दलहरूबीच सहमति गर्न मस्यौदा तयार - https://t.co/Gy5n8nBKno pic.twitter.com/x0TEgK5hDO
— RatoPati (@Rato_pati) January 18, 2016
लोकतान्त्रिक प्रक्रिया को महँगो पाठ
अझै पनि द्विविधा छ। हुन्छ। हुँदैन। के हुन्छ के हुन्छ। जति जन धनको क्षति भएको छ के त्यो जरुरी थियो? म न्यूट्रल मान्छे होइन। मलाई मधेसी मोर्चा को पक्षधर भन्न सकिन्छ। तर सन २००५ मा सन २००६ मा मैले तिनै शक्ति हरुको पक्षमा बोलें जो अहिले मेरो विरुद्ध उभिएको देख्नुपरेको छ। म मधेसी मोर्चा को पक्ष मा भन्दा पनि अधिकार को पक्ष मा बोले जस्तो लाग्छ। संघीयता र समावेशीता न्यायसंगत ढंगले संविधान मा आइसक्दा त मेरा लागि सबै पार्टी बराबर। अनि मैले नया ढंग ले हेर्छु। मापदंड एउटा मात्र रहन्छ। आर्थिक क्रांति का लागि को छ नंबर वन? बस। त्यति मात्र।
राजनीतिक संयन्त्रले अहिले नै मधेसमा दुई प्रदेश भएको मान्नुपर्ने र तत्कालीन राज्य पुनर्संरचना आयोगको टिओआर, संविधानको राज्य पुनर्संरचना तथा शक्तिको स्रोत बाँडफाँड समितिले तय गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधार र मोर्चासँग भएका सम्झौतालाई सन्दर्भसूची मान्नुपर्ने मोर्चाको प्रस्ताव छ । तर, तीन दलको कार्यदल यसमा सहमत भइसकेको छैन । ‘राजनीतिक संयन्त्रको टिओआरमा मोटामोटी सहमति भएको छ,’ मोर्चाका कार्यदल सदस्य मंगलसिद्धि मानन्धरले भने, ‘शीर्ष तहमा छलफलपछि सोमबार सहमति हुन्छ ।’लोकतंत्र मा आफुले खोजेको सबै कुरा पाइँदैन। तर त्यो त अधिकार को मुद्दा मा लागु हुँदैन। त्यो त बजेट बाँडफाँड को कुरा मा लागु हुन्छ। अधिकार को लड़ाई त सत्य र असत्य बीचको लड़ाई हो।
लोकतंत्र भनेको एक व्यक्ति, एक मत, एक विचार। सही विचार भनिएको छैन। सही व्यक्ति भनिएको छैन। सही विवेकपूर्ण मत भनिएको छैन। अंक गणित को कुरा गरिएको छ। एक व्यक्ति, एक मत, एक विचार। नेपालमा त तीन करोड़ विचार आउने भो। अनि तिनलाई समायोजन गरेर लाने पद्वति लोकतंत्र। शांतिपूर्ण समायोजन। प्रतिस्प्रधा हुन्छ। तर लेनदेन पनि हुन्छ। चुनाव मा प्रचंड ले मलाई वोट दिनुस् सुशीलजी लाई पनि वोट दिनुस् भनेर त भन्दैन। तर चुनाव पछि एक्लो बहुमत आयेन भने सुशील र प्रचंड ले एक अर्का को मतदाता लाई वजन दिनु पर्ने हुन्छ।
Democracy is messy भनिन्छ। खींचातानी हुन्छ। झगड़ा नै पनि पर्छ।