Wednesday, January 20, 2016

Nepal News (31)

वार्ता अवरुद्ध भएको घोषणा संगै मधेशमा फेरी चर्कदै आन्दोलन ।
विरगंज, गौर, मंलगवा, लहान, राजविराज, विराटनगर सहितका सहरुमा प्रर्दशनहरु भएका छन भने कतिपय ठाउहरुमा फेरी बजारहरु बन्द गराउने क्रम सुरु भएको छ । ..... मोर्चाका नेताहरका अनुसार प्रमुख दलहरु मोर्चाको माग सम्बोधन गर्नु भन्दा पनि पेलेरै अघि वढने मुडमा रहेका कारण स्थ्तिी थप असहजता तर्फ उन्मुख हुन सक्छन । मोर्चाका शिर्ष नेताहरु काठमाडौमा नभएकाले पछिल्लो विकसित घटनाक्रममा वारेमा मोर्चाले आन्तरिक रुपमा ठोस छलफलहरु अघि वढाउन सकेका छैन । ......

प्रमुख दलहरुले आउदो ९ गते मोर्चा संग सहमती नभए पनि काग्रेसले पेश गरेको दुई ओटा संशोधन प्रस्ताव पारित गराउने प्रक्रिया अघि वढाउने निर्णय आजै गरेका छन ।

... पछिल्लो विकसित घटनाक्रममा मोर्चा समेत अन्योलमा देखिन्छ ।

मधेश बिरोधी ओलीको भोली मोरंग जिल्लाको रंगेलीमा हुने भनिएको सभालाई शान्तिपूर्ण तरिकाले बिरोध गरिरहेका आन्दोलनकारीहरूलाई द...

Posted by सदभावना पार्टी on Wednesday, January 20, 2016

Birodh sabha in sirha

Posted by Devendra Yadav on Wednesday, January 20, 2016

लो इन्हों ने भी मधेश बिरोधी पार्टी परित्याग करदिएँ, आप कब करेगें ???

Posted by Upendra Mahato on Tuesday, January 19, 2016

Tuesday, January 19, 2016

मोदीको काठमाण्डु मा सनातनी दुश्मन

यदि चीन र भारत बीच अमेरिका सोवियत संघ को जस्तो शीत युद्ध चलेको हुँदो हो त अहिलेसम्म नेपाल ख़ुशी ख़ुशी उत्तर कोरिया बनिसकेको हुने। यदि अमेरिका को अथवा बेलायत को भारत सँग दुश्मनी हुँदो हो त नेपाल भारत को विरुद्ध प्रयोग हुने ख़ुशी ख़ुशी। भारत बलियो छ। दुनियाको तेस्रो ठूलो अर्थतंत्र हो। कमजोर हुँदो हो त? चीन, अमेरिका, बेलायत कसैले साथ नदिएर मात्र हो। शक्ति संतुलन आफ्नो पक्ष मा नपाएर हो। होइन भने मोदी को इमेज ख़राब गर्न जति प्रयास काठमाण्डु का बाहुन क्षेत्री ले गरेका छन त्यति दुनियाको कुनै शक्ति ले गरेको छैन। न नवाज न कोही। नवाज ले त रत्ति प्रयास गरेको छैन। मोदी को दुनिया मा कहीं पनि दुश्मन छैन अहिले, ,काठमाण्डु मा बाहेक। यो के भएको? र यो मधेस आंदोलन भन्दा अगाडि देखि हो। मोदी को जनकपुर भ्रमण मा बाँझो हाल्ने यिनै हुन। न्यु यॉर्क सेंट्रल पार्क मा लाखौं अमेरिकी लाई सम्बोधन गर्दा मोदीले अमेरिका को राष्ट्रियता माथि कुनै धक्का पुगेन। चीन मा त्यस्तै आम सभा गरेको। लंदन, ऑस्ट्रेलिया। तर मोदीले जनकपुर मा आम सभा सम्बोधन गर्न नपाउने निर्णय गरियो। किन? जनकपुर वासी लालायित थिए। मोदी आउन भन्ने ठुलो अभिलाषा थियो।

मोदी को व्यवहार ले त होइन यो। मेरो जीवन काल मा नेपाल को यति सार्हो हित चाहेको भारतीय प्रधान मंत्री मैले देखेको छैन। उ वास्तवमा नेपाल सँग एउटा नया शुरुवात गर्न चाहन्थ्यो र अझ पनि चाहन्छ। मलाई त लागेको भारत का मतदाता ले त कष्ट गर्नु परेको। लाइन लागेर वोट दिनु परेको। नेपालका मतदाता ले मोदी सिततैमा पाउने भए जस्तो लाग्यो। एक वर्ष मा दुई पटक भ्रमण। शुरू मा एक बिलियन डॉलर लोन। जुन न सुशील ले छोयो न ओली ले। नेपाल को समस्या पैसा नहुनु होइन रहेछ। देशको प्रधान मंत्री हरुको व्यवहार ले त्यही देखाएको छ। भुकम्प पछि सुशील ले भन्दा चाडो र बढ़ी मोदीले गरे। तर जनकपुर भ्रमण मा बाँझो हाले जस्तै त्यहाँ पनि भारत विरोधी भावना ले ठाउँ लियो। यो के भएको?

यसको जवाफ एउटै छ। गांधी ले भारत को भूभाग मा काम फत्ते गरे। तर त्यसलाई विश्वव्यापी बनाउनु पर्ने छ। आखिर कुनै भारतीय लाई बराबरी को अनुभुति भारत भित्र मात्र हुनुपर्छ भन्ने के छ? भारत बाहिर पनि बराबरी को अनुभुति हुनुपर्छ भन्ने संघर्ष अहिले बाँकी नै छ। त्यसको शुरुवात नेपाल नै हो। त्यो काठमाण्डु को यथार्थ हो।


मोदीको काठमाण्डु मा सनातनी दुश्मन छन। रामको चाहिँ लंका मा थियो। मोदी को काठमाण्डु मा छ।