Sunday, February 21, 2016

Nepal News (45)



गगन थापाको घोषणापत्र : अब पनि निर्णायक ठाउँमा पुगिएन भने थाकिन्छ
कांग्रेसको अहिलेसम्मको ‘ट्रयाक रेकर्ड’ हेर्यौं भने यसले हरेक आन्दोलनको सफलतापूर्वक नेतृत्व गरेको छ, तर आन्दोलनपछिको कालखण्डमा कहिल्यै व्यवस्थापन गर्नसकेको छैन । ..... अहिलेसम्म चाहिँ हामी सहायक भूमिकामा थियौं । अह्राएको काम गर्ने, यस्तो हुनुपर्छ भन्ने सुझाव दिने, साक्षी बस्ने र कतिपयका कुरामा चित्त दुख्दादुख्दै पनि सँगै जाने हाम्रो भूमिका रह्यो । अबको अवधिमा हामी मुख्य नेतृत्वमा गएर कांग्रेसलाई ऐतिहासिक दायित्व निर्वाह गर्ने क्षमता र कौशल भएको पार्टी बनाउन चाहन्छौं । ...... नेपाली कांग्रेसमा विभाजन असर अहिलेसम्म पनि छ । त्यसैले हामीले नचाहँदा–नचाहँदै पनि कुनचाहिँ पार्टीमा थियौं भन्ने पृष्ठभूमि जोडिएर आउँछ । त्यसकै आधारमा पार्टीभित्र समूह छ गाउँदेखि माथिसम्म । हामीले कामना गरे पनि यस्तो समूह भत्केको छैन । ...... पार्टी विभाजन भएर एकता हुँदा दुइटा पार्टीको संघजस्तो बनेको छ कांग्रेस । प्रत्येक कुरामा भागवण्डा गर्नुपर्ने स्थिति छ निर्णय होस् भूमिकामा । यसबाट साथीहरू आजित भएको देखिन्छ । ..... ०४६ आन्दोलनको पुस्ता, जसले ०६२/६३ को आन्दोलनमा काम गर्यौं, यो पुस्ता नेपाली राजनीतिको पछिल्लो डिस्कोर्समा सहभागी भएर आएको छ । दलित, जनजाति, महिला, समावेशी, अधिकार र पहिचानको डिस्कोर्समा भिजेर, सिकेर र खेलेर आएको छ । त्यसैले हामीमा एउटै खालको सोचाइ छ । त्यस्ता प्रतिनिधि अहिले ५० प्रतिशतको हाराहारीमा छन् । यो पुस्ता हिजोको परिवर्तनमा गौरव गर्ने भन्दा पनि भोलिको परिवर्तन चाँडो होस् भन्ने आकांक्षा बोकेर बसेको छ । यसरी आएका युवा साथीले हामीलाई मुख्य नेतृत्वमा देख्न चाहेको अनुभूति छ मसँग । ..... देशका कुनै पनि ठाउँमा नेपाली कांग्रेसलाई प्रस्तुत गर्नुपर्दा हामी रुचाइने, तर पार्टीमा छनोट गर्दाचाहिँ हुँदैन भन्न मिल्छजस्तो मलाई लाग्दैन । मेरै कुरा गर्ने हो भने चुनावताका धेरै नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसको कुरा राख्न गइदिनुपर्यो भनेर भन्नुभयो । झण्डै दुई दर्जन निर्वाचन क्षेत्रमा म आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छोडेर पुगेँ । त्यसबेला हामी उपयुक्त पात्र भयौं भने कांग्रेसको जिम्मेवारी लिने बेलामा चाहिँ तिमीहरू योग्य भइसकेकै छैनौ भन्ने कुरा त कसरी आउला र ? ...... मेरै सन्दर्भमा भन्ने हो भने मैले २६ बर्ष भइसकेछ कांग्रेसमा काम गरेको । त्यसैले हामीले कांग्रेसको परम्परामै आधारित रहेर पहिलो पंक्ति अभिभावक बन्ने, दोस्रो पंक्तिले पार्टीको नेतृत्व लिने र तेस्रो तथा चौथो पंक्ति कार्यकारी स्थानमा बसेर काम गर्नुपर्छ भनेका हौं । ...... नेपालजस्तो देशले अर्को १५/२० बर्षसम्म लगातार ८, ९ वा १० प्रतिशत आर्थिक वृद्धि हासिल नगर्ने हो भने संविधानमा जे जे लेखेपनि अर्को नेपाल बन्ने कुरा असम्भव छ । ....... हामीले हिजो नेपाली समाजमा विविधता छ भन्ने मान्नुलाई नै राष्ट्रियता मान्यौं । तर अहिले विविधता मान्नेमात्रै विषय होइन, यसलाई राजनीतिक ‘स्पेस’ दिनुपर्छ । यो विविधताले राजनीतिक पहिचान पायो भनेमात्रै राष्ट्रिय एकता मजबुत हुन्छ । ..... जातपात, धर्म वा भाषाको कुरा नगरौं, सबै नेपाली एक हौं, यस्तो कुरा गर्दा राष्ट्रियता कमजोर हुन्छ भनेर अब हुँदैन । अब त अझै कुरा गरौं, गहिरोसँग कुरा गरौं, समानुभूति राखौं, एकअर्कालाई स्थान दिऔं भनेरमात्रै अगाडि जान सकिन्छ । त्यसरी एकअर्कालाई सम्मान गर्दै ‘स्पेस’ दिँदा जुन एकताको भावना आउँछ, त्यसैको जगमा नेपालले राष्ट्रिय लक्ष्य लिनुपर्छ । ...... क्रियाशील वा साधारण सदस्यता खारेज गर्नुपर्छ । सदस्यता पूरै खुल्ला हुनुपर्छ । जोकोहीले पनि यो पार्टी मनपर्यो भनेपछि अनलाइन फर्म भरेको भरमा सदस्यता पाउनुपर्छ । ...... हामी बाहिर त नेपाली कांग्रेसलाई ‘मासबेस्ड’ पार्टी भन्छौं । तर मेरो विचारमा यो अहिले ‘मासबेस्ड’ पार्टी होइन, नेकपा एमाले र माओवादीजस्तै ‘क्याडर बेस्ड’ पार्टी हो । ....... कांग्रेसको मतदाता त निर्णयमा कहिल्यै सहभागी नै हुन पाउँदैन, शुभेच्छुक र शुभचिन्तकको त कुरै छाडौं । केन्द्रिय समितिमा पनि आठ–दस जना नेताले अधिकार लिएर निर्णय गर्ने गरिन्छ । ..... केन्द्रले सीमित मान्छेलाई सदस्यता दिन्छ नियन्त्रित ढंगले । तिनैले नेता छान्छन् । सदस्यमाथि नै केन्द्रको नियन्त्रण हुन्छ भने नेतृत्वमा को छानिने भन्ने कुरामा पनि स्वतः उसको नियन्त्रण हुन्छ नै । यी आधारले यो विशुद्ध ‘क्याडर बेस्ड’ पार्टी हो । ..... हाम्रो भनाइचाहिँ यो ‘मास बेस्ड’ पार्टी हुनुपर्छ । ‘क्याडर बेस्ड’ हुनु यो पार्टीको विचार र परम्परासँग मेल खाने कुरा होइन । त्यसको लागि सुरुवातमा सदस्यता दिने प्रणाली पूरै फेर्नुपर्छ । ..... अर्कोचाहिँ तल्ला समितिमा अधिकार दिनुपर्छ । त्यस्ता समिति पनि आम सदस्यले प्रत्यक्ष रूपमा चुन्न पाउनुपर्छ । .......

विश्वविद्यालयको राजनीतिमा थुप्रै साथी १०–१५ बर्षदेखि बिषय परिवर्तन गरेर पढिरहनुभएको छ ।

मेरो प्रश्न रहन्थ्यो तपाईहरूको योजनाचाहिँ के हो ? १५ बर्ष बसेर सभापति हुनुहोला, त्यसपछि के गर्नुहुन्छ ? जसको आफ्नै जीवनको बारेमा योजना छैन, त्यसैले देशकै योजना बनाउने राजनीति के गर्न सक्छ ? ......... सरकारमा गएर आफ्नो कार्यकर्ताको संरक्षण गर्ने । किनभने कार्यकर्ताको संरक्षण गरेमात्रै अर्कोपटक चुनाव जिताइदिन्छन् । अनि किन जित्ने भन्दा सरकारमा जान । सरकारमा किन जाने भन्दा कार्यकर्ताको संरक्षण गर्न । ...... वास्तवमै ‘मास बेस्ड’ र ‘लिबरल डेमोक्रेटिक पार्टी’ बनाउन चाहन्छौं । जसमा जनताको नियन्त्रण रहोस् भन्ने चाहन्छौं । त्यसो गर्नका लागि पनि हामी पार्टीको नेतृत्वमा जान चाहिरहेका छौं । ...... मैले २०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु भनेको हुँ । ..... आजको दिनमा शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई पार्टी सभापति बनाउने बारेमा, रामचन्द्र पौडेलले प्रकाशमान सिंह वा अजुननरसिंह केसी, रामशरण महत वा कृष्ण सिटौलालाई बनाउने विषयमा कहिल्यै सोचेको देखिँदैन ।

म भइनँ भने त बर्बाद हुन्छ भन्ने मानसिकता छ ।

...... हाम्रोमा भित्र्याउने नीति छ, तर बाहिरिने नीति छैन । त्यसरी आधुनिक संस्था चल्दैन । अमेरिकामा दुईपटक राष्ट्रपति भएपछि सकिन्छ । बेलायतमा संसदीय दलको नेता जो छ, त्यसको नेतृत्वमा पार्टी चुनाव लड्छ, पार्टी चुनावमा हार्यो भने छोडिहाल्छ । पार्टीभित्रको आन्तरिक चुनावमा हारे पनि छोडिदिन्छ । हाम्रोमा त्यो अभ्यास छैन ।

हामी जो जहाँ हारेपनि बसेको बस्यै गर्छौं ।

....... नेकपा एमालेले ७० बर्षलाई बाहिरिने उमेर मानेको छ । त्यस्तो कांग्रेसले पनि गर्नुपर्छ ..... दुई पटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने नियम हामीले बनायौं । त्यो राम्रो भयो । ...... कतिपय ठाउँमा समूह बनाएर गर्नुपथ्र्यो, एक्लै गर्न सकिन्छ भन्ने गलत विष्लेषणले सफल भइएन । मन पवित्र छ, आँट छ भने भइहाल्छ नि भन्ने मनोविज्ञान थियो । सडकमा त्यो हुँदोरहेछ, मन पवित्र थियो, आँट थियो, एक्लै निस्केपनि मानिहरूले साथ दिए । म अहिले पनि सम्झन्छु, राजाविरुद्धको आन्दोलनमा पार्टीका एकसे एक स्थापित नेताहरूले भन्नुभएको थियो कि तिमीहरूको राजनीतिक लाइन बडो गलत छ । तर हामी त्यही लाइनमा हामी हिँडेको हिँड्यै गर्यौं । पछि देश नै त्यही लाइनमा आयो । तर

संसद र पार्टीको जब्बर संरचनामा बसेर काम गर्दा चलाकीपूर्वक, समूह बनाएर गर्नुपर्नेरहेछ । त्यो जानिएको थिएन, सिकियो ।

......... कतिपय सन्दर्भमा चाहिँ सम्झौता नै गरेको त होइन, तर पार्टीको परम्पराको नाममा ममात्र कति एक्लो विद्रोही जस्तो हुने ? मेरो परिचय नै त्यस्तो हुन लागिसक्यो भनेर हात उठाएको र थाकेको पनि हो । तर कतिपय सन्दर्भमा बाहिरबाट आशा त रह्यो, जो अहिले पनि छ । तर मैले पाएको स्थान नितान्त कार्यकारी रहेन । जस्तो पछिल्लो समयमा मलाई के लाग्यो भने एकपटकमात्रै सरकारको कुनै एउटा मन्त्रालय सम्हाल्न पाएको भए मेरो आफ्नै पनि परीक्षा हुन्थ्यो । शायद मलाई विश्वास गर्नेहरूलाई यति योग्यता राख्छु है भन्ने कुरा प्रमाणित गर्न सक्थेँ हुँला । तर त्यस्तो स्थान पाइएन । ...... अब पनि हामी पार्टीको निर्णायक ठाउँमा पुगेनौं र याचकको रूपमामात्रै रहिर्यौं भने हामी पनि थाक्छौं । हामीलाई भरोसा गर्ने मानिस पनि थाक्छन् । धैर्यताको पनि सीमा हुन्छ । दश–बाह्र बर्ष हेरिसके । अब त धैर्यता कमजोर हुन लागिसक्यो । ...... अब गरेको हो, यो परिणाम आयो, यो आएन भन्न सक्ने ‘पोजिसन’ चाहियो । हामीले यो कुरा कुनै लहड वा कसैको उचालेको भरमा गरेको पनि होइन । देशभरबाट आएका साथीहरूको सोच, धारणा र सपनाकै आधारमा भनेका हौं । त्यसैले हाम्रो इच्छा वास्तविकताभन्दा धेरै परको होइन । यसको वस्तुगत र अंकगणितीय पनि छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : ओलीले ‘बदमासी’ गरे कि प्रचण्ड ‘झुठ’ बोले ?
भारत सरकारले यो भ्रमणलाई राजकीय सम्मान दिएको कारण पनि दुवै देशको राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको छ
टिम मिलाउँदै पौडेल र देउवा
पौडेलले शशांक, शेखर र सजाता कोइरालालाई समान धारणा बनाएर एकजना सर्वसम्मत हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरुले आफूसहित रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालाई पनि एडजस्ट गरेर अघि बढ्नुपर्ने सझाव दिएका छन् ।

Nepal News (44)


Congratulation to everyone! I got report that 22 Madhesi students arrested the day before yesterday in Delhi are released now.
Posted by Dipendra Jha on Saturday, February 20, 2016




All Madhesi protestors released. Was unfair detention - but glad they are out. If anyone needed proof that Madhes remains angry, the brave protestors provided it.
Posted by Prashant Jha on Sunday, February 21, 2016

मातृभाषा दिवस माँ मैथिली कोटिस: प्रणाम !
Posted by Brikhesh Chandra Lal on Sunday, February 21, 2016

महोत्तरी के बथनाहा में रात्रीवास के बाद सुबह में चाय पर चर्चा के क्रम में मधेश आन्दोलन, ओलीजी का जारी भारत भ्रमण और दि...
Posted by Anil Kumar Jha on Sunday, February 21, 2016


ओली दिल्लीमा पराजित.......ओली र नेपाल राजदुताबासको लाख दवाब, आग्रह र कोशिशको बाबजुद तिहाड जेलबाट रिहा भए ओलीको मुखमा कालो झण्डाले आइना देखाउने बीर मधेशीहरू...
Posted by Upendra Mahato on Sunday, February 21, 2016


मोदीले संबिधानको स्वागत गरेको समाचारले प्राथमिकता पायो..तर सबैलाई समेटेर जानु पर्ने संदेश भने ओझेलमा पर्यो..आआफ्ना सुबिधा अनुसार ब्याख्या !
Posted by Kosmos Biswokarma on Saturday, February 20, 2016

"मधेस आन्दोलनमा मुसलमान समुदायको सवाल" *****आज सुनसरीको सदर मुकाम इनरूवामा तराई मधेस राष्ट्रिय अभियान र को आयोजनामा...
Posted by Jay Prakash Ananda on Saturday, February 20, 2016


प्रम ओलीलाई कालो झन्डा देखाउने नेपाली युवालाई दिल्ली पुलिसले गिरफ्तार गर्नु र कुख्यात तिहार झ्यालखानमा जाक्नु बेठिक।
Posted by Kanak Mani Dixit on Saturday, February 20, 2016

A must read article for all, particularly those who on the name of nationalism have obstructed the development for decades.
Posted by Jay Nishaant on Sunday, February 21, 2016





Brendon McCullum scores 145 off 79 Balls - World Record Fastest Test Century (vs. Australia 2016) in his last Test !!
Posted by Cricket Coverage on Friday, February 19, 2016


Our fight is continue. Proud of you Sohan Sha CA Pravin Dhoti Karn
Posted by Satendra Sah on Saturday, February 20, 2016

रिहाइको लागि नेपाल र दिल्ली दुवैतिर मधेशी नेता र विद्यार्थीहरुले दिनभरि पहल गरिरहेका देखिन्थे । रिहाइकै पहलमा व्यस्त रहे...
Posted by ESamata on Saturday, February 20, 2016

नेपालको हरेक शाहर बजारमा शहीद चौक्, शहीकको सालिक हुन्छ । के नेपालमा जन्म लिनुभनेको आन्दोलन गर्न्, शाहीद बन्न कै लागी हो ? सत्तामा आउने तानाशाही किन हुन्छ ?
Posted by Mahesh Yadav Adhikari on Sunday, February 21, 2016



Ascension
Jacob Sutton’s Ascension showcases the spectacular architecture of the Opera Bastille and the Palais Garnier, as well as the breathtaking skills of ballet dancers Hannah O’Neill and Germain Louvet. http://bit.ly/218hQj5
Posted by My Modern Met on Wednesday, February 17, 2016


दिल्ली ! मधेसीलाई रिहा गर !*********************नेपालका प्रधान मंत्रीको भारत भ्रमणका दौरान नयां दिल्लीमा कालो झंडा प्र...
Posted by Jay Prakash Ananda on Saturday, February 20, 2016



It is not just Kanhaiya. Delhi Police recklessness continues. 22 Madhesis detained since last night and now sent to...
Posted by Prashant Jha on Saturday, February 20, 2016


The ethos of JNU: a former ABVP leader speaks
the stay on campus was a romance of ideologies, aligning with one and thinking it through, feeling intellectually empowered. And learning in the process. ...... The political positions one takes at JNU often fade away after a few years. Some Left-leaning students become civil servants, others go on to teach in the U.S. or Europe, some become bankers. ABVP activists also move on, taking up different professions, recalling the past as a phase of passionate ideas and a process of learning. ...... As students, we all somehow thought of JNU as a sanctuary where the world of ideas could be negotiated; where we could figure out how the world was to be made sense of and somehow leave an imprint. Where we felt we could think radically and push the frontiers of knowledge. ........

Prof. Vanaik passionately proclaimed that Pokharan II was an “insult to the intelligence of the Indian people”. The Leftist students nodded but the faces of the ABVP activists went red with indignation.

....... All-night conversations on ideology were not uncommon — on nationalism or its modern versions, on the possibility of global alliances among the working classes. We considered it important to befriend freshers through gestures like allowing them to stay in our rooms if they had not found hostel space. Of course, the hope was to convert them to our own vision! ....... Posters would be handmade to avoid expenses. Student panels would canvass for votes covering the campus on foot, with various organisations paying only for the candidate’s subsidised tea and lunch. To splurge money was a sure way of losing — JNUites looked down on any show of wealth! ........ Some speeches would be extremely articulate and erudite, an example of how intellectual student politics can be when conducted in an atmosphere free of money and muscle. ...... There would also be moments of humour. A Muslim candidate of ABVP was asked to name one Muslim in the RSS. He paused for a while and then replied:

“Me!”

There would always be one independent candidate every year who would just disagree with everybody else and draw much laughter from across the spectrum. ........

why Bhai Parmanand, later the Hindu Mahasabha president, in his diary in 1907 had suggested the partition of Punjab to solve the Hindu-Muslim problem.

...... These student politics do not change the nation or hurt it in any immediate way. But they do lead to one significant long-term gain: they provide society with a generation of citizens who have learned to engage with the world of politics, with history, society, economy and concepts.....It is for this that university politics exist. To produce people who ideate and think. This does not hurt the nation:

a society that debates is a healthy and vibrant society.

कांग्रेसलाई पार लगाउने जोडी
यो ‘वैश्य युग’ हो। ‘उत्पादन र बजार’ यस्को धर्म हो। ..... वैश्य युगको यो सामान्य तथ्य नेपालको राजनैतिक एवम बौद्धिक नेतृत्वको पकडमा आइनरहेको अवस्था हो,अहिले। साधारण क्षमताको ब्याट्सम्यानले क्रिकेटमा ‘गुगली’ बलको स्पिन नबुझेको अवस्था हो। ....... अपवादबाहेक, नेपालको बौद्धिक नेतृत्वको बाल्टी खाली भइसकेको छ। उमेर धेरै भएर खाली भएको होइन। भन्ने कुरा बाँकी नभएर खाली भएको हो। हामीले नितदिन दोहोर्याउने शब्द र समाजको यथार्थबीचको पारपाचुके भएकाले यस्तो अवस्था आएको हो। ......‘वैश्य समाज’का जटिलता बुझ्न नसकलेर बाल्टी रित्तिएको हो। .......

ईन्टरनेटमा ‘गुगुलेश्वर महादेव’(गुगलेश्वरी महादेवी पनि भन्न सकिन्छ)को आगमनका साथै सामान्य सूचना संकलनको बलमा पिएचडी वा मास्टर्स गर्नेहरुको बौद्धिक रवाफ स्वत: समाप्त भएको छ।

....... ईन्टरनेटले ल्याएको महाप्रलयका कारण मिडिया र सम्पादकहरु (पदका अगाडी प्रधान उपसर्ग जोडिएका र मजस्ता भूपुसमेत)को ‘प्लेटफर्म’ माथिको एकाधिकारमा चिरा परिसकेको अवस्था हो। ..... एकातिर आफूलाई जान्ने ठान्ने वर्गको सिक्का बजारमा औसत(अथवा खोटो) प्रमाणित भइरहेको छ भने अर्कोतिर हिजोसम्म ‘तल’ ठानिएका वर्गमा चेतना र उत्तेजना दुवैको स्तरमा अकल्पनीय बृद्धि भएको छ। ......

आजको सामान्य सत्य यति मात्र हो - ‘तल’ (जनस्तरमा) चेतना र आकांक्षा जति बढेको छ, त्यसको समाधान माथि बस्नेको ‘औसत’ नतिजाबाट सम्भव नै छैन ।

....... मिडियामा सोध्नेका प्रश्न सकिएका छन्, उत्तर दिनेका जवाफ पनि बासी भएका छन्। .... हामीले थाहै नपाइ एक नयाँ पुस्ता खडा भइसकेको छ। एक यस्तो पुस्ता जो नयाँ प्रयोगहरुका निम्ति तयार छ, एक यस्तो पुस्ता जो हर विषयमा प्रश्न उठाउने क्षमता राख्छ। एक यस्तो पुस्ता जो सिक्न र सच्चिन दुवैका निम्ति तयार छ। ........ ‘मानिसको त कुरै छाडनुस्,देवी देवताको पनि समय हुन्छ।

इतिहासमा एक समय घुँइचो पशुपतिनाथभन्दा दक्षिणकालीमा बढि थियो।

एक बेला सन्तोषी माताको युग आयो। उनका नाममा सुपर हिट फिलिम बने, गीत चले। शुक्रबारका दिन भुट्या चना र गुड बजारमा दुर्लभ भयो किनभने त्यस दिन माताको पुजनमा यी पदार्थ अनिवार्य थिए। फेरि, बखत यस्तो आयो जब बंगलामुखी मन्दिरमा भक्तजन एक्कासी बढे। समय बडा बलवान .... !’ ....... २००७ सालदेखि आजको दिनसम्म नेपालमा शासन जम्मा ‘दुई’ ले गरेका छन्। राजा र नेपाली कांग्रेस। ......... शासन जम्मा दुई प्रवृतिले गरे। पहिलो, राजदरबारको सेरोफेरोमा चल्ने तत्वहरु र दोस्रो, संसदिय व्यवस्थाको सेरोफेरोमा चल्ने तत्वहरु। ...... २००७ देखि आजसम्म भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्ने मौका पायो। बामपन्थी पार्टीहरुको पनि त्यसमा योगदान रह्यो तर तिनले आफ्नै बुतामा कुनै युगान्तकारी परिवर्तनको ‘नेतृत्व’ आजसम्म गरेका छैनन्। ..... नेपाली कम्युनिष्टहरुले दसकौंदेखि नेपालको चौघेराभित्र दुई थान गफ दिँदै आएका छन्- गरिबी निवारणको गफ र राष्ट्रियताको गफ। तिनका कुरा गफ नभएर यथार्थ भइदिएको भए नेपाली कांग्रेस उहिल्यै महत्वहिन भइसक्थ्यो। तर त्यस्तो भएन,किनभने सत्य त्यस्तो छैन। ...... गफ सत्य भन्दा छिटो फैलिन्छ तर सत्यको आयु गफभन्दा धेरै लामो हुन्छ। ..... आजको मितिसम्म कांग्रेस नै सबैभन्दा ठूलो पार्टी हो। ..... प्रजातन्त्र संस्थागत भइसकेको भए, संस्थाहरुको निर्माण भइसकेको भए, मलाई कांग्रेस पार्टीको महाधिवेशनसित रत्तिभर मतलब हुने थिएन; जोसुकै जितोस् वा हारोस्। ..... जोजो नेता आज चुनावी मैदानमा छन्, ती कसैको साइज ‘मेगा’ होइन। ‘एभरेज साइज’ का नेता हुन्। ...... बीपी कोइराला बाहेक म कोइराला परिवारको प्रंशकक होइन। .... म ती अनगिन्ति मानिसमध्ये पर्छु, जसको मन बीपीको नाम सुन्दा हमेशा पुलोकित हुन्छ। ...... आज पनि,जबजब म उनका रचना पढछु, श्रद्धा ले मुन्टो स्वत: निहुरिन्छ। ...... हालै भएको कांग्रेसको ईकाइ निर्वाचनको दौरानमा पनि पैसा र गुण्डाको प्रयोग जुन मात्रामा बढेको छ, त्यो देखेर सामान्य जनता तर्सेका छन्। कांग्रेस भित्र जुन गतिले नैतिक मूल्य र मान्यता ओरालो लागेका छ, त्यसलाई रोक्नै पर्ने भएको छ .......म चाहन्छु, आउँदो महाधिवेशनमा डा.ससांक कोइराला कुनै नेतृत्वदायी भूमिका गरुन्। ...... कांग्रेस पार्टी आज पनि एक भएको छैन। यो आज पनि ४० र ६० मा विभाजित छ। आजको दिनमा

यो ४० र ६० बीचको गठबन्धन मात्र हो, एउटा पार्टी होइन।

....... म नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाजी र केन्द्रीय समिति सदस्य डा.शशांक कोइरालाजीलाई सार्वजनिक अनुरोध गर्न चाहन्छु।
जलविद्युत्को विकास : भुटान र हामी
सन् १९११ देखि ५०० किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको हाम्रो ऊर्जा विकासको यात्रा सन् २०१६ मा आइपुग्दा जम्मा ७५० मेगावाट पुगेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हाम्रो जलविद्युत् क्षमता करिब ८३,००० मेगावाट रहेको दाबी गरिन्छ । ...... हाम्रो जस्तो भूबनोट भएको भुटानले कसरी छोटो समयमै जलविद्युत्बाट आफूलाई दक्षिण एसियामै सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्न गइरहेको छ ...... प्राविधिक र आर्थिक रूपले कुल २४,००० मेगावाटको मात्र सम्भाव्यता रहेको भुटानको जलविद्युत्को यात्रा सन् १९८८ मा भारत सरकारको ६० प्रतिशत अनुदान र ४० प्रतिशत ऋण सहयोगमा निर्मित ३६० मेगावाटको चुखा जलविद्युत् आयोजनाबाट सुरु भएछ । चुखापश्चात् ६० मेगावाटको कुरिचु, ६४ मेगावाटको बासुचु र १,००० मेगावाटको ताला हुँदै हालसम्म भुटान करिब १,६०० मेगावाट जलविद्युत् उत्पादन गर्न सक्षम भइसकेछ । उसले उत्पादनको झन्डै ७२ प्रतिशत बिजुली छिमेकी देश भारतमा निर्यात गर्छ । ......... जलविद्युत्को आम्दानीले भुटानको राष्ट्रिय राजस्वको झन्डै ३० प्रतिशत ओगटेको छ र कुल गार्हस्थ उत्पादनमा झन्डै २० प्रतिशतले योगदान पुर्‍याउँछ । भारत मात्रै एकल बजार भएको भुटानले आफ्नो बिजुलीलाई अर्को छिमेकी देश बंगलादेशमा पनि निर्यात गर्न २०१४ को ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी कोअपरेसन’ को कार्यान्वयनमा जोड दिइरहेको छ । ....... साथै जलविद्युत् निर्माणमा सुरुका वर्षमा भारतीय लगाानीमा मात्रै निर्भर भुटानले पछिल्लो समय भारतीय दबाबका बाबजुद अन्य अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत भित्र्याइसकेको रहेछ । यसबाट जलविद्युत्को व्यापारबाट आर्थिक रूपमा सम्पन्न हुँदै गएपछि भारतको मात्रै दबाबमा नबस्ने र आफ्नो जलविद्युत् विकासका लागि स्वतन्त्र हँुदै गएको आत्मविश्वास पछिल्लो समय भुटानमा महसुस गरिन्छ । .......

भुटानले सन् २०२० सम्ममा १०,५०० मेगावाट जलविद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएको छ र यसका लागि भारतीय बजारसमेत सुनिश्चित गरिसकेको छ ।

......... दुवै मुलुकले संयुक्त रूपमा छवटा उच्च क्षमताका अन्तरदेशीय ट्रान्समिसन लाइनसमेत निर्माण गरिसकेका छन् । ....... भुटानमा अहिले करिब ९८ प्रतिशत घरपरिवारले जलविद्युत्मा पहुँच पाएका छन् र मुख्य कुरा त भुटान ‘लोडसेडिङ’ मुक्त छ । जलविद्युत्को आम्दानीले त्यहाँको कुल गार्हस्थ उत्पादनको करिब २२ प्रतिशत ओगटेको छ । पेट्रोललगायत इन्धनका लागि भारतसँग पूर्ण निर्भर भुटानले जलविद्युत् उत्पादनपछि इन्धन आयात गर्दा हुने व्यापार घाटालाई बिजुलीको आम्दानीले सन्तुलन गरेको छ । ...... अन्य उद्योगधन्दा करिब शून्यमा रहेको भुटानले सन् १९८८ मा चुखा जलविद्युत् निर्माणसँगै सिमेन्ट उद्योग स्थापना गरेपश्चात् हाल सिमेन्टका लागि आत्मनिर्भर हुँदै देशभित्र निर्माणाधीन सम्पूर्ण जलविद्युत् आयोजनाका लागि सिमेन्टको माग पूर्ति गर्न सक्षम भइसकेको छ । बिजुली बेचेर प्राप्त आम्दानीले भुटानले सिमेन्टसँगै स्टिल उद्योगसमेत स्थापना गर्‍यो र हाल आएर स्टिलका लागि समेत भुटान करिब आत्मनिर्भर हुन गएको छ । .......

छिमेकी सानो मुलक भुटानले सन् २०२० सम्ममा १०,५०० मेगावाट बिजुली निकाल्ने निश्चित हुँदा हाम्रो त्यही समयभित्र २,००० मेगावाट बिजुली पनि उत्पादन हुनेमा शंका छ । ..... हाम्रामा राष्ट्रवादको अपव्याख्या यसरी भएको छ कि कुनै पनि भारतीय लगाानीकर्तालाई नेपालबाट तुरुन्तै धपाउनु राष्ट्रवादको परिचायक ठान्ने समुदाय पनि ठुलै छ । सायद यही कारणले होला, कुनै पनि सरकार नेपालमा भारतीय लगानीमा आयोजना निर्माण गर्न दिने जोखिम उठाउन चाहँदैन ।

...... यसको परिणामस्वरूप हामीले हाम्रो बिजुलीका लागि सबैभन्दा नजिक र सहज भारतीय बजारलाई सुनिश्चित गर्नै सकेनौँ । जस्तो कि भुटानले भारतसँग विद्युत् व्यापार गर्न ६ वटा अन्तरदेशीय ट्रान्समिसन लाइन बनाइसक्दा हामीले एउटा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन विगत चार वर्षदेखि अझै सम्पन्न गर्न सकेका छैनौं । ...... भुटानमा सन् २०१३ को आमनिर्वाचनताका भारतले सहुलियतमा दिँदै आएको ग्यास र मट्टीतेलको आपूर्तिमा अचानक कटौती गरेर तत्कालीन प्रधानमन्त्री जिग्मे थिन्लेलाई चुनावमा हराइएको चर्चा गर्छन् र बढ्दो भारतीय प्रभावबारे अनौपचारिक छलफलमा असन्तुष्टि व्यक्त गर्छन् । उनीहरू आफू जलविद्युत् उत्पादन गरेर आर्थिक रूपमा सम्पन्न हुन सके मात्र आफ्नो राष्ट्रियता र सार्वभौमिकताबारे कडा रूपले प्रस्तुत हुनेमा विश्वस्त छन् । ........ भारतको विगतदेखिको चाहना भने हरेक जलविद्युत् आयोजना ‘जी टु जी मोडल’ मा संयुक्त रूपमा निर्माण गरौं भन्ने रहँदै आएको छ भने हामी त्यो प्रस्तावप्रति सधैं सशंकित भइरहेका छौं । तर हामीले किन ‘जी टु जी मोडल’ ठीक होइन र हाम्रो जलविद्युत् निर्माणको कुनचाहिँ मोडेल उत्तम होला भन्नेतर्फ कहिल्यै बहस गरेनौं ।

बहसहरू भारतीय प्रस्तावको आलोचना गर्नमै सीमित रहे ।

...... हाम्रामा आयोजना निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन गर्दा सम्बन्धित मन्त्रालयबाट स्वीकृतिमा हुने ढिलाइ, आयोजनामा विभिन्न राजनीतिक दलहरूसँग सम्बद्ध समूहहरूबाट हुने अवरोध र जग्गा प्राप्तिमा हुने झमेलाले आयोजना समयमा पूरा नहुने मात्रै होइन, आयोजना विकासकर्तालाई समेत निरुत्साहित बनाएको छ । ......

आयोजना विकास सम्झौता भइसकेर निर्माण प्रक्रियातर्फ जान लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई राष्ट्रियताका नाममा बारम्बार आक्रमण गर्ने काम अझै रोकिएको छैन । करिब चार महिनाअघि अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउसमा विप्लव समूह सम्बद्ध माओवादीले आगो लगाइदिए भने त्यही समूहले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता जीएमआरको कार्यालयमा पटकपटक हाते बमहरू प्रहार गरिसकेको छ ।

........ हाल भारतले भुटानबाट अति सस्तो (करिब नेरु ३ रुपैयाँ ५० पैसादेखि ४ रुपैयाँ ५० पैसा प्रतियुनिट) मा विद्युत् खरिद गरिरहेको छ । हुन त यति सस्तोमा बिजुली बिक्री गर्दा समेत भुटानीहरूलाई खासै पछुतो छैन । केही अघि भुटानमा अन्तरक्रिया गर्दा उनीहरूले एउटै कुरा भने– सस्तैमा बिजुली बेचे पनि हामीलाई फाइदै छ, किनभने बिजुली सस्तोमा नबेच्ने भनेर विद्युत् उत्पादन नै नगर्ने हो भने त हाम्रा नदी वर्षौंदेखि यसरी नै बगिरहेका छन् र बगि नै रहनेछन् । ..... हाम्रो बिजुलीको बजार पनि तत्कालका लागि भारतै हो र हाम्रो बिजुलीले भारतमा कोइलाको मूल्यसँगै भुटानको जलविद्युत्को मूल्यसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अझ हामीले जलविद्युत् आयोजना निर्माण गर्न ढिलाइ गर्‍यौं भने त बजारै पाउन गाह्रो देखिन्छ र हाम्रो अपार जलस्रोतको विषय कोठेगफमै सीमित हुने जोखिमसमेत छ ।
Bernie Sanders Overtakes Hillary Clinton in 3 More States
According to recent polls in both Democratic strongholds and swing states, Bernie Sanders’ once insurgent campaign is snowballing into a serious movement. ...... In the critical swing state of Colorado, where Sanders once trailed Hillary Clinton by as much as 28 points prior to the Iowa caucus and New Hampshire primary, Sanders is now ahead of Clinton by 6 points. ...... showed Sanders leading the former Secretary of State and First Lady among voters under 30 by a 46-point margin. ........ Sanders led with a 40-point advantage among women voters under 30. In Colorado, which has a significant Hispanic element in its Democratic electorate, Hispanics are supporting Sanders over Clinton by a margin of 41-38. Colorado Democrats will caucus on March 1. ......... Sanders’ campaign is swaying voters in early March primary states, as well. In Massachusetts, Sen. Sanders is leading Clinton by 7 points ..... a significant change from previous polls, which had Clinton leading Sanders in the Democratic stronghold state by a 25-point margin in a Boston Globe/Suffolk poll in November. An Emerson College poll in October had Clinton ahead by 34 points.......

Bernie with an insurmountable 76-point lead in his home state of Vermont.

..... Sanders passing Clinton for the first time in a national poll yesterday ...... However, Bernie has some catching up to do in states with a predominantly-black Democratic voting bloc — Clinton is leading in 10 of the 12 early primary states
Why Hillary and Bernie both won and lost in Nevada
In Nevada - as in New Hampshire and Iowa - however, voter turnout was down over 2008 levels.....The promised tidal wave of new voter turnout just hasn't materialised yet