ओली ले चुनाव जिते पछिको तत्कालीन राजपा को पनि र सपा को पनि रणनीति मलाई अचम्म लागेको। तर अहिले हृदयेश त्रिपाठी को सोही रणनीति मलाई अचम्म लागेको छैन किनभने त्यति बेलाको राजपा र सपा बारे म गलत थिएँ भन्ने कुरा समयले प्रमाणित गर्दै गएको छ।
ओली सँग पनि संविधान संसोधन का लागि सहयोग को अपेक्षा राख्न सकिन्छ र भन्ने मलाई लागेको। प्रत्यक्ष भेट्दा नै मलाई राजेन्द्र महतो ले न्यु यॉर्क मा भनेका, "एक बापते भितर, एक बापते बाहर!" अर्थात एक भाइ सरकार भित्र बसेर एक भाइ सरकार बाहिर बसेर हामी संविधान संसोधन का लागि प्रयासरत छौं।
मैले राजेन्द्र जी को कुरा त्यति बेला नपत्याएको भन्नुपर्छ, अहिले चाहिं नबुझेको भन्नुपर्छ। मुख खोलेर तर त्यति बेला भनिन।
शायद वहाँ हरु लाई यो ओली प्रचंड मिलान तेल र पानी एउटा भाँडोमा राखेको हो भन्ने कुरा त्यति बेला पनि लागेको हुनुपर्छ।
तर जेहोस, अहिले उपेंद्र यादव को लाइन सही सही साबित हुन लागेको देखिन्छ। सबैभन्दा पहिले, सबैभन्दा कड़ासँग र सबैभन्दा बढ़ी हद सम्म त्यो लाइन लिने उपेन्द्र यादव। मलाई तपाईं माथि भरोसा छ, प्रत्यक्ष सहभागी भएर नै सहयोग गर्न तैयार छु भन्ने सन्देश दिएको।
लोकतान्त्रिक राजनीति मा आफ्नो प्रतिद्वंदी को नाक धुलोमा रगड्ने इच्छा लाई बड़ा गलत मानिन्छ। किनभने लोकतान्त्रिक राजनीति भनेको एकले अर्का लाई सखाप पार्ने राजनीति होइन, एकले अर्का लाई स्वीकार गर्ने राजनीति हो। सपा र राजपा ले ओली लाई स्वीकार गर्यो। त्यसको सराहना गर्नुपर्छ।
तर अहिले पनि कदम कदम मा सचेत हुनुपर्ने छ। राम्रो सँग गोटी चाल्दै गए संविधान संसोधन फ़ास्ट ट्रैकमा हुने संभावना पनि छ, र उच्छिटिएको पश्चिमी मधेसको संगठन फेरि वापस आउने संभावना पनि छ।
एउटा संविधान संसोधन आयोग बनाऊँ भनेका उपेन्द्रले। ओली ले त्यति बेला नमांदा मंत्री पद लाई लात मारेर हिडे त्यति बेला। अहिले जानुपर्ने रोडमैप त्यही हो। संसदको अंकगणित ले धेरै फरक पार्दो रहेछ।
अहिले नेपालको राजनीतिमा मेरो लागि सबैभन्दा महत्वपुर्ण व्यक्ति हृदयेश त्रिपाठी। महामारी को समयमा स्वास्थ्य मंत्री जो छन।