रेशम चौधरीको नाम नसुन्न चाहने मान्छेले अहिलेको अवस्थामा सरकार बनाउँछु भन्ने दाबी गर्नु त्यो केंद्रीय समितिको दबाब थेग्न नसकेको मात्र हो। जसपाले सत्ताको कुरा नै गर्नु हुन्न। रेशम रिहा, झुठा मुद्दा फिर्ता। त्यस बारे देउबा सँग पनि कुरा हुन सक्छ। ओली सँग त भएकै छ। जति जति कुरा हुन्छ, कांग्रेस चट हुँदै जाने हो मधेसमा। मधेसी थारू भाई भाई। यो देउबा को नया संस्करण होइन। देउबा सधैँको मधेस थारू विरोधी नै हो। अब चाहिं लुकेर बस्ने ठाउँ छैन। रेशम फिरिरि।
दुई तिहाई भोट कांग्रेस ले मधेसमा बटुल्छ। तर त्यसै मधेसी लाई ठगेको मेरो गिनतीमा तीन दशक भयो। तीन दशकमा त पंचायत ढलेको। कांग्रेस ढल्दैन? बिहार युपी मा पनि छ कांग्रेस।
रेशम घटनास्थलमै छैन। उसले कसैको ज्यान मारेको छैन। कसैको ज्यान मार्न आदेश दिएको छैन। उ महेश माफिया हो र सुपारी दिँदै हिड्ने? तै पनि एउटा अदालतले ज्यानमारा भन्यो, अर्कोले हो न हो भन्यो। नेपालको न्यायपालिका ले आफ्नो लागेको धब्बा धुन हो रेशम लाई रिहा गर्ने। रेशम अथवा थारू समुदाय का लागि होइन।
टीकापुर घटना सुनियोजित थिएन। स्वतःस्फुर्त किसिमले अंतिम समयमा अनायास भएको। जे भयो गलत भयो। ट्रेजेडी हो। भन्दैमा निर्दोष हरु लाई जेल हाल्दै हिड्ने होइन।
राज्य ले निर्णय लिनुपर्छ। यस्तैमा हो राष्ट्रपतिको शक्ति प्रयोग हुने। आम माफ़ी। शांति प्रक्रिया माओवादी का लागि मात्र त हुँदैन। विप्लव भन्दा रेशम के अर्थमा फरक भन्दा रेशम ले कहिले पनि हिंसात्मक राजनीति को वकालत गरेको छैन। विप्लव ले अहिले पनि छोडेको छैन। अहिले टाइमिंग मिलेन मात्र भन्दैछ।
२०४६ पछिको तीन दशक का दौरान पटक पटक नेका ले आफुले सरकार चलाउन नसक्ने देखायो। विकास नारामा सीमित, भ्रष्टाचार भने घर घरको धारा धारामा पाइप बाट आयो। विगत तीन वर्षमा भने विपक्षी पार्टीको रुपमा पनि असफल भएको छ। चुइँक्क बोल्या होइन।
नेपालको वर्त्तमान राजनीतिक समस्याको जड़मा छ कम्युनिस्ट सोंच।
द्वितीय विश्व युद्ध समाप्त भएको दशकौं बितिसकेपछि पनि प्रशांत महासागर का कैयन साना साना दुर्गम टापु हरुमा जापानी सैनिक का टुकड़ी हरु अड्डा जमाएर बसेको देखियो। उनीहरुको जापान अथवा जापानी सेना सँग कुनै संपर्क छैन। द्वितीय विश्व युद्ध समाप्त भएको समाचार उनकोमा पुग्दै पुगेन। वापस जापान फर्केर जाने उपाय छैन। अनि झुक्किएर कोही गोरा मान्छे त्यो टापु मा पुग्यो कि (मुख्य रूपले पर्यटक हरु) पानी बाट बालुवा मा पुग्न पाएको छैन, फायरिंग शुरू।
नेपालका कम्युनिस्ट लाई बर्लिन को पर्खाल ढलेको समाचार आएको छैन। सोवियत संघमा गोर्बाचेव पछि पुटीन आए जस्तो भएको छ। कम्युनिस्ट होइन भने लगातार २० वर्ष सत्तामा कसरी टिक्न सकेको! केजीबी को मान्छे नै हो आखिर। सोभियत संघ ढलेको हल्ला छ तर चीनमा त कम्युनिस्ट पार्टी बरक़रार मात्र छैन, अमेरिका सँग प्रतिस्प्रधा मा नै छ।
समाजवाद र जनवाद एउटै कुरो होइन। संविधानमा समाजवाद लेखे पछि त देशको प्रत्येक पार्टी समाजवादी नै भयो। उत्तरी युरोपमा छ समाजवाद। ली कुआन यु पनि समाजवादी नै हो। तर नेपालका कम्युनिस्ट लाई त्यो चाहिएको होइन। जनवाद भनेको राजनीतिक सोंच हो। एक पार्टीको अधिनायकवाद नै भनिएको हो। तर त्यस्तो लक्ष्य राख्दा बाटो मैं समस्या आइपर्छ। कि त ढाँट्नुपर्यो। ढाटेको अरुले पत्याउनु परयो, त्यो पनि एक वर्ष दुई वर्ष होइन, लामो समय।
खुद चीनले माओवाद त्यागेर बाजार अंगालेको दशकौं बित्यो। सन १९९० मा चीन र भारतमा प्रति व्यक्ति आय उही उही। तर चीनले बड़ो बेगमा समाजवाद छोड़ेर बाजार अंगाल्यो, भारतले कहिले छोड्ने कहिले अँगाल्ने गर्यो। चीनले वास्तवमा अमेरिका सँग आर्थिक प्रतिस्प्रधा गरेको अवस्था छ। तर त्यो माओवादी आर्थिक सोंचकों आधारमा होइन। बाजार अंगालेर गरेको हो।
कम्युनिस्ट सोंचमा पार्टी प्रधान हुन्छ। देशको प्रधान मन्त्रीले भ्रष्टाचार गरे पार्टीले हो कारवाही गर्ने। अदालत भन्दा माथि पार्टी हुन्छ। संसद पार्टी को मुनि हुन्छ। त्यो सबै व्यवहार प्रचण्डले केही महिना भित्र देखाएका छन। माधव पनि बरु संसदमा उपस्थिति नै नभएका मानिस हरु सँग मिलेर जान्छु भन्दैछन।
नेपालका कम्युनिस्ट ग्रेजुएट सेमिनार कम्युनिस्ट हरु हुन। सत्ता पनि लक्ष्य होइन। होइन भने दुई तिहाईको सरकार नै थियो।गरीबी समाप्त गर्ने त झन हुँदै होइन। गरीबी समाप्त हुन्छ भने लाम्खुट्टे को पोखरी नै समाप्त हुन्छ। किन समाप्त गर्ने गरीबी!
अन्तहीन तर्क वितर्क गर्दै बस्ने। गुट उपगुट तोड्ने र मिलाउने, कहिले यता कहिले उता। त्यस्ता ग्रेजुएट सेमिनार हरु अमेरिका का केही विश्वविद्यालय हरु मा पनि हुने गर्छ। मार्क्स अझै मरेको छैन भन्ने हरुको सानो भीड़। ऑक्सफ़ोर्ड र कैंब्रिज मा छ। तिनका लागि कम्युनिस्ट सोंच भनेको इंटेलेक्चुअल च्युइंग गम। जति चपाये पनि नसकिने। कम्युनिस्ट सोंच भनेको हावा मिठाइ हो र!
ओली, प्रचंड, माधव, चंद, वैद्य आदि इत्यादि लाई छात्रवृति प्रदान गरियोस र त्यस्ता विश्व विद्यालय हरुमा पठाएर नेपालको राजनीती लाई तिनबाट मुक्त गरियोस।