Saturday, May 01, 2021

Say Hello

  1. Call everyone you know inside Nepal/India one person at a time. 
  2. Do not start lecturing. First, build rapport. Listen more than you speak. Say hello. Ask questions. 
  3. After you build rapport emphasize the basic message on masking, social distancing, and handwashing. Not everyone can social distance, but everyone can cover their mouth and nose. Pieces of cloth can also work. The message now is, wear two masks. 
  4. Call periodically to keep emphasizing the basic message. Do the Coca-Cola thing. The most established brand name in the world still advertises aggressively. 
  5. Do what you can in terms of fundraising for emergency medical situations. 













Friday, April 30, 2021

"म दुइटा मास्क लगाउँछु र मान्छेको नजिक सकेसम्म जाँदै जान्नँ"



लाग्छ, दिल्लीमा युद्ध चल्दैछ मेरो छिमेकमा दर्जनौं मान्छे बिरामी छन्। मेरा एक जना सहकर्मी सिकिस्त छन्। मेरो छोराका शिक्षकहरू थलिएका छन्। म बस्ने घरमै पनि दायाँबायाँ सबै कोरोना संक्रमित छन्। 'मलाई थाहै छैन मलाई कसरी सर्‍यो,' अस्पताल भर्ना भएका मेरा एक नजिकका साथी भन्दै थिए, 'एक सासमै यो...।' ......... सिकिस्त भएका उनमा आफ्नो वाक्य पूरा गर्ने तागत थिएन। ......... केही दिनअघिको तथ्यांक हेर्ने हो भने कोरोना पोजेटिभ हुने संख्या ३६ प्रतिशत थियो। यो भनेको तीन जनामा एक जनाभन्दा बढी संक्रमित हुनु हो। एक महिनाअघि यो संख्या तीन प्रतिशत थियो। .......... यहाँ संक्रमण आँधीझैं फैलियो। ........ दोस्रो लहरमा आएको कोरोनाको भयानक चट्याङले सबैलाई एकैपटक हानेको छ। .......... कहीँ आइसियू खाली छैन। धेरै अस्पतालका त गेटै बन्द भइसके। ......... यो नयाँ प्रकारको भाइरस एकदमै धेरै र चाँडो फैलिन्छ र खोपको प्रभावकारिता पनि कम गर्न सक्छ ........  हामीले कुराकानी गरेका केहीले त दुईपटक खोप हालिसके पनि गम्भीर बिरामी भएको बताएका छन्। यो एकदमै भयानक संकेत हो। .......... म अचेल फोन हेर्न पनि डराउँछु। कतै कुनै साथीलाई गाह्रो पर्‍यो कि, मृत्यु नै भयो कि! .......... मैले त आफूमा पनि लक्षणहरू कल्पना गर्न थालिसकेँ, के मेरो घाँटी दुखेको हो? मेरो टाउको दुखिरहेको थियो, आज झन् बढेको हो कि? ........ यस्तो लाग्छ, बाहिर विषालु हावा फैलिएको छ, हामी सास फेर्नै डराएका छौं। .......... अस्ति भर्खर भारतीय हवाई सेनाले सिंगापुरबाट अक्सिजन ल्याएर आवश्यक ठाउँहरूमा वितरण गर्‍यो। यो समाचार देख्दा म धेरै भावुक भएँ- सरकारले हावाबाटै हावा बोकेर ल्याइरहेको थियो। ......... अवस्था योभन्दा खराब हुन सक्छ। .......... आउँदो अगस्टसम्म भारतमा कोरोनाका कारण मर्नेहरू दस लाखभन्दा बढी हुन सक्छन्। .......... अस्तिको जनवरी र फेब्रुअरी महिनामै म भारतका विभिन्न सहर चहार्दै समाचार खोजिरहेको थिएँ। त्यो बेला कसैले पनि मास्क लगाएका थिएनन्, साँच्चै कसैले पनि। ....... सबै ठाउँमा जस्तै भारतमा पनि धनी र पहुँच हुने वर्गका मान्छेलाई संकटबाट पार पाउन सहजै छ। अहिले भने अवस्था यस्तो देखिँदैन। .......... म दुइटा मास्क लगाउँछु र मान्छेको नजिक सकेसम्म जाँदै जान्नँ। 



झपक्क निदाउँदा पनि ऐंठन हुन्छ ! ‘यतिका बिरामीलाई अब कसरी बेड मिलाउनु ?’ ........ सात दिनदेखि निरन्तर २४ घण्टे ड्युटीमा रहेकी उनलाई ज्वरो आउन थालेको दुई दिन भएको थियो । ............  ‘प्यासले ज्यान सुकिसक्दा पनि पानी खान नपाउने अवस्था छ’ उनले भनिन्, ‘पीपीई सेट लगाएपछि ट्वाइलेट जान नमिल्ने हुनाले पानी नखाई बस्नुपर्छ ।’ ........ ‘तर, म घरमा बसें भने आफू मात्र सुरक्षित हुन्छु, यहाँ अरूलाई पनि बचाउन सक्छु’, उनी भन्छिन्, ‘भयावह अवस्था देखिने अस्पतालको भिडियो हेरेर आत्तिनुभएका आमाबुवालाई फोनमा यस्तै कुरा गरेर सम्झाएँ ।’ ........... नजिकै बेड कुरिरहेका संक्रमितहरू घरीघरी ती शव हेर्न विवश थिए । .......... यही आईसीयूमा एकै बिहान पाँच जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि प्रतीक्षामा रहेका पाँचजना संक्रमितले एकै पटक बेड पाए ......... आईसीयू बेड खाली नभएकोले अक्सिजन सपोर्टमा साधारण बेडमा राख्न अग्रसर भएकी डा. आचार्यलाई ती बिरामी महिलाका आफन्तले अपशब्द प्रयोग गरेका थिए । बिरामी बचाउन दिन–रात नभनी चौबीसघण्टे ड्युटीमा खटिएका उनीसँग त्यसको ‘जवाफ’ मा कुनै शब्द थिएन । ......... ‘मन बिथोलिएर आउँछ’ डा. आचार्य भन्छिन्, ‘तर के गर्नु, बिरामीको पीडा र आफ्नो पेशागत कर्तव्य सम्झेर, मन बुझाएर ड्युटीमा फर्कनुपर्छ ।’ .......... आईसीयूमा खटिरहेको बेला उनले ‘डाक्टरलाई झ्याम–झ्याम गालामा हान्नुपर्ने’ भनेको धेरै पटक सुनेकी छिन् । महामारीमा यस्तो भनाइ धेरै स्वास्थ्यकर्मीले सुनेका छन् । यस्ता कुराले चित्त दुखे पनि बिरामी निको भएर जाँदा खुशी लाग्ने डा. आचार्य बताउँछिन् । ........... १४१ जना संक्रमितलाई उपचार गर्ने क्षमता भएको अस्पतालमा २४२ जनालाई ‘एड्जस्ट’ गरेर उपचार गरिंदैछ । ........... ‘यति धेरै बेहाल हुनुपरेको एचडीयू बेड थोरै भएर भन्दा पनि संक्रमण नै भयावह भएर हो ।’ .......... कतिपय संक्रमित छट्पटाउँदै मरिरहँदा केही गर्न नसकेर हेर्न विवश भएको डा. आचार्य बताउँछिन् । ........... ‘संक्रमण नभएका स्वास्थ्यकर्मी खोज्न थाल्ने हो भने त यहाँ संक्रमितको उपचार गर्न कोही बाँकी रहँदैन’, डा. आचार्य भन्छिन् । ........... ‘दिनमै चार–पाँच जना छट्पटाउँदै मरिरहेका हुन्छन्’ डा. आचार्य आफ्नो भोगाइ सुनाउँछिन्, ‘आफन्तले बचाइदिनु भनेर हात जोड्दै, रुँदै विन्ती गर्दा अवाक् बनेर बस्नुको पीडा हामी भोगिरहेका छौं ।’ .............. ‘अर्को, संक्रमितहरू यहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ, जसले गर्दा रेमडिसिभर लगायत औषधि चलाउँदा पनि बचाउन सकिन्न’, उनी भन्छिन् । ........... बुधबारसम्म भेरी अस्पतालका ७० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । ‘जनशक्ति नहुँदा संक्रमित भएर पनि काम गर्नुपर्ने बाध्यता छ’ पहिल्यै संक्रमित भएर निको भइसकेकी डा. आचार्य भन्छिन्, ‘अब त एकक्षण झपक्क निदाउँदा पनि ऐंठन हुन्छ ।’ 

‘राजनीतिमा अपराधीकरणको चरम रुप’ दिपक मनाङ्गेः गुण्डा नाइकेदेखि मन्त्रीसम्म  ......... २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो । पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको नाम) दाइले किन समातेनन् ?’ अधिकारीहरुका अनुसार प्रहरीले पक्राउ नगर्दा उनी छायाँमा परेको महसुस गर्थे, आफ्नो गतिविधि जारी रहेको छनक दिन पनि हिरासत पुग्नुपर्छ भन्ने मान्थे ।  .......... काठमाडौं प्रहरीमा लामो समय काम गरेका एक अधिकृतका अनुसार मनाङ्गेले ठमेलमा टाउको उठाउँदै गर्दा उपत्यकामा अर्का गुण्डा चक्रे मिलेन मात्रै थिए । ठमेलमा डान्स बार र रेष्टुरेन्टहरु खुल्दै जाँदा मनाङ्गले हप्ता असूली गर्न थालेका थिए ।  ........... ०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि चाहिँ उनी चर्चामा आए । आफू पनि कारबाही पर्ने डरले मेजरले उजुरी त दिएनन् ........... महाराजगञ्ज क्षेत्रका मिलन चक्रे र चाबहिलका राजु गोर्खालीले गिट्टी बालुवा र जग्गा व्यवसायमा हात हाल्न थाले । मनाङ्गेको रजगज चाहिँ ठमेल क्षेत्रमै सीमित थियो, झगडा मिलाइदिने र हप्ता असूलीले मात्र नपुग्ने भएपछि उनले चक्रेको क्षेत्रतिर हात हाल्ने कोसिस गरे । डिस्कोमा काम गर्ने बाउन्सर गणेश लामालाई पनि उनले आफ्नो समूहमा सामेल गराए । .............. हाल उनी यार्सागुम्बा लगायतका जडिबुटीको व्यवसायी गरिरहेको प्रहरी रेकर्डले देखाउँछ । ........... मनाङ्गे पनि ०४७ सालदेखि ०६८ सालसम्म अधिकांश समय राप्रपासँग जोडिएका थिए । तर, ०६२/०६३ को आन्दोलनपछि राप्रपा कमजोर बन्दै जाँदा उनले अन्य दलहरुको फेरो समात्न थाले । .........  ०६८ सालतिर संघीय समाजवादी पार्टी प्रवेश गरे । ०७३ सालमा राप्रपा प्रवेश गरेका उनी एक वर्षपछि एमालेमा प्रवेश गरे । .................. मनाङ्गको प्रदेशसभा क्षेत्र नं. ‘ख’बाट उनलाई २०७४ सालमा एमालेले टिकट दिने निर्णय गर्‍यो । तर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक विरोध भएपछि पार्टी निर्णयबाट पछि हट्यो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिए, एमालेले कसैलाई उठाएन । .............. माननीय बनेपछि पनि मनाङ्गेको शैली भने फेरिएन । २०७६ माघ पहिलो साता मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हाने । ........... मनाङ्गेले भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको दाबी गरे । ............ उनलाई दुईपटकसम्म पक्राउ परेका एक अधिकृत यो प्रश्नमा हाँस्छन् मात्र । भन्छन्, ‘यो देशमा गुण्डागर्दीले कुन तहसम्म जरा गाडेको छ भन्ने प्रमाण हो ।’  ...........   मनाङ्गेहरुलाई डन नभई ‘फ्याउरे भएको’ सार्वजनिक अभिव्यक्ति दिने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि उनलाई मन्त्री बनाइनुले देशका माथिल्लो तहमा बस्ने पनि गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न छन् भन्ने देखिने बताउँछन् । ‘यो राजनीतिमा अपराधीकरणको पराकाष्ठ हो’, खरेलले अनलाइनखबरसँग सुनाए, ‘दिपक मनाङ्गले एउटा क्षेत्र तर्साउँथ्यो, नेताहरु देशै तर्साइरहेका छन् । त्यसैले दुईबीच फरक देखिन्न ।’ ............ बहालवाला थुप्रै सांसदहरुको पनि आपराधिक पृष्ठभूमि भएको ..............  मनाङ्गे भन्थे, ‘पुलिस नेतादेखि डराउँछ, नेता गुण्डादेखि डराउँछ, गुण्डा पुलिसदेखि डराउँछ ।’

मनाङे-लामा सम्बन्धः गुरू-चेला !  डिल्लीबजार कारागारमा सँगै रहेका अर्का गुन्डा नाइके दिपक मनाङेले लामालाई माला लगाइदिएर विदाइ गरेको कारागार स्रोतले जनाएको छ ।  ..........  मनाङे ३१ वैशाख ०६१ मा पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । .......... पछि काभ्रेमा रक्तचन्दनको कारोबार थालेपछि उनी एकाएक राइज भए । त्यसवेला प्रहरीलाई समेत रक्तचन्दनबारे जानकारी थिएन । ‘त्यतिवेला प्रहरीलाई समेत हातमा लिएर उनीहरुले रक्तचन्दन तस्करी गरिरहेका थिए,’ एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, पछि मात्रै तस्करीबारे राज खुलेको थियो ।’ ........... फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि लामा पनि कांग्रेस प्रवेश गरे । .......... लामाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि मुद्दा चलाएको थियो । अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पनि उनीविरुद्ध प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।