Saturday, September 23, 2017

सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो



"८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय निर्वाचनमा २१ लाख मतदाता मध्ये ३ लाख अधिकको मत हासिल गर्न सफल भएको छ"

के सीके राउत ले ३ लाख मत तानेकै हुन त! कोठली बाहर को मत गन्न मिल्यो। तर पहिला पहिला चुनाव हरुमा पनि हुने गरेको मत बदर गन्न मिलेन। जस्तै कि रुख र गाछी को बीच मा। त्यस्तै अज्ञानतावश अर्कै ठाउँमा।

२०४७ को चुनाव बहिष्कार गर भनेर हिडेको मशाल पार्टी ले पछि ४०% मत आफ्नो भनेर क्लेम गर्यो। किनभने ६०% ले मात्र मतदान गरे। आशा गरौं जोश मा त्यस किसिमको अंक गणित सारिएको छैन।

मधेस अलग देश एजेंडा भएको पार्टी दर्ता गराउने व्यवस्था नेपालको संविधानले गरेको छैन।

होइन यदि तीन लाख खसेकै हो भने तीन लाखको महत्व के र पाँच लाख खसेको भए के हुन्थ्यो? १० लाख नै खसेको भए के हुन्थ्यो?

क्रांति को बाटो अलग देश एक मात्र बाटो उपलब्ध छ। के त्यो बाटो संभव छ? क्रांति हुनुपर्यो। क्रांति सफल हुनुपर्यो। अलग देशको घोषणा गर्दा कुन सीमाना क्लेम गर्ने? सबभन्दा पहिला त भारतले मान्यता दिनुपर्यो। तर न भारत न चीन त्यसको पक्ष मा छ आ आफ्नै आतंरिक कारन ले गर्दा।

भने पछि सीके राउत ले रोजेको बाटो लंदन को कुनै dead end street त होइन?

तर पार्टी दर्ता गराएर चुनाव लड़े ३ लाख अति धेरै मत हो। मधेस कब्ज़ा गर्ने र देश हल्लाउने किसिमको मत हो। अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने संविधानले दिएको छैन। तर त्यो नदिने प्रावधान संसोधन गर्ने एजेंडा भएको पार्टी त दर्ता गर्न कसैले रोक्न सक्दैन। पहिला संविधान संसोधन गर्ने, प्रदेश ले अलग देश का लागि जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले संविधान संसोधन गर्ने अनि बल्ल जनमत संग्रह मा जाने बाटो त उपलब्ध छ।

सीके ले त्यो बाटो रोजेको राम्रो हो। होइन भने एउटा समुचा पीढ़ी लाई नै गुमराह गर्ने खतरा रहन्छ।

कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो। आखिर लोकतंत्र त स्वीकारेका व्यक्ति हुन सीके।





फोरम र राजपा बीच एकीकरण: किन र कसरी?






तेस्रो चरणको स्थानीय चुनावले एउटा स्पष्ट मैंडेट दिएको छ। त्यो के भने राजपा र फोरम बीच एकीकरण हुनुपर्छ। दुई शक्ति मिले मधेसको नंबर एक शक्ति हो। प्रदेश सभा र संसदको चुनावमा स्वीप गर्छ। एक्लै बहुमत नल्याए पनि मधेसमा जेठो पार्टी र केन्द्रमा जुनियर पार्टनर बन्न सक्छ। आखिर काँग्रेस र माओवादी सँग मिलेर संविधान संसोधन गर्न बाँकी नै छ।

पानी जीरो सेंटीग्रेड मा गएर जम्छ। १० डिग्री मा पानी नै हुन्छ। ९, ७, ५ मा पानी नै हुन्छ। ४,३,२,१ मा पानी नै हुन्छ। जीरो डिग्री मा एकै चोटि जम्छ। एक समय एमाले को नंबर दुई नेता अशोक राई सँग आएको जमात त्यस्तै हो। एक पटक लहर आउँछ, जनजाति मा जागरण आउँछ अनि ह्वात्तै संख्या बढ्छ। केंद्र मा सरकार बनाउने लक्ष्य राख्ने हो भने मधेसी जनजाति एकताको फॉर्मूला अगाडि सार्नुपर्ने हुन्छ। यो कुरा बुझ्नु र व्यवहारमा उतार्नु उपेंद्र यादवको बड़प्पन हो।

पार्टी अध्यक्ष को बन्ने त्यो त पार्टी महाधिवेशनले निर्णय गर्छ। संसदीय दलको नेता को बन्ने त्यसका लागि त संसदीय दलको बजाप्ते चुनाव हुन्छ। अहिलेलाई विवेकशील र साझा पार्टीको एकीकरण गर्दा दुई जना संयोजक तोकिये जस्तै एकीकृत पार्टी को दुई जना संयोजक महंथ ठाकुर र उपेंद्र यादव लाई तोक्न सकिन्छ। त्यस मुनि अध्यक्ष मंडल मा फोरम तर्फ बाट ४०% सहभागिता दिन सकिन्छ।

यति गरे मधेसमा त सरकार बनाउँछ बनाउँछ, थरुहट (५ नंबर) मा पनि सरकार बनाउने संभावना रहन्छ। प्रदेश सरकार मा सीनियर पार्टनर, केंद्र सरकारमा जुनियर पार्टनर।

विवेकशील र नया शक्ति ले विस्तारै नेका, एमाले र माओवादी को भोट काट्दै जाने हो। त्यस अवस्थामा राजपा देशकै सबैभन्दा ठुलो पार्टी बन्न पनि सक्छ। तर त्यस का लागि अहिले फोरम र राजपा बीच एकीकरण गर्नुपर्यो।

एकीकृत पार्टी को नाम राजपा। चुनाव चिन्ह मशाल।

मधेस आंदोलन ले खोजेको संविधान संसोधन संभव बनाउन सबै भन्दा चाहिने, सबैभन्दा महत्वको कदम नै यो एकीकरण हो। यस एकीकरण पश्चात राजपा ले तराई मा प्रत्यक्ष मा ६०% माथि सीट जित्छ। अनि भएन त संविधान संसोधन?

त्यो एकीकरण पश्चात काँग्रेस र माओवादी लाई तिमी हरु पहाडमा एक पद एक उम्मीदवार मा जाउ भन्नु पर्ने हुन्छ।