Sunday, April 18, 2021

सन २०१४ को भारतको चुनाव

सन २०१४ को भारतको चुनावको समय थियो। मेरो हृदयेशजी सँग गफ भाथ्यो। मेसेंजर मा शायद टेक्स्ट च्याट। म हंग पार्लियामेंट आएर बिहारी बाबु नीतिश कुमार प्रधान मंत्री भैजाओस भनेर रूटिंग गर्दै थिएँ। मधेसी जस्तै बिहारी ले राष्ट्रपति पाएको प्रधान मंत्री नपाएको। 

हृदयेशजी ले होइन बीजेपी ले जित्छ भन्नुभो। जितेन मात्र बिहारमा नीतिशको पत्ता साफ गरिदियो। 

आफ्नो आफ्नो विश्लेषण हो। 




केही महिना अगाडि मैले फेसबुक मा फोटो देखें, हृदयेशजी अस्पतालको बेडमा। गेट वेल सुन भनेर मेसेज भेजें। वो तो स्वास्थ मंत्री ही हो गए। 

एम सी सी बहस

आशु। 

यो एम सी सी बहस मैले राम्रो पछ्याउन सकेको छैन। एम सी सी को कुनै मुल दस्तावेज त होला।  त्यो मैले पढेको छैन। तर नेपाली नेता जी हरुका आरोप प्रत्यारोप हरु पत्र पत्रिकामा छल्न पनि नमिल्ने। 

मैले बुझेको। जॉर्ज बुश जुनियर को पालामा फॉरेन ऐड दिने हाम्रो तरिका मिलेन। ल देश विकास गर भनेर ब्लैंक चेक दिँदा नहुने रहेछ। अब चाहिँ ठ्याक्कै यो प्रोजेक्ट भनेर किटान गर्नुपर्ने र त्यसको समय सीमा पनि तोक्नुपर्ने। त्यस्तो गरौं। यसरी जवाफदेहिता बढाउने प्रयास को रुपमा मैले बुझेको। 

एम सी सी मा नेपाल ले साउथ चाइना सी मा नेपाल सेना पठाउनु पर्ने अथवा ताइवान सँग युद्ध हुँदा नेपाल सेना जानुपर्ने त्यस्तो केही छ जस्तो मलाई लाग्दैन। अमेरिका ले नेपाल सँग सैन्य सहयोग को यदि इच्छा राखेको हुँदो हो भने पनि त्यसरी सुटुक्क फॉरेन ऐड को कागजमा कसैले थाहा नपाउने गरी गुपचुप घुसाईदिने त गर्दैन थयो होला। त्यस्तो महत्वको कुरा त सीधा रक्षा मंत्री, प्रधान मंत्री स्तरमा हुँदो हो। त्यो भएको हुँदो हो। त्यस्तो भएको देखिँदैन। साउथ चाइना सी र ताइवान को परिप्रेक्ष्यमा नेपाल सेना योगदान पुर्याउने अवस्था मा छैन। नोट गरौं। अमेरिका खुद ताइवान मा युद्ध भए जाने नजाने दुविधामा छ। 

एम सी सी मार्फ़त अमेरिका ले नेपाल भित्र आफ्नो इन्फ्लुएंस बढाउन खोजेको हो भनौं भने अमेरिका को नेपाल भित्र प्रयाप्त इन्फ्लुएंस अहिले नै छैन र? 

बरु गर्नुपर्ने भनेको नेपाल ले पनि फॉरेन ऐड ७० वर्ष काम नगरेको कारण के भन्दा तिमीले फॉरेन ऐड दिँदा आफ्नो मान्छे लाई जागीर ख्वाउँछौ, आफ्नै देशको महंगो सामान त्यो पैसाले किनेर पठाउँछौं। हामीलाई एक मुष्ट रकम देउ। हामी आफ्नै मान्छे सस्तोमा हायर गर्छौं, हामी विश्व बजारमा सस्तो सामान किन्छौं। भनेर भन्नु पर्ने। 

तर हामी भन्दैछौं राष्ट्रियता। हामी भन्दैछौं इंडो पैसिफिक। 

जवाफदेहिता चाहिएको त हो नि। मेलम्ची ३० वर्ष लाग्यो। त्यसरी त भएन। ओवर बजेट पक्कै गयो। तीन रुपैयाको काम ३० रुपैयामा गरियो। त्यसमा अझ मैले टाइम इज मनी जोडेकै छैन। (मेलम्ची को श्रेय कांग्रेस र कम्युनिस्ट लाई दिउँ)

सारांश मा मैले बुझेको एम सी सी विरोध गर्ने हरु फॉरेन ऐड त देउ तर जवाफदेहिता नखोज, तिमीले जवाफदेहिता खोज्दा हाम्रो स्वाभिमानमा धक्का पुग्छ भनेको सुन्छु। भले भाषा राष्ट्रियता को होस। (एक चुनावमा देश कब्ज़ा: भ्रष्टाचारको मुद्दामा)

अझ अहिले त स्पष्ट नेपाल बाट भारत बिजुली निर्यात गर्न मिल्ने बिजुली प्रसारण लाइन को कुरा भएको छ। त्यो बिना ठुला ठुला जलबिद्युत प्रोजेक्ट हरुमा इन्वेस्टर खोज्न सकिन्छ र? (Meanwhile In India)

त्यो प्रसारण लाइन बनेर अमेरिका को प्रभाव नेपाल भित्र बढ्छ भने म चाहन्छु चीनले पनि ल्हासा देखि काठमाण्डु सम्म एउटा बुलेट ट्रेन बनाओस र आफ्नो प्रभाव बढाओस। (धर्म निरपेक्षता भनेको नास्तिकता होइन)

नेपालका कम्युनिस्ट हरु चीन का लागि मान नमान मैं तेरा मेहमान। राजा का पालामा चीनले भन्थ्यो नेपालका गुरिल्ला हरुले हाम्रो चेयरमैन को नाम बदनाम गरे। 

यो त लामै भएछ। ब्लॉग पोस्ट बनाउनु पर्ला।