Sunday, October 01, 2017

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार



मधेस अलग देश विरुद्ध का तर्क हरु
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
फोरम र राजपा बीच एकीकरण: किन र कसरी?
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
तेस्रो चरणको स्थानीय चुनावको संभावित मैंडेट: फोरम र राजपा एकीकरण गर
सीके राउत ले चुनाव लड्ने बाटो किन थुनि दिएको?
उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ
राजपा मधेसमा पहिलो अथवा दोस्रो शक्ति बन्ने देखिन्छ
संविधान संसोधन का मुद्दा हरु

राजपा ले छलांग मार्ने सिनारिओ (SCENARIO)
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
मधेस क्रांति, राजपा र यो मोड़
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
राजपा र तेस्रो चरणको चुनाव

यसलाई अंकगणित भनिन्छ। अरिथमेटिक। कुनै एउटा औँला ले मुट्ठी बनेको देखिएन र भनेको। तीन वटै लट्ठी एक ठाउँ मा आउ भनेर भन्नु परेको। उपेंद्र समाजवादी हो भने हृदयेश अझ मास्को मा ट्रेनिंग प्राप्त समाजवादी हो। सीके राउत बौद्धिक हो भने महंथ ठाकुर पनि पढंते हो। महंथ लाई इंडिया मा नेपाली राजनीति को प्रणव मुखर्जी र मनमोहन सिंह टु इन वन भन्ने हरु छन। उपेंद्र ले पहाडका जनजाति समातेका छन भने त्यो राम्रो कुरा हो। सीके राउत को मधेस अलग देशको नारा त्याग्नु जरुरी छैन। रोडमैप मात्र सबैलाई पाइक पर्ने हुनुपर्यो। संघीय नेपालको कुनै पनि प्रदेश ले आत्म निर्णय का लागि प्रदेश सभा को बहुमत का आधारमा जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले नेपालको संविधान संसोधन गर्ने लक्ष्य राख्न सकिन्छ। तर त्यसलाई प्रचंड को साम्यवाद जस्तै गरी बैकबर्नर मा राख्नुपर्छ।

एकीकृत पार्टी को नाम राजपा। चुनाव चिन्ह मशाल। अध्यक्ष दुई महंथ र उपेंद्र। महामंत्री सीके। अनि सीके ले प्रदेश सभा को चुनाव लड्ने र दुई नंबर प्रदेश को मुख्य मंत्री को पुर्व घोषित उम्मेदवार। यस एकीकृत पार्टी ले मधेस (२) र थरुहट (५) दुबै लिन्छ। तराई स्वीप गर्छ। तराई को ७०% बढ़ी सीट लिन्छ। संविधान संसोधन आफ्नो बलबुता मा गर्छ।



Saturday, September 30, 2017

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ








सीके राउत को कथन हो काठमाण्डु ले मधेसलाई केही सय वर्ष देखि उपनिवेश बनाएर राखेको छ। ब्रिटिश शासन बाट भारत स्वतंत्र भए जस्तै नेपाल बाट मधेस स्वतंत्र हुनुपर्छ। मधेसी ले एक व्यक्ति एक मत लोक्तन्त्र वाला समानता पाउने त्यो बाहेक अर्को बाटो छैन। साबिक मधेसका २०-२२ जिल्ला लाई त्यो भविष्य को मधेस देश मानेका छन।

सीके ले मधेसको इतिहास को गहन अध्ययन गरेका छन। मधेसी स्थानीय हो, बरु काठमाण्डु को शासक वर्ग बाहिर बाट आएको भनेर प्रमाणित गरेका छन। सीकेमा बौद्धिक प्रखरता छ। मधेस आंदोलन को दशकौं लामो इतिहासमा कुनै पनि मधेसी नेताले यति धेरै पुस्तक हरु त के एउटा पुस्तक पनि लेखेका छैनन। संगठन निर्माण गर्ने क्षमता छ। तथ्यगत विश्लेषण गर्ने गर्छन। सफा इमेज छ। त्यागको इमेज छ। एउटा करिश्मा छ जसले विशेष गरी नया पीढ़ी लाई आकर्षित गरेको छ।

मधेसी प्रति विभेद छ। त्यो त धेरैले भनेका छन। त्यस समस्याको समाधान के त? पहिलो संविधान सभामा माओवादी र मधेसी ले संघीयता लागु गर्ने किसिमको मैंडेट पाएका हुन त। तर त्यो मैंडेट प्रचण्डले खेर फाले। साम्यवादको सपना देखेर। त्यति बेला संघीयता इमान्दारीपूर्वक लागु गरिएको भए देश र मधेस अर्कै दिशा र गति मा अगाडि बढिसकेको हुने थियो। काठमाण्डु ले बेइमानी गर्यो। पुराना शक्ति हरुले बेइमानी गरे। स्थायी सत्ता ले बेइमानी गर्यो। अनि सीके को राजनीतिक जन्म भयो। संघीयता बिना समानता संभव छैन। संघीयता मान्दैन भने एक मात्र उपलब्ध बाटो मधेस अलग देश हो। सोंच त्यो हो।

मधेस आंदोलन १ भयो। मधेस आंदोलन २ भयो। मधेस आंदोलन ३ भयो। तर त्यो प्रत्येक पटक संघीयता का लागि भयो। समावेशिता का लागि भयो। मधेस अलग देश का लागि क्रांति भएकै छैन। सीके ले बदर वोट मागे। कति प्रतिशत पाए त? भने पछि खोइ त मैंडेट? मधेस अलग देश को एजेंडा भएको पार्टी दर्ता गर्ने प्रावधान नै छैन नेपालको संविधान मा। भने पछि क्रांति एक मात्र उपलब्ध बाटो हो। त्यो बाटो उपलब्ध छ त? मधेसी ले एक व्यक्ति एक मत पाइ सकेको छैन। तर झन्डै झन्डै एक व्यक्ति एक मत पाएको छ त। संविधान संसोधन बाट एक व्यक्ति एक मत नै पाउने संभावना निकै बढ़ी छ। अनि त क्रांति को संभावना नै रहँदैन। चुनाव हुन्छ, क्रांति हुँदैन।

नेपालमा लोकतंत्र छ। लोकतान्त्रिक राजनितिक धरातल बड़ो चलायमान हुन्छ। छिन छिन मा धरातल बदलिरहन्छ। राजनीति गर्ने ले त्यो बदलिँदो धरातल को हेक्का त राख्नै पर्छ। मेरो गोरुको बारहै टक्का भन्ने ठाउँ हुँदैन।

पहिलो कुरा त जनमत कै आउँछ। मधेसमा जनमत मधेस अलग देशको पक्षमा छैन। कमसेकम अहिले छैन। भविष्यमा निर्माण हुने संभावना पनि छैन। संविधान संसोधन भएर मधेसी ले एक व्यक्ति एक मत पायो कि सीके राउत को खेल खतम।

सीके राउत को मधेस अलग देशको नारा एउटा बंद घड़ी जस्तो हो। बंद घड़ी ले दिनमा दुई पटक सही समय दि राखेको हुन्छ। कि नेपालमा २०१७ साल फेरि आउनुपर्यो र मधेसी को अधिकार पुरा खोसिनुपर्यो। कि बर्लिन को पर्खाल भत्किए आकारको घटनाक्रम विश्व राजनीति मा आएर चीन र भारत सोवियत संघ जस्तै विघटन हुनुपर्यो। त्यो दुबैको संभावना मैले देखिराखेको छैन। राजनीतिक एकीकरण को फाइदा यही हो कि फ्रांस र जर्मनी दुबै राजनीतिक एकीकरण गर्न चाहन्छन। बिहार र बंगाल बीच जुन कि अहिले नै छ।

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ। पार्टी दर्ता गराउनु पर्छ। चुनाव लड्नु पर्छ। प्रचंड ले साम्यवाद छोडेका छैनन। Backburner मा राखेका छन। त्यसै गरी सीके ले मधेस अलग देशको नारा लाई बैकबर्नर मा राख्न सक्नुपर्छ। संविधान संसोधन गरेर कुनै पनि प्रदेश सभा ले बहुमत का आधारमा अलग देश का लागि जनमत संग्रह गर्न पाउने कुरा लाई एजेंडा बनाउन पाइयो।

फोरम र राजपा का लागि मधेस अलग देशको नारा नजाने गाउँको बाटइ नसोध्नु जस्तो हो। किन होला? भुराजनीति। Geopolitics .  भारतले कुनै पनि हालतमा मधेस अलग देश हुन दिँदैन। र नेपालको राजनीति मा भारत भनेको सोलर सिस्टम मा सुर्य जस्तो हो। तर त्यही भारत मधेसी लाई समानता दिलाउन जेसुकै गर्न तैयार देखिन्छ।

लक्ष्य मधेसी ले समानता पाउने हो। लक्ष्य त मधेस अलग देश होइन। बरु मधेस अलग देश को नाराले लक्ष्य प्राप्ति बाट सीके लाई डाइवर्ट गरेको देखियो। सीके को राजनीतिक उर्जा खेर गैराखेको छ।

सीके ले चुनाव लड्नुपर्छ। त्यस किसिमको कोर्स करेक्शन गर्नु जरुरी छ।