जुन भाषा शैली प्रयोग गरे । आलोचनाको तौरतरिका अवलम्बन गरे, त्यो उपेन्द्रले महन्थलाई बोल्ने जस्तै भाषाहरू थिए, महन्थले नबोले पनि । .......... केपी ओली र उनका निकट मानिसहरूको आंकलन छ, महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ लिएपछि खासगरी २ नम्बर प्रदेशमा एमालेको त्यसमा पनि ओलीको जनाधार बढ्न पुगेको छ । ......... केपी ओली अलोक प्रिय छन्, उनले प्रजातन्त्रलाई नोक्सान पुर्याए । संसद विघटन गरे, मैले सही अडान लिएँ भन्ने कुरा उपेन्द्रले जुन भनिरहेका छन्, त्यसलाई अलिकति मधेसमा मान्छेहरूले रुचाएको जस्तो देखिन्छ । राजेन्द्र महतोहरूले ठिक गरेनन्, बरु उपेन्द्रले ठिक गरे भन्ने पनि मधेसमा सुनिन थालिएको छ । अब यो साच्चै मधेसको मान्छेहरूले रुचाएको हो भने उपेन्द्रलाई केही फाइदा हुने देखिन्छ । ...... केपी ओली अबको अदालतको निर्णयले तल जाने स्थिती बन्यो भने राजेन्द्र –महन्थहरूका लागि बोल्ने ठाउँ रहँदैन । त्यसपछि हामीले ठिक गर्याैँ भन्ने ठाउँ रहँदैन ।


"अनुहारमा फोहोर छ। हामीले ऐना पुछिरहेका छौं।"





‘राजनीति न्यायालयको परिसरमा पुगेको छ’ हाल उनी आगामी निर्वाचनमा आफ्नै दलबाटै प्रतिनिधित्व गर्ने गरी नयाँ दल गठनको प्रक्रियामा लागिरहेका छन् । ....... राजनीतिक विषयको राजनीतिक समाधान हुनुपर्छ। अदालतले संविधानको व्याख्या मात्रै गर्छ। यसले समाधान दिँदैन। ....... संविधान जारी हुँदा संविधानमा लेखिएका कतिपय प्रावधानहरूले नै यो राजनीतिक समस्यालाई मुखरित गरेका छन्। भयो के भने संविधान जारी गर्ने बेलामा के लेखिएको छ भनेर तत्कालिन अवस्थामा राजनीतिक दलहरूको ध्यान गएन। दलहरू शक्ति साझेदारी सम्बन्धि सम्झौताका पछाडी कुदेर एकथान संविधान जारी गर्न पुगे। ......... एक त राजनीतिक दल र नेताको हातमा राजनीति रहेन। राजनीति अहिले न्यायालयको परिसरमा गएको छ। र हाम्रो अदालतको काम एक थान फैसला गर्ने भएको छ। न्यायालयले समय लिएर पनि न्याय दिन्छ। हामीले अंगिकार गरेको न्यायपालिकाले एक थान फैसला दिएपछि उसको काम सकिन्छ। ......... यहाँ समस्या संविधानको लेखाइ र लेखनीमा छ। अनुहारमा फोहोर छ। हामीले ऐना पुछिरहेका छौं। ...... २०४७ को संविधान पनि उत्कृष्टै भन्थे। तर जब त्यसको मृत्युवरण भयो कोही पनि मलामी जान पाएनन्। ....... तत्कालिन अवस्थामा विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेलाई यो संविधानमा हामीले बढी दियौँ भन्ने परेको छ। ....... संविधानलाई बोक्ने कुनै शक्ति छैन। र संविधान अहिले टुहुरो अवस्थामा छ। खासमा भएको के हो भने संविधान प्रगतिशिल थियो। तर यसलाई बोक्ने शक्ति यथास्थितिवादी भए। ........ सुरुङ्ग युगमा प्रवेश गर्दैछौँ, रेलवेमा पुनः प्रवेश गर्दैछौँ। ....... गाउँमा अहिले जतिसुकै भ्रष्टाचार भएपनि विकास वडा/वडामा पुगेको छ ....... म ०४८ सालदेखि एउटा बाहेक सबै निर्वाचनबाट जनप्रतिनिधि चयन हुँदै आएको छु।

गाउँमा अधिकार पुगेको छ। पैसा पुगेको छ। विकास भएको छ। एकदमै भएकै छैन भन्ने होइन्।

......... अहिले एउटा ‘हाइट’ भएको उचाई भएको नेताको अभाव छ। सबै सरदरका नेताहरू छन्। सबै संगसँगै काम गरेका छन्। उमेर एउटै छ। एकले अर्काेलाई स्वीकार नगर्ने ........ विश्वासको संकट छदैछ। चरित्रको संकट हाम्रो वंशजको संकट हो। यो परापूर्वक कालदेखि चल्दै आएको संकट हो। .......... संविधान गएपछि संविधानमा रहेका सबै व्यवस्था पनि जान्छन्। एउटा कुरा के बुझ्न आवश्यक छ भने संविधानले राज्य चल्छ, संविधानले देश चल्दैन। देश विभिन्न परम्परा रितिरिवाज आदी इत्यादीले चल्छ। यतिभन्दा भन्दै पनि के भन्छु भने संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन। ......... म क्षेत्रिय राजनीतिमा तीन दशकदेखि लागेको मान्छे हुँ। हामीले क्षति बढी व्योहोर्‍यौँ , उपलब्ध कम पायौं। यो मुद्दालाई क्षेत्रीय राजनीतिले हल गर्न सक्दैन। समग्र देशको राजनीति नै यसको हल गर्नमा लाग्नुपर्छ। ........ संयुक्त राष्ट्रसंघका महासचिव र विश्वस्वास्थ्य संगठनका महानिर्देशकले शक्तिशाली मुलुकहरूले खोपमा एकाधिकार गरे भनेर चिन्ता पनि व्यक्त गरिरहनुभएको छ। यथार्थ भनेको यही हो।




एमाले कार्यदलमा सहमति तर नेपालको असहमति ‘अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन र कुनै किसिमले मुद्दा प्रभावित पार्ने कुरा मञ्जुर छैन’- माधवकुमार नेपाल ........ "मेरो सहमति हुनुपर्‍यो नि ? अरू क–कसले गरेर हुन्छ ? अदालतको हस्ताक्षर फिर्ता हुँदैन र कुनै किसिमले मुद्दा प्रभावित पार्ने कुरा मञ्जुर छैन । त्यसमा मेरो सहमति छैन" ......... प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको पूर्वसन्ध्यामा सर्वोच्च अदालतलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री ओलीले सहमतिको ‘षड्यन्त्र’ गरेको नेता नेपालको आशंका छ । ....... पौडेलले सर्वोच्चमा बुझाइएको हस्ताक्षर स्वतः निष्क्रिय भएको दाबी गरे । ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा अब उहाँहरू (नेपालपक्षीय निवर्तमान सांसद) ले गरेको हस्ताक्षर प्रयोग हुन सक्दैन’ ....... अध्यक्ष ओलीको भने सहमतिले नेपाललाई विपक्षी गठबन्धनबाट बाहिर निकाल्ने र गठबन्धन कमजोर हुने बुझाइ छ । .......

ओलीसँग ‘नगदमै’ शक्ति बाँडफाँट नहुँदै गठबन्धनबाट टाढा हुँदा आफ्नो समूहको ‘बार्गेनिङ पावर’ कमजोर हुने नेपालको आकलन छ ।



ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
कांग्रेस कतातिर ? इतिहासबाट प्रेरणा लिएर नित नयाँ भर्‍याङ उक्लिइएन भने स्वर्णिम इतिहास पनि भार बन्छ, स्मृतिको थुप्रो मात्र । अरू मंगल ग्रहमा अवतरण गरिसक्दा यता भने पुष्पक विमान थियो कुनै बेला भनेर के हुन्छ ! ....... २००३ सालमा सुब्बा देवीप्रसाद सापकोटाको सभापतित्वमा बनारसमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामले गठन भएको थियो । गठन भएको केही समयपश्चात् ‘नेपाली राष्ट्रिय कांग्रेस’ भनेर पुनर्नामकरण गरिएको थियो । २००६ सालमा, त्यही कांग्रेस प्रजातन्त्र कांग्रेससँग एकीकरण गरेर नेपाली कांग्रेस भएको हो । ......... चार प्रातःस्मरणीय र सच्चा अर्थमा सहिद भन्नलायक शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त माथेमा र दशरथ चन्द प्रजा परिषद्कै प्रेरणाले प्राणोत्सर्ग गर्न तत्पर भई मातृभूमिको उद्धारका निम्ति बलिवेदीमा चढेका थिए । तर २००७ सालसम्म नपुग्दै प्रजा परिषद्ले आफ्नो सान्दर्भिकता गुमाइसकेको थियो । ........ प्रजा परिषद्कै नेताहरूसमेत कांग्रेसमा समावेश भएका थिए । स्वयं गणेशमान सिंह नै प्रजा परिषद्बाट कांग्रेस बन्नुभएको थियो । ........ त्यसैकारण सात सालको जनक्रान्तिको सम्पूर्ण श्रेय कांग्रेसलाई प्राप्त भएको हो, यद्यपि फेरि सम्झाऊँ, त्यस क्रान्तिको जग कांग्रेस बन्नुभन्दा एक दशकपहिल्यै प्रजा परिषद्ले राखेको थियो । ........ दल भविष्यमुखी हुनुपर्छ, तब बल्ल स्वीकार्य हुन्छ । ......... आफूलाई नित्य नवीकृत नगर्ने राजनीतिक दलले प्रजा परिषद्ले जस्तै ढिलोछिटो आफ्नो सान्दर्भिकता गुमाउँछ ........

नजिकै भारतमै जयप्रकाश नारायण, सुरेन्द्रनाथ द्विवेदी, राममनोहर लोहिया, आचार्य नरेन्द्रदेव सदृश दिग्गजको वरद संरक्षणप्राप्त, झन्डै नेपाली कांग्रेसकै जस्तो झन्डा भएको प्रजा सोसलिस्ट पार्टी आज अस्तित्वमै छैन ।

........... भारतीय सोसलिस्टहरू छरपस्ट हुँदै चियाको कपभित्र आफूलाई खोज्दै कोठे गफमा सीमित हुन पुगेका छन् । ....... पछिल्लो समयमा भारतीय राष्ट्रिय कांग्रेसले पनि आफ्नो राजनीतिक समष्टि गुमाउँदै गएको छ । .......... राजनीतिक दल मनोरञ्जनशाला होइन र होइन वृद्धाश्रम पनि । ........ कांग्रेसको नेतृत्व आफ्नो मृत्युपर्यन्त पार्टीको सिंहासनमा रहन चाहन्छ र यसको पंक्ति पनि तिनैलाई हेर्दै फगत अतीत गाएर बसेको छ ।


एमालेमा १० बुँदे सहमति, २०७५ जेठ ३ मा थपिएका केन्द्रीय कमिटी सदस्य बहाल रहने २०७५ जेठ ३ मा माओवादीसँग एकता गर्नुअघि २०२ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर २४१ सदस्यीय बनाइएको थियो । ...... सहमतिमा १० प्रतिशत केन्द्रीय सदस्य अझै थप्ने उल्लेख छ । ...... नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भैसकेपछि पनि एमालेमै बसेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह लगायतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै रहँदाको सरह हैसियत प्रदान गरिने सहमतिमा उल्लेख छ । ....... सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा र सरकारको हकमा ‘पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत र संस्थागत निर्णय अनुरूप अघि बढ्ने’ उल्लेख छ ।



इकागज संवादमा डा. देवेन्द्रराज पाण्डे प्रधानमन्त्री-मन्त्रीको कुरै नगरौँ, उहाँहरू मान्छे नै हो कि होइन भन्‍ने भइसक्यो ‘ठूलो मान्छे हुन लगन, मेहनत, इमानदारी नचाहिने भयो’ आफू ४० कटेपछि रमाएको अर्थात् अर्थसचिवबाट राजीनामा गरेपछि ‘काठमाडौँ मानसिकता’बाट मुक्त भएको बताएका छन् ....... कोभिडकाल लम्बिँदै जाँदा विशालनगर निवासमा कैद वा सोसरह छन् । ........ अब शान्तिपूर्वक बस्ने भनेको हो तर शान्ति नपाइने रहेछ । ...... किताबका कुरा कति होलान्, कोही सोध्दा पनि सोध्दैन । यस्तो किन लेखेको पनि भन्दैन । थप कुरा गरौँ भनेर कोही सोध्दा पनि सोध्दैन । कसैलाई कसैको चासो छैन यहाँ । यति चाहिँ बुझियो । ........ लोकतन्त्र भने पनि, गणतन्त्र भने पनि, संस्था, संस्कृति, पद्धति र प्रणालीको कुरा महत्वपूर्ण हो । हामी जे जस्तो परम्परा संस्कारमा हुर्केका छौँ, त्यसमा हामी अभ्यस्त हुन समय लाग्छ भन्ने त मलाई जहिल्यै पनि लाग्थ्यो तर प्रयास नै नहुने, उल्टो बाटोमा हिँड्ने, सर्वथा उल्टो हिँडाइलाई सुल्टो भन्दै हिँड्ने, यस्तो प्रवृत्ति पनि देख्नु-सुन्नुपर्छ भन्ने मलाई लागेको थिएन । अहिले भइराख्या यही छ । .......

विदेश सम्बन्ध वा नीति भनेको पनि आफ्नो मुलुकको आन्तरिक नीति र सम्बन्धकै विस्तारित रूप हो ।

........ हाम्रो आन्तरिक स्थिति गडबडिएपछि मित्रराष्ट्रबाट सम्मान नपाउनु अन्यथा भएन । उनीहरूले हामीलाई गम्भीरतापूर्वक लिएको देखिएन । ....... अरु एसिएन–अफ्रिकन मुलुकले खोप पाउने, नेपालले खोप नपाउने यस्तो कसरी भयो ? चाहे अमेरिका, बेलायत, भारत, डेनमार्क होस् वा जो कोहीले पहिले त हामीलाई अवहेलना नै गरेको हो नि । .......... भैँचालोको बेला पनि धेरै सहायता, सद्भाव आएको हैन नि त, हामीकहाँ । किन आउँदैन भन्ने राज्य यही हो, सरकार यही को, कर्ता यिनै हुन्, अविश्वसनीय छन् । नेतृत्व यही हुन्, समाज यही हो, नेपाल सरकारले आफ्नो समस्या गम्भीरतापूर्वक लिँदैन भने हामी के गर्न सक्छौँ र भन्‍ने पनि उनीहरूलाई लाग्यो होला । ....... हाम्रो सञ्चार क्षेत्र, बौद्धिक वर्ग, प्राज्ञिक समुदाय, कतै पनि भरपर्दाे, ऊर्जा भएको, नयाँ विचार आउने, नयाँ तरिकाले सोच्ने स्थिति विकास होला भन्ने देखिएन । ........ चीनले पनि हामीलाई न्यानोपनले हेरेको जस्तो लाग्दैन मलाई । एक त उनीहरूको दृष्टिकोण नै व्यापारिक छ, लेनदेनका कुरा बढी हुन्छन् । ........

केही पनि पद्धति बसाल्न नसक्ने, जसले पायो उसले भ्यायो, खायो जस्तो मात्र देखिन्छ यहाँ दैनिक रूपमा । मुलुक बनाउन आवश्यक मूर्त प्रयास देखिँदैन ।

........ आफ्ना आफ्ना क्षेत्रका लागि काम गर्ने भनेर ‘माफिया’ संगठन छन्, असामाजिक स्वार्थ हुन्छन् तिनका । अब ती स्वार्थ समूह र दलहरूबीच केही फरक देखिएन । .......

वैचारिक कुरा त हुनै छोडिसक्यो । खालि पद र कुर्सीको भागबन्डामै त छ सबको ध्यान ।

........ जसलाई गणतन्त्रै मन परेको छैन र थिएन, तिनीहरूले नै गणतान्त्रिक शासन व्यवस्थामा हालिमुहाली गर्नुपरेको छ, उनीहरूको पीडा बेग्लै छ । सांस्कृतिक चेतनाको तहमा परिवर्तन देखिएन । देखिएन मात्र होइन, प्रयास नै समेत भएन । .........

मलाई यी नेताहरूको अहिले नाम पनि लिन मन लाग्दैन ।

........ यो संविधानलाई जसरी पनि बाहिर निकालौँ भनेर प्राकृतिक जन्म हुन दिइएन, हतार हतारमा अपरेसन गरेर बच्चा निकालियो ........ राजतन्त्र, हिन्दूतन्त्र चाहियो भन्न पाइन्छ । तर हामीले यो सबै देखेको होइन र ? ........ लोकतान्त्रिक गणतन्त्रको विकल्प बढी लोकतन्त्र हो, बढी जनसहभागिता नै हो, नागरिक चेतना, सत्तामा नागरिक निगरानी–नियन्त्रण नै हो । राजाकै बढी सान थियो भन्ने कुण्ठाका अभिव्यक्तिले पनि कहीँ पुगिँदैन । ....... निर्वाचित अधिकनायकवादी सरकार भारतमै छ ।




What Do We Hope to Find When We Look for a Snow Leopard? Nature writers, desperate for a glimpse, trek toward lofty goals—and away from uncomfortable realities. ........ Despite the book’s title, the snow leopard is almost entirely absent from its pages, faint and fleeting as a pawprint in the snow. ........ Matthiessen dedicates roughly as many paragraphs to it as to the yeti, and of those two mysterious alpine animals he thinks he catches a glimpse of only the imaginary one. ....... travels on foot some two hundred and fifty miles, and his book, accordingly, proceeds at the literary equivalent of a walking pace.

That’s the right speed for registering one’s surroundings

.......... his prose has the documentary force of early film footage. ....... Pausing to admire a lizard basking on a rock fifteen thousand feet in the air in mid-November, he writes that, “for the first time in my life, I apprehended the pure heat of our star”—how searingly hot the sun must burn for its light to pass through ninety-three million miles of bitter cold yet still suffice to warm the two creatures sharing that mountainside. .......... he meets a biologist who asks him why he is traversing such inhospitable terrain if he has no work to do in the region. “I shrugged, uncomfortable,” Matthiessen writes ....... his many digressions on the history and theology of Eastern and Aboriginal religions are the waist-deep soft snow of this book: heavy, soggy, slow to traverse. ....... We watch as Matthiessen—an astute and unsparing observer of his inner world, too—grows frustrated with himself for buying a blanket when he yearns to travel light, ashamed of himself for conforming to local custom and bartering over its price when the seller is so poor, fearful of death on a precipitous trail even though he understands that death is inevitable and that fear only threatens to unbalance him, anxious that border agents or heavy snow or other factors beyond his control will delay his journey, mad at himself for mistrusting and thus mistreating honorable strangers who come by his camp, irritated with Schaller for forging ahead in unfamiliar terrain, leaving the rest of the party lost and concerned. ........... When I first read “The Snow Leopard,” in my teens, I thought it was a nearly perfect book. But parts of it haven’t aged well—and, no doubt, parts of me aged out of the ability to unequivocally admire it. There’s a troubling recklessness to the expedition, which is undertaken not only in bad weather at a bad time of year but also with bad equipment and intermittent but unmistakable bad leadership.

There is Matthiessen’s attitude toward the Sherpas and the porters, which is sometimes open and humane but often ill-tempered, patronizing, or mystically worshipful.

Above all, there is the awareness, starkly obvious in adulthood, that this journey toward certain lofty goals is also a journey away from uncomfortable realities. ............ Early on, we learn the story of Matthiessen’s second marriage, to a woman named Deborah Love. To his credit, he lays bare the unflattering facts: how he flinched at what he describes as her goodness, alternately behaving badly in her presence and absenting himself from her, sometimes for months at a time. (That’s the backstory, the reader realizes, to all that time spent roaming the world.) One summer morning, exhausted to the point of resignation from fighting with each other, they agree to divorce. The next day, Matthiessen changes his mind and recommits himself to her. Then the doctors find metastatic cancer. Five months later, she is dead. ................. When, beforehand, he tells his now motherless son how long he will be away, the boy is distraught. “Too long!” he sobs. “That’s much too long.” Matthiessen swears he will be home by Thanksgiving, but readers follow along with a sinking heart as the monsoon rains turn to snow in the high passes, as the expedition struggles up a mountain in the wrong direction, as days are wasted sitting out a storm. There is no way—Matthiessen knows it early on, and so do we—that he will ever keep his promise to his son. .............

it was a shock to swap “the modern frenzy of ‘everything, right now’ ” for the “ ‘probably nothing, ever’ of lying in wait.”

....... Among the many things that vex him is Matthiessen’s equanimity in the face of his failure to see a snow leopard, the sense that its absence was just as significant as its presence. ........ Tesson is also haunted by the memory of another woman: his late mother, who “practiced the arts of disappearance” and “had a penchant for silence.” When he first sees the snow leopard, he thinks that he recognizes her in it: “high cheekbones slashed by a harsh gaze.” ........ Of the snow leopard, he writes that “its mere presence signified its ‘power’ ”; in his view, its singular virtue is that it is free of the anxiety that some other creature might be stronger. .......... he despises human beings not in subsets but in general, partly for defiling the environment but mostly for being inferior, in his estimation, to other animals—

weaker, plagued by thought, capable of evil

............ he is continuing a tradition of eco-grumpiness made famous by the likes of Henry David Thoreau and Edward Abbey, and his writing is marked by two of their most unpalatable qualities: contempt and hypocrisy.......... He knows he has spent most of his life rushing around the globe while “bleating (in a self-important tone) that humankind would do well to stop rushing around the globe.” ...........

sneers that we have reached “the acme of civilization: traffic jams and obesity”

........ Even a house cat, purring away in the warmth of a Tibetan home, comes in for his disdain, as if it were nothing more than a snow leopard manqué. .......... nature’s existential condition needs at least as much tending as our own .........

contemporary nature writing is losing tonal diversity as steadily as its subject is losing biodiversity

............ the toll that car culture and mass tourism would take on other wild places .......... Our growing awareness of just how drastically we have altered the planet has provoked similarly large-scale feelings of guilt and recrimination, so that regarding one another with disgust has drifted from a fringe to a mainstream perspective. ........

“Nature is healing; we are the virus,” the meme went

........ many of our nature writers look around and see a world that would be wonderful if it weren’t for all the other people in it. ....... Matthiessen—who, during the course of his travels, grows irritated at the sound of a battery-operated radio, which drags him out of a premodern fantasy; rejoices when he can get clear of the porters for a while, even though they do all the hard work for him ............. More bluntly, I have sometimes succumbed to an ugly feeling common to many of us who love nature: the sanctimonious sense that everyone but me is using it wrong. ............ in my experience environmental concerns have relatively little to do with the dismay that nature lovers feel at the presence of other people in the wilderness. ......... Plenty of people prefer empty movie theatres, too, and get testy when others bring their kids or make crinkly noises while unwrapping their candy bars. But we wouldn’t grant that irritability any special moral standing if such people invoked the declining cultural status of cinema, and it does not seem any more defensible to use concern for the natural world as a pretext for being a grouch. .......... that dislike and disdain for one another will ever solve any of our problems ......... unlike the snow leopard, we are not solitary creatures but members of a shared community, accountable to and dependent on one another whether we like it or not ........... If we truly wish to do something about our many unfolding environmental catastrophes,

we can’t escape the obligation of dealing with other people

. ........ the challenges that arise when we confront one another. ....... our greatest moral thinkers held in high esteem the ability to sit still. ........ Silence and endurance are the hallmarks of rugged individualism, not of patience.

What patience requires is humility, empathy, and forbearance: the ability to set aside our own needs for a while, to listen, to stay calm, to keep working together toward a given end despite all the setbacks we encounter along the way.

The real art of patience isn’t the one required to see a snow leopard, that grand incarnation of unfettered wildness; it’s the one required to save it.