Saturday, June 05, 2021

राजेन्द्र महतो र उपेन्द्र यादव मिल्नु का कारण हरु र मिल्ने तरिका हरु

मिल्नु का कारण हरु

(१) महामारी को समय छ। तेस्रो चौथो लहर आउन बाँकी छ। खोप कहिले आउने निश्चित छैन। महामारी को समयमा देश लाई चुनाव मा धकेल्नु हुँदैन भन्ने सोंच का साथ पार्टी एकीकरण का लागि पुर्ण प्रयास गर्नुपर्छ। संसद फर्केर आउँछ। पार्टी एक ढिक्का छ भने त दुई मध्ये जुन पक्ष तिर गयो त्यतै सरकार बन्ने हो। उस्तै परे जसपा ले नै नेतृत्व पाउन सक्छ। संवादहीनता तोड्नु पर्छ। 

(२) राजनीति तरल छ। संविधान संसोधन का लागि उपयुक्त समय हो यो। तर त्यस का लागि पार्टी एक ढिक्का हुनुपर्छ। होइन भने बार्गेनिंग गर्दा हात कमजोर हुन्छ। आफ्नो प्रमुख मुद्दा सम्बोधन हुने यस्तो प्रबल संभावना हुने हुने बेलामा पार्टी तोड़फोड़ गरेर त्यो संभावना सखाप पार्ने जतिको गैर जिम्मेवार कुरा के हुन सक्छ? 

(३) पार्टी फुट्छ भने देशको वैकल्पिक शक्ति बन्ने सपना सबै उडाउँछ हुरी ले। देशको वैकल्पिक शक्ति बन्ने त दुरको कुरा, दुबैको राष्ट्रिय पार्टी स्टेटस समाप्त हुन सक्छ अर्को चुनावमा। जसपा फुटेर जनमत पार्टी का लागि स्पेस बन्ने होइन कि मधेसमा कांग्रेस र कम्युनिस्ट बलियो भएर आउने हो। अनि मधेस अधिकार को लड़ाइ एक पीढ़ि पर धकेलिन्छ। 

(४) प्रदेश दुई को सरकार ढल्छ पार्टी फुटे। अनि दुबै पक्ष को अस्तित्व समाप्त हुँदै जाने हो। पार्टी फोड्ने, चुनाव हार्ने, अनि सबक सिकेर पार्टी फेरि एक गर्ने अनि त्यस पछिको चुनाव जित्ने, त्यो मौका अब आउने वाला छैन। 

(५) पार्टी फुटफाट ले देशमा लोकतंत्र लाई कमजोर बनाउँछ। राजा आउ देश बचाउ वाला मादल घन्किन थाल्छ। 


(फोटो: राजेन्द्र महतो, उपेन्द्र यादव)

मिल्ने तरिका हरु

(१) एउटा खसी पछाडि हट्नुपर्ने देखियो। होइन भने दुबै खसी खसी। अहिले उपेन्द्र यादव ले पार्टी एकीकरण का नाममा उदारता देखाउनुपर्छ। संसद पुनर्स्थापना सम्म पर्खिने। संसद पुनर्स्थापना का लागि अहिले उपेन्द्र यादव ले गरिरहेको आंदोलन सफल हुन्छ। मलाई पुरा विश्वास छ। तर संसद पुनर्स्थापना पछि पुनर्गमन त सच्चिनछ। एउटा खसी पछाडि हट्ने भनेको चित्त बुझे पनि नबुझे पनि पार्टी एकता का लागि भनेर महंथ को लाइन को आलोचनात्मक समर्थन गरदिने। संसद दलको नेता राजेन्द्र महतो नै होस। मंत्री बन्ने बनिसके। उपधारा (२) अनुसारको एमाले र जसपा को सरकार नै बनोस संसदको बाँकी कार्यकाल। केही छैन। 

(२) महंथ को लाइन सही छ। त्यो मलाई लागेको। संविधान संसोधन को सबैभन्दा बढ़ी संभावना वाला बाटो त्यही हो। 

(३) पार्टी एक रहे पहाड़ बाट २० बढ़ी संसद होला जसपा को अर्को संसदमा। अशोक राई, बाबुराम मार्का मान्छे हरु। संसदीय दलको चुनावमा तिनले उपेन्द्र लाई भोट दिने बढ़ी संभावना छ। अहिले हारियो। अर्को पटक जित्ने। पार्टी एक रहे जसपा को अर्को संसदमा ६० बढ़ी सीट हुन सक्छ। 




केपी ओली, माधव नेपाल, उपेन्द्र यादव, राजेन्द्र महतो का लागि सुझाव

"Keep cool. Have unlimited patience. Never corner an opponent, and always assist him to save face. Put yourself in his shoes—so as to see things through his eyes. Avoid self-righteousness like the devil—nothing is so self-blinding." 

पार्टी फुटफाट हुने काम राम्रो होइन। उपेन्द्र यादव र राजेन्द्र महतो ले विशेष पहल गर्नुपर्छ। 

जॉन केनेडी लाई अति मन परेको यो कथन। लोकतंत्र भनेको एकले अर्का लाई स्वीकार गर्ने व्यवस्था हो। 








पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने नेपाल- खनाल समूहको निर्णय
मुख्यमन्त्री लिन्छौं, सरकारले ४ वर्षमा नगरेको काम वाँकी समयमै देखाउँछौं (भिडियो)
प्रदेश २ ठाकुरको भागमा, विमलेन्द्रले उपेन्द्रसंग मागे प्रदेश २ को मुख्यमन्त्री
भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन



महतो पाँचौं पटकमा उपप्रधानमन्त्री, भण्डारी १५औं पटक पनि मन्त्री मधेश राजनीतिमा आउनुअघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।



राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु: उपप्रधानमन्त्री महतो
सर्वोच्चको फैसला आएपछि नेपाल समूहले नयाँ पार्टी गठन गर्ने-नगर्ने निर्णय लिने ‘हाम्रो चाहना पार्टी एकता गर्ने नै हो। ओलीले एकता गर्न चाहेका छैनन्। उनले एकतालाई दाउपेचको रुपमा लिएका छन्। हामी एकताका लागि अन्तिम समयसम्म इमान्दार भएर लाग्छौं,’ नेपाल निकट नेता युवारज ज्ञवालीले भने, ‘सर्वोच्च अदालतको फैसलाले देशको राजनीतिक कुन रुपमा जान्छ भन्ने एउटा तस्बिर दिन्छ। त्यो अवस्थामा समेत ओली एकताका लागि तयार भएनन् भने हामी नयाँ पार्टी गठन गर्छौं।’

धारा ७६ (५) को प्रयोग कसले गर्ने? के यसबाट बन्ने सरकार निर्दलीय हो? नेकपा (एमाले)का आधा सांसदहरूले शेरबहादुर देउवालाई समर्थन गर्दा निर्दलीय सरकार बन्छ, जुन संविधानले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाको विपरीत हुनेछ। ........ धारा ७६ को उपधारा (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ। यो व्यवस्थामा संविधानको धारा ७६ का तीनवटा उपधारा उल्लेख गरिएको छ।

आलोचना भएपछि मध्यरातमा महतोको स्पष्टीकरण ः राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु