Tuesday, September 05, 2017

संविधान संसोधन का मुद्दा हरु



प्रदेश सभा र प्रतिनिधि सभा को चुनाव पछि संविधान संसोधन को संभावना छ। संसोधन नभए सम्म त्यसलाई बलियो चुनावी मुद्दा बनाएर चुनावी सफलता हासिल गर्न सकिन्छ। मुद्दा दरो रूपले स्थापित भएको छ।

हिंदी भाषा मधेसलाई भन्दा पहाडलाई चाहिएको। मैथिलि किन हुँदैन? थारू किन हुँदैन भनेर सोध्ने ले पहाडमा राई भाषा किन हुँदैन, गुरुङ्ग भाषा किन हुँदैन, तामांग भाषा किन हुँदैन, नेपाली नै किन संपर्क भाषा चाहियो भनेर सोध्नुपर्छ। अशिक्षित नेपाली काम का लागि भारत जाने पुरानो कुरा हो। १० वर्ष भित्र मा शिक्षित नेपाली अमेरिका, बेलायत, जापान, ऑस्ट्रेलिया नगयेर भारत जाने अवस्था आउँदैछ। विश्व भरि नेपाली नोकरचाकर भएर बस्नु परेको अवस्था छ। हिन्दी नै त्यो छाता भाषा हो दक्षिण एशिया को जसले नेपाली लाई विश्व भरि आदर दिलाउने छ। गुगल को Artificial Intelligence ले सम्पुर्ण इंटरनेट लाई हिंदी मा अनुवाद गर्ने समय अब धेरै टाढा छैन। अनि त के हिंदी, के अंग्रेजी। नेपालमा हिंदी घृणा आत्म घृणा (self hate) हो। हिंदी घृणा दास मानसिकता हो। अंग्रेज गए, अंग्रेज प्रतिको दासत्व भावना गएन।

नागरिकता समस्याको वास्तविक समाधान भनेको कनाडा र अमेरिका बीच भए जस्तो, ब्रिटेन र अमेरिका बीच भए जस्तो द्वैध नागरिकता हो। दुई देश बीच त्यस किसिमको नया सन्धि गर्नु पर्छ। भारतीयले नेपाली बिहे गर्दा भारतीय नागरिकता किन त्याग्नुपर्ने? नेपाली नागरिकता पनि किन नपाउने? भारतको सहयोगमा नेपालमा पनि बायोमेट्रिक ID मा जानुपर्छ। र नागरिकता एक किसिमको मात्र हुन्छ। भारतमा सोनिया गाँधी लाई प्रम बन्न त्यहाँको कुनै कानुन ले रोक्दैन।

राष्ट्रिय सभा का लागि जनसंख्याको आधारमा मतदान हुनुपर्ने एक व्यक्ति एक मत लोकतंत्र हो। जनसंख्याको आधारमा स्थानीय तह बढाउनु पर्छ। मधेसमा २०० थपे भइहाल्यो नि। होइन भने २०,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल, २००,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल? तर्क संगत भएन।

Sunday, September 03, 2017

राजपा ले छलांग मार्ने सिनारिओ (Scenario)



नेपालमा एउटै पार्टीले एक्लै बहुमत ल्याउने जमाना शायद गयो। माओवादी फेरि एक ढिक्का भएमा तीन ठुला पार्टी मोटामोटी समान आकारका शायद होलान। तर केही साना पार्टी हरु पनि थ्रेसहोल्ड वाला परीक्षा पास गर्ने देखिन्छ। राजपा र राप्रपा राणा ले थ्रेसहोल्ड पास गर्छन। उपेंद्र यादव र विजय गच्छेदार लाई अहिल्यै गारहो भइसक्यो। नया शक्ति लाई गारहो छ। विवेकशील साझा पार्टी ले काठमाण्डु मा मात्र हल्का अनुहार देखाएको छ। थ्रेसहोल्ड पास गर्ने अवस्था आइसकेको छैन। नेपालका अन्ना हजारे डाक्टर गोविन्द केसी ले विवेकशील लाई आशीर्वाद दिए जस्तो देखिन्छ। तर जनतामा भ्रष्टाचार विरूद्ध व्यापक रोष उप्तन्न भइसकेको अवस्था छैन।

कि त राजपा सँग यादव र गच्छेदार ले एकीकरण गर्नु पर्यो। कि त बाबुराम र उपेंद्र ले एकीकरण गर्नुपर्यो। विवेकशील ले कुनै पुरानो पार्टी सँग एकीकरण गर्ने अवस्था भने छैन। विवेकशील ले समय कति लिन्छ प्रश्न त्यति मात्र हो। तर १० वर्ष भित्रमा राष्ट्रिय राजनीति मा व्यापक फेरबदल हुने संभावना छ। त्यसका लागि काँग्रेस र एमाले को साइज घट्नु पर्ने हुन्छ। विवेकशील र नया शक्ति ले भ्रष्टाचार का विरुद्ध व्यापक रोष प्रकट गर्न सके त्यो सिनारिओ आउने देखिन्छ।

काठमाण्डु मा विवेकशील जे हो मधेसमा सीके राउत त्योभन्दा ठुलो हो। तर त्यसका लागि सीके ले पार्टी दर्ता गराएर चुनाव लड्नु पर्छ। सीके ले उदाहरण दिने गरेका स्कॉटलैंड र स्पेन का स्वराजी पार्टी हरु चुनाव लड्छन त। सीके ले चुनाव किन नलडने?


त्यस अर्थ मा काँग्रेस र एमाले  अहिले को एक तिहाई मा पुग्ने र विवेकशील, नया शक्ति, राजपा र राउत अगाडि आउने संभावना टडकारो छ। देशको बजट को ९०% अंतिम १२ औ महिना मा "खर्च" गरेर झ्वाम पार्ने लुटतंत्र का विरूद्ध जनता मा रोष प्रकट गराउन सक्नुपर्यो विवेकशील र नया शक्ति ले। होइन भने गारहो छ। देशको आर्थिक प्रगति गारहो छ।

नेपालको भ्रष्टाचार मा लिप्त राज्य (state) ले सारा नेपाली जनता लाई उपनिवेश बनाएर राखेको अवस्था छ।