Thursday, June 03, 2021

नेता/कार्यकर्ता/गुण्डा/ठेकेदार राज से जनता राज तक का सफर



देश में लोकतंत्र तो है नहीं। जो है उसे पार्टीतंत्र कहा जा सकता है। १०,००० लोगों का एक झुण्ड है, बिभिन्न पार्टी जे जुड़े हैं, और लाइफस्टाइल जी रहे हैं। देश का दोहन कर रहे हैं। कदम कदम पर भ्रष्टाचार। राज्य द्वारा नागरिक का शोषण। 

कम्पुटर इंडस्ट्री में कहा जाता है मेनफ़्रेम कम्प्युटर का जमाना था। बड़े बड़े कम्प्युटर। उसके लिए अलग से कमरा बनाते थे। सिर्फ कम्प्युटर का अपना अलग कमरा। अभी तो पर्सनल कम्प्युटर होते होते मोबाइल फोन तक आ गया है। पर्सनल कम्प्युटर के आविष्कारक स्टीव जॉब्स। उनके प्रथम प्रमुख इंजीनियर स्टीव वोजनियाक। वोजनियाक ने जो अपने गराज में बैठ के छोटा कम्प्युटर बनाया उसका मेमोरी बहुत छोटा। इतना छोटा कि उसके लिए कोइ सॉफ्टवेयर प्रोग्राम उपलब्ध ही नहीं था। तो बन्दे ने खुद लिखने का निर्णय किया। बगैर सॉफ्टवेयर प्रोग्राम के तो कम्प्युटर कहलाएगा नहीं। तो उसने लिखा। लेकिन जो लिखा वो फिट नहीं हुवा। ज्यादा लम्बा हो गया। तो उसको एडिटिंग करते करते उसने अंततः फिट किया। साधन स्रोत कम। उसने बाद में कहा अगर मेमोरी चीप बड़ा होता तो मैं उतना दुरुस्त छोटा सॉफ्टवेयर प्रोग्राम लिख न पाता। यानि कि साधन स्रोत की कमी अच्छी बात हुवी। नए नए ढंग से सोचने पर मजबुर करती है। 

कांग्रेस कम्युनिस्ट यहाँ तक कि जसपा भी मेनफ़्रेम कम्प्युटर की तरह हैं। जनता राज लाने का मतलब पर्सनल कम्प्युटर बना के घर घर शक्ति पहुँचाने का प्रयास। अभी शक्ति होता है पार्टी अध्यक्ष के पास। जनमत पार्टी के पास साधन स्रोत की कमी है वो अच्छी बात है। चुनाव कम पैसा खर्च कर के जित के दिखाना होगा। आम मतदाता को ये अहसास दिलाना होगा कि शक्ति तो तुम्हारे पास है। 

सीके एक कहानी सुनाते हैं साधु का। साधु ने नेता को कहा तुम्हें एक गधा दो हजार में नहीं मिला और तुम मुझे दो हजार में खरीदने निकल पड़े? उस कहानी का एक मिनट अंदर का वीडियो बनाइए और संगठन के मार्फ़त प्रत्येक मतदाता तक पहुंचाइए। जितने मतदाता तक वो कहानी पहुँचेगी समझिए पार्टी के झोले में दो हजार आ गया। 



ओली को चुरे संहार को प्रस्ताव नरसंहार स्तर को हो

प्रथम मुद्दा, द्वितीय मुद्दा 

उज्वल थापा शहीद हो गए 

पुरानो पुस्ताको हाराकिरी

Democracy's Chance To Rejuvenate In Nepal 

दो दलीय भ्रष्टाचारतंत्र को महामारी को समय मा प्रहसन

नागरिकता मानव अधिकार है, समाधान डिजिटल है

नागरिकता के सवाल पर शरणार्थी और सुकुमवासी क्या बोले?

Masking, Social Distancing, Handwashing

Beware: Pickpockets

Janamat: Horn Chhap




एमाले विवाद



गोरखापत्रले छाप्यो- ओली कम्युनिस्ट होइनन्, साँच्चिकै तानाशाह हुन् ‘अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । उहाँ मार्क्सवादी पनि हुन सक्नु हुन्‍न जति कोसिस गरे पनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ ।’ ...... ‘अहिले दलाल पुँजीवादको नियन्त्रण छ, राज्यसत्तामा । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयं नेता अथवा नेताका आफन्त लागेका छन् । कालोसूचीमा परेको ठेकेदारको घरमा स्वयं नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल बस्‍नुहुन्छ ।’ .........

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।



जसपा केन्द्रको विवादले प्रदेश २ सरकारमा असर नपर्ने ! प्रदेशमा पनि जसपा फुटे बन्ने छ विपक्षी गठबन्धको सरकार ....... आयोगले मुद्दा अदालतमा पठाउन सक्छ र अदालतले पार्टी समायोजन समेत नभएको अवस्था रहेकाले पूर्वजसपा र समाजवादी पार्टी ब्युँताउने सम्भावना रहेको छ ।

पार्टी फुटाउन तयार छु भन्दै नेपालको कटाक्ष- आयाराम गयाराम हुन्छन्, लालबाबुको नाम पनि भनौं ? जनप्रतिनिधिको कुराले अड्किएका हौं, मलाई तेस्रो र चौथो पुस्ताको साथ छ ....... नेपालले ओली आफू कमजोर हुने महसुस भएपछि मात्र बहाना बनाउने र कार्ड फ्याँक्न गरेको भन्दै एकतामा उनी जिम्मेवार नभएको टिप्पणी गरे । उनले भने, ‘हिजोदेखि आको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो ।’

‘दुवैतिरका केही व्यक्ति नेपालमा अस्थिरताका निम्ति खुला रूपमा भारतलाई उक्साउँदैछन्’ देशमाथि हस्तक्षेप गर भनेर बाबुराम भट्टराईले लेख नै लेख्नु अत्यन्तै आपत्तिजनक छ ....... नेपालमा राजदूत भइसकेका कतिपय भारतीय कुटनीज्ञिहरूले लेख र अन्तर्वार्तामार्फत नै नेपालमा ओली सरकार ढाल्न भारतले विपक्षी गठबन्धनलाई सघाउनु पर्ने भनेर लबिङ गरिरहेका छन् । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले भारतीय मिडियामा लेख नै लेखेर यो विषय उठाएका छन् । ......... नेपालमा सरकार बन्ने र नबन्ने आन्तरिक मामलामा विदेशीहरूका कुरा सुन्न छाडिएको केपी ओली सत्तामा आएपछि हो । ........ कार्यकारीबाट भएका गल्तीहरू न्यायपालिकाबाट सच्याइएको इतिहास पनि छ ....... मधेशी नेता र दलहरूमाथि लाग्ने आरोप भनेको सत्ता पाएपछि जसका पछि पनि कुदेर जान्छन् भन्ने हो । कतिपय सन्दर्भमा हामीले यस्तो देखेका पनि छौँ ।

पहिलोचोटि मैले के देखेँ भने मधेसी नेताहरूले मुद्दालाई प्राथमिकता दिएका छन् ।

............. संविधानमा रहेका आफ्ना असहमतिहरूलाई जसले समाधान गरिदिन सक्छ, उससँग बसेर पहिचान गर्ने गरी कार्यदल बनाउने सहमति गर्न सफल हुनुभएको छ । ........... संसदीय गणित अनुसार एउटाले गठबन्धन बनाउँदा पवित्र र अर्काले बनाउँदा अपवित्र भन्ने हुँदैन । हिजो उपेन्द्र यादव केपी ओलीको सरकारमा सामेल हुँदा कसको निर्देशन थियो ? त्यतिबेला चाहिँ केपी ओली अपवित्र नहुने, अहिले चाहिँ हुने हुन्छ ? ........... नेपालमा भारतले हस्तक्षेप गर्नुपर्छ, केपी ओलीलाई हटाउनका लागि मद्दत गर्नुपर्छ र विपक्षीहरूको गठबन्धन बनाइदिनुपर्छ भनेर उहाँहरूले खुलै रूपमा लेख्नुभएको छ । ........... एसडी मुनि त माओवादी नेताहरूलाई ‘र’ मार्फत् भारतीय प्रधानमन्त्रीसँग जुटाइइदिने मै हुँ भनेर नेपाल इन ट्रान्जिसन पुस्तकमा लेख्ने व्यक्ति नै हुनुभयो । ........ नेपालको राजनीतिमा केपी ओली आजको दिनमा सबैभन्दा शक्तिशाली पार्टीको अध्यक्ष र शक्तिशाली राजनीतिज्ञ हो भन्नेमा दुईमत छैन । ........... कसैलाई केपी शर्मा ओलीले भारतसँग मिलेर कुनै अवाञ्छित सहमति वा सम्झौता गर्नुभएको छ भन्ने लाग्छ भने त्यसका बारेमा खुल्ला बहस गरौँ । यदि त्यस्तो भएमा त्यसका बारेमा सार्वजनिक रूपमा बहस गर्ने, आलोचना गर्ने, विरोध गर्ने र अस्वीकार गर्ने अधिकार सबैसँग छ । .......... केपी ओली नै त्यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले भारतले नाकाबन्दी लगाउँदा हिम्मतका साथ त्यसको सामना गर्नुभयो, नेपालको गुमेको भूमि राखेर नक्सा प्रकाशन गर्न राष्ट्रिय सहमति जुटाउनु भयो, बिमस्टेकका नाममा भारतले सैनिक परेड खेलाउन खोज्दा सहभागिता जनाउनुभएन, सार्कको अध्यक्षका हैसियतले यसलाई सक्रिय बनाउनुपर्छ भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा राख्नुभयो । ............ संसद पुन:स्थापनापछि दुई महिनामा वैकल्पिक सरकार दिन हामी कति सक्षम भयौं ? विपक्षी गठबन्धनलाई अविश्वास प्रस्ताव ल्याउनबाट कसले रोकेको थियो ? नयाँ सरकार बनाउन र प्रधानमन्त्रीको उम्मेदवार खडा गरेर उसको नाममा बहुमत सिर्जना गर्न कसले रोकेको थियो ? ....... हामी आफ्नो राष्ट्रिय हितको मूल्यमा सबै देशसँग सम्बन्ध राख्न स्वतन्त्र छौं । ........... सम्बन्धहरू गतिशील ढंगले अगाडि बढिरहेका छन् । चीनसँग हाम्रो घनिभूत ढंगले छलफल चलिरहेको छ, चीनले यसबीचमा दुईपटक गरी हामीलाई १८ लाख डोज खोप उपलब्ध गराएको छ । त्यसैगरी भारत, अमेरिकालगायत अरु देशसँग पनि खोपकै सन्दर्भमा घनीभूत कुराकानीहरू भएका छन् । ........ भारत, अमेरिका, चीन अथवा हामीसँग द्विपक्षीय सम्बन्ध भएका हरेक राष्ट्रहरूका जायज कुरालाई हामीले ध्यान दिनुपर्छ, जसरी हाम्रा जायज सरोकारहरूलाई उनीहरूले ध्यान दिनुपर्छ । यस मानेमा हामी के गर्दछौं भन्ने कुरा फेरि पनि हाम्रो आफ्नो योग्यतामा भर पदर्छ । ......... एमसीसीलाई नेकपा (एमाले) वा केपी ओलीले अगाडि बढाएको होइन, यो राष्ट्रिय विषय हो । म चिनियाँ मित्रहरूसँग संवादमै छु । उहाँहरूले कहीँ पनि त्यस्तो कुरा व्यक्त गर्नुभएको छैन । चीनको व्यवहारबाट पनि त्यस्तो देखिँदैन । नेपालको हित हुने विषयमा निर्णय गर्न नेपाल स्वतन्त्र छ भन्ने कुरा चीनले बारम्बार भन्दै आएको छ । .........

कांग्रेस, माओवादी र जसपा मिल्दा त सुविधाजनक बहुमत हुँदाहुँदै किन विपक्षी मोर्चा बनाउन नसकेको ?

........ राष्ट्रपति संस्था कुनै गहना मात्र होइन । देशमा संकट पर्दा त्यो उच्च संस्थालाई प्रयोग नगर्नुपर्ने कारण के छ र ? ......... चिनियाँ राष्ट्रपतिसँग कुराकानी हुँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली त्यहीँ हुनुहुन्छ भने पत्र लेखन, त्यसको वातावरण निर्माण, हस्तान्तरणजस्ता सबै काम परराष्ट्र मन्त्रालयमार्फत् नै भएका छन् ।




माधव नेपाल समूहमा ‘फाटो’ ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको दोहोरो चेपुवामा नेपाल ...... नेपाल समूहका नेता भन्छन्- ‘हामीलाई विभाजन गर्न हल्ला चलाइयो’ ....... नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘हाम्रो अध्यक्ष कमरेड ओलीबाट कम्युनिस्ट पार्टीको शिरमा बसेर आन्दोलनलाई नै हम्मर हान्ने कुरा भयो, यसले कम्युनिस्ट पार्टी बच्न सक्दैन । उहाँको पदबाहेक सबै विघटन भयो ।’ बैठकमा अधिकांश नेताहरूले आफू कमजोर हुँदा एकता गरौं भन्ने र बलियो हुँदा कारबाही गर्ने ओलीको प्रवृत्ति रहेकाले त्यसबाट बच्नुपर्ने बताएका थिए । ......... ‘गत फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्‍यो, पार्टी जेठ २ मा फर्किनुपर्‍यो । निर्णय गरेर मात्रै भएन कार्यान्वयन हुुनुपर्‍यो, पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्‍यो ।’ ........ उनले ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा पद छोडे एकता हुन सक्ने बताएका थिए । ...... ‘बैठकमा आएका कुरा र माधव कमरेडको जवाफअनुसार मिल्नेभन्दा नमिल्ने सम्भावना नै धेरै छ’ ........ नेता नेपालले वार्ता टोलीका संयोजक भीम रावलमाथिको कारबाही फुकुवा नभएसम्म कुनै पनि किसिमको वार्ता नहुने र नेताहरूले व्यक्तिगत तहमा गरेका भेटघाटलाई वार्ता भन्न नहुने बताए । ‘ओलीको बर्बराहटले नै उनी के चाहन्छन् भन्ने प्रस्ट छ, उनले हामीभित्र फुटाउ र राज गर भन्ने नीति लिएका छन्, त्यो हामीले बुझेका छौं, वार्ताका नाममा आएका कुरा खेदजनक छन्,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘ओलीले नै प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर निर्णय फिर्ता लिनुपर्छ, ओलीको सकुनी पासामा कोही पनि पर्नेवाला छैन ।’ ........ ओलीले बेलाबेला वार्ताका नाममा बोलाउने र नेताहरूले दोहोरो रबैया देखाउने गरेकाले नै आफ्नो समूह घाटामा परेको बैठकमा सहभागीहरूको निष्कर्ष थियो । ‘मध्यमार्गी हौं भन्नेहरूले कहिले यता, कहिले उता गर्दा हामीलाई घाटा त भएको छ नि,’ नेपालनिकट अर्का एक नेताले भने,

‘पुस ५ गते हाम्रो समूहमा ४३ जना सांसद थिए, अहिले घटेर २८ हुँदै २३ मा पुगेका छन् ।

....... एमालेमा आफ्नो समूह मजबुत बनाउने र प्रतिनिधिसभा पुन:स्थापित भइहाले पनि आफू नै प्रधानमन्त्री बन्ने योजना प्रधानमन्त्रीले बनाएको र त्यही योजनाअनुरूप नेपालतिरका सांसदहरूलाई आफूतिर तानिरहेको ....... एमाले अध्यक्ष ओलीले नेपाल समूहमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई सकेसम्म आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । त्यसैले वार्ता टोलीको जोड पनि उनीहरूसँगकै छलफलमा केन्द्रित छ । त्यसैले २४ घण्टे स्पष्टीकरण सोधेर पनि ओलीले कारबाहीको अरू प्रक्रिया अघि बढाएका छैनन् । यसअघि उनले नेपाल, खनाल र रावलसहित ११ सांसदलाई पार्टीबाट निष्कासन गरेका थिए । निष्कासनमा परेका अधिकांश समानुपातिक सांसद भएकाले कथं प्रतिनिधिसभा पुन:स्थापित भयो भने आफ्नो समूहबाट पदपूर्ति गरेर बलियो बन्ने ओलीको योजना छ । एमालेले यसअघि नै समानुपातिक उमेदवारको बन्दसूची हेरफेर गर्न पाउने अधिकार ओलीलाई दिँदै पार्टीको विधान संशोधन गरिसकेको छ । ......... ‘हाम्रो समूहमा ओलीजीको जस्तो डिक्टेटरसिप हुँदैन, सबै नेताहरू गणतान्त्रिक छन्, त्यसैले विभिन्न खाले कुरा उठ्नु स्वाभाविक हो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर ओलीजीले आफूलाई नसच्याउँदासम्म उहाँको समूहमा जाने भन्ने कुरा हुँदैन, हामीलाई हाम्रै टिमभित्र बदनाम गराउन नचाहिँदो प्रचार गरिएको हो ।’ ......... ओली समूहले यी चार नेतालाई आफ्नो समूहमा लैजाने तर खनाल–नेपालसहितका नेताहरूलाई पार्टीमा नफर्काउने नीति लिइरहेका बेला आफूहरूको रणनीति तय गर्न यिनीहरू जुटेका हुन् ।




राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात प्रधानमन्त्री ओलीको सर्वसत्तावादी शासक बन्ने लालसा र मोदीको हिन्दुराष्ट्रको आकांक्षाको तगारो ठानिएको छ– नेपालको संसद् र संविधानलाई । ....... सामान्यतः पहिलो हुने जित्ने र समानुपातिकको मिश्रित निर्वाचन पद्धति भएको मुलुकमा कुनै एकल पार्टीले बहुमत हासिल गर्न हम्मे पर्छ । ....... उनले आफूलाई सत्ता सिंहासनमा पुर्‍याउने पार्टी छिन्नभिन्न पारे, आफ्नो माउ पार्टी एमालेलाई विभाजनमा धकेले । अब अपार संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सिध्याउन लागेका छन्, जसलाई एक हिसाबले प्रतिक्रान्ति भन्न सकिन्छ । ........ उनले ‘मार्केट सोसलिज्म’ शब्द बजारमा छर्दै गरे ताकि ‘चिनियाँ आर्थिक मोडल’ मुलुकमा नेपाली विशेषताअनुरूप लागू गरिरहिएको प्रचार होस् । ......... ‘यदि कुनै वामपन्थी सरकारमा पुगिहाल्यो भने उसले आफ्नो कार्यक्रम लागू गर्दैन, आर्थिक संकटलाई कसरी टार्ने भन्नेबारे ऊसँग कुनै योजना हुँदैन, स्क्यान्डिनेभिएन सामाजिक–जनवादीहरूको जस्तो दीर्घकालीन राज गर्ने आन्तरिक वातावरण तयार पार्ने ढंग तिनीहरूमा हुँदैन । त्यसले गर्दा तिनीहरू समाजमा सर्वत्र बदनाम हुन पुग्छन् र सत्ताबाट बाहिरिन्छन् । सत्ताबाट तिनीहरू मात्र बढारिन्नन्, भावी पुस्तालाई सत्तारोहण हुने बाटो पनि सदासर्वदाका लागि बन्द गर्छन् ।’ ......... उनले कामले भन्दा धनले, कार्यक्रम कार्यान्वयनभन्दा लोकप्रियतावादी नाराको आडमा राज्यदोहन गर्ने मार्गचित्र कोरे । ........ आर्थिक जुगाडका लागि नयाँ व्यापारिक घरानाहरूको निर्माण गरे । सरकार प्रमुख जसरी पनि धनआर्जन गर्ने र सत्ता कब्जा गर्ने मनसाय राख्छ भने समग्र उत्पादन पद्धतिमा ह्रास आउँछ र अवसरवादको खेती सुरु हुन्छ । उद्योगहरू मर्छन्, नाफामूलक व्यापार बढ्छ । शिक्षा र स्वास्थ्यको पनि व्यापार हुन थाल्छ । यो सबै धन उपार्जनका लागि गरियो, ताकि ओलीलाई बाँचुन्जेल राज्यको सत्ता बागडोर सम्हाल्ने अवसर जुटिरहोस् । ........ एकातिर पार्टीको महाधिवेशनले ‘दलाल पुँजीवाद’ लाई नेपाली आर्थिक–सामाजिक विकासको वर्गशत्रुका रूपमा चित्रण गर्ने, अर्कातर्फ पार्टी अध्यक्षले नेतृत्व गरेको सरकारले तिनै दलाल पुँजीवादी जन्माउने खेल हुनु अचम्म लाग्न सक्छ । प्रधानमन्त्री ओलीले एक्लै यो खेती सम्हालेका होइनन्, ओलीका ‘उपनेता’ सुवास नेम्बाङ र निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलसहितको टिमवर्कले कानुनी, आर्थिक, राजनीतिक संरक्षण गर्दै दलाल नोकरशाही सञ्जाल तयार पार्‍यो । वर्तमान अर्थमन्त्री तथा कथित ब्युरोक्र्याटहरूको संलग्नतामा

प्रधानमन्त्री निवासको जग्गा दखल गर्नसम्म बाँकी राखेनन् ।

......... ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आवरणमा पाँच दर्जनभन्दा बढी परियोजनामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएका फेहरिस्त छापिए, होहल्ला भयो तर पार्टीभित्र मूर्धन्य नेता, कथित दोस्रो पंक्तिले कहीँ प्रश्न उठाएन । अख्तियार आँखा, कान र मुख थुनेर बस्यो । प्रमुख प्रतिपक्ष लाचार छाया बन्यो, ओलीले लुई चौधौंजस्तै ‘मै राज्य हुँ’ भनेर तमासा गरिरहे । ........ राज्यसत्ता कब्जा गरेर सर्वसत्तावादी शासक हुने ओली–आकांक्षालाई दक्षिण एसियामा हिजोआज

‘शेख हसिना–बंगलादेशी मोडल’

भनिन्छ । अर्थात्, विपक्षविहीन कथित निर्वाचन गराएर राज्यसत्ता कब्जा गरिरहने राजनीतिक मोडल, जहाँ सेनाले होइन गुन्डाले परेड खेल्छन्; विज्ञले होइन, कथित उद्यमी र व्यापारीले मुलुकको अर्थराजनीतिक एजेन्डा तयार पार्छन् । बंगलादेशमा सन् २०१४ देखि निरन्तर शेख हसिनाले जितिरहेकी छन्, किनभने प्रतिद्वन्द्वी नभएपछि पहिलो हुन गाह्रो हुन्न । ........ नेपाली अर्थराजनीतिमा भारतको चासो तीन कारणले रहने गर्छ । पहिलो, सस्तो मजदुरीको उपलब्धता । दोस्रो, प्राकृतिक स्रोतसाधनको उन्मुक्त दोहन र पूर्ण रूपमा भारतवेष्टित बजार । र तेस्रो, चीनसँगको लामो सीमा रहेको हिसाबले रणनीतिक–सामरिक महत्त्व । तर मोदीले अतिरिक्त चौथो लक्ष्य हासिल गर्न खोजे । त्यो हो— नेपालमा हिन्दु अतिवादको विस्तार । ........ ओली उपयुक्त पात्र देखिएका छन्, जसका हातबाट उनीहरू तीन सिकार गर्न चाहन्छन् । पहिलो, नेपाली कम्युनिस्ट आन्दोलनको सर्वनाश । दोस्रो, समावेशी सहभागितामूलक लोकतन्त्रको सर्वनाश । र तेस्रो, धर्मनिरपेक्षताको सर्वनाश । ...... ओली बीजेपी, आरएसएस र मोदीलाई खुसी पार्न राज्यकोष मासेर पशुपतिमा जलहरी, ठोरीमा राम मन्दिर स्थापना गर्ने अभियानमा छन् । राम मन्दिर बनाउन गरिएको बजेट विनियोजन ओलीले आफूलाई बीजेपीकरण गर्ने प्रक्रियाको भाग हो । ओली यति बेला बीजेपी, विश्व हिन्दु परिषद् र संघहरूलाई खुसी पार्ने मामिलामा पूर्वराजा ज्ञानेन्द्रसँग भित्री रूपमा प्रतिस्पर्धा गरिरहेका छन् ।


चुरेलाई मृत्युदण्ड अर्थात् राष्ट्रिय जीवन–मरणसँग जोडिएको विषयमाथि खेलबाड गर्दै, यसबारे बहुकोणीय विमर्श गर्ने प्रतिनिधिसभा नभएका बेला, संघीय सरकारले कुन शक्तिलाई रिझाउन खोजिरहेको छ ? ........ चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । तराईको भूमिगत जलस्रोतको तहलाई निरन्तरता दिन, कृषि उत्पादनमा सहयोग पुर्‍याउन र दून, भावर तथा तराई भूभागलाई बाढीबाट बचाउन चुरेले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले त चुरे, भावर क्षेत्रलाई मधेसका लागि पानी जम्मा गर्ने प्राकृतिक भाँडो भनिन्छ । सन्धि क्षेत्र र उचाइमा निकै भिन्नता रहनुका साथै तराई तथा महाभारतका विशेषताहरूको सम्मिश्रण पाइने हुनाले चुरे क्षेत्र जैविक विविधतामा वैभवशाली छ । हिमाली–पहाडी क्षेत्रबाट तराईतर्फ जाने नदीहरू यसै क्षेत्र भई बग्ने हुँदा प्राकृतिक रूपमा यो क्षेत्र अत्यन्त संवेदनशील छ । ....... चुरेको प्रकृतिबारे सरकारी पक्षले आँखा चिम्लेको प्रस्टिन्छ । चुरेलाई मृत्युदण्ड दिइँदा जैविक विविधतासमेत मासिन्छ । ........ चुरे पहाड भूजैविक, भौगर्भिक आदि दृष्टिले कमलो, संवेदनशील, वातावरण तथा वन–वनस्पतिको भण्डार रहिआएको छ, जसको पछिल्ला केही दशकदेखि तीव्र दोहन भइरहेको छ । कतिपय कोणबाट पञ्चायती व्यवस्थामा नेपालको वन मासियो भनिन्छ तर बहुदलीय व्यवस्थामा तीन दशकमै चुरेमाथि बेपत्ता आक्रमण भएको छ, र त्यो राज्यकै संरक्षणमा भइरहेको छ । वन वा चुरे जोगाउने संघर्ष पहिलेको भन्दा बढी कठिन भइरहेको छ, किनभने यस्ता कार्यलाई विकास वा समृद्धिका नाम दिने सरकारी छलछाम बाक्लिएको छ । सत्तारूढ दलका भक्तहरूले ‘यस्तो विकास–समृद्धि’ का उपक्रमहरूको जयगान गाउँछन् नै, अहिले पनि यही परम्परा दोहोरिएको छ । ........... चुरेका लागि कसले बोल्ने ? पहाड कि मधेसले ? चुरे मूल पहाड र मधेसको परिधिमा पर्ने हुनाले दुवैतिरबाट उपेक्षित छ । पहाडवासी ठान्छन्— चुरेमाथिको संकटबारे मधेसले सोच्ने हो । यता, बहुसंख्यक तराईवासी चुरेको भौगोलिक स्थिति र बनावट हेरेर यो आफ्नो सरोकार नभएको मान्छ । यसरी चुरे अभिभावकविहीन हुन पुगेको छ । बिचौलिया सत्ताले यो कुरा मिहिन ढंगले बुझेको छ । त्यसैले यो वा त्यो निहुँमा चुरेका स्रोतमाथि नजर राखेका आन्तरिक वा बाह्य सिकारीहरू उपयुक्त समय कुरिरहेका हुन्छन्, मौका पाउनासाथ छोपी पनि हाल्छन् । ......... अहिलेका प्रमुख राजनीतिक दलहरू विगतमा सरकारमा कुनै न कुनै बेला थिए नै, त्यसबखत सबै चुरे चौपट्ट गर्ने मतियार देखिए । खड्गप्रसाद शर्मा ओली सरकारलाई एकाएक दिव्य दृष्टि पलाएको होइन, एउटा खास राजनीतिक वृत्तले ‘ढुंगा–बालुवा कूटनीति’ वा ‘ढुंगा–बालुवा अर्थतन्त्र’ बारे निकै पहिलेदेखि जनमत बनाउँदै आएको थियो, त्यसको कार्यान्वयन अवधारणा अहिलेको बजेटमार्फत अभिव्यक्त भयो । ...........

ढुंगा र गिट्टीको निकासी खोल्नु भनेको चुरे सक्नु नै हो ।

........... चुरेलाई राष्ट्रिय लुटको ढुकुटी बनाइयो । ....... मुलुक संघीय ढाँचामा गइसकेपछि चुरे छलफल, विवाद र लेनदेनको विषय बन्ला भन्ने एक खालको बुझाइ थियो तर त्यस्तो केही भएन ।

बहुतहका सरकारमध्ये, जसले जहाँ पायो त्यहीँ लुट मच्चायो ।

.......... तराईमा मरुभूमीकरण फैलिन थाल्दा हुन सक्ने सामूहिक पलायनबारे कसले सोच्दै छ ? ........ यसबारे संसद्मा व्यापक बहुकोणीय विमर्श हुनुपर्थ्यो तर यो अवधारणा सरकारले जनप्रतिनिधि संस्था नभएको बेला ल्याएको छ । ......... चुरेलाई कम–से–कम एक दशकका लागि ‘शान्ति क्षेत्र’ घोषणा गरौं........ अहिले मुलुकको आन्तरिक राजनीतिक नक्सा सात भागमा बाँडिए पनि, चुरे सातै प्रदेशको साझा सरोकार हो ।




व्यवस्थित खानी सञ्चालनबाट यसरी गर्न सकिन्छ ढुंगाजन्य पदार्थ निकासी प्राकृतिक साधन, स्रोत अथाह छ तर प्रयोग गर्न आउँदैन । ........ नेपालले वार्षिक रुपमा अर्बौं रुपैयाँ बराबरका ढुंगा, माटोको प्रयोग गरेर बनाइने मार्बल, स्ल्याव, टायल, चिप्स लगातयका सामग्रीहरु भारत तथा तेस्रो देशहरुबाट आयात गर्छ । .......... हामी वार्षिक अर्बौं रुपैयाँ खर्च गरेर विदेशबाट ढुंगा, माटो, स्ल्याब, मार्बल, टायल, चिप्स आयात गरिरहन्छौं तर देश भित्रै भएको श्रोत उपयोग गर्दैनौ किनकि त्यसो गर्दा हाम्रो वातावरणमा असर पर्छ भनेर हाम्रा वुद्दिजीवीहरुले भन्छन् । के उक्त विकट क्षेत्रमा हामीले व्यवस्थित रुपमा खानी खोलेर ढुंगा, स्ल्याब उत्खनन् गरी त्यहाँका जनताको जीवनस्तर उकास्न सकिँदैन ? त्यहाँका जनतालाई भारत तथा खाडीमा मजदुरी गर्न पठाएर उनीहरुले पठाएको पैसाले इटालियन, भारतीय मार्बल, टायल, चिप्स लगाएको घरमा बसेर यस्तो लेख कहिले सम्म लेख्ने ? उनीहरुकै स्थानीय स्रोत प्रयोग गरेर त्यहाँको जीवनस्तर उकास्न सकिन्छ भने, हामी काठमाडौंमा बसेर त्यस्तो गर्नु हुँदैन भनेर कसरी लेख्न सक्छौं। ........ एकचोटि ढुंगाको पहाडमा बस्ने र सबैको रोजीरोटीसँगै देश चलाउन अरबको ५० डिग्री तापक्रममा मजदुरी गरेर रेमिट्यान्स पठाउने हाम्रा दाजुभाइलाई सोधौं ‘तपाईं त्यो पहाडबाट ढुंगा बेचेर नेपालमै बस्न चाहनुहुन्छ कि अरब जान चाहनुहुन्छ ? ....... वर्तमान सरकारले ढुंगा जन्य पदार्थ निकासी खुला गर्ने भनेर निति ल्याएको छ, जुन सकारात्मक छ। तर हाम्रा बहुसंख्यक साथीहरुले एउटा ठूलो आशंका गरेका छन् कि यो नीतिले तराईका खोलानाला तथा चुरे क्षेत्रको वन मासेर गिट्टी, बालुवा दोहन गरी वन विनास हुनेछ, जुन आशंका स्वाभाविक पनि छ। तर त्यस प्रावधानमा कतै पनि चुरे वा अन्य कुनै क्षेत्रमा खानी खोल्ने भनेर किटान गरिएको छैन। त्यसैले यो चुरे क्षेत्र तथा तराईका खोलानालाबाट ढुंगा, गिट्टी निकाल्न लक्षित गरेर ल्याइएको होइन भन्ने मेरो विश्वास छ, किनकि चुरे संरक्षणको लागि बनाइएको राष्ट्रपति चुरे–तराई मधेस विकास समिति र त्यसले तर्जुमा गरेका नीति नियम, मापदण्डहरु क्रियाशील अवस्थामै छन् । त्यसैले यो योजना मध्य पहाड, महाभारत क्षेत्रमा रहेका कडा, विकट चट्टानी पहाडहरुमा व्यवस्थित तरिकाले खानी खोल्ने लक्ष्यमा केन्द्रित भएको हुनुपर्छ । .............. प्राविधिक रुपमा पनि चुरे क्षेत्रका ढुङगाहरु कमला छन् जसबाट गुणस्तरीय ढुङगाजन्य पदार्थहरु उत्पादन गर्न सकिँदैन। त्यहाँ उत्खनन् गरिएमा बाढी पहिरो गएर मानवीय बस्तिहरुमा असर गर्छ, तराईमा डुबान हुन्छ । चुरे क्षेत्रमा खानी खोल्ने त कल्पनासम्म पनि गर्न सकिँदैन ........

केही समयपछि व्यवस्थित तरिकाले महाभारत क्षेत्रमा खानी सुचारु भएपछि तराईका खोलानालाबाट पनि उत्खनन् बन्द गर्नुपर्छ । जसले त्यहाँको वातावरण संरक्षणमा अझै टेवा पुग्छ ।

......... चुरे क्षेत्रमा कमलो पत्रे चट्टानहरु (Sedimentary Rock) छन् भने र मध्य पहाड, महाभारत क्षेत्रमा मुख्यतया परिवर्तित चट्टानहरु (Metamorphic Rock) छन् ।