Wednesday, November 01, 2017

सीके राउत र मधेस




सीके राउत ले प्रतिपादित गरेको लाइन जनमत संग्रह द्वारा मधेस अलग देश को सामुन्ने दुई ताजा उदहारण आएका छन: कुर्दिस्तान र केटलोनिआ। एउटा इराक मा अर्को स्पेन मा।

मधेसी ले समानता पाउने सबैभन्दा राम्रो बाटो अलग देश हो होइन त्यो वादविवाद आफ्नो ठाउँ मा छ। मधेसी विरुद्ध विभेद छ। तर त्यसको समाधान संघीयता/समावेशिता कि अलग देश।  त्यो प्रश्न नै उल्टो भो। समाधान दुबै हो। दुबै प्रयास गर्नुपर्छ।

तर अलग देश को वकालत गर्ने हरु ले त्यही कुर्दिस्तान र केटलोनिआ लाई हेरुन। दुबै ठाउँ मा संघीयता तहत प्रांतीय सरकार चलाएर बसेका क्षेत्रीय पार्टी हरु। सीके राउत ले जनमत संग्रह नै खोजेको हो भने पनि पहिलो कदम त पार्टी खोलेर, चुनाव जितेर प्रांतीय सरकार बनाउनु हो।

मत बदर को अभियान ले जनता लाई गुमराह मात्र पार्छ। दुनिया ले मत बदर बाट त्यस्तो के देख्छ जुन मधेसी क्रांति १, मधेसी क्रांति २, मधेसी क्रांति ३, र मधेसी क्रांति ४ मार्फ़त देखेन? बरु पार्टी खोलेर, फोरम-राजपा गठबंधन मा सामेल भएर वोट मागेको राम्रो।

कुर्दिस्तान र केटलोनिआ ले जनमत संग्रह गरे। अलग देश बन्यो त? इराक ले सेना पठायो, तेल सब कब्ज़ा गर्यो। केटलोनिआ को सदन डिसमिस गरियो, स्पेन ले प्रत्यक्ष शासन लादेको छ। कहाँ अलग देश बन्यो? पहिला जनमत संग्रह गर्न पाउने संवैधानिक प्रावधान का लागि त संघर्ष गर।





बिभेद त छ त। मेक्सिको का मानिस काम गर्न अमेरिका पसे जस्तै गरी मधेसका मानिस काठमांडु आउने रहेछन। सबैभन्दा कम ज्याला का काम मधेसी ले गर्नु पर्ने। यो औपनिवेशिक अवस्था नै हो।



Tuesday, October 31, 2017

बुढ़ानीलकंठ स्कुल र दमजम











बुढ़ानीलकंठ स्कुल मधेसी का हकमा पनि नेपाल सेना जस्तो संस्था हो, बिलकुल समानुपातिक समावेशी छैन। जस्तो ratio २० वर्ष अगाडि थियो अहिले पनि त्यस्तै छ। समावेशी छ, समानुपातिक समावेशी छैन। कुनै क्लास मा एउटा दुइटा मधेसी हुनु टोकन मधेसी (token Madhesi) लाई मात्र ठाउँ बनाउनु हो। २० वर्ष मा जीरो प्रोग्रेस। Such token Madhesis end up paying a heavy emotional price.