Thursday, March 25, 2021

एमाले जसपा गठबंधन का प्रमुख कारण हरु




एमाले जसपा गठबंधन का प्रमुख कारण हरु 

(१) जसपा लाई रेशम रिहा र झुठा मुद्दा फिर्ता चाहिएको छ नगदमा। नगदमा दिन सक्ने भनेको सत्ताधारी ले हो। सत्तामा छन ओली। ओली ले ती दुई माग पुरा गरेको खण्डमा सत्ता सहकार्य पनि संभव छ। तर सत्ता सहकार्य यति मंत्रालय उति मंत्रालय का आधारमा हुन सक्दैन। संविधान संसोधन मा सघाउने आधारमा हुनुपर्छ। अहिले लाई नागरिकता समस्या समाधान र प्रदेश सरकार लाई थप शक्ति प्रदान मा सीमित राख्न सकिन्छ। प्रदेश सरकार लाई थप शक्ति प्रदान गर्ने कुरा मुख्य रूपले एमाले को आफ्नै एजेंडा हो। प्रदेश सरकार जसपा को एउटा मात्र छ। एमाले को छ वटा छ। संविधान संसोधन का लागि एमाले को १२० मत अति आवश्यक हो। त्यो बिना हुँदैन। कांग्रेस र माओवादी त सत्ता बाहिर बाट पनि मतदान गर्छन संसोधन का लागि। एमाले को तर ठेगान छैन। सत्तामा छैन भने शायद गर्दैन। 

(२) एमाले को प्रमुख प्रतिद्वंदी माओवादी। जसपा को मधेसमा प्रमुख प्रतिद्वंदी कांग्रेस। त्यसैले पनि एमाले जसपा मिलन सहज हो। मुद्दा का आधारमा सत्ता सहकार्य यदि हुन्छ भने चुनावी गठबंधन पनि बन्न सक्छ। संभव छ। संविधान संसोधन गरे पछि संभव हुने कुरा हो त्यो। अर्थात रेशम रिहा र झुठा मुद्दा फिर्ता गरे मुद्दाका आधारमा सत्ता सहकार्य हुने, र संविधान संसोधन गर्न सघाएको आधारमा चुनावी गठबंधन। 

(३) एमाले जसपा सत्ता सहकार्य ले जसपा को हृदयेश त्रिपाठी (जो कि ओली मंत्री मण्डलमा स्वास्थ्य मंत्री छन) समुह सँग एकीकरण को बाटो खोल्छ। बिना पार्टी दुई सांसद भएकोले पार्टी नै पाए १० वटा सम्म सांसद ल्याउँछन कि नारायणी पारि बाट। दुई नम्बर प्रदेशमा स्थानीय इकाई हरुको संख्या केही बढ्नुमा हृदयेशको गाउँमा एउटा पनि भोट नखस्नुको ठुलो योगदान छ। लुम्बिनी प्रदेशमा स्थानीय चुनाव बहिष्कार को फाइदा दुई नम्बर मा भयो। तर बहिष्कारले संगठन क्षत विक्षत भने पारेको हो। उपेन्द्र यादवको संगठनले भने चुनाव बहिष्कार गरेको थिएन। जसपा ले हृदयेश त्रिपाठी को सम्मानजनक घर वापसी गर्नुपर्छ। लुम्बिनी प्रदेश पश्चिम पनि त छ मधेस। त्यहाँ पनि खाता खुल्छ। ५-१० सांसद उता बाट पनि आउन सक्छ। 

(४) अंततः पहिलाको नेकपा र अहिलेको एमाले र माओवादी भित्रको कलह पार्टीको आतंरिक कलह हो। विधान अनुसार त कांग्रेस पनि चल्दैन। हामी त विधान अनुसार चल्ने पार्टी होइन, हामी त लोकतान्त्रिक पार्टी हो भन्छ अनि विधान मिचेको मिचै। 

(५) कांग्रेस किंकर्तव्यविमुढ़ अवस्थामा छ। सत्तामा पुगे के गर्ने कुनै एजेंडा नै छैन। माओवादी शॉक मा छ। नचिताएको भयो। यो ओली प्रकरण प्रचंड का लागि एक किसिमको कटुवाल प्रकरण नै हो। प्रचंड आफैले मैले "बॉम्बार्ड द हेडक्वार्टर" नै गरेको हो भनेका छन। त्यो विशुद्ध माओवादी भाषा हो। त्यो हैंगओवर त्यति चाडो हट्ने छाँटकाँट छैन। कांग्रेस र माओवादी त मैदान मैं छैन। 

(६) एमाले लाई पनि फाइदा छ। जसपा ले प्रधान मंत्री माग्दैन। कुरा बढ़ेर चुनावी गठबंधन सम्म नै पुग्छ भने त अर्को चुनाव पछि पनि प्रधान मंत्री एमाले को हुने भो, चाहे त्यो ओली होस अथवा नेमबांग अथवा अरु कोही। एमाले को एक जना राई एक जना गुरुंग मुख्य मंत्री छ त। जसपा ले भन्ने गरेको जनजाति सशक्तिकरण भएको देखियो अलि अलि। 

राजेन्द्र महतो को उप प्रधान मंत्री बन्ने पालो आउन लागेको हो?




Wednesday, March 24, 2021

ओली अछुत भने होइनन



'ओलीजस्तो अदूरदर्शी नेतासँग सती जालान् भन्‍ने भ्रममा नपरे हुन्छ' [अन्तर्वार्ता]
एमाले, कांग्रेस र माओवादी सबैले प्रतिगमन गरेकै हुन्, त्यसकारण अहिले सरकार परिवर्तनको खेलमा छैनौं
मुद्दाकेन्द्रित छलफल गर्दै छौं : राजेन्द्र महतो
एमाले फुटाउने खेल हो : भीम रावल

वर्तमान संसदको अंकगणित बड़ा लोकतान्त्रिक छ। उत्तरी युरोप का देशहरुमा कुनै पनि पार्टीको बहुमत नआउनु लाई अत्यंत साधारण र सकारात्मक मानिन्छ। बहुदलीय परिधि भित्र समाजवादको अभ्यास गरिरहेका देश हरु। यो राजनीतिक अस्थिरता होइन। सम्पुर्ण जनताको आवाज सुन्न कर लाग्ने अवस्था हो। नेपालमा चार का चार पार्टीले चुनाव जितेको अवस्था हो। 

संविधानले संसदको कार्यकालको रक्षा गरेको छ। संसदको अंक गणित नै जनताको मैंडेट हो र त्यो मैंडेट पाँच वर्ष का लागि हो। कसैको मैंडेट गुमेको छैन। ओली सँग जसपा ले जुन मोलमोल्है गरिराखेको छ त्यो जनताले सरकार सँग गरिराखेको मोलमोल्है हो। त्यो अन्यथा होइन। तर चनाखो भने हुनुपर्छ। 

मोलमोल्है गर्दै गर्दा पार्टी भित्र अनेकताको सन्देश दिनुहुँदैन। वार्ता को टेबल मा हात कमजोर हुन्छ। चुनाव पछि ओली ले झुठा आश्वासन दिएको भन्न मिल्दैन। आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्ने भनेर सही गरेका हुन। त्यो औचित्य ओली लाई महसुस भएन। आफुले सही गर्दा आँखा चिम्लेर गर्ने अनि दोष अर्को पक्षलाई दिने? 

अहिले ओली ले रेशम रिहा र झुठा मुद्दा फिर्ता तुरन्त गर्न सक्छन। गर्दैनन भने सहकार्य हुँदैन। सत्ता समझदारी त परको कुरा भो। रेशम रिहा र झुठा मुद्दा फिर्ता हुन्छ भने पनि संविधान संसोधन का लागि कुन मुद्दामा कुन किसिमको सहमति भनेर स्पष्ट गर्नुपर्छ। होइन भने फेरि आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गरिनेछ भनेर सत्तामा जाने, ओली ले एक पटक विश्वासको मत पाए पछि बाँकी कार्यकाल का लागि ढुक्क हुने अनि ओली ले ठग्यो भन्ने अवस्था नआओस। त्यो ठगेको हुने छैन। संविधानको कुन कुन धारा र उपधारामा कुन कुन किसिमको संसोधन गर्ने त्यो स्पष्ट समझदारी हुनुपर्छ। 

तर जसपा ले भनेको जस्तै हुनुपर्ने अवस्था पनि त छैन। बढ़ी हार्ड बार्गेनिंग गरे ओली बिचकेर बरु देउबा सँग जान्छु भनेर जान बेर छैन। अनि हेरेको हेरै।

मध्यमवर्गीय अधीरताको जाल महत्त्वाकांक्षी राजनीतिकर्मीहरूले आफ्नो चाहनाअनुसारको पद पाएनन् भने तिनले सहजै पार्टी फुटाउँछन्, र, खोजेको जस्तो अवसर पाइने सम्भावना देखिएमा ती पुन: जुट्न पनि धक मान्दैनन् । ...... सहवार्ताकारलाई व्यक्तिगत शिष्टताका साथ भनिएका पूवगृहमन्त्री शर्मा ओलीका दुई–चार वाक्य मात्रले पनि उनको राजनीतिक चरित्रलाई भने बुझ्न सघाएको थियो । राजनीति सामान्यत: केही मूल्य एवं मान्यताका लागि गर्ने गरिन्छ । उनी सर्वथा आस्थामुक्त एवं पूर्ण रूपले व्यवहारी राजनीतिकर्मी (ट्रान्जैक्सनल पलिटिसन) रहेछन् । ...... आस्थामुक्त हुनुका साथै शर्मा ओली नैतिकता–निरपेक्ष रहेकाले उनलाई दोहोरो मापदण्ड अंगीकार गर्न कुनै चारित्रिक कठिनाइ हुँदैन । व्यवहारी भएकाले उनलाई आफूले विश्वास नगर्ने कुराको प्रतिरक्षामा उत्रिन पनि पर्याप्त जाँगर चल्ने रहेछ । त्यति भएपछि जस्तोसुकै अनैतिक कर्म गर्न पनि दुईपटक सोच्नु पर्दैन । ....... व्यवहारी राजनीतिकर्मी भने प्रक्रिया एवं परिणामको तर्कशास्त्रीय उल्झनमा नअल्झिएर सोझै जनोत्तेजनाको (डेमागागरी) ज्वाला सल्काएर आफ्नो अपरिहार्यता स्थापित गर्छन् । शर्मा ओली नेपालको सहरिया मध्यमवर्गका वाचाल ‘सेतो कमिज’ जमातका आकांक्षा एवं आशंकालाई भड्क्याएर सत्तारोहण गरेका हुन् । उनलाई बालुवाटारबाट बालकोट पुर्‍याउन पनि फेरि ‘सेतो कमिज’ जमात नै अघि सर्नुपर्नेछ । सुस्तरी सेतो कमिज जमातको त्यस्तो पुनर्अग्रसरताका लागि उपयुक्त वातावरण बन्न लागेका प्रारम्भिक संकेतहरू ठम्याउन सकिन्छ । ....... सन् २०१५ को अन्त्यतिर शर्मा ओलीलाई संविधानद्वारा सिर्जित खस–आर्य समुदायको नृजातीय मुख्तियारका रूपमा सम्मानित गर्दा उनी गफ हाँक्न अभ्यस्त छन् भन्ने कुरा सेतो कमिज जमातका बुद्धिजीवी एवं पत्रकारहरूलाई राम्ररी थाहा थियो । पाइपबाट पानीसमेत पुर्‍याउन नसकिएको देशमा चुल्होमै भात पकाउने ग्यास पाउने कुरा पत्यारलाग्दो थिएन । हिमालपारिबाट रेल नेपालले चाहेर हुने होइन । बेइजिङले बनाउन खोजे त्यसलाई रोक्न सक्ने कूटनीतिक सामथ्र्य काठमाडौंसँग छैन । चीनले अरनिको राजमार्ग बनाइदिने प्रस्ताव गर्दा त्यस्तो रेखदेख र मर्मत गर्न गाह्रो हुने सेतो हात्तीजस्तो सडक अहिले नेपालको प्राथमिकतामा छैन भन्ने आँट शक्तिशाली राजा महेन्द्रले समेत जुटाउन सकेका थिएनन् । गैंडा नेपालमा मात्र पाइने भएकाले त्यस जन्तुलाई राइनोको साटो अंग्रेजीमा पनि गैंडा नैं भनिनुपर्छ भन्नेबाहेक मुख्तियार शर्मा ओलीले अरू कुनै मौलिक प्रस्तावना प्रस्तुत गरेको कुरा सार्वजनिक जानकारीमा छैन । त्यसैले शर्मा ओलीको ‘विकासको मूल फुटाउने’ पञ्चायतकालीन नाराको ‘समृद्ध’ संस्करणलाई कसैले पत्याएका थिएनन् । ....... मधेसीलाई खोजी–खोजी र जनजातिलाई रोजी–रोजी होच्याउने भाषा र शैलीले मानमर्दन गर्ने उनको प्रवृत्ति शर्मा ओलीका नृजातीय समर्थकहरूमाँझ अझैसम्म पनि लोकप्रिय छ । .......तत्काल शर्मा ओलीका ठाउँमा जो आए पनि उनीभन्दा खासै फरक ठहरिने सम्भावना छैन । तर, स्थायित्वका नाउँमा स्थिर रहेर जमेको राजनीति बग्न थालेपछि देशमा आसको सञ्चारसम्म भने हुन्छ ।