The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Sunday, March 28, 2021
Lee Kuan Yew
From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)
मदन भण्डारीको टनकपुर
बहुदल आएर गिरिजा कोइराला प्रधान मंत्री भए पछि टनकपुर को मुद्दा ले बड़ा उछाल ल्याएको थियो। म त्यति बेला काठमाण्डु मैं थिएँ। मदन भंडारी तारन्तार विरोध प्रदर्शन हरुको आयोजना गर्थे। भन्नेले भन्थे, यी बहुदल मानने कम्युनिस्ट होइनन, सडकमा टायर बाल्ने कम्युनिस्ट हुन।
टनकपुर मुद्दाको ज्ञाता म न त्यति बेला न अहिले। मैले गहिरो त के हल्का पनि अध्ययन नगरेको विषय पर्यो। तर मैले थाहा पाए अनुसार महाकाली नदी जहाँ तल पुगेर नेपाल भारतको साझा नदी हुन छोड्छ, त्यहाँ तल तिर पुर्ण रूपले भारतीय नदी हुने हुने ठाउँको कुरा हो यो।
अहिले मेलम्ची को पानी काठमाण्डु आएको छ बल्ल। जनकपुरको बारह बिघा मैदानमा अंतरिम प्रधान मंत्री कृष्ण प्रसाद भट्टराई ले म काठमांडु को सड़क पखाल्ने पानी ल्याइदिन्छु भनेर आम सभामा भनेको भीड़मा म पनि थिएँ। कीर्तिपुरमा डेरा गरेर बस्दा बिहान केही घंटा पानी आउँदा २४ घंटा का लागि पुग्ने गरी बाल्टी मा छोपेर राख्ने गरेको समय। ल बहुदल भनेको पानी छताछुल्ल हुने रहेछ जस्तो लागेको। बहुदल ले पानी होइन कुरा चाहिँ छताछुल्ल। पानी चाहिँ बल्ल आइपुग्यो। लौ दुई तिहाई को स्वाद खाउ पानी भन्न थालिसके ओली ले। भट्टराई ओली सबै बात बहादुर।
हो, दिल्लीको मेलम्ची हो महाकाली। भारतमा शारदा नदी भन्छन क्या रे। भारत लाई बाँध बाँधेर दिल्ली सम्म पुर्याउनु छ। होइन भने हाहाकार। त्यहाँ नेपाल ले भारत का लागि फॉरेन ऐड मा बाँध बाँधिदिएको पनि होइन। भारत ले आफ्नै खर्चमा आफ्नै भुमिमा बाँधेको।
मेरो एक जना रामेछाप को हाई स्कुल को रूममेट ले सुनाएको कथा। पंचायत कालमा राजा महेंद्र पुग्या रहेछन रामेछापको कोशी। नदी तरने उपाय माझीको। राजा महेंद्र कम्फ़र्टेबल (ओली जी को विगत केही हप्ताको प्रिय शब्द) भएर बसेछन नाउ मा। छेउ मा। अलि राम्रो सँग बस हे, नदीले त राजा साजा मान्दैन हे भनेर भनेको डुनगा खियाउने माझीले। मौसुफ, बकसियोस सकसियोस कुनै प्रोटोकॉल चल्दो रैनछ कोशी को पानीमा।
शारदा नदीले पनि नेपाल भारत मान्दैन रहेछ। बाँध बाँध्न इंजीनियर हरुले गणित गर्छन। त्यस अनुसार (र यो मैले यूट्यूब मा केही हप्ता अगाडि मदन भंडारी को त्यस विषयको भाषण सुनेको आधारमा भनेको) नेपालको ढाई हेक्टर जग्गा त्यसमा पर्दो रहेछ।
तिरखाएको लाई पानी दिनु त धर्म हो। त्यो ढाई हेक्टर परिवार का लागि धेरै जग्गा होला, तर यत्रो विशाल देश का लागि केही न केही। त्यस्ता कति ढाई हेक्टर मेरो गाउँको रातो (नाम नै त्यही हो) नदीले खायो खायो र वर्षेनी खान्छ कुनै हिसाबकिताब छैन।
म त्यो ठाउँमा हुँ त भंदो हुँ नेपाल त्यो ढाई हेक्टर जग्गा भारत लाई उपहार स्वरुप प्रदान गर्दछ। खाली भारतले मात्र नेपाल लाई कति फॉरेन ऐड दिने, लौ तिमीलाई पनि फॉरेन ऐड।
मदन भण्डारीको नेपालको राजनीति मा एउटा मात्र ठोस उल्लेखनीय योगदान भनेको त्यही ढाई हेक्टर जग्गा का लागि उछलकुद मच्चाउनु। यो कस्तो योगदान हो? यो कस्तो महानता? त्यो ढाई हेक्टर जग्गा नै नेपालको राष्ट्रियता हो भने नेपाल यस्तो देश हो जसको कुनै राष्ट्रियता नै छैन।
र यो सानो विषय होइन।
नेपाली अमेरिका जान लागेको आज हो। नेपाली क़तार जान लागेको आज हो। तर नेपाली को सधैँको क़तार र अमेरिका त भारत रहिआएको छ। र १० वर्ष भित्रमा भारतको आर्थिक प्रगति यस प्रकारको भइसक्ने छ कि नेपाली मान्छे अमेरिका जानै नपर्ने हुन्छ। वीसा नचाहिने देश नेपाली का लागि भारत। अहिले नै युरोप का ब्रिटेन, फ्रांस, जर्मनी जस्ता केही देश हरु बाहेक बाँकी अधिकांश देश भन्दा महाराष्ट्र र गुजरात को अर्थतंत्र अगाडि छ।
अनि नेपाली राष्ट्रियता भनेको त्यो भारत काम गर्न जान वीसा चाहिने व्यवस्था लागु गर्नुपर्ने हो? कति स्वाँठ कुरा। विश्वका विकसित भाग हरुमा मान्छे को आवतजावत सजिलो सजिलो पार्दै जाने प्रयास हुन्छ। उल्टो बाटो जाने प्रयास राष्ट्रियता हो?
दिल्ली सरकार ले काठमांडु सरकार लाई कहिले मिचेकै छैन भन्ने होइन। तर उल्लु कुरा हरुमा जनता उफार्ने कामले वास्तविक मुद्दा हरु लाई ओझल मा पार्दिन्छ। सम्बन्ध त मोदी अथवा कुनै प्रधान मंत्री राजा महाराजा ले बनाएको सम्बन्ध होइन, विरासतमा पाएको सम्बन्ध हो। तर कामको कुरा अति कम हुन्छ। उल्लु कुरामा जनता उछालन मस्त नेता हरुले आफ्नो कमी कमजोरी ढाकछोप गर्ने मौका मात्र पाउछन।
अहिले नै, नेपालको कानुन अनुसार नेपालको सर्वोच्च अदालत ले एउटै नामको दुई पार्टी दर्ता गर्न पाइँदैन भन्ने निर्णय जुन गर्यो त्यहाँ नारायण काजी भारत भारत विदेशी विदेशी भन्दै उफ्रीरहेका छन। अनि काजी राष्ट्रवादी नेता?
नेपालमा पात पनि हल्लियो भने भारतले हल्लायो भनेर क्लेम गर्ने हरु राष्ट्रवादी हुन भने नेपाल कायर हरुको देश भएन? आफ्नो क्षमतामा पात पनि हल्लाउन नसक्ने देश कस्तो देश?
औपनिवेशिक शासनमा हुन्छ लंदन ले भारत हल्लाउँछ। राजतन्त्रमा हुन्छ राम्रो राजा पैदा भएन भने जनता भोकभोकै मर्ने हुन्छ। गणतन्त्रमा र लोकतंत्रमा त राष्ट्रियता को एक मात्र परिभाषा संभव छ। सम्पुर्ण नेपाली लाई समेट्ने परिभाषा राष्ट्रियता को एक मात्र परिभाषा हो। तर नेपालको चलनचल्ती को "राष्ट्रियता" भनेको बहुसंख्यक नेपाली लाई बाहिर राखेर बोलिरहेको छ। मधेसी लाई गिज्यौंछ। जनजाति लाई गिज्यौंछ। दलितले छोएको खाँदैन। महिला लाई पुर्ण व्यक्ति मान्दैन।
देशमा गणतंत्र घोषणा गरेपछि पनि श्रीमान गंभीर नेपाली नै घन्काइरहने व्यवहार हो यो। नेपालको चलनचल्तीको "राष्ट्रियता" ले देशको एक प्रतिशत लाई पनि समेट्छ कि समेट्दैन। यो ओली को राष्ट्रियता, यो महेन्द्रको राष्ट्रियता।
मैथिलिमा छ एउटा कहावत। कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय। कर्णाटक बाट आएका बाहुन ले, राजस्थान बाट आएका शरणार्थी शाह राणाले मिथिलावासी लाई विदेशी भन्ने दुस्साहस गर्छ। भानुभक्त को रामायण पलटाउ। त्यहाँ जिक्र गरिएको छ जनकपुर को।
भारत बाट आएको मधेसको बुहारी लाई दोस्रो दर्जाको नागरिक बनाउने प्रयास देश तोड्ने प्रयास हो। मुघल साम्राज्य को समयमा मधेसी सबै भारतीय नागरिक नै थिए। पृथ्वी नारायण ले चुरिया न काटेको कारण होला। बॉर्डर भनेको त सरिरहन्छ। इतिहास साक्षी छ।
उत्तर तिर चीनले त्यस्तो ढाई हेक्टर क़ति खायो क़ति। र त्यस्तो प्रत्येक घटना पछि काठमांडु को विदेश मंत्रालय ले बजाप्ते वक्तव्य निकाल्छ: चीन र हामी बीच कुनै सीमा विवाद छैन। काम नपाएका चिनिया सैनिक (जनमुक्ति सेना) बोर हुन्छ कि के, यसो हल्का बॉर्डर सारिदिन्छ। प्रत्येक केही वर्षमा हुने कुरा। आफ्ना सीनियर कमांडर लाई सुचना दिने जरूरत पनि महसुस गर्दैन।
मधेसले खोजेको संविधान संसोधन नै नेपालमा राष्ट्रियता लाई परिभाषित गर्ने प्रयास हो, एउटा यस्तो राष्ट्रियता जसले सम्पुर्ण नेपाली लाई समेटोस। आज नेपालको राजनीतिमा सच्चा राष्ट्रवादी कोही छन भने सिर्फ मधेसी छन। स्थानीय वासिन्दा भएकोले हो कि?
नेपालमा आर्थिक विकास हुने पहिलो शर्त हो विदेशी पुँजी भित्रिणु: फॉरेन डायरेक्ट इन्वेस्टमेंट। त्यो शुरू हुने भनेकै भारत बाट हो। दुनिया भरिको फॉरेन डायरेक्ट इन्वेस्टमेंट (FDI) नेपाल आउने भनेको भारतको बाटो नै हो। विदेशी पुँजी नेपाल भित्र ल्याएर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कि नेपाली हाथ खुट्टा मलेशिया र कतार पठाउने? नेपालको आजको चलनचल्ती को "राष्ट्रियता" र "राष्ट्रवाद" ले विदेशी लगानीकर्ता लाई टाढा टाढा राख्ने काम मात्र गर्छ। सच्चा राष्ट्रियता ले देशको विकास गर्छ। त्यसैले मधेसले खोजेको संविधान संसोधन बिना नेपालमा आर्थिक क्रांति संभव छैन।
Subscribe to:
Posts (Atom)