अहिले कर्णाली को
फ्लोर क्रॉस पछि एकाएक देउबा बिउँतनु र प्रचंड तात्तिनु ले देखाउँछ माधव सँग केही न केही समझदारी भएको छ। केन्द्रमा
फ्लोर क्रॉस अगाडि ओली ले कसैलाई पार्टी बाट निकाल्न नमिल्ने,
फ्लोर क्रॉस पछि निकाल्न त मिल्ने तर एक वर्ष सम्म का लागि देउबा प्रधान मंत्री भइसकेको हुने। तर
फ्लोर क्रॉस गरेका हरुको सांसद पद गुमे पछि देउबा को बहुमत गायब हुने, तर गायब भए पनि एक वर्ष फरक नपर्ने। त्यस्तो गिजलटो छ नेपालको संविधान। तर त्यति हुँदा माधवले पाउने के? सुर्य चिन्ह त गुमाउँछ।
यो संविधान सभा दोहोरिन लागेको हो। जसपा लाई निस्तेज पार्ने प्रयास हो यो। यो माधवको सुसाइड बॉम्बर चाल हो। आफु सिद्धिने तर ओली लाई पनि क्षति पुर्याएर मात्र।
कम्युनिस्ट एक पटक फुटोस कि दुई पटक त्यसले देउबा को निर्वाचन हस्तरेखा मा खासै फरक पर्दैन। सत्ता का लागि सत्ता कांग्रेस को मुद्दा हो। त्यो कुनै मुद्दा नै होइन। २०४६ देखि राज गर्दै आएको पुस्ता को समय आएको हो। त्यति बेला राजीव गांधीको नाकाबंदी ले पंचायको ढोका बंद गरिदियो। अहिले महामारी त छ तर यो झुण्ड लाई कुनै सहयोग चाहिएको छैन। आफै मारकाट गर्दै छन।
३० वर्ष प्रयाप्त समय हो। यी नेता हरुले केही गर्ने थिए भने गर्थे। समय अब सकियो। ३० वर्षमा पंचायत ढल्यो। ३० वर्षमा अब कांग्रेस कम्युनिस्ट ढलन लागे। नया नेता हरु का लागि स्टेज बन्दैछ।
ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष जसपाका पाँच वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्न प्रक्रियासमेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए । सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइरहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए । काँग्रेसले भन्यो–केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरे । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने देउवाको भनाइ थियो । ...... ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’
महन्थ ठाकुरको ट्रयाक सही छ : देवेश झा (अन्तर्वार्ता) सञ्चारमाध्यमहरुले जनतामा आफ्नो प्रचारका लागि यस्ता शब्दाबलीको प्रयोग गर्छन । जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि भन्नुभएको थियो कि मिडियाले उहाँलाई प्रधानमन्त्री नै बनाइदियो । प्रधानमन्त्रीको पद रिक्त नभएसम्म पदपूर्तिको कुनै सम्भावना हुँदैन । संविधानको धारा ७६ को १, २, ३ र ५ ले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाको रहेको छ । यी चारवटै धारामा जसपाको कुनै सम्भावना छैन । ......... नेपालको संविधानबमोजिम जेठ १५ गते नेपाल सरकारले बजेट प्रस्तुत गर्नैपर्छ । अर्थात् त्योभन्दा पहिले नीति तथा कार्यक्रम पारित भएको हुनुपर्छ । .......... यदि माओवादीले नीति तथा कार्यक्रमलाई समर्थन ग¥यो भने त्यसपछि पनि बोल्ने कुनै नैतिक आधार रहन्छ त ? ............ हिजोसम्म मधेशी नेताहरुलाई पदलोलुपको संज्ञा दिने मिडियाहरुले अहिले सत्तामा नगइदिएको कारणले हलो अड्काएको टिप्पणी गरिरहेका छन् । जसपाले आफ्नो मुद्दाका लागि राजनीति गर्ने कि ओलीलाई ढाल्ने वा अरुलाई प्रधानमन्त्री बनाइदिने ? ........... उपेन्द्र यादवजी दुईबुँदे सहमतिसहित यही प्रधानमन्त्री ओलीको सरकारमा सामेल भएको कुरा ताजै छ । त्यतिबेला ओली पवित्र हुनुहुन्थ्यो, अहिले अपवित्र हुनुभो भन्न मिल्दैन । बरु त्यतिबेला उहाँ मधेशप्रति अहिलेको जति पनि सकारात्मक हुनुभएको थिएन, जति अहिले हुनुहुन्छ । एउटा तिक्ततापूर्ण वातावरणमा उपेन्द्रजीको बहिर्गमन भएको थियो । ........... विगतमा पार्टी विभाजन गरेर जाँदाको परिणाम प्रायः सबै नेताले थाहा पाइसकेकोले पार्टी विभाजन गर्ने पक्षमा कोही छैन होला । .......... त्यतिबेला उपेन्द्र यादवको विचार स्वीकार्य भए वा नभए पनि उहाँ पार्टी फोड्नु हुने छैन । बरु मौन बस्नु होला र आफ्नै दृष्टिकोण लिएर अर्को पक्ष ओलीसँग जाँदा पनि मधेशको लागि हितकारी नभएको प्रमाणित गर्नेतिर आफ्ना कदमहरु चाल्नुहुनेछ । यसरी पनि उहाँले दलमा आफ्नो वर्चस्व बनाउने अवस्था सिर्जना गर्ने प्रयास गर्न सक्नु हुनेछ । जसपा मात्रै होइन, कुनै पनि पार्टी फुट्ने सम्भावना छैन । .......... हृदयेश त्रिपाठीजीको मधेश राजनीतिसँगको संलग्नता अथवा भूमिकालाई सन्देह गर्न मिल्दैन । उहाँ सुरुदेखि नै स्व.गजेन्द्र नारायण सिंहसँग रहेर आफ्नो भूमिका खेल्दै आउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन यसैमा लगाउनुभएको छ । .............. अहिले अत्यन्त जटिल मोडमा नेपालको राजनीति छ, एउटा अन्योलताको परिस्थिति सिर्जना गरिदिएको छ । त्यसैले हुस्सु लागेको अवस्था भएकोले हामीले धेरै कुरा देख्न सकिरहेका छैनौं । ‘अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग विकल्प छैन’ सञ्चारमाध्यमहरुले जसपालाई अनिर्णित भनिरहेका छन् । तर हामी अनिर्णयको बन्दी भएका होइनौं । ............ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई विश्वास गर्न सकिने आधार पनि छैन । .......... वैकल्पिक सरकार निर्माण हुने अवस्था नदेखिएकोले भविष्यमा उनीहरुको सरकार बन्ला र हाम्रो माग पूरा गर्ला भनेर कल्पना मात्र गर्न सकिन्छ । त्यसैले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टरुपमा भनिसक्नुभएको छ कि सकेजति मुद्दाहरु सम्बोधन गर्छौं र प्रक्रिया पनि सुरु गरिसक्नुभएको छ । मधेशका समस्याहरु सम्बोधनका लागि उहाँले विभिन्न पाइला चालिसक्नुभएको पनि छ । प्रधानमन्त्री ओली यस विषयमा अहिले एकदमै प्रष्ट र स्पष्ट हुनुहुन्छ । त्यसैले, मधेशका मुद्दाहरु सम्बोधन गराउनका लागि अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग अर्को विकल्प छैन । मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री ओलीले देखाउनुभएको अग्रसरतालाई मध्यनजर गर्दै जसपाले समर्थन गर्नैपर्छ । .......... अहिलेका प्रधानमन्त्रीजस्तो कुनै पनि सरकारका प्रधानमन्त्रीले यसअघि मधेशका मागहरु पूरा गर्नका लागि प्रक्रिया सुरु गरेकै थिएनन् । .............. अहिले कागजी सहमतिभन्दा पनि प्रधानमन्त्री ओलीले गरेर देखाउन खोज्नुभएको हामीले हेरिरहेका छौं । अहिले कांग्रेस र माओवादीलाई सरकार ढाल्ने र बनाउने काममा जसपा अनिवार्य भएकोले तिनीहरुले त्यस्ता प्रतिबद्धताहरु दोहो¥याइरहेका छन् । तर व्यवहारतः हामीले हेर्दा प्रधानमन्त्री ओली हाम्रा मागहरु सम्बोधनका लागि प्रक्रिया सुरु गरिसक्नुभएको छ । कांग्रेस र माओवादीले मुलुकलाई अस्थिरतातर्फ लानका लागि यो सरकारको विकल्प खोजिरहेका छन् । ............ मधेशका मुद्दाहरु सम्बोधन होस् भन्ने चाहना पूर्वसमाजवादी पार्टीका नेताहरुको पनि छ । यदि यो सरकारले सम्बोधन गर्छ भने उहाँहरुको पनि अभिव्यक्ति परिवर्तन हुन्छ । ........... पूर्वराजपाका नेताहरु र पूर्वसमाजवादी पार्टीका नेताहरु सबैले मधेशको समस्या समाधान चाहेकाले जसपाभित्र दुईमत छैन । .......... अहिले उहाँले मधेशलाई राम्ररी अध्ययन गर्न थाल्नुभएको छ । मधेशको आवश्यकतालाई बुझ्ने प्रयास गर्नुभएको छ भन्ने अनुभूति हामीलाई थालेको छ । यदि प्रधानमन्त्रीको सल्लाहकार टिममा मधेशलाई बुझ्ने कोही सदस्य भइदिएको भए यस्तो अवस्था आउने थिएन । अहिलेको अवस्थामा उहाँ मधेशका सबै मुद्दाहरुको बारेमा जानकारी भइसकेको छ । उहाँले मधेशको माग र मुद्दा सम्बोधन गर्नेतिर अग्रसर हुनुभएको छ ।
नेतागिरी के चक्कर में अपनों से रिश्ते खराब ना करें,
बाद में गब्बर और ठाकुर सब एक साथ दिखते हैं!
सबका जय हो! सबका मंगलमय हो!!
जय जनमत, जय स्वराज
Posted by ई. दीपक कुमार साह on Monday, April 19, 2021