Friday, August 25, 2017

सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु

संघीयता र समावेशिता इमान्दारितापूर्वक लागु गरेको खण्डमा मधेसीले नेपाल भित्रै समानताको अनुभुति गर्न सक्छ। त्यो मेरो विश्वास हो। तर संघीयता र समावेशिता इमान्दारितापूर्वक लागु गरेको अवस्था छैन। त्यसले सीके राउत लाई स्पेस दिएको छ। तर सीके को मधेस अलग देश को नाराले मुर्त रूप लिन विश्व राजनीतिमा एउटा बर्लिन को पर्खाल भत्किने साइज को घटनाक्रम आवश्यक पर्दछ। होइन भने भुराजनीति मधेस अलग देश को पक्षमा छैन।

तर सीके को चुनाव नै नलडने निर्णय बुझिनसक्नु छ। गाँधी को पार्टीले प्रदेश स्तरको चुनाव हरु लड्दै गएको। सीके ले उदाहरण दिने स्कॉटलैंड र स्पेन मा त्यस्ता स्वराजी पार्टी हरुले चुनाव लड्दै गएको। सीके ले चाहिं चुनाव नलडने किन?


सीके ले आफ्नो नेपाली नागरिकता र पासपोर्ट त त्यागेका छैनन। प्रत्येक व्यक्ति को कुनै न कुनै देशको नागरिक बन्ने अधिकार मानव अधिकार हो। राजनीतिक नेतृत्व मा रहेको नागरिकले पार्टी दर्ता गराउँछ।

पार्टी नै दर्ता नगरी, चुनाव नै नलडी संगठन बनाउन गार्हो हुन्छ। अहिंसा र लोकतंत्र मा रहेको आफ्नो विश्वास प्रकट गर्न पनि सीके ले चुनाव लड्नु पर्छ।




निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित

दुई तिहाई को निकट पुगेर पनि दुई तिहाई नपुगेको र हुनैपर्ने संविधान संसोधन नभएको अवस्थामा र राजपाले चुनाव बिथोलेर संविधान अवसान गराउने बाटो नरोजेर चुनाव लड़ने निर्णय गरेको अवस्थामा अब तेस्रो चरणको स्थानीय चुनाव र प्रतिनिधि सभा र प्रदेश सभा को चुनावले संविधान संसोधन बारे निर्णय गर्ने स्पष्ट छ। त्यसकालागि काँग्रेस, माओवादी र राजपा को सशक्त गठबंधन बनाएर अघि बढ्नु उपयुक्त हुन्छ। त्यस गठबन्धनले औपचारिक रूपले नै एक पद एक उम्मेदवार को अवधारणामा जान सकेको खण्डमा कमल थापा लाई जीरो र ओलीलाई २५% मा पुर्याउन सकिन्छ। गठबन्धनमा राप्रपा राणा का लागि पनि ठाउँ बन्न सक्छ। भारतको NDA र UPA जस्तै नेपालमा पनि दुई ध्रुवको निर्माण जरुरी छ। एउटा गठबंधन ओली र कमल थापा र अर्को गठबंधन काँग्रेस, माओवादी, राजपा, राप्रपा राणा र विजय गच्छेदार हुन सक्छन।


तर त्यस प्रकारको एक पद एक उम्मेदवार गठबंधन बनिहाल्न गार्हो छ। त्यस किसिमको परिपक्वता नेपालका पार्टी हरुमा आइसकेको अवस्था छैन। गठबंधन चुनाव पछि बन्ने गर्छ।

त्यस्तो औपचारिक गठबंधन बन्नु अगाडि राजपा र माओवादी र सीके राउत ले महत्वपुर्ण रोल खेल्न सक्छन। राजपाले चाडो भन्दा चाडो महाधिवेशन गरेर पार्टी एकीकरणको प्रक्रिया लाई पुर्ण गर्नु जरुरी छ। अहिले एकीकृत पार्टी होइन छ पार्टीको मोर्चा लाई नै छाता ओढाइरहेको अवस्था छ। सच्चा रूपले एकीकरण भएर जनता माझ जाँदा राजपाले राम्रो चुनावी नतिजा ल्याउनेछ।

सबै माओवादी फेरि एक हुन्छन् र प्रचंड र उपेन्द्रको एकीकरण भएर उपेंद्र नंबर दुई नेता बन्छन भने त्यसले संविधान संसोधनको एजेंडा लाई बलियो बनाउँछ। बाबुराम भट्टराईले बनाउन खोजेको नया शक्ति त विवेकशील साझा पार्टी पो बनेछ। बाबुराम फेरि माओवादी मैं फर्केर त्यस पार्टीको नाम बाट माओवादी शब्द झिक्न मदत गर्नु उपयुक्त हुन्छ। राष्ट्रिय राजनीतिमा आफ्नो relevance कायम राखेर फेरि राष्ट्राध्यक्ष बनने संभावना बनाउन बाबुरामले अलिकति ego निल्नुपर्ने धरातल बनेको छ। प्रचण्डले face saving गरिदिनुपर्छ। त्यस एकीकृत पार्टीले पहाडमा एमाले को वोट काट्छ। जनजाति को चेतना विस्तारै बढेर यता तिर आऊँछन।