Wednesday, February 03, 2016

Nepal News (6)

व्यापारिक राजधानी रित्तिने चिन्ता
वीरगन्ज भन्सारले मात्र कुल राजस्वमध्ये करिब ६० प्रतिशत संकलन गर्छ । यसबाहेक वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरले औद्योगिक कोरिडोर क्षेत्रबाट संकलन हुनेमध्ये करिब ४० प्रतिशत कर बुझाउँछ । ...... आर्थिक राजधानी त परको कुरा, औद्योगिक कोरिडोरसमेत घोषणा हुन सकेको छैन । देशमा संकलन हुने कुल राजस्वको झन्डै २५ प्रतिशत योगदान पर्सा जिल्लाले दिने गरेको छ । तर अघिल्लो आर्थिक वर्षमा केन्द्रले कुल विकास बजेटको १.५८ प्रतिशत मात्र पर्साको विकासका लागि छुट्याएको थियो । यति धेरै राजस्व संकलन हुने भए पनि वीरगन्जको विकासका लागि भने राज्यले थोरै बजेट विनियोजन गर्ने गरेको उद्योगीको गुनासो रहँदै आएको छ ।
डेढ प्रतिशतभन्दा बढी मत पाउने दललाई सरकारी खर्च
-दलसम्बन्धी विधेयक संशोधन गर्न प्रस्ताव -दलको कार्यसमितिमा एक तिहाइ महिला हुनु अनिवार्य
मतादेशको अनुपातमा सरकारी ढुकुटीबाटै रकम पाउने दलहरूले आफ्नो लेखा परीक्षण पनि महालेखा परीक्षकको कार्यालयबाटै गराउनुपर्ने छ । ..... नयाँ कानुन लागू भएपछि लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक आयव्ययको विवरण नबुझाउने दलहरूले अर्को निर्वाचनमा भाग लिन पाउने छैनन् । ..... दलको तल्लो तहदेखि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला अनिवार्य गरिएको छ । ..... २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा भाग लिएका १ सय २२ मध्ये ७७ दलले दस हजार मत पनि प्राप्त गरेका थिएनन् । समानुपातिकतर्फ २१ हजारभन्दा बढी मत प्राप्त गरी सदनमा प्रवेश पाउने दलको संख्या ३० थियो । त्यसमा पनि दस सिटभन्दा बढी सिट पाउने दलको संख्या ४ मात्रै छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १ सय २१ दलमध्ये ११ दलले मात्र सिट प्राप्त गरेका थिए । त्यसमा पनि ५ सिटभन्दा थोरै जित्ने दलको संख्या नै ८ छ ।
सीमांकनबारे स्पष्ट धारणा नआएसम्म नाकाबन्दी खुल्दैन : ठाकुर
‘बिहार भेट : दुखका बेला इष्टमित्र भेट’
जारी मधेश आन्दोलनलाई सरकार र तस्करहरुले बदनाम गराएको दावी गर्दै मधेशका माागबारे सरकारले लिखित रुपमै कार्यन्वयन नगर्दासम्म आन्दोलन नरोकिने उनले बताए । हाल कार्यदल स्तरमा भएको वार्ता भने सकारात्मक भएको उनले खुलाए ।
जनकपुर पुगेर निधिले भने 'नेपाली कांग्रेस मधेसको मित्रशक्ति'
मोर्चाको बिरोध छल्दै निधि पुगे आफ्नो गाउँ
असोज ३ गते संविधान जारी भएयता पहिलो पटक गृहजिल्ला आएका निधि आफू पनि मधेसी भएकाले अधिकार सम्पन्न मधेस देख्न चाहेको बताए । मधेसवादी दलहरुको जन्म हुनु भन्दा धेरै पहिलेदेखि काँग्रेस मधेसका मुद्दाहरुलाई उठाउँदै आएको उल्लेख गर्दै उनले भने-'मित्रशक्तिको पहिचान नै नगरी मोर्चाका साथीहरु निषेधको राजनीतिमा उत्रिनु भएको हो । उनीहरुको यस क्रृयाकलापबाट मोर्चा स्वयंलाई घाटा भएको छ ।' ..... -'मुठभेडबाट कसैलाई लाभ हुदैन । घाटामात्र हुन्छ । उनीहरुले पनि बुझ्नु पर्दछ ।' ..... पछिल्लो संशोधन मार्फत मधेसका अधिकांश माग सम्वोधन भई सकेको उल्लेख गर्दै नेता निधिले सिमांकन तथा नागरिकता सहितका अन्य मुद्दाहरुमा नेपाली काँग्रेस मोर्चासंग सहकार्य गर्न तयार रहेको दावी गरे । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी संशोधन मोर्चाका शीर्ष नेताहरुको सहमतिमा गरिएको खुलासा पनि उनले गरे । ...... निधि जनकपुर आउने सूचना सार्वजनिक भए लगत्तै गत दुई दिनदेखि जनकपुरमा तनाव कायम भएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशनसहितका आन्दोलनरत्त दल तथा संघ संस्थाका नेता/कार्यकर्ताहरु बुधवार विहानैदेखि नगरका चो चोकमा टायर बाली प्रदर्शन थालेका थिए । विहान ११ वजे हवाई अड्डा घेराउ गर्न जनकचौकबाट निस्केको जुलुसलाई सुरक्षाकर्मीहरुले भैरव मन्दिर नजिक रोकेका थिए ।.... यता काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई परिक्रमा सडकको बाटो भई विमानस्थल जान दिइएको थियो । हवाई अड्डामा काँग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती थिए । .....

निधि जनकपुर १ मिल्स एरियास्थित आफ्नो निजी निवास तथा जनकपुर ४ पियरियामाई स्थित पार्टी कार्यालय जाने हल्लापछि मोर्चाका कार्यकर्ताहरु नगरका चौक चौकमा अवरोध खडा गरी प्रदर्शन गरेका थिए ।

....... कार्यकर्ताले निधिलाई नगर परिक्रमा गराउन जिद्दी गरे पनि सम्भावित मुठभेडलाई दृष्टिगत गरी निधि नगर प्रवेश नै नगरि विमानस्थलबाट दक्षिण आफ्नो गाउँ नगराईन गएका थिए । निधि नगराईमा आयोजन हुने क्षेत्रनम्बर ३ को क्षेत्रीय अधिवेशनमा सहभागी हुने छन् । ..... काँग्रेस धनुषाका सभापति रामसरोज यादवले निधि माघ २५ गते हुने काँग्रेस जिल्ला अधिवेशनमा सहभागी भएरमात्र काठमाण्डौ फिर्ने जानकारी दिए । ..... मधेसी मोर्चाको अवरोधबीच काँग्रेस नेता निधीको हुन लागेको जनकपुर भ्रमणले स्थानीय प्रशासनलाई चिन्तित बनाएको थियो । रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या देवी भण्डारी यहाँ आए पछि उत्पन्न परिस्थितीलाई दृष्टिगत गरी जनकपुरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो । हेटौडाबाट थप सुरक्षावल ल्याइएको थियो ।


आन्दोलनको स्वरुप फेरिन सक्छ: महतो
राप्रपा नेता भन्छन्, ‘सरकारको समर्थन पुनर्विचार हुन सक्छ’
सत्तारुढ राप्रपाका बरिष्ठ नेता पशुपति शमसेर राणाले वर्तमान सरकार मुख्य विषयहरुमा असफल भएको भन्दै समर्थन पुनर्विचार गर्ने बताएका छन् । .... ‘जुन उत्साहले सरकारलाई समर्थन गरेका थियौं,’ काठमाडौंमा बुधबार भएको साक्षात्कारमा राणाले भने, ‘त्यो अब बाँकी रहेन ।’ उनले

सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्ने र भूकम्प पछिको पुनर्निर्माण कार्यलाई तीब्ररुपमा अगाडि बढाउने विषयमा असफल भएको राणाले बताए ।

इरफानले अस्विकार गरे स्पिलवर्गको फिल्म

Tuesday, February 02, 2016

Nepal News (5)



आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै नेपाल समूह बहसमा उत्रियो
ओलीको कार्यशैलीप्रति एमालेको नेपाल समूह रुष्ट
सरकार सञ्चालनको नेतृत्वको अनुभव समेत भएका नेता खनाल र नेपालले ओलीले विना अध्ययन महत्वकांक्षी योजना अघि सार्दा ओली व्यंगको पात्र बनेको र त्यसले पार्टीलाई नै नराम्रो भएको टिप्पणी गरे । ‘हावाबाट विजुली निकाल्छ सकिन्छ तर त्यसका लागि योजना बनाउनुपर्छ बोलेर मात्र हुदैन’ नेता नेपालले भने ,‘सौर्यबत्तिबारे मेरो पालामा पनि कुरा आएको थियो, तर त्यो पछि भएन, अहिले पनि कुरा आएको छ ,कुन कुन स्वार्थ बोकेर माफियाहरु आउछन्, त्यो बुझ्नुपर्छ बुझा नबुझै कार्यकाल सकिन्छ काम हुनसक्दैन’ नेपालले आफ्नो अनुभव सुनाए ..... पूर्ववर्ती कोइराला सरकारमा सफल मन्त्री मानिएका नेता लालबाबु पण्डितले पार्टीले जिम्मेवारी विहीन बनाएकोमा दु:ख प्रकट गरे ।

‘मन्त्रीबाट हटेको तीन महिना भयो, के काम गर्ने भनेर पार्टी कार्यलय गएको थिए मन्त्री हुँदा पढ्न पाउनुभएन होला, यही पढ्नुहोस् भन्दै पार्टीको दस्तावेजको दिए’ नेता पण्डितले भने ।

उनले पनि सरकरको कामकारवाहीमा असन्तुष्टी प्रकट गरे ।‘ बोली र व्यवहारमा तालमेल भएन, बोली व्यवहारमा लागू नहुँदा टुक्कामा मात्र सिमित भयो’ पण्डितले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । ..... ‘जनताको बहुदलीय जनवाद अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न मात्र होइन आन्तरिक लोकतान्त्रिकरणका लागि पनि लागू हुने हो’ सचिव भट्टराईले भने,‘हामीले अमेरिकाको जस्तो राष्ट्रपतीय पद्धति पार्टीमा अपनाएका छैनौ, अध्यक्षले मात्र गर्ने भन्ने विधानमा व्यवस्था छैन सामूहित नेतृत्वअनुसार पार्टी चल्नुपर्छ ।’
मोर्चाका नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार
मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे । ...... गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ ?’ ......

आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।

...... ०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’ .....

‘मधेस दिंदा देश टुक्रिन्छ भन्नेहरुलाई म सोध्न चाहन्छु, अहिलेको २ नम्बर प्रदेशका ८९ प्रतिशत जनताले आत्मनिर्णयको अधिकार अन्तरर्गत भोटिङ गरेर छुटै देशको माग सहित युएन मा गए भने के हुन्छ ?,’ उनले भने, ‘संसारका अगाडि गए के हुन्छ, ठूला दलका नेता मेरा यी प्रश्नले आवाक छन् ।’

...... गच्छदारले भने ‘कोइरालाकै नेतृत्वको सरकारले होइन ? ४५ जना मधेसीलाई मारेको ।
प्रतिकारमा उत्रिने धनुषा कांग्रेसको चेतावनी
मोर्चाको त्रियाकलाप अराजक
सभापति यादवले आफूहरु पनि मधेस आन्दोलनको जायज माग सम्बोधन होस् भन्ने चाहेको बताए । ..... 'हामी पनि मधेसको जायज मांग पूरा होस् भने चाहेका हौं । आन्दोलनमा पनि सहभागिता जनाउँने निर्णय गर्यौ तर मोर्चाका नेताहरुले स्वीकार गरेनन्', उनले भने । निषेधकै राजनीतिको कारण आन्दोलनमा सहभागिता घटदै गएको तर्क उनको थियो । .... सोमवार काँग्रेस पूर्वमहामन्त्री एवं सांसद विमलेन्द्र निधीको घरमा ढुंगामुढा संगै मोटरसाइकलमा आगजनी गरिएको थियो भने काँग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना तथा सांसद लीला कोइरालाको घरमाथि ढुंगामुढा गरिएको थियो । यस अघि सांसद रामकृष्ण घरमाथि समेत ढंगामुढा गरिएको थियो । ...... नेपाली काँग्रेसको जारी जिल्ला अधिवेशनमा सहभागी हुन पूर्वमहामन्त्री विमलेन्द्र निधी बुधवार जनकपुर आउने कार्यक्रम छ । असोज ३ गते संविधान जारी भएयता उनी पहिलो पटक गृहनगर आउन लागेका हुन् । ...... यता आन्दोलनरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन तथा ननपोल्टिकल अर्गनाइजेशनको मंगलवार सम्पन्न बैठकले सांसद निधिको भ्रमणको विरोध गर्ने निर्णय गरेको छ । आन्दोलनकारी पक्षको संयुक्त बैठकले विहान ११ वजे जनकचौकमा भेला भई हवाई अडा घेराउ गर्ने रणनीति बनाएको छ ।...... नेपाली काँग्रेस धनुषाले भने पूर्व महामन्त्री निधीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक जिल्ला नेताका अनुसार-निधीलाई स्वागत गर्न हजारौ काँग्रेसी हवाई अडामा उपस्थित हुनेछन् ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण प्रक्रिया सुरु

सरकार-मोर्चा वार्ता कहाँ अड्कियो ‘गाँठो’
‘प्रधानमन्त्रीजीलाई पनि यहाँ अनुकूल वातावरण बनेको सन्देश लिएर दिल्ली जाने इच्छा देखिन्छ,’ मोर्चाका अर्का नेताले भने, ‘कांग्रेसले मधेसका थुप्रै ठाउँमा महाधिवेशन प्रतिनिधि छान्न, कार्यक्रम गर्न नसकिएको भन्दै मोर्चासँग समझदारीको अपेक्षा राखेको छ । हामीले वार्तामा टुंगो लाग्न बाँकी मुद्दाहरूमा एकैपटक सहमति खाजौं भन्ने जवाफ दिएका छौं ।’
ओलीका सीमित भारत–विकल्प
भारतको गणतन्त्र दिवसको अवसर पारेर भारतीय राजदूत रणजीत रायले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतको सहयोग र समर्थन रहेको भनेबाटै नाकाबन्दी र मधेस आन्दोलन जोडिएको प्रस्ट देखियो । ....... सन् २००८ को चुनावका बेला आफूले चुनाव जितेमा अमेरिकाका शत्रु मानिने इरान, सिरिया, भेनेजुयला, क्युबा र उत्तर कोरियाका नेताहरूलाई ‘कुनै पूर्वसर्तबिना पहिलो वर्षको कार्यकालमै भेट्न तयार छु’ भन्दा ओबामा विवादमा तानिएका थिए । किनभने यी देशहरूसँग कुरा नगर्नुलाई अमेरिकाले सजाए दिएजस्तै ठानिन्थ्यो । ....... भनिन्छ, नेपालबारे राजदूत रायले दिल्लीलाई ‘रिपोर्टिङ’ गर्छन् तर नेपाल हेर्ने मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस. जयशंकर सधैं अन्य अन्तर्राष्ट्रिय मुद्दामा व्यस्त भएका कारण मोदीसम्म पुग्ने खबर र सूचनामा ‘ग्याप’ हुने गरेको छ । भारत नेपालमा नाकाबन्दी नै लगाउन पुग्नुलाई यही अवस्थाको उपज मानिन्छ । .....

भारतले तराई–मधेसमा दुइटा प्रदेश नै चाहेको हो र यो पूरा नभएसम्म मधेस आन्दोलनमा उसको समर्थन जारी रहन्छ भन्नेहरू पनि छन् ।

....... भारतको नाकाबन्दी र मधेस आन्दोलनले देशको विकास कैयौं वर्ष पछाडि धकेलिदियो तर यसको एउटा सकारात्मक पक्ष के छ भने व्यापार र पारवहनको विविधीकरण तथा आत्मनिर्भरताका लागि आफ्नो उत्पादन कति महत्त्वपूर्ण हँुदोरहेछ भन्ने कुराले हाम्रा नीतिकारको मस्तिष्कमा गहिरो छाप बनायो । .......

व्यापार, पारवहन, विकास, पुनर्निर्माण र आर्थिक विविधताका लागि ‘उत्तरतिर फर्क’ भन्ने नीति तर्जुमा गरेर चीनलाई विश्वासमा लिँदा ओली सरकारको गठबन्धनको जग बलियो बन्न सक्छ ।

...... अफ्रिका पुगेर जिम्बाबेको डुब्दो अर्थतन्त्रलाई उकास्न अरबौं डलरको सहयोग गर्ने चीनले छिमेकी नेपाललाई सकेजति सहयोग गर्न आनाकानी गर्ने अवस्था कसरी आयो ?


सप्तरीबाट दर्जन बढी मोर्चा कार्यकर्ता पक्राउ
जारी रहेको नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध पुर्‍याउने दर्जन बढी मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले मंगलवार राजविराजबाट पक्राउ गरेको छ । .... पक्राउ पर्नेहरुमा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, पूर्व संयोजक एवं फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष विरेन्द्र साह, नेकपा-माओवादी मातृका समुहका जयप्रकाश यादवसहितका एक दर्जन बढी रहेका छन् ।




Madhesis in Nepal to continue protests till next election, says separatist leader

ठूलो भेदभाव रहेछ मधेसी उपर तर स्वयम् मधेसी बाट| ०.८५२ (एक प्रतिशत भन्दा कम) झा, राजपुत र कायस्थले मधेसी आरक्षणको ९०% हाम गर्दा रहेछन|