देशको संविधान र व्यवस्था नै विफल पार्ने षडयन्त्र भइरहेको छ : डा. बाबुराम भट्टराई pic.twitter.com/WKeGHW57zf
— eKagaj (@ekagaj) June 11, 2021
प्रधानमन्त्रीले ‘कम्फर्टेबल’ मन्त्री रोज्दा ओली समूहमा भाँडभैलो हामी पनि नेतृत्वको मूल्याङ्कन गर्छौं : राजेन्द्र गौतम
प्रदेशमा रहेका केपी ओलीका सरकार ढल्दै जान्छन् : उपेन्द्र यादव
नागरिकता अध्यादेश : सर्वोच्चको आदेशले जसपा नेतालाई नैतिक संकट अब जसपाका मन्त्रीहरु सरकारबाट फिर्ता हुनुपर्छ : प्रदीप यादव
विशाल ग्रुपलाई विद्युत् व्यापार गर्न दिनुहुन्न : प्रधानमन्त्री ओली प्रधानमन्त्रीले विद्युत् व्यापार गर्ने कुरा असाध्य सकारात्मक रहे पनि निजी क्षेत्रले प्राधिकरणको पूर्वाधार प्रयोग गरेर नभई आफ्नै जोखिममा आफैले बनाएर गर्नुपर्ने। .... विशाल ग्रुपले सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरणलाई थोरै शेयर दिएर उसको भौतिक संरचना उपयोग गरी भारतमा विद्युत् व्यापार गर्न प्रक्रिया अघि बढाएको समाचार इकागजले प्रकाशित गरेको थियो । ........ प्राधिकरणले आन्तरिक विद्युत् मात्रै वर्षको ८६ अर्ब रुपैयाँको गर्दै आएको छ । त्यसबाहेक आगामी सात वर्षको अवधिमा प्राधिकरणसित निकासीयोग्य बिजुली ८२ अर्ब युनिट हुँदैछ, जसको मूल्य ८ खर्ब रुपैयाँभन्दा बढी पर्नेछ । यही निकासीमूलक व्यापार आफ्नो कम्पनीमार्फत गराउन विशाल ग्रुपले अघिल्ला ऊर्जा मन्त्री रायमाझीलाई ‘विश्वस्त’ तुल्याएको थियो ।
पत्रकारबाट आफ्नो आलोचना रुचाउने बीपी र अरिंगाल लगाउने केपी २०२७ वैशाखमा काठमाडौँमा नेपाल विद्यार्थी संघ स्थापना हुँदा धेरै नेता गिरफ्तार गरिए । त्यो खबर जनकपुर पुग्यो । हामीले जनकपुरमा त्यसको विरोधस्वरूप तत्कालीन सत्ताविरुद्ध पर्चा छर्ने, महेन्द्रको सालिकमा मोसो दल्नेजस्ता गतिविधि अघि बढायौँ । ........ त्यतिबेला आममाफीपछि २०२६ मा कांग्रेसका नेता सरोजप्रसाद कोइराला निर्वासनबाट फर्केका थिए । कोइराला मेरो छिमेकी पनि हुनुहुन्थ्यो, जनकपुरको ब्रह्मपुरीमा बस्नुहुन्थ्यो । ........ महन्थ ठाकुर युनियनका सभापति थिए । जानकी मन्दिर जाने बाटो र हाम्रो होस्टेलको बीचमा उनको डेरा पर्थ्यो। उनलाई डेराबाटै उठाएर लग्यौँ । हामीले उनलाई सरोज कोइरालाले महेन्द्रको सालिकमा कालोमोसो दल्न महन्थलाई पनि लैजान आग्रह भएको छ भन्यौँ । यद्यपि सरोज कोइरालालाई भने यो योजनाको कुनै सुइँकोसम्म पनि थिएन । तर महन्थलाई मनाउन सरोज कोइरालाको योजना हो भनेका थियौँ किनकि कोइरालाले भनेपछि ठाकुर सजिलै मान्छन् भन्ने हामीलाई थाहा थियो । योजना चाहिँ नितान्त मेरो र केशवको थियो । ठाकुरलाई हामीले प्रहरी आयो भने केही संकेत गर्न भनेर सालिकभन्दा केही मिटर परै राखेका थियौँ । ......... हामीले पञ्चायतको विरोधमा मुर्दावादको नारा लगाउँदै जुलुस निकाल्यौँ । त्यसपछि महन्थ ठाकुर, आनन्द ढुंगाना, म र केशव कोइराला, महेन्द्रकुमार मिश्रलगायत पक्राउ पर्यौँ। ...... बीपीले पत्रकारलाई असाध्यै सम्मान गर्नुहुन्थ्यो । भारतमा पनि उहाँले पत्रकारहरूसँग बहस गर्ने, छलफल गर्नुहुन्थ्यो । नेपालमा पनि पत्रकारहरूलाई उत्तिकै महत्व दिनुभयो । ........ २०३० सालमा जलेश्वर जेलबाट छुटेपछि लाग्यो कि जेलमा बसेर मात्रै त कसरी क्रान्ति हुन्छ र ? अब सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने लाग्यो । अझ त्यही बेला दुर्गा सुवेदीहरूले जहाज अपहरण गरे । केशव कोइरालासँग मैले भनेँ, ‘त्यस्तै काम हामीले गर्न पाएको भए कत्रो प्रभाव पथ्र्यो । अब हामीले पनि यस्तै काम गर्नुपर्छ ।’ पछि सशस्त्र क्रान्तिकै क्रममा केशव कोइराला मारिए । म पनि उनीसँगै भएको भए मारिन्थेँ होला । ....... तर मेरो मनमा सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने भए पनि बम, बन्दुक र हिंसासँग भने संलग्न हुन भने मेरो अन्तर्मनले मानिरहेको थिएन । यद्यपि पार्टीको जिम्मेवारीअनुरूप ठाउँ-ठाउँमा बम पुर्याउने काममा संलग्न भएकै थिएँ । म वनारसमा बीपी कोइरालासँग भेट्न गएँ । बीपीले भन्नुभयो, ‘तिमी जस्तो मानिस मलाई चाहिएको छ । यहीँ आऊ ।’ उहाँले मेरोबारे जानकारी पाउनु भएको रहेछ । त्यसभन्दा पहिला पनि बीपीसँग भेटिसकेको थिएँ । त्यहाँ बसेपछि मलाई बीपीले प्रचार–प्रसारका काममा संलग्न गराउँदै ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा राख्नुभयो । ........ मैले पछि सितामढीमा बसेर ‘विमोचन’ पत्रिका पनि प्रकाशन गरेँ । ........ भारत सरकारले हामीलाई सीमाको ५० माइलभित्र बस्न नपाइने नियम लगायो । त्यसपछि खस्याङमा बस्न पुग्यौँ। ....... बीपीले पत्रकारिता क्षेत्रलाई धेरै महत्व दिनुहुन्थ्यो । जनमत संग्रहपछि बीपीले भन्नुभयो, ‘देशमा एउटा पनि राम्रो पत्रिका भएन । कि यहाँ राजदूतावासले चलाएका पत्रिका छन्, कि त दरबारले चलाएका छन् । अलि–अलि आफूलाई स्वतन्त्र भन्नेहरू पनि डरछेरुवा छन् । हाम्रो विचार र गतिविधि प्रकाशन गरिदिने कुनै पत्रिका नै भएनन् । हामी आफैँले पत्रिका निकाल्नुपर्यो । ........ बीपी आफैँले ‘युगवाणी’ नाम दिनुभयो । ....... त्यतिबेला कुनै पनि काम गर्न नागरिकता चाहिन्थ्यो । तर हामी कसैसँग नागरिकता थिएन । त्यसपछि हामी छ जना एकै दिन न्यूरोडमा नागरिकताका निम्ति फोटो खिच्न गएका थियौँ । त्यतिखेर गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । नागरिकताका निम्ति टोपी लगाएको फोटो चाहिन्थ्यो । कोइरालाले त्यही स्टुडियोमा टोपी माग्दै लगाउनुभयो । उहाँले भन्नुभएको थियो, ‘मैले यहीँ पहिलो चोटि टोपी लगाएको हुँ ।’ ........ बीपी पत्रकारितासँग खुब लगाव थियो । आप्mनै सरकार बनेपछि २०१६ सालमा मदनमणि दीक्षितलाई एउटा पत्रिका प्रकाशन गर्न आग्रह गर्नुभएको थियो । दीक्षित प्रखर रूपमा लेख्न सक्ने र राजनीति बुझेका मानिस थिए । यद्यपि दीक्षित, जो कम्युनिस्टसँग नजिक थिए । अनि सँगै एउटा सर्त पनि बीपीले राख्नुभएको थियो, ‘त्यो पत्रिकामा मेरो आलोचना पनि हुनुपर्छ । मबाट के-के कमजोरी भयो भन्ने तथ्य देखाइदिनुपर्छ । मसँग त मानिस गुणगान मात्र गाउँछन् । मेरो कमजोरी कसले देखाइदिने त ? मबाट राम्रो मात्र काम हुन्छ भन्ने छैन । मलाई पनि गलत सूचना आएको हुन सक्छ । मलाई पनि बाटो देखाइदिने गरी पत्रिका प्रकाशन गर्ने हो भने मैले के गर्नुपर्यो ?’ दीक्षितले भने, ‘मसँग त पैसा छैन ।’ त्यसपछि बीपीले पत्रिका प्रकाशन गर्न लाग्ने खर्चको बजेट बनाउन लगाउनुभयो । साप्ताहिक पत्रिकामा प्रकाशन गर्न लाग्ने जुटाइदिनुभयो । पछि अरु पत्रिकालाई पनि सञ्चालन गर्न लाग्ने खर्च सरकारले जुटाइदिने नीति लिएको थियो । ......... हामी २०२९ मा जेलमा सूर्यबहादुर थापासँग सँगै जेल बसेका थियौँ । जेलमा सूर्यबहादुर थापा कांग्रेसभन्दा बढी चर्काे तवरमा प्रजातन्त्रको कुरा गर्ने र राजाको आलोचना पनि त्यत्तिकै गर्थे । सत्तामा हुँदा र नहुँदा थापाको शैली नै बेग्लै हुन्थ्यो । हुन पनि पञ्चायतको विरोधमा २०२९ को पुस १ मा त जेलमै उनले कालो टीका लगाएका थिए । त्यतिखेर जेलमा विपीन कोइरालाले कालो टिका लगाउँदै गएका थिए, सूर्यबहादुर थापा त्यहीँ बसिरहेका थिए । उनलाई पनि टीका लगाइयो । सूर्यबहादुर थापाले विनाप्रतिवाद पञ्चायत विरोधी कालो टीका लगाउनु एउटा सनसनीपूर्ण घटना थियो, तत्कालीन समयमा । ....... उनको मनमा दरबार (ज्ञानेन्द्र र धीरेन्द्र)ले नै हराएका हुन् भन्ने थियो । ......... सूर्यबहादुर थापा जेल पर्दा बीपी कोइरालाले लेख लेख्नुभएको थियो, ‘सूर्यबहादुर थापाको अनशन र आतंकवाद ।’ झापामा झापाली कम्युनिस्ट चलाएको टाउको कटुवा आन्दोलन र सूर्यबहादुर थापाको जेलमा अनशनबारे उक्त लेख केन्द्रित थियो । सूर्यबहादुर थापाले ठीक गरेको र झापाली कम्युनिस्टहरूले पनि परिवर्तन खोेजेका हुन् भन्ने धारणा बीपीको थियो । मुलुकमा परिवर्तनका निम्ति निकास नपाएपछि हिंसामा लागेका हुन् । ......... कतिपय कारणले गर्दा कांग्रेसजनमा अरू पञ्चभन्दा सूर्यबहादुर थापाप्रति बढी सकारात्मक धारणा थियो। ........ एक दिन सूर्यबहादुर थापाले मलाई भने, ‘विमर्शतिर कोही छैनन् । त्यो पत्रिका पनि तपाईंहरू निकाल्नुस् ।’ त्यसपछि विमर्श र साप्ताहिक मञ्च एकै ठाउँबाट प्रकाशन हुन पुग्यो । त्यतिखेर ‘साप्ताहिक विमर्श’ मंगलबार र ‘साप्ताहिक मञ्च’ शुक्रबार प्रकाशित हुन्थ्यो । ......... त्यो पत्रिकामा लगानीकर्ता हुँ भनेर उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग कुरा मिलाएर सरकारी ठेक्का-पट्टा पनि लिने गर्थे । त्यही क्रममा धनगढीको रोजिन एन्ड टर्पाइन (खोटो) कारखानाका निम्ति प्रधानले रुसबाट मेसिन झिकाउने ठेक्का पाएको रहेछन् । त्यो सामान कलकत्ता बन्दरगाहमा आयो, त्यहाँ थन्कियो । प्रधान थापाकै वरिपरि हुन्थे । उनलाई त्यो सामान ल्याउन ताकेता गरिएछ । प्रधानमन्त्रीसँग सीधा सम्पर्कको रवाफ देखाउने उनले के वास्ता गर्थे र ! उता सामान नल्याएपछि बन्दरगाहमा ‘डिमरेज चार्ज’ बढ्दै थियो । यता सरकार परिवर्तन भयो । सूर्यबहादुर थापाको ठाउँमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री आए । ........ ठकुराठी र म प्रधानमन्त्री चन्द भेट्न गयौँ र प्रहरी हटाइदिन आग्रह गर्यौँ । चन्दले तत्कालै बमलाई बोलाएर हटाउन आदेश दिए । उनी पनि हटाउँछु भन्दै बाहिरिए । तर पुलिस हटेन । त्यसपछि दरबारकै ‘कैफियत’ रहेछ भन्ने बुझियो । उता प्रधानले अधिराजकुमार धीरेन्द्रका एडीसी भरत गुरुङलाई फोन गरेछन् । ......... हामी परिवर्तन शब्द प्रयोग गर्थ्यौं । उनीहरू चाहिँ ‘सुधार’ शब्द । ........ पञ्चायतमा पहिलेका कांग्रेस–कम्युनिस्ट दुवै प्रवेश गरेका थिए । दरबार–पञ्चायत प्रवेश गरेका कम्युनिस्टहरू बढ्ता राजभक्त भए । प्रशासनले तिनकै कुरा पत्याउँथ्यो । तिनको भनाइमा लाग्दै प्रशासनले कांग्रेसलाई पेल्थ्यो । हुन पनि कम्युनिस्टको संख्या थोरै थियो, तिनलाई त जहिले पनि मास्न सकिन्छ भन्ने लागेकाले दरबारले कांग्रेसलाई नै निशाना बनाएको थियो । ........ कांग्रेसका नेताहरू भाषण वा वक्तव्यसमेत छापिने माध्यम थिएन। ......... २०३६ भन्दाअघि ‘प्रतिबन्धित नेपाली कांग्रेस’ भनी लेख्नुपर्थ्यो। त्यो एक वर्षभरि (प्र.) लेख्न पाइने भयो, अर्थात्, प्रनेका । कसैले चाहिँ पुनेका लेख्थे, अर्थात्, पुरानो नेपाली कांग्रेस । त्यो फुर्का नजोडीकन लेख्यो भने प्रशासन दुःख दिन्थ्यो । ......... पञ्चायतकालमा दरबार–सरकार–प्रशासनमा पालिएका, हुर्काइएका पत्रकारहरुको राम्रै जमात थियो । शासन वृत्तले तिनीहरूलाई नियोजित पत्रकार बनाउँदै विरोधीहरूको बदनाम गराउन प्रयोग गरेको थियो । तिनीहरूमध्ये धेरैजसो गुप्तचर हुन्थे । तिनको काम चाहिँ हामीले लेखेका हरेक समाचारको खण्डन या विरुद्धमा लेख्नुहुन्थ्यो । त्यसरी प्रायोजित रूपमा छापिएका पत्रिका दरबार पठाइन्थ्यो । दरबारमा त्यस्ता पत्रिकाका कटिङ जान्थ्यो । एक थरी चाहिँ चन्द्रलाल झा, मदनमणि दीक्षित जस्ता थिए । उनीहरू पञ्चायतविरुद्ध उभिएका थिए । ....... शासकीय वृत्तबाट पालिएकाहरू मूलभूत उद्देश्य चाहिँ कसैको चरित्र हत्या गराइन्थ्यो, प्रधानमन्त्री या मन्त्रीको आलोचना गरेको खण्डमा । राज्य आफैँ पीत पत्रकारिता गराउँथ्यो र तिनैलाई संरक्षण दिन्थ्यो । ......... बहुदलसँगै पत्रकारिताको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको छ । ......... पञ्चायतकालमा त्यस्तो थिएन, जो प्रकाशक थियो, उही सम्पादक उही हुन्थ्यो । ........ भारतीय मिडिया बढी सत्तामुखी भएका छन् । त्यसको सिको गर्ने क्रम यहाँ पनि बढेको छ । ......... सरकारलाई सहयोग गर्न मिडियाका मालिक उद्यत् भएको स्पष्ट देखिन्छ । त्यसकारण स्वतन्त्र मिडियाले संविधानतः प्राप्त स्वतन्त्रता उपभोग गर्न सकेको पाइँदैन । ......... भारतमा जसरी सरकार समर्थकलाई ‘गोदी-मिडिया’ अभियोग लागेको छ । यहाँ पनि त्यो रूप आउन सक्छ । ........ बरु पञ्चायत कालमा साप्ताहिक विमर्शले मन्त्री र प्रशासकहरूबाट खराब कामबारे लेख्यो भने कटिङ दरबार पुग्थ्यो । तर दरबारले पनि कटिङसहित सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालय पठाउँथ्यो, ‘यो के हो ? यसमा के भएको हो ? जानकारी दिनु ।’ त्यसरी सोधिँदा मन्त्री-प्रशासक स्वतः डराउँथे । त्यतिखेर दरबारले निगरानी गरिरहेको छ भन्ने लागेपछि मन्त्री-प्रशासकहरू मन परी गर्न संकोच मान्थे । ......... लोकतन्त्रपछिका दृश्य हेर्ने हो भने जति लेखे पनि र प्रमाणसहित लेख्दा पनि असर पारेकै देखिँदैन । मन्त्रीले सिधै घूस मागेको विषय होस् कि औषधि–खोपमा कमिसन खेलका विषय हुन् ? तथ्यपरक कागजातसहित समाचार आउँदा पनि कसैमाथि सामान्य प्रश्न समेत गरिँदैन, छानबिन त परै जाओस् । ......... मिडियामा त्यति ठूला काण्ड आउँदा पनि जुनसुकै पार्टीको सत्ता हुँदा पनि सजाय गरिँदैन । यसले के देखाउँछ भने मुख्य नेतृत्व कि त अक्षम छ, कि त बेइमान छ । ........ सीधै भाषणमा भन्छन्, ‘विरोधमा लेख्नेलाई अरिङ्गाल छाडिदिन्छौँ, साइबर सेना लगाउँछौँ ।’ मानसिकता यस्तो भएपछि कसरी लोकतन्त्र फस्टाउन सक्छ ।